१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

जुम्लामा राष्ट्रिय परिचयपत्र बनाउन टोली परिचालन

१९ कात्तिक, जुम्ला । सरकारले विभिन्न सेवासुविधा लिनका लागि राष्ट्रिय परिचयपत्र अनिवार्य गरेपछि यहाँ परिचयपत्र बनाउनेको सङ्ख्या बढेको छ । जिल्ला प्रशासन कार्यालयमा गत एक वर्षका अवधिमा ६ हजार पाँच सय ५६ जनाले राष्ट्रिय परिचयपत्र बनाएको प्रशासन शाखाका कम्युटर अपरेटर हेमन्त पुलामीले जानकारी दिए । कार्यालयको राष्ट्रिय परिचयपत्र शाखामा दैनिक ८० जनाभन्दा बढीको सङ्ख्यामा सेवाग्राही […]

पर्यटन मुख्‍य समाचार समाज

‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा

१९ कात्तिक, दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका–१३ सम्जुरस्थित ‘चिल्ड्रेन पार्क’ आन्तरिक पर्यटकको रोजाइमा परेको छ । स्थानीय चण्डीमाइ युवा क्लवको सक्रियतामा गत वर्ष निर्माण गरिएको पार्क आन्तरिक पर्यटकको रोजाइमा परेको छ । क्लवका अध्यक्ष अर्जुन बानियाँले यस ठाउँलाई पर्यटकीय गन्तव्यस्थल बनाउन युवाको सक्रियतामा पार्क निर्माण गरिएको जानकारी दिए । उसले भने, “यसलाई विशेषगरी टिकटक […]

मुख्‍य समाचार समाचार समाज

जनकपुरधाममा छठका लागि पाँच करोड बराबरको केरा आयात

१९ कात्तिक,धनुषा । छठ पर्वका लागि मधेस–प्रदेशको राजधानी जनकपुरधाममा मात्र रु पाँच करोड बराबरको केरा भारतबाट आयात गरिएको छ । छठ पर्वमा व्रतालुका लागि केरा अनिवार्य मानिन्छ । जनकपुर फलफूल तथा तरकारी व्यवसायी समितिका अध्यक्ष विश्वेश्वर यादवले छठ पर्वमा सिङ्गै केराको घरी नै भगवानलाई अर्घका रूपमा चढाउने हुँदा माग उच्च हुने र स्थानीय उत्पादनले नधान्ने […]

मुख्‍य समाचार समाचार समाज

आज पनि तिहारको बिदा , सरकारी कार्यालय मंगलबार मात्रै खुल्ने

१९ कात्तिक, काठमाडौं ।  प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहार सकिएको छ । तिहारको मुख्य दिन हिजो दाजुभाइले दिदीबहिनीबाट टीका लगाएसँगै तिहार सकिएको हो । आइतबार नै तिहार (यमपञ्चक) समापन भए पनि आज सरकारी कार्यालय खुल्ने छैनन् । सरकारले आज पनि तिहारकै बिदा दिएको छ । अघिल्लो वर्ष माघ २९ […]

खेलकुद मुख्‍य समाचार समाज

विश्वकप लिग–२ : आज नेपालले स्कटल्याण्डको सामना गर्दै

१९ कात्तिक, काठमाडौं । आइसिसी विश्व कप क्रिकेट लिग–२ अन्तर्गत अमेरिकामा जारी त्रिकोणात्मक सिरिजमा आज नेपालले स्कटल्याण्डको सामना गर्दैछ । यो खेल सोमबार राति १० बजेर १५ मिनेटमा अमेरिकाको डालासस्थित ग्रान्ड पिएरे मैदान सुरु हुनेछ । सिरिज अन्तर्गतका चार खेलमध्ये नेपालले अमेरिकासँगका दुई खेल गुमाइसकेको छ । अमेरिकासँगको पहिलो खेल तीन विकेटले पराजित भएको नेपाल दोस्रो […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाज

स्पेनिस ला– लिगामा बार्सिलोनाको अर्को जित

१९ कात्तिक, काठमाडौं। बार्सिलोनाले स्पेनिस ला लिगमा अर्को जित हासिल गरेको छ । आइतबार घरेलु मैदानमा भएको खेलमा क्याटलान क्लबले इस्प्यानयोलमाथि ३–१ को जित हासिल गरेको हो । डानी ओल्मोको दुई गोलसँगै शीर्ष स्थानमा रहेको बार्सिलोनाले योसँगै १२ खेलबाट ३३ अंक पु¥याएको छ । जुन दोस्रो स्थानमा रहेको रियल मड्रिडभन्दा ९ अंक बढी हो । १२औं […]

अर्थ मुख्‍य समाचार समाज

सोमबारको विदेशी मुद्राको विनिमय दर कति ?

