१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाले तोक्यो उपनिर्वाचनको जिम्मेवारी

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले स्थानीय तहको उपनिर्वाचनका लागि सातै प्रदेशमा निर्वाचन परिचालनको जिम्मेवारी तोकेको छ । केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक गणेश पराजुलीको सभापतित्वमा बुधबार बसेको बैठकले प्रतिनिधिसभा सदस्य एवं केन्द्रीय सदस्यहरुलाई निर्वाचन परिचालनको जिम्मेवारी तोकेको कार्यवाहक प्रवक्ता मनिष झाले जानकारी दिए । उक्त बैठकले कोशी प्रदेशमा निशा डाँगीलाई जिम्मेवारी तोकेको […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

नाग्म–गमगडी सडक कालोपत्र गर्न माग

२२ कात्तिक, जुम्ला । जुम्लाको हिमा गाउँपालिकाले नाग्म–गमगडी सडकलाई तत्काल कालोपत्र गरी आवागमन सहज बनाउन माग गरिएको छ । मुलुकको प्रमुख पर्यटकीय गन्तव्यका रूपमा रहेको रारा तालसम्म जाने नाग्म–गमगडी सडक कालोपत्र नहुँदा आन्तरिक तथा बाह्य पर्यटकलाई आवागमनमा समस्या भइरहेको भन्दै तत्काल कालोपत्र गर्नुपर्न माग गरिएको हो । गाउँपालिका अध्यक्ष लक्ष्मणबहादुर शाहीले यहाँसम्म पुग्ने पर्यटकलाई यात्रा […]

मुख्‍य समाचार समाचार समाज

भक्तपुरको कमल पोखरीदेखि गोदावरीसम्मका छठ घाट झकिझकाउ

२२ कात्तिक, भक्तपुर । सामाजिक सद्भाव एवं एकताको पर्वका रूपमा यसवर्ष पनि भक्तपुर र ललितपुरका पोखरी तथा खोलामा आज छठ पर्व भव्य रुपमा मनाइँदै छ । छठ मनाउनेको भीड बाक्लिँदै गएको र छठका सामान धमाधम छठ घाटमा राख्न थालिएको छ । छठ पर्वको तयारीमा भक्तपुरका पोखरी र खोला सिङ्गारिएका छन् । तराई–मधेशबाट आएर भक्तपुरमा विभिन्न […]

गण्डकी मुख्‍य समाचार समाज

खजे दुराको ४९ औँ स्मृति दिवस मनाइयो

२२ कात्तिक, सुन्दरबजार (लमजुङ) । ऐतिहासिक वीर पुरुष खजे दुराको ४९औँ स्मृति दिवस बुधबार मनाइएको छ । दुराको शताब्दीऔँ अघिको योगदानलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रियस्तरमा चिनाउने उद्देश्यले हरेक कात्तिक २१ गते उहाँको स्मृतिमा यहाँस्थित दुराडाँडामा दिवस मनाइँदै आएको छ । सुन्दरबजार नगरपालिका– ३ चिहानपाटास्थित खजे पार्कमा आयोजित ४९औँ खजे दुरास्मृति दिवसका अवसरमा दुरालाई स्मरण गर्दै विभिन्न […]

मुख्‍य समाचार समाज

राष्ट्रपति पौडेलद्वारा छठी माताको पूजा

२२ कात्तिक,  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले छठ पर्व २०८१ का अवसरमा छठी माताको पूजा आराधना गरेका छन् । राष्ट्रपति पौडेलले काठमाडौँको गौरीघाट र कमलपोखरीमा तयार गरिएको छठ पूजास्थलमा पुगेर विहिबार अपरान्ह छठी माताको पूजा अर्चना गरेको राष्ट्रपतिको स्वकीय सचिवालयले जनाएको छ । राष्ट्रपति पौडेल र प्रथम महिला सविता पौडेलले पूजा स्थलमा अस्ताउँदो सूर्यलाई अर्घदान […]

मुख्‍य समाचार समाज

बुढानीलकण्ठमा ‘दी कफी क्लब’ उद्घाटन

२२ कात्तिक, काठमाडौँ । चलचित्र क्षेत्रमा महानायकका रूपमा परिचय बनाउनुभएका राजेश हमालले बुढानीलकण्ठ–३ रुद्रेश्वर चोकमा स्थापना भएको ‘दी कफी क्लब’ को आज उद्घाटन गरेको छ । क्लबमा समय समयमा साहित्यिक कार्यक्रमका साथै दैनिकजसो स्थानीय बुद्धिजीवी, जनप्रतिनिधि, समाजसेवी, नागरिक समाजका अगुवालगायत स्थानीयसँग स्थानीय तथा राष्ट्रिय विषयमा अन्तरक्रिया गरिने क्लबका सञ्चालक केशव पाठकले जानकारी दिए । उसका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

