१७ श्रावण २०८३, आईतवार
अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

रुबेन आमोरिमले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्ने

१५ कात्तिक,  काठमाडौं । पोर्चुगिज क्लब स्पोर्टिङ सीपीका मुख्य प्रशिक्षक रुबेन आमोरिमले इंग्लिस क्लब म्यानचेस्टर युनाइटेड सम्हाल्ने भएका छन् । युनाइटेडले खराब प्रदर्शन पछि मुख्य प्रशिक्षक एरिक टान हागलाई बर्खास्त गरेपछि नयाँ प्रशिक्षकको खोजिमा जुटेको थियो । त्यसका लागि युनाइटेडले स्पोर्टिङ सीपीका मुख्य प्रशिक्षक रुबेन आमोरिमलाई नयाँ मुख्य प्रशिक्षकको रूपमा नियुक्त गर्नका लागि सम्झौता गरेको  जनाइएको […]

मुख्‍य समाचार समाचार समाज

साफ फुटबलका खेलाडीलाई तिहारलगत्तै पुरस्कार दिने प्रधानमन्त्रीको घोषणा

१५ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले साफ महिला च्याम्पियनसिप फुटबलमा उपविजेता बनेको नेपाली टोलीलाई नेपाल सरकारले तिहारको बिदालगत्तै पुरस्कार प्रदान गर्ने घोषणा गरेका छन् । प्रधानमन्त्री निवास, बालुवाटारमा आज राष्ट्रिय टोलीका महिला फुुटबल खेलाडीसँगको भेटघाटका क्रममा प्रधानमन्त्री ओलीले खेल क्षेत्रको विकास र खेलाडीलाई प्रोत्साहनमा कुनै कञ्जुस्याई नगर्ने स्पष्ट गर्दै तिहारलगत्तै पुरस्कार प्रदान गर्ने जानकारी […]

मनोरन्जन मुख्‍य समाचार राजनीति समाचार समाज

प्रचण्ड निवास खुमलटारमा देउसी–भैलो

१५ कात्तिक,  काठमाडौं । राष्ट्रिय लोक संगीतकर्मी नेपालले पूर्व प्रधानमन्त्री एवं नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डको निवास खुमलटार पुगेर देउसी–भैलो खेलेको छ । लोक संस्कृतिको संरक्षण र प्रचार प्रसार गरी शान्ती, प्रेस स्वतन्त्रता, र पत्रकारको हकहितको संरक्षण गर्ने उद्देश्यले शीर्ष नेताहरुको घरमा देउसी–भैलो कार्यक्रम तय भएअनुसार प्रधानमन्त्री निवासमा देउसी खेलिएको हो । देउसी–भैलाको कार्यक्रममा […]

मुख्‍य समाचार समाज

प्रहरीको कुकुर पूजा

१५ कात्तिक,  काठमाडौं । तिहार अर्थात् यमपञ्चकको दोस्रो दिन आज बिहीबार इमानदारीपूर्वक घरको सुरक्षामा खटिने कुकुरको पूजा गरी मीठो खानेकुरा खान दिएर मनाइएको छ । कुकुरको पूजा गरी मीठो खान दिए यमलोकको यात्रा गर्दा यमराजको पहरेदारका रूपमा मूलढोकामा बस्ने श्याम र सबल नाम गरेका कुकुरले सहजरूपमा बाटो छोडिदिने धार्मिक विश्वास छ । नेपाल प्रहरी केनाइन […]

मुख्‍य समाचार राजनीति समाचार समाज

सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा विधेयक अघि बढाउन कठिन

१५ कात्तिक, काठमाडौं । राष्ट्रिय सभाकी उपाध्यक्ष विमला घिमिरेले सरकार छिटोछिटो परिर्वतन हुँदा कानून निर्माणको काम पनि प्रभावित भएको बताएकी छिन् । सुनवल नगरपालिकामा आयोजित कार्यक्रममा बोल्दै उपाध्यक्ष घिमिरेले सरकार र मन्त्री परिर्वतन छिटोछिटो हुँदा बिद्येयक अघि बढाउनै नसकिएको बताएकी हुन् । ‘ब्यबस्थापिकाका तर्फबाट हामीले छिटोछिटो अत्यावश्यक कानून बनाउनका लागि बिद्येयक अघि बढाउन सरकारलाई आग्रह गर्छौ’, […]

मुख्‍य समाचार राजनीति समाज

प्रसुती सेवा उपलब्ध हुने संघीय अस्पतालमा चार प्रमुख स्वास्थ्य परीक्षण अनिवार्य

१५ कात्तिक, काठमाडौं । अब नेपालका प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा जन्मिएका बालबालिकाको प्रमुख स्वास्थ्य समस्या परीक्षण बर्न स्क्रिनिङ अनिवार्य हुने भएको छ । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले बुधबार मन्त्रीस्तरीय निर्णय गर्दै प्रसुती सेवा उपलब्ध हुने सबै संघीय अस्पतालमा अपांगतासहितका चार प्रमुख स्वास्थ्य समस्याको परीक्षण अनिवार्य गर्ने निर्णय गरेका हुन् । जन्मनासाथ थाहा […]

मुख्‍य समाचार समाचार समाज

नेपाल प्रहरीका दुई डिआइजीको एआइजीमा बढुवाका लागि सिफारिस

१५ कात्तिक, काठमाडौँ । नेपाल प्रहरीका दुई प्रहरी नायव महानिरीक्षक(डिआइजी)लाई प्रहरी अतिरिक्त महानिरीक्षक(एआइजी)मा बढुवाका लागि सिफारिस गरिएको छ । गृह मन्त्रालय बढुवा समितिको सचिवालयको बुधबार राति बसेको बैठकले नेपाल प्रहरीमा जनपद प्रहरी समूहतर्फका दुई डिआइजीलाई एआइजीमा बढुवाका लागि सिफारिस गरेको हो । बढुवा सिफारिस हुनेमा बुद्धिराज गुरुङ र केदार ढकाल हुन्छ । बढुवा सिफारिस भएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत होः प्रधानमन्त्री ओली

१५ कात्तिक, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटा संघर्षका लागि प्रेरणाको स्रोत भएको बताएको छ । प्रधानमन्त्री ओलीले महाकवि लक्ष्मीप्रसाद देवकोटाले जस्तोसुकै अवस्थामा पनि कर्मशील हुन प्रेरित गरेको उल्लेख गरेको छ । महाकवि देवकोटाको ११६ औँ जन्मजयन्तिको अवसरमा उहाँप्रति श्रद्धाञ्जली व्यक्त गर्दै ओलीले देवकोटालाई नेपालीले सधैँ सम्झिरहने बताएको छ । महाकविप्रति सम्मान […]

मुख्‍य समाचार राजनीति समाज

प्रधानमन्त्रीद्वारा लक्ष्मीपूजाको शुभकामना

१५ कात्तिक, काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले स्वदेश तथा विदेशमा रहनुभएका सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरुमा लक्ष्मीपूजाको शुभकामना व्यक्त गरेको छ । प्रधानमन्त्री ओलीले आज समाजिक सञ्जालमा लेखेको छ, “आज तिहारको लक्ष्मीपूजा ! सबैको घरआँगन उज्यालो होस् ! सबैको परिवारमा सुखशान्ति छाओस् !!” सन्देशमा उसले तिहारमा दीपको उज्यालो जग्मगाउने र फूलको सुगन्ध फैलने तथा पशुपन्छी […]

मधेश मुख्‍य समाचार समाज

आजदेखि राजविराज महोत्सव

१५ कात्तिक, राजविराज (सप्तरी) । संस्कृति, पर्यटन, कृषि तथा व्यापार प्रवर्द्धन गर्ने उद्देश्यले आजदेखि राजविराज महोत्सव हुँदैछ । राज रङ्गशालामा हुने महोत्सवमा स्थानीय उत्पादन र कलासंस्कृति झल्किने वस्तुसहितका ४० वटा बिक्रीकक्ष रहने जनाइएको छ । राजविराज नगरपालिकासँगको सहकार्यमा हुने महोत्सव कात्तिक २५ गतेसम्म सञ्चालन हुनेछ । महोत्सवमा रु ६४ लाख खर्च हुने अनुमान गरिएको छ […]

मधेश मुख्‍य समाचार समाचार समाज

पर्साका ग्रामीण भेगमा गाँजाखेती फस्टायो

१५ कात्तिक, वीरगञ्ज (पर्सा) । पर्सा प्रहरीले सखुवाप्रसौनी गाउँपालिका–१ सिद्धपुरस्थित कोइलाभार साझेदारी वन क्षेत्रभित्रको १० कट्ठामा लगाइएको गाँजा नष्ट गरेको छ । इलाका प्रहरी कार्यालय एकटाँगा, प्रहरीचौकी रङ्गपुरटाडी र अस्थायी प्रहरी पोस्ट मनवाबाट बुधबार खटिएका प्रहरी र सशस्त्र प्रहरीबलको संयुक्त टोलीले गाँजाका बोट फँडानी गरे पनि त्यहाँ गाँजाखेती गर्नेको सुइँको पाउन सकेको छैन । पर्सा […]

गण्डकी मुख्‍य समाचार समाज

देउसी खेलेर क्याम्पसमा अक्षय कोष स्थापनाको प्रयास

१५ कात्तिक, गलेश्वर (म्याग्दी) । जिल्लाको पश्चिमी भागमा अवस्थित मङ्गला शिक्षा क्याम्पसले अक्षय कोष स्थापना गरी ग्रामीण क्षेत्रका विद्यार्थीहरुलाई गाउँमा नै उच्च शिक्षा प्रदान गर्ने उद्देश्यले देउसी खेलेर अर्थ सङ्कलनको प्रयास गरेको छ । मङ्गला गाउँपालिकाको बाबियाचौर लाम्पाटामा सञ्चालित क्याम्पसमा कोष खडा गर्न बुधबार भएको देउसीभैलो कार्यक्रममा रु दुईलाख ७५ हजार सङ्कलन भएको क्याम्पस प्रमुख […]