३ कार्तिक २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

उपचुनावमा सेना परिचालन गर्न राष्ट्रपतिले दिए स्वीकृति

९ मङ्सिर, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले मंसिर १६ को स्थानीय तह उपचुनावका लागि नेपाली सेना परिचालन गर्न स्वीकृति दिएका छन् । मन्त्रिपरिषद्को सिफारिस बमोजिम नेपालको संविधानको धारा ६६ को उपधारा (२) बमोजिम सेना परिचालनको स्वीकृति दिइएको शीतल निवासले जनाएको छ । नेपाली सेनाको परमाधिपति राष्ट्रपति हुने संवैधानिक व्यवस्था छ । प्रधानमन्त्री केपी शर्मा ओलीले गत […]

बागमती मुख्‍य समाचार समाचार समाज

बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ सम्पन्न

९ मङ्सिर, भक्तपुर । बुद्ध दर्शन सम्बन्धी अन्तर्राष्ट्रिय सम्मेलन ‘धम्म डिस्कसन’ आईतबार सम्पन्न भएको छ । सम्मेलनमा थाइल्याण्डबाट आएकी ९८ वर्षिय आचार्य सुजिनले भगवान बुद्धलाई कसरी चिन्ने ? भन्ने विषयमा प्रवचन दिएकी छन् । कोटेश्वर बहुमुखी क्याम्पस र सारीपुत्र फाउन्डेसन तथा धम्म लर्निङ एण्ड सपोर्टिङ सेन्टरको संयुक्त आयोजनामा भक्तपुरका जर्मन होम्समा सम्पन्न एक दिने सम्मेलनको […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन चेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना

९ मङ्सिर, काठमाडौं । नेपाल र जापानबीचको व्यापार, उद्योग, पर्यटन, र आर्थिक सम्बन्धलाई सुदृढ गर्न ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको छ । आइतबार एक विशेष कार्यक्रमकाबीच ‘नेपाल निप्पोन बेम्बर अफ कमर्स एण्ड इन्डस्ट्रीज’ स्थापना गरिएको हो । सामाजिक सेवा मुलक गैर–नाफामूलक कम्पनीका रूपमा दर्ता गरिएको यस संस्थाले नेपाल र जापानका उद्योगपति, व्यापारी, […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

राहदानीको काम आंशिक सुचारु, प्राविधिक टोलीले काम गरिरहेको दाबी

९ मङ्सिर, काठमाडौं । सर्भरको समस्या देखाउँदै सेवा अवरुद्ध गरेको राहदानी विभागले आइतबार दिउँसोदेखि सेवा सुचारु गरेको दावी गरेको छ । तर सेवाग्राहीले सेवा नपाएको गुनासो गरेका छन् । पाँच दिनदेखि नयाँ राहदानी बनाउन नपाएका सेवाग्राहीले त्रिपुरेश्वरस्थित राहदानी विभागको कार्यालय परिसरमा आइतबार होहल्ला समेत गरेका थिए । उनीहरुले छिटो सेवा सुरु गर्न माग गरेका थिए […]

अर्थ मुख्‍य समाचार समाचार समाज

मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख

९ मङ्सिर, काठमाडौँ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले मृत्युपश्चात् मानव अङ्ग दान गर्ने परिवारलाई रु दुई लाख दिने निर्णय गरेको छ । यसअघि भक्तपुरस्थित मानव अङ्ग प्रत्यारोपण केन्द्रमार्फत रु एक लाख दिने गरिएकामा स्वास्थ्यमन्त्री प्रदीप पौडेलले दाताका परिवारलाई रु एक लाख थप गरी रु दुई लाख उपