३ कार्तिक २०८३, सोमबार
बागमती मुख्‍य समाचार समाचार समाज

चुरियामाई मन्दिर नजिक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना घाइते

७ मङ्सिर,  हेटौंडा । हेटौंडा उपमहानगरपालिका–१५ स्थित चुरियामाई मन्दिर नजिक पूर्व–पश्चिम राजमार्गमा आज बिहान करिब ९ः१५ बजे एक यात्रुबाहक बस दुर्घटना हुँदा १७ जना यात्रु घाइते भएका छन् । बिरगंजबाट पोखरातर्फ जाँदै गरेको ग २ ख १६२१ नम्बरको बस ब्रेक फेल भई सडक छेउको खोल्सामा पल्टिएको जिल्ला प्रहरी मकवानपुरले जानकारी दिएको छ । दुर्घटनामा परेका […]

अर्थ कोशी मुख्‍य समाचार समाचार समाज

झापाबाट एघार करोडको चिया निर्यात

७ मङ्सिर, झापा । नेपाल बहुउद्देश्यीय सहकारी संस्था (एनएमसी)ले रु ११ करोड ४३ लाख ६१ हजार बराबरको चिया भारत निर्यात गरेको छ । संस्थाले तीन लाख ६४ हजार ४४ केजी तयारी चिया निर्यातबाट उक्त रकम आर्जन गरेको हो । “गुणस्तरीय चिया उत्पादनमा जोड दिइरहेका छौँ । चियाखेती गर्ने किसान हाम्रो सहकारीका सदस्य हुन्छ । चियाखेती […]

बागमती मुख्‍य समाचार समाचार समाज

एमाले जागरण सभाको र्‍याली भद्रकालीबाट प्रारम्भ

७ मङ्सिर, काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एमाले) को आज काठमाडौँमा हुन लागेको जागरणसभाको र्‍याली भद्रकालीबाट प्रारम्भ भएको छ । भद्रकालीबाट सुरु भएको र्‍याली शहिद गेट, सुनधारा, वीर अस्पताल, जमल हुँदै दरबारमार्गमा पुगेर जागरणसभामा परिणत हुने कार्यक्रम छ । कार्यक्रमलाई एमाले अध्यक्ष केपी शर्मा ओलीलगायतका नेताहरूले सम्बोधन गर्ने छ । एमाले अध्यक्ष ओली कार्यक्रम स्थलमा […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

नेपालले प्राप्त गरेको क्रेडिट रेटिङ्ग सन्तोषजनक छ : अर्थमन्त्री पौडेल

७ मङ्सिर, काठमाडौं । नेपालले सार्वभौम क्रेडिट रेटिङ्गमा बिबि माइनस (द्यद्य–) स्कोर प्राप्त गर्न सफल भएको छ । शुक्रबार मन्त्रालयमा पत्रकार सम्मेलनको आयोजना गरी नेपालले प्राप्त गरेको रेटिङ्गले नेपालको अर्थतन्त्रको संरचना, सार्वजनिक वित्त परिचालन र समष्टिगत आर्थिक तथा वित्तीय अवस्था लगानीमैत्री र उन्नत रहेको जानकारी दिएको हो । मन्त्रालयका अनुसार क्रेडिट रेटिङ्गको नतिजाले नेपालको साख क्षमता […]

मनोरन्जन मुख्‍य समाचार समाज

छायाङ्कनको अन्तिम तालिकामा ‘बलिदान’

७ मङ्सिर, काठमाडौं ।  दसैँ, तिहार र छठ जस्ता प्रमुख चाडपर्वहरू सम्पन्न भएसँगै नेपाली चलचित्र ‘बलिदान’ छायाङ्कनको अन्तिम चरणमा प्रवेश गरेको छ । शुक्रबारदेखि मोरङको कानेपोखरीमा निर्माण गरिएको भव्य सेटमा बाँकी छायाङ्कन सुरु गरिएको छ । चाडपर्वका कारण रोकिएको छायाङ्कन अब तीव्र गतिमा अघि बढ्ने तयारीमा छ । गत भदौमा छायाङ्कन सुरु भएको यस चलचित्रको अन्तिम […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको भाउ बढ्दा चाँदी घट्यो

७ मङ्सिर, काठमाडौं । साताको अन्तिम कारोवार दिन शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ५ सय रूपैयाँले बढेको हो । बिहीबार १ लाख ६४ हजार रुपैयाँमा कारोवार भएको सुन आज तोलाको १ लाख ६५ हजार ५ सय रूपैयाँमा कारोबार भइरहेको छ । यस्तै, […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कर्णाली स्वास्थ्य प्रतिष्ठानमा आन्दोलन, उपकुलपति डा.रावलप्रति आक्रोश

