१६ कात्तिक, काठमाडौं । उमंग र उत्साह बोकेर आउने सांस्कृतिक पर्व तिहारको भिन्नै महत्व छ । शरद ऋतुको मौसम भएकाले घर आँगनमा ढकमक्क सयपत्री र मखमली फूल फुलाउने चलन छ । झिलिमिली बत्तीको चाड पनि भएकाले तिहारलाई उज्यालो पर्वका रुपमा मानिन्छ । हिन्दु दर्शन अनुसार यस चाडमा काग, कुकुर, गाई, गोरु र दाजुभाइ तथा दिदीबहिनीको पूजा गरिन्छ । पूजाका क्रममा चाहिने सामाग्रीहरुको किनमेल र व्यापार पनि यसै समयमा चम्किने गर्छ । अन्य पर्वमा प्रयोग गरिने धार्मिक तथा सांस्कृतिक सामाग्रीहरु झै तिहारमा पनि अनेकौं सामाग्रीहरुको प्रयोग गर्ने परम्परा छ । ति सामाग्रीहरुले सदैव तिहारको झल्को दिने गर्छ । तिहारमा प्रयोग हुने केही महत्वपूर्ण सामाग्रीहरुको बारेमा यहाँ चर्चा गरिएको छ । फूल र माला तिहारका लागि अति आवश्यक सामाग्री मध्ये पर्छ फूल र माला । फूल पनि सयपत्री, गोदावरी र मखमलीको विशेष महत्व रहेको पाइन्छ । घर सजाउन देखि पूजा आराधना गर्न यीनै फूलको प्रयोग हुन्छ । लक्ष्मी जल, फूल, तेल र उज्यालोमा बस्ने भएकाले यो बेला फूलमाला र झिलिमिली बत्तीको प्रयोग गरिन्छ । कुकुर, गाई, गोरु साथै दिदीबहिनी तथा दाजुभाईलाई फूलको माला पहि¥याउने प्रचलन छ । मखमली कहिल्यै ओइलाउँदैन, सयपत्रीको रंग कहिल्यै उडेर जाँदैन भन्ने मान्यता अनुरुप भाइटीकामा यसको माला लगाउने चलन छ । रातो माटो […]