छठको अवसरमा मन्त्री पाण्डे जनकपुर धाममा

२२ कात्तिक,  जनकपुर । मिथिलाञ्चल क्षेत्रमा धुमधामका साथ मनाइने छठ पर्वको अवसरमा संस्कृति ,पर्यटन तथा नागरिक उड्डयन मन्त्री बद्री पाण्डे आज पवित्र जनकपुरधाम पुगेर छठी माईको पूजाअर्चना गरेका छन् । उनले जनकपुर नगरी आसपासका छठ घाटमा जम्मा भएका ब्रतालु तथा सर्वधारणसँग छठको शुभकामना साट्नुका साथै छठको सामाजिक, संस्कृतिक एवं धर्मिक महत्व र मैथिली सभ्यतमा यसको […]

खेलकुद मुख्‍य समाचार समाज

नेपालको लगातार दोस्रो जित

२२ कात्तिक, काठमाडौं । आईसीसी यू–१९ विश्वकपको एसियाली छनोटमा नेपालले कुवेतलाई एक सय ८ रनले पराजित गरेको छ । बिहीबार भएको खेलमा नेपालले एक सय ८ रनले कुवेतलाई पराजित गरेको हो । यो नेपालको लगातार दोस्रो जित हो । एक सय ३१ रनको लक्ष्य पाएको कुवेतले २२ रन मात्र जोड्न सक्यो। कुवेत १३ ओभरमा अलआउट […]

मुख्‍य समाचार राजनीति समाचार समाज

परराष्ट्र मन्त्री देउवालाई अब्दुल खानले बुझाए ज्ञापनपत्र

काठमाडौं । परराष्ट्र मन्त्री आरजु राणा देउवालाई पुर्वमन्त्री अब्दुल खानले ज्ञापनपत्र बुझाएका छन् । बिहीबार देउवा निवास बुढानिलकण्ठमा उनले बर्दिया जिल्लामा नेपाल–भारतको सिमा नाकामा भन्सारकार्यालय खुलाउन र बर्दियाको समग्र विकासको विषयमा ध्यानाकर्षण गराउन ज्ञापनपत्र बुझाएका हुन् । ज्ञापनपत्र बुझदै मन्त्री राणाले सक्दो जति प्रयासगरिने अशवासन दिइन् ।

मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपाले तोक्यो सातै प्रदेशमा ‘कमाण्डर’

२२ कात्तिक, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले आगामी मंसिर १६ गते हुने स्थानीय तहको उपनिर्वाचनको कार्यतालिका सार्वजनिक गरेको छ । बुधबार केन्द्रीय निर्वाचन संयोजन समितिका संयोजक केन्द्रीय सदस्य एवं सांसद गणेश पराजुलीको सभापतित्वमा बसेको बैठकले सातै प्रदेशमा चुनावी अभियान अघि बढाउन विभिन्न नेताहरुलाई जिम्मेवारी दिनुका साथै प्राइमरी निर्वाचनको कार्यतालिका पनि फाइनल गरेको हो । जसअनुसार […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक

२२ कात्तिक, काठमाडौं । आगामी मसिर ७ गते रिलिज हुने फिल्म ‘अग्नीदहन’ को ट्रेलर सार्वजनिक भएको छ । साहित्यकार तथा पत्रकार लोकमणि पौडेलको उपन्यास ‘अग्नीदहन’मा आधारित रहेर तयार पारिएको फिल्म ‘अग्नीदहन’को ट्रेलर बिहीबार सार्वजनिक गरिएको हो । दुई मिनेट ३६ सेकेण्डको ट्रेलरमा नाँच्दै गरेकी एक महिला अचानक लडेर काम्न थालेपछि उनलाई बोक्सी लागेको भन्दै दिइएको अनेक […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

चलचित्र पूर्ण बहादुरको सारंगीले अन्तर्राष्ट्रिय बजारमा पनि तहल्का पिट्दै, अधिकांश शोहरु हाउसफूल

२२ कात्तिक, काठमाडौं । कात्तिक १५ गते (बिहीबार) लक्ष्मीपूजाको दिनबाट प्रदर्शनमा आएको चलचित्र ‘पूर्णबहादुरको सारङ्गी’ले देशभर हाउसफुल व्यापार गर्दै दर्शकहरूबाट उच्च प्रशंसा पाइरहेको छ । कूल शोको ५० प्रतिशतभन्दा धेरै शोसहित अहिले यो चलचित्र नेपालमा चलिरहेको छ । घरेलु बक्स अफिसमा उछाल ल्याएपछि यो चलचित्रको अन्तर्राष्ट्रिय बजारमा समेत उच्च माग बढेको छ । सिनेमाको विदेशका […]