४ कार्तिक २०८३, मंगलवार
अन्तर्वार्ता मुख्‍य समाचार राजनीति विचार समाचार समाज

हवाई इन्धन डिपो स्थानान्तरणको डिपिआर बनाउन निगम र पुल्चोक क्याम्पसबीच सम्झौता

५ मङ्सिर, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल परिसरमा रहेको नेपाल आयल निगमको हवाई इन्धन डिपो स्थानान्तरणका लागि विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) निर्माण गर्न निगम र पुल्चोक इन्जिनियरिङ क्याम्पसबीच सम्झौता भएको छ । सिनामङ्गल डिपोमा आज आयोजित कार्यक्रममा निगमका उपनिर्देशक प्रदीप यादव र पुल्चोक क्याम्पस, कन्सल्टेन्सी सेवाका सहप्राध्यापक नारायणप्रसाद गौतमले सम्झौतापत्रमा हस्तक्षर गरे । सम्झौता अनुसार […]

मुख्‍य समाचार समाचार समाज

सूचना प्रविधि सम्बन्धी सीप विकास गर्न जेनेस सलुशन तथा कागेश्वरी मनोहरा नगरपालिकाबीच सहकार्य

५ मङ्सिर, काठमाडौँ । सूचना प्रविधि सम्बन्धी परामर्शदाता कम्पनी, जेनेस सलुशन, तथा  कागेश्वरी मनोहरा नगरपालिका वडा नं ६ को संयुक्त प्रयासमा ‘जेनेस टेक्नोलोजी एण्ड एक्सिलेन्स सेन्टर (जीटेक)’  स्थापना गरिएको  छ। स्थानीय युवाहरुलाई  उच्चस्तरीय प्राविधिक तालिम, अनुभवजन्य सिकाइ र पेशागत विकासद्वारा सशक्त बनाउने उद्देश्यले उक्त केन्द्रको स्थापना गरिएको जेनेस सलुशनले जनाएको छ। गत शनिबार काठमाडौँको मूलपानीमा आयोजित […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कूटनीतिको विकासमा सघाउन परराष्ट्रमन्त्रीको आग्रह

५ मङ्सिर, काठमाडौँ ।  परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले खेल कूटनीतिको विकास र विस्तारका लागि आवश्यक सहयोग पु-याउन नेपाल सरकारका खेल एवं साहसिक खेल क्षेत्रसँग सम्बद्ध मन्त्रालय, विभाग एवं पदाधिकारीहरुलाई आग्रह गएको छ । परराष्ट्र मन्त्रालयमा आज आयोजित साहसिक खेलसम्बन्धी उच्चस्तरीय परामर्श बैठकमा उसले नेपालमा साहसिक खेलका माध्यमबाट पनि खेल कूटनीतिको विकास र विस्तारका प्रशस्त […]

कर्पोरेट मुख्‍य समाचार समाचार समाज

राष्ट्रपतिद्वारा‘नेपालका निधि’ पुस्तक लोकार्पण

५ मङ्सिर, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले समाजमा पछाडि परेका क्षेत्र र वर्गको हित तथा आम नागरिकको जीवनस्तर सुधार गरेर यही व्यवस्थामा मात्रै मेरो भविष्य सुरक्षित छ भन्ने जनतालाई भरोसा जागृत गराउनु सङ्घीय लोकतान्त्रिक गणतन्त्रको लक्ष्य भएको बताएको छ । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित महेन्द्रनारायण निधिको सङ्घर्षमय जीवनीमा आधारित ‘नेपालका निधि’ नामक पुस्तक […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

विश्वविजेता किक बक्सर ‘हिमचितुवा’ घिमिरे भोलि नेपाल आउनुहुँदै

५ मङ्सिर, काठमाडौँ । इस्का र हिट किक बक्सिङ दुवै प्रतियोगिताको विश्वविजेता खेलाडी अविरल घिमिरे ‘हिमचितुवा’ बिहीबार नेपाल आउने भएको छ । किक बक्सिङ खेल क्षेत्रमा ऐतिहासिक कीर्तिमान बनाउन सफल भएका नेपाली युवा किक बक्सर घिमिरे जापानको नागोया सहरमा बस्दै आएको छ । ‘हिमालय चितुवा’ घिमिरेले इन्टरनेसनल स्पोर्टस् किक बक्सिङ एसोसिएसनद्वारा नागोया कंग्रेस सेन्टरमा गत […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक नौ अङ्कले बढ्यो

५ मङ्सिर, काठमाडौँ, मङ्गलबार करिब दुई प्रतिशतले घटेको नेपाल स्टक एक्सचेञ्ज (नेप्से) परिसूचक आज भने सामान्य अङ्कले बढेको छ । आज नेप्से परिसूचक नौ दशमलव ०९ अङ्कले बढेर दुई हजार सात सय ११ दशमलव ७५ बिन्दुमा कायम भएको हो । आज तीन सय २३ कम्पनीको एक करोड ५४ लाख ६४ हजार पाँच सय ५२ कित्ता […]

मुख्‍य समाचार समाचार समाज

सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएन

५ मङ्सिर, जुम्ला । जुम्लाको सिञ्जा गाउँपालिका– २ मा निर्माणाधीन सिञ्जा सभ्यता खस सङ्ग्रहालय अझै सञ्चालनमा आएको छैन । विसं २०७६ असार ६ गते शिलान्यास गरी निर्माण सुरु भएको छ वर्ष बितिसक्दासमेत काम अझै अधुरै छ । चार हजार वर्गमिटर क्षेत्रफलमा निर्माण भइरहेको सो सङ्ग्रहालयका अधुरा संरचना पनि जीर्ण बन्दै गएका छन् । सङ्ग्रहालय निर्माण […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज

यसपटक चाँडै बेँसी झरे हिमाली भेगका भेडापालक किसान

५ मङ्सिर, अछाम । उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो बढ्न सुरु भएसँगै बेँसी झर्न थालेका छन् । हिउँदयामको सुरुआती चरणमै चिसो धेरै बढ्न थालेपछि बाजुराको उच्च हिमाली भेगमा बसोबास गर्ने भेडापालक किसान चिसो छल्न बेँसी झर्न थालेका हुन् । हिमाली भेगमा अत्यधिक चिसो बढेकाले बालबालिका तथा भेडासहित बेँसी झर्नेक्रम सुरु भएको बाजुराको […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज

इजरायल–प्यालेस्टाइन युद्धमा तटस्थ नबस्न प्रधानमन्त्रीलाई ध्यानाकर्षण

५ मंसिर, काठमाडौँ, ५ मङ्सिर । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष प्यालेस्टाइनमाथि इजरायलले गरिरहेको हमलाविरुद्ध प्रस्तुत हुनुुपर्ने माग गर्दै विभिन्न राजनीतिक दल र नागरिक संस्थाले आज ध्यानाकर्षण बुुझाइएका छन् । नेकपा (माओवादी केन्द्र) का वरिष्ठ उपाध्यक्ष एवं पूर्व उपप्रधानमन्त्री नारायणकाजी श्रेष्ठसहित विभिन्न दल र नागरिक संस्थाका प्रतिनिधिले आज प्रधानमन्त्री निवास, बालुवाटारमा प्रधानमन्त्री ओलीलाई भेटेर इजरायलले प्यालेस्टाइन र […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

देशमा विधिको शासन कायम गर्न सरकार लागि परेको छ : गृहमन्त्री

५ मंसिर, महेन्द्रनगर । गृहमन्त्री रमेश लेखकले अहिलेको शासन व्यवस्थालाई सुदृढ गर्दै अगाडी बढ्नु पर्ने बताएका छन् । बुधबार कञ्चनपुरको कृष्णपुर नगरपालिकाले आयोजना गरेको स्वागत कार्यक्रममा बोल्दै गृहमन्त्री लेखकले अहिलेको शासन व्यवस्थामा जनताको विश्वास र भरोसा जगाउनु पर्ने भन्दै त्यसका लागि पनि स्थानिय सरकारको महत्वपूर्ण भुमिका हुने बताए । उनले भने, ‘चुनाव लड्दा हामी आ–आफ्नो पार्टीको […]

मुख्‍य समाचार समाचार

काठमाडौं आइपुगे भारतीय सेना प्रमुख द्विवेदी

५ मंसिर, काठमाडौं । भारतीय सेना प्रमुख उपेन्द्र द्विवेदी नेपाल आइपुगेका छन् । बुधबार नेपाली सेनाको मानार्थ महारथी दर्जा लिन उनी काठमाडौंमा आएका गरेका हुन् । उनलाई राष्ट्रपति रामचन्द्र पौडेलले यही बिहीबार नेपाली सेनाको मानार्थ महारथीको दर्जा दिने कार्यक्रम रहेको छ ।

मुख्‍य समाचार समाचार

दुर्गा प्रसाईंलाई ५ दिन थुनामा राख्न अनुमति

५ मंसिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीविरुद्ध अफवाह फैलाएको आरोपमा पक्राउ परेका मेडिकल व्यवसायी दुर्गा प्रसाईं पाँच दिन थुनामै रहने भएका छन् । न्यायाधीश माधवप्रसाद अधिकारीको इजलासले प्रसाईंलाई पाँच दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति दिएको हो । प्रहरीले आज बिहान प्रसाईंलाई म्याद थपका लागि अदालतमा उपस्थित गराएको थियो । सीआईबीले प्रसाईंलाई मंगलबार बिहान […]