१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

अतिरुद्र विश्वकल्याण विराट महायज्ञ आजदेखि सुरु

२१ कात्तिक,  काठमाडौं । नेपाल महर्षि वैदिक फाउण्डेशनले वैज्ञानिक सन्त महर्षि महेशयोगी नेपाल आगमनको स्वर्ण महोत्सवमा अतिरूद्र विश्वकल्याण विराट महायज्ञ सुरु भएको छ । फाउण्डेशनले काठमाडौंको भद्रकालीमा आजदेखि २४ गतेसम्म चल्ने महायज्ञसहित वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलन पनि गर्ने जानकारी दिएको हो । महायज्ञमा १,११,१११।– प्रदान गरी यस महायज्ञमा एक महारुद्र बराबरको सङ्कल्प […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

पूर्व भारतीय यू–१९ कप्तान उन्मुक्त चन्द लुम्बिनी लायन्समा सामेल

काठमाडौं । भारतीय यू–१९ विश्वकप विजेता कप्तान तथा आईपीएल स्टार उन्मुक्त चन्द नेपाल प्रिमियर लिग (एनपीएल) का लागि लुम्बिनी लायन्समा अनुबन्धित भएका छन् । चन्दको आगमनले लुम्बिनी लायन्सलाई उल्लेखनीय रूपमा बलियो बनाउने विश्वास गरिएको छ । उन्मुक्त चन्दले भारतलाई कप्तानको रुपमा २०१२ यू–१९ विश्वकप जिताएका थिए । उक्त फाइनल खेलमा उनले शतक समेत प्रहार गरेर […]

मुख्‍य समाचार समाचार समाज

जुवातास खेलिरहेको अवस्थामा ६ जना पक्राउ

२१ कात्तिक, दाङ । प्रहरीले जुवातास खेलिरहेको अवस्थामा ६ जनालाई पक्राउ गरेको छ । घोराही उपमहानगरपालिका–१५ काठेकोहल डेरा गरी बस्ने बाँके नेपालगंज उपमहानगरपालिका–८ घर भएका ३४ वर्षीय इमरान हुसेनको कोठामा जिल्ला प्रहरी कार्यालय दाङबाट खटिएको प्रहरीले उनीहरूलाई पक्राउ गरेको हो । उनीहरुलाई नगद ९१ हजार ९सय रूपैयाँ र ३ बुक तास सहित पक्राउ गरेको हो । […]

मुख्‍य समाचार समाचार समाज

अटो चलाएर त्रिसट्ठी वर्षीय तुलादत्त परिवारको खर्च धान्दै

२१ कात्तिक, कञ्चनपुर । शुक्लाफाँटा नगरपालिका–१० का तुलादत्त जोशीलाई ६३ वर्ष नाघ्नै आँटेको छ । युवा जस्तै जोस र जाँगरका साथ उ अटो चलाउन व्यस्त हुन्छ । पाँच वर्षदेखि उसले अटो चलाउँदै आएको छ । दैनिक उहाँको कमाई रु एक हजारदेखि दुई हजारको हाराहारीमा हुने गरेको छ । महिनामा रु २० हजार देखि रु ३० […]

मुख्‍य समाचार समाज स्वास्थ्य

डेङ्गी सङ्क्रमण घट्दै

२१ कात्तिक, काठमाडौँ । नेपालमा डेङ्गी सङ्क्रमण घट्दै गएको छ । इपिडिमियोलोजी तथा सरुवा रोग नियन्त्रण महाशाखाका किटजन्य रोग शाखाका प्रमुख डा गोकर्णप्रसाद दाहालले जाडो बढ्नुका साथै सरकारले डेङ्गी सार्ने लामखुट्टे नियन्त्रण अभियान सञ्चालन गरेपछि कात्तिकयता सङ्क्रमण घट्दै गएको बताए । सरकारले डेङ्गीको सङ्क्रमण बढ्न थालेपछि हरेक शुक्रबार सरकारी तथा गैरसरकारी कार्यालयमा र अस्पताल परिसरमा […]

कर्णाली मुख्‍य समाचार समाज

कर्णालीको लोकसंस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम

२१ कात्तिक, कर्णाली । कर्णालीको लोक, कला र मौलिक संस्कृति जगेर्ना गर्न सांस्कृतिक कार्यक्रम को तयारी थालिएको छ । पछिल्लो समयमा ऊर्जाशील युवाको पलायन तथा लोपोन्मुख अवस्थामा पुगेको वैभवशाली कर्णालीको मौलिक संस्कृति र कलाको संरक्षण एवं संवद्र्धनका लागि सांस्कृतिक युवालय संस्थाले पहल थालेको हो । ‘युवाहरुसँगको हाम्रो सहयात्रा’ परियोजनाअन्तर्गत बिहीबार राजधानी सुर्खेत वीरेन्द्रनगरमा मौलिक बाजा, […]

मुख्‍य समाचार समाज

सामा–चकेवाः दाजुभाइ र दिदीबहिनीबीचको प्रेम र भातृत्वको उत्सव

२१ कात्तिक, महेन्द्रनगर (धनुषा) । सामा–चकेवा मैथिली संस्कृतिको महत्वपूर्ण पर्वका रुपमा रहेको छ । यसलाई दाजुभाइ र दिदीबहिनीबीचको गाढा प्रेम, समर्पण र एकताको प्रतीक मानिन्छ । यो पर्व मिथिलाञ्चल क्षेत्रका महिलाले छठपछिको पाँचौं दिन अर्थात् खडना (पञ्चमी) को रातदेखि कात्तिक पूर्णिमाको रातसम्म मनाउँछन् । यो पर्वको धार्मिक महत्वसहित यसमा मिथिला संस्कृति, परम्परा र समाजको भावना […]

मुख्‍य समाचार समाचार समाज

काठमाडौँ उपत्यकामा छठको रौनक

२१ कात्तिक, काठमाडौँ । तिहार सकिएलगत्तै अहिले काठमाडौँ उपत्यकामा छठको रौनक सुरु भएको छ । छठका लागि अहिले काठमाडौँ उपत्यकाका गौरीघाट, थापाथली, कमलपोखरीलगायतका स्थानमा छठका लागि टेण्ट राख्ने कार्य करिब करिब अन्तिम चरणमा पुगेको छ । छठ पूजाका लागि काठमाडौँका नदी किनार झिलिमिल बत्तीसहित सिङ्गारिएका छन् । पशुपति क्षेत्रस्थित गुह्येश्वरी मन्दिरमुनिको बागमती किनारमा आकर्षक रुपमा […]

मुख्‍य समाचार समाचार समाज

खाद्य व्यवस्था कम्पनीद्वारा चामल उत्पादन सुरु

२१ कात्तिक, जनकपुरधाम ।  सरकारको स्वामित्वमा रहेको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड प्रादेशिक कार्यालय जनकपुरधामले  पौष्टिक तत्व भएको (भिटामिनयुक्त) चामल उत्पादन सुरु गरेको छ । धान र चामलको खरिद–बिक्री गर्दै आएको सो कार्यालयले पौष्टिक तत्व भएको भिटामिनयुक्त चामलसमेत उत्पादन गरेर वितरण सुरु गरेको सो कार्यालयका कार्यालय प्रमुख गङ्गाप्रसाद साहले जानकारी दिए । विश्व खाद्य […]

मुख्‍य समाचार समाचार समाज

दुई बस एकापसमा ठोक्किँदा १३ जना घाइते

२१ कात्तिक, मलेखु (धादिङ) । पृथ्वीराजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका–६ बन्छेटारमा दुईवटा बस एकापसमा ठोक्किँदा १३ जना घाइते भएका छन् । काठमाडौँबाट गोरखातर्फ जाँदै गरेको बा४ख ४४७६ नम्बरको बस तथा चितवनबाट काठमाडौँतर्फ आउँदै गरेको बा५ख ३४९५ नम्बरको बस एकापसमा ठोक्किएका हुन् । घाइतेलाई उपचारका लागि आदमघाट र गजुरीका स्वास्थ्य संस्थामा लगिएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता प्रल्हाद […]

मुख्‍य समाचार समाज सुदूरपश्चिम

ग्रामीण भेगमा ट्याक्टरको प्रयोग बढ्न थाल्यो

२१ कात्तिक, दार्चुला । प्रविधिको विकाससँगै दार्चुलाका पहाडी ग्रामीण क्षेत्रमा अहिले परम्परागत रुपमा गोरूको प्रयोग गरी खेत जोत्ने चलन विस्तारै हराउन थालेको छ । तराईमा मात्र प्रयोग हुँदै आएको ट्याक्टर पछिल्ला केहीवर्षयता पहाडी ग्रामीण बस्तीमा पनि पुग्न थालेसँगै यसको प्रयोग बढ्न थालेको हो । दुई वर्ष अघिसम्म अपिहिमाल गाउँपालिका–४ का प्रकाश कार्कीले गोरूको सहायताले महिनौँ […]

कोशी मुख्‍य समाचार समाज

भुइँकटहर खेतीबाट वार्षिक रु १५ लाखसम्म आम्दानी गर्दै विष्ट

२१ कात्तिक, धरान (सुनसरी) । बराहक्षेत्र नगरपालिका–६ का अर्जुन विष्टले २०७७ सालमा नेपाल प्रहरीको सेवाबाट निवृत्त भएपछि सुरुमा वैदेशिक रोजगारीमा जाने सोच बनाएको थियो । तर पछि विदेशमा गर्ने दुःख यही गर्न सके केही उपलब्धि हुन्छ कि भन्ने सोचले उ कृषि क्षेत्रमा सक्रिय भयो । अहिले उसलाई तत्कालीन समयमा आफूले लिएको निर्णय सही भएको लागेको […]