१९ कात्तिक, काठमाडौं । नेपाल राष्ट्र बैंकले  आज (सोमबार) का लागि विदेशी मुद्राको विनिमय दर तोकेको छ । राष्ट्र बैंकका अनुसार आज अमेरिकी डलर एकको खरिददर एक सय ३४ रुपैयाँ २३ पैसा र बिक्रीदर एक सय ३४ रुपैयाँ ८३ पैसा कायम भएको छ । युरोपियन युरो एकको खरिददर एक सय ४५ रुपैयाँ ४३ पैसा र बिक्रीदर […]

मुख्‍य समाचार समाज

मौसम पूर्वानुमान : देशका उच्च पहाडी तथा हिमाली भू–भागमा वर्षा र हिमपातको सम्भावना

१९ कात्तिक, काठमाडौँ । देशभर पश्चिमी वायु, स्थानीय वायुको साथै बंगलादेश तथा भारतको मणिपुर आसपास रहेको न्यून चापीय प्रणालीको समेत आंशिक प्रभाव रहेको छ । मौसम पूर्वानुमान महाशाखाका अनुसार सोमबार कोशी प्रदेश, मधेस प्रदेश, बागमती प्रदेश, गण्डकी प्रदेश र लुम्बिनी प्रदेश लगायत  देशको पहाडी भू(भागमा आंशिक देखि साधारणतया बदली रही बाँकी भू(भागमा आंशिक बदली देखि […]

मुख्‍य समाचार समाज

राष्ट्रपति पौडेलले बहिनीहरुबाट लगाए भाइटीका

१८ कात्तिक, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले बहिनीहरू शारदा पण्डित र चन्दा ओझाको हातबाट शुभसाइतमा यस वर्षको तिहारको टीका लगाएका छन् । राष्ट्रपति पौडेलले आईतबार बिहान राष्ट्रपति भवन शितलनिवासमा  ११ बजेर ३७ मिनेटको शुभसाइतमा बहिनीहरू शारदा र चन्दाको हातबाट टीका लगाएको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । नेपाल पञ्चांग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम […]

मुख्‍य समाचार समाज

प्रधानमन्त्री ओलीद्वारा बहिनीहरुको हातबाट टिका ग्रहण

१८ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले बहिनीहरुको हातबाट टिका ग्रहण गरेका छन् । बालुवाटारमा आइतबार आफ्ना बहिनीहरु विष्णुमाया ढकाल, कौशिला कोइराला र विष्णु ओलीको हातबाट शुभसाइतमा टीका लगाएका हुन् । नेपाल पञ्चाङ्ग निर्णायक समितिले यस वर्षको भाइटीकाको उत्तम साइत  आज बिहान ११ बजेर ३७ मिनेटका लागि निर्धारण गरेको थियो । उत्तम साइतपछि पनि दिनभर […]

मुख्‍य समाचार समाज

भाइटीका आज : उत्तम साइत बिहान ११ः३७ बजे

१८ कात्तिक,  काठमाडौं । यमपञ्चक अर्थात् तिहारको पाँचौँ दिन आज भाइटीका । दिदीबहिनीले आफ्ना दाजुभाइलाई श्रद्धा, आस्था र निष्ठाका साथ दीर्घायु, आरोग्य र ऐश्वर्य प्राप्तिको कामना गर्दै परम्पराअनुसार पञ्चरंगी वा सप्तरंगी टीका लगाएर मनाइँदैछ । प्रत्येक वर्ष कार्तिक शुक्ल द्वितीयाका दिन मनाइने नेपालीको दोस्रो ठूलो चाड तिहारको मुख्य दिन आज दाजुभाइले दिदीबहिनीबाट टीका ग्रहण गर्दैछन् । […]

मुख्‍य समाचार राजनीति समाचार समाज

तिहार नेपालीहरूको महिमापूर्ण पर्व हो : प्रधानमन्त्री

१८ कात्तिक,  काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले तिहार नेपालीहरूको महिमापूर्ण पर्व भएको बताएका छन् । भाइटीकाको अवसरमा सामाजिक सञ्जालमार्फत् आइतबार शुभकामना दिँदै उनले तिहार जीवनमा उज्यालो छर्ने चाड भएको बताए । ‘यस वर्षको तिहारको आज अन्तिम दिन, दिदीबहिनी र दाजुभाइबिचमा स्नेह जागृत गर्ने महिमा बोकेको महान पर्व भाइटीका, समस्त दिदीबहिनी दाजुभाइको जीवनमा उज्यालो छाओस्, […]