४ कार्तिक २०८३, मंगलवार
प्रवास मुख्‍य समाचार समाचार समाज

टोरन्टो घुम्ती शिविरबाट चार सय नेपालीले लिए राहदानी

६ मङसिर, काठमाडौँ । क्यानडाको राजधानी ओटावास्थित नेपाली दूतावासले हालै टोरन्टो नगरमा सञ्चालन गरेको घुम्ती शिविरबाट चार सय नेपालीले  राहदानी लिएका छन् । दुईदिने उक्त शिविरमा राहदानीका साथै अन्य ‘कन्सुलर’ सेवा प्रवाह गरिएको थियो । राहदानी विभाग, टोरन्टोस्थित नेपालको अवैतनिक महावाणिज्य दूतावास, क्यानडास्थित गैरआवासीय नेपाली सङ्गठनलगायत सामुदायिक संस्थाको सहकार्यमा दूतावासले उल्लेख्य सङ्ख्यामा  टोरन्टोमा रहेका नेपाली प्रवासीलाई […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

चीनमा भएको इन्टरनेट सम्मेलनमा रोबोट कुकुरप्रति आकर्षण

६ मङसिर, एजेन्सी । पूर्वी चीनको झेजियाङ प्रान्तको वुजेनमा सुरु भएको विश्व इन्टरनेट सम्मेलनमा रोबोट कुकुर, मानवरहित जहाज र सवारी साधनहरूले सहभागिहरुलाई आकर्षित गराएको छ । आर्टिफिसियल इन्टेलिजेन्स (एआई)मा केन्द्रीत सम्मेलन एआई क्षेत्रको प्राविधिक र औद्योगिक विकासहरूमा धेरै ध्यान केन्द्रीत पनि गरेको छ । विशेषगरी स्मार्ट रोबोट कुकुरले धेरैको ध्यान खिचेको छ । टाउकोमा जडान गरिएको […]

मुख्‍य समाचार समाचार समाज

पोखरा र काठमाडौंमा संसद् शिविर हुने

६ मङसिर, काठमाडौं  । हिमालयन मेडिटेशन शिवकृपानन्द स्वामी फाउण्डेशनका संस्थापक बाबा स्वामीले (गुडविल एम्बास्डर अफ नेपाल–२०२०) ले नेपालको आध्यात्मिक, योगा तथा वेलनेश पर्यटन प्रर्वद्धनका लागि नेपालमा ध्यान शिविर आयोजन गर्न लागेको बताएका छन् । बिहीबार पत्रकार सम्मेलन गर्दै मंसिर १४ र  १५ गते पोखरामा संसद् शिविर र  रंगशालामा आम जनताका लागि ध्यान शिविर हुने बताएका हुन्  […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

६ मङसिर, काठमाडौं । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् । २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमै सम्पन्न गर्नुपर्ने

६ मङसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकारको समन्वयमा प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमा सम्पन्न गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार परियोजना शुभारम्भ कार्यशाला र एमओयू हस्ताक्षर समारोहमा उनले परियोजना कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गर्नुपर्ने […]

कर्पोरेट मुख्‍य समाचार समाचार समाज

ई–प्लानेटलाई सिड्नीबाट ‘टप अफ द टावर’ अवार्ड

६ मङसिर, काठमाडौं । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट)ले दक्षिण एशियाको ‘टप अफ द टावर’ अवार्ड प्राप्त गरेको छ ।  अवार्ड एक्सिलेन्स अवार्ड २०२४ अन्तर्गत यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटिएस) ले प्रदान गरेको हो । अवार्डले दक्षिण एशियामा शैक्षिक परामर्श सेवामा उत्कृष्टता, विद्यार्थी सहयोग तथा विश्वव्यापी साझेदारीमा ई–प्लानेटको सफलतालाई सम्मानित गरेको ई–प्लानेटले विज्ञप्तिमार्फत जनाएको छ । अवार्ड […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

‘मन्त्री हेरफेर हुँदैन, डेढ बर्षपछि देउवा प्रधानमन्त्री’

६ मङसिर, धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए । विहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए । उनले भने,‘दुई दलको सरकार […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती

६ मङसिर, म्याग्दी । चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडक मर्मत नहुँदा स्थानीयबासी र पर्यटकलाई समस्या भएको छ । स्थानीयबासीले पहिरोले साघुरिएको सडकको डिलतर्फ काठ राखेर […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन

६ मङ्सिर, रामपुर (पाल्पा) । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा आयोजना गरिएको सत्यवती मेलामा रु ३२ लाख बराबर भेटी सङ्कलन भएको छ । यसवर्ष लागेको मेलामा श्रद्धालु भक्तजनले दानका रूपमा चढाएका सुन तथा नगदसहित रु ३२ लाख ८१ हजार आठ सय ७० बराबर भेटी सङ्कलन भएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले […]

अन्तर्वार्ता बागमती मुख्‍य समाचार समाचार समाज

जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न

६ मङ्सिर, काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प

६ मङ्सिर, काठमाडौँ । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

६ मङ्सिर, काठमाडौँ । आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन(बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको […]