१७ श्रावण २०८३, आईतवार
कोशी मुख्‍य समाचार समाचार समाज

त्रिवि पत्रकारिता विभागलाई मुद्रणयन्त्र हस्तान्तरण

२० कात्तिक, मोरङ । नगेन्द्रप्रसाद रिजाल नेतृत्वको मन्त्रिपरिषद्मा शिक्षा तथा सञ्चार राज्यमन्त्रीका रुपमा राष्ट्रको सेवा गर्नुभएका स्वर्गीय राधाप्रसाद घिमिरेको विराटनगर–२ स्थित निवासमा रहेको सन् १८८३ मा निर्मित मुद्रणयन्त्र आज त्रिभुवन विश्वविद्यालय पत्रकारिता तथा आमसञ्चार विभागलाई आज हस्तान्तरण गरिएको छ । विभागका प्रमुख कुन्दन आर्यालयलाई स्वर्गीय घिमिरेकी कान्छीबुहारी दुर्गा घिमिरेले उक्त यन्त्र हस्तान्तारण गरेको हो । […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

विदेशी पर्यटकको सङ्ख्यामा पुनरुत्थान

२० कात्तिक, काठमाडौँ । सन् २०२४ को १० महिनामा नौ लाख ४० हजार सात सय ३२ विदेशी पर्यटक आएका छन् । नेपाल पर्यटन बोर्डको तथ्याङ्कअनुसार अक्टोबरमा कूल एक लाख २४ हजार तीन सय ९३ विदेशी पर्यटक आए । यो सङ्ख्या अघिल्लो वर्षको सोही अवधिको तुलनामा छ दशमलव चार प्रतिशतले बढी हो । सन् २०२३ को […]

मुख्‍य समाचार समाचार समाज

लुम्बिनी प्रदेशका मुख्यमन्त्री चीन भ्रमणमा जानुहुने

२० कात्तिक, लुम्बिनी । यही कात्तिक २६ देखि २८ गतेसम्म चीनको सिछुआन प्रान्तमा हुने अन्तर्राष्ट्रिय सम्मेलनमा सहभागी हुने सात सदस्यीय प्रतिनिधिमण्डलको नेतृत्व गर्दै लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्य चीन भ्रमणमा जाने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को आजको बैठकले उसको चीन भ्रमणको कार्यक्रम स्वीकृत गरेको सरकारका प्रवक्ता तथा कृषि, भूमि व्यवस्था तथा सहकारीमन्त्री दिनेश पन्थीले […]

मुख्‍य समाचार समाचार समाज

आजदेखि खुले सरकारी कार्यालय

२० कात्तिक,  काठमाडौं । आजदेखि सबै सरकारी कार्यालयहरु खुलेको छन् । तिहार पर्वको बिदा पछि आजदेखि सरकारी कार्यालयहरु खुलेका हुन् । पहिलाको वर्षहरुमा भाइटीकाको दिनदेखि सरकारी कार्यलयहरु खुलाउने गरेकोमा यो वर्ष भने सरकारले भाइटीकाको भोलिपल्टसम्म सरकारी बिदा दिएको थियो ।

मुख्‍य समाचार राजनीति समाज

विद्युतिय कारोबार सम्बन्धि विधेयक समितिबाट चाँडै पारित हुन्छ : सभापति खान

२० कात्तिक, काठमाडौं । प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिका सभापति अब्दुल खानले विद्युतिय कारोबार सम्बन्धि विधेयक चाँडै पारित गर्ने बताएका छन् । मंगलबार नेपाल न्यूज बैंकसँगको विशेष कुराकानीमा उनले कार्तिक २५ गतेदेखि विधेयकमाथि दफाबार छलफल सुरु गर्ने र चाँडै विधेयक समितिबाट पारित गर्ने जानकारी दिएका हुन् । उनले भने, ‘विद्युतिय […]

मधेश मुख्‍य समाचार समाज

करिब ६० किलोग्राम गाँजा बरामद

२० कात्तिक, पर्सा । प्रहरीले वीरगंज महानगरपालिका–३१ मिलन चोकस्थित सडकबाट अवैध लागूऔषध गाँजा करिब ६० किलोग्राम बरामद गरेको छ । प्रहरी चौकी मिलनचोकबाट खटिएको प्रहरीले बिआर १ बिसि ३३०७ नम्बरको कारको सिटभित्र फल्स बटम बनाई लुकाई छिपाई राखेको उक्त परिमाणको गाँजा फेला पारी बरामद गरेको हो । प्रहरीले हाल फरार कार चालकको खोजी गर्नुका साथै यस […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२० कात्तिक, कास्की । जुवातास खेलिरहेको अवस्थामा प्रहरीले ६ जनालाई पक्राउ गरेको छ । पोखरा महानगरपालिका–१७ बिरौटा बस्ने ५२ वर्षीय भरत बहादुर ठकुरीको ठकुरी खाजा घरभित्रबाट वडा प्रहरी कार्यालय बैदामबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई नगद ७९ हजार ९सय ७० रूपैयाँ र १ बुक तास सहित पक्राउ गरेको हो । यस सम्बन्धमा प्रहरीले […]

