खुटिया नदीमा डुबेर बेपत्ता भएकी किशोरीको शव फेला
२३ भाद्र, काठमाडौं । कैलालीको धनगढी स्थित खुटिया नदीमा डुबेर एक किशोरीको मृत्यु भएको छ भने एक बालिकाको उद्धार गरिएको छ । आइतबार दिउँसो धनगढी उप–महानगरपालिका – १५ र ७ को बिचमा पर्ने बेली पुल नजिकै खुटिया नदीमा डुबेर धनगढी उपमहानगरपालिका – १४ का महादेव अवस्थीको छोरी १६ वर्षीय जेनिशा अवस्थीको मृत्यु भएको हो । […]