७ मङ्सिर, काठमार्डौं । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठानमा कार्यरत स्थायी कर्मचारी तथा शिक्षकहरुका स्तरबृद्धि रोकेको भन्दै शिक्षक तथा कर्मचारीहरु अन्दोलित बनेका छन् । कर्णाली स्वास्थ्य विज्ञान प्रतिष्ठान जुम्लामा लामो समयदेखि स्थायी रुपमा कार्यरत शिक्षक तथा कर्मचारीहरुको स्तरवृद्धि तथा नियमावली अनुसारको तलब र भत्ता नपाएको भन्दै उनीहरु उच्च अदालत सुर्खेत जुम्ला इजलास पुगेका थिए । प्रतिष्ठानमा कार्यरत […]

अर्थ कोशी जीवनशैली मुख्‍य समाचार समाचार समाज

सुकुटी बेचेर मासिक दुई लाख आर्जन

७ मङ्सिर, बेलबारी (मोरङ) । बेलबारी–११ लक्ष्मीमार्ग बजार क्षेत्रमा लस्करै सुकुटी पसल भेटिन्छन् । राँगाको मासुबाट यहाँ बनाइने सुकुटीको माग स्वदेशमा मात्र नभई विदेशमा पनि बढेपछि सुकुटीको व्यापार फस्टाएको हो । विदेशको लोभलाग्दो कमाइ छोडेर स्वदेशमै स्वरोजगार बन्ने उद्देश्यले लक्ष्मीमार्गका केही युवाले सुरु गरेको सुकुटी पसलले हाल विदेशको कमाइलाई बिर्साइदिएको छ । छ वर्ष वैदेशिक […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गरौं : पूर्ण बस्नेत

७ मङ्सिर, काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले समाजवादी आन्दोलनलाई एकतावद्ध र सुदृढ गर्नुपर्ने बताएका छन् । समाजवादी आन्दोलनको आजको अवस्था र काङ्ग्रेस कम्युनिष्टको चरित्रबारे टिप्पणी गर्दै बस्नेतले सो कुरा बताएका हुन् । ‘नेपालमा समाजवादी आन्दोलनको क्षयीकरण र काङ्ग्रेस कम्युनिष्टको भ्रष्टीकरण तीव्र गतीमा भइरहेको छ । समाजवादी आन्दोलनलाई व्यवस्थित नगर्ने […]

अन्तर्वार्ता बागमती मुख्‍य समाचार समाचार समाज

प्रधानमन्त्री ओलीसँग भेटवार्ता गर्दै भारतीय सेनाध्यक्ष द्विवेदी

७ मङ्सिर, काठमाडौं ।  भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदीले आज प्रधानमन्त्री केपी शर्मा ओलीसँग भेटवार्ता गर्दैछन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार द्विवेदीले आज अपरान्ह साढे चार बजे प्रधानमन्त्री कार्यालय सिंहदरबारमा भेटवार्ता गर्ने कार्यक्रम छ । बुधबार दिउँसो काठमाडौं आइपुगेका द्विवेदीलाई बिहीबार राष्ट्रपति रामचन्द्र पौडेलले मानार्थ महारथीको दर्ज्यानी चिन्ह तथा खड्ग प्रदान गरेका थिए ।  नेपाली सेनाका परमाधिपति […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

एन्फाले आगामी माघमा बि डिभिजन लिग आयोजना गर्ने

७ मङ्सिर, काठमाडौं ।  अखिल नेपाल फुटबल संघ (एन्फा) ले आगामी माघमा बी डिभिजन लिग सञ्चालन गर्ने भएको छ । एन्फाले माघ १३ गतेदेखि बि डिभिजन लिग संचालन गर्नेगरी कार्यतालिका सार्वजनिक गरेको हो । एन्फाले बि डिभिजन लिगमा सहभागी क्लबहरूलाई लासेन्सिङ प्रक्रियामा लैजाने, क्लबहरुको पुरानो बक्यौता उपलब्ध गराउने, खेलाडी दर्ता फिफा कनेक्ट डिजिटल प्लेटफर्म मार्फत […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

आज कुन फलफूल तथा तरकारीको मूल्य कति ?

७ मङ्सिर,  काठमाडौं । फलफूल तथा तरकारी बजार विकास समिति कालीमाटीले शुक्रबारका लागि तरकारी तथा फलफूलहरुको मूल्यसूची सार्वजनिक गरेको छ । कालीमाटीमा आज च्याउसहितका केही तरकारीको मूल्य बढेको छ । साग लगायतका केही तरकारीको मूल्य भने थोरै घटेको छ । कालीमाटीमा आज ठूलो भारतीय गोलभेँडा ९५, सानो लोकल गोलभेँडा ६७, रातो आलु ६८, सेतो आलु […]