कोशी मुख्‍य समाचार समाचार समाज

चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद

२० कात्तिक, इनरुवा (सुनसरी) । सशस्त्र प्रहरी–४ नम्बर गणले चालु आर्थिक वर्षको चार महिनामा एक हजार तीन सय किलो गाँजा बरामद गरेको छ । सशस्त्र प्रहरी सुनसरीले सुरु गरेको लागुऔषध नियन्त्रण अभियान अन्तर्गत उक्त परिमाणमा गाँजा बरामद गरेको सशस्त्र प्रहरी उपरीक्षक समेनन्द बज्राचार्यले जानकारी दिए । खुल्ला सीमाको प्रयोग गरेर भारतीय बजार तर्फ लगिरहेका बेला […]

मुख्‍य समाचार समाचार समाज

स्कुटर दुर्घटनामा एकको मृत्यु

२० कात्तिक, काठमाडौँ । गोकर्णेश्वर नगरपालिका–८ माकलबारीमा गएराति बा प्र ०२–०१४ प २७२६ नं को स्कुटर अनियन्त्रित भई दुर्घटना हुँदा एकजनाको मृत्यु भएको छ । दुर्घटनामा गोकर्णेश्वर नगरपालिका–७ दक्षिणढोका बस्ने सिन्धुपाल्चोक स्याउले घर भएका २१ वर्षीय दिनेश तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको शङ्खरापुर अस्पताल नारायणटारमा उपचारको क्रममा मृत्यु […]

मुख्‍य समाचार समाचार समाज

वर्षौँदेखि काकाकुल छ जुम्लाको रारा गाउँ

२० कात्तिक, जुम्ला । यहाँको तिला गाउँपालिका–१ स्थित रारा गाउँका गाउँले वर्षौँदेखि काकाकुल छन् । विभिन्न योजना सञ्चालन गरिएपनि प्रभावकारी कार्यान्वयन नहुँदा रारावासी खानेपानी अभाव भोग्न बाध्य भएका हुन् । आठवर्ष अघि सङ्घीय खानेपानी कार्यालय जुम्लाबाट तिला–९ ढीपुबाट खानेपानी ल्याउने पञ्चवर्षीय योजना सुरु गरिएपनि पनि उपझोक्ता समिति र कार्यालयले राम्रोसँग काम नगर्दा योजना सञ्चालन हुन […]

बागमती मुख्‍य समाचार समाचार समाज

टेलिकमको पाइपबाट पानी बगेपछि

२० कात्तिक, चितवन । पूर्व–पश्चिम राजमार्गमा पर्ने भरतपुर महानगरपालिकाको कार्यालय अगाडि सडकको बीचभागमा गाडिएको नेपाल टेलिकमको पाइपबाट निरन्तर पानी बगेपछि प्राविधिकहरु मुहानको खोजीमा लागेका छन् । दसैँ अघिदेखि पानी निस्किएर सडक भत्काएपछि पानीको मूल हुनसक्ने अनुमान गरिएको छ । डिभिजन सडक कार्यालय चितवनका इन्जिनियर शिला न्यौपानेले नेपाल टेलिकमले विछ््याएको पाइपबाट पानी निस्किएको बताए । सुरुमा […]

खेलकुद मुख्‍य समाचार समाज

एसोसिएट स्टार मुस्तफा रोयल्समा अनुबन्धित

२० कात्तिक, एसोसिएट क्रिकेटका परिचित खेलाडी रोहन मुस्तफाले नेपाल प्रिमियर लिग (एनपिएल) मा सुदुरपश्चिम रोयल्सबाट खेल्ने भएका छन् । यूएईबाट अन्तर्राष्ट्रिय क्रिकेट खेल्दै आउनुभएका रोहनले नेपालमा सम्पन्न विभिन्न प्रतियोगितामा सफलता हात पार्दै समर्थकमाझ पनि प्रिय छन् । नेपाल र यूएई अन्तर्राष्ट्रिय क्रिकेटमा आमने–सामने हुँदापनि उनले राम्रो प्रदर्शन गर्दै आएका छन् । यूएईको कप्तान समेत रहेका ३६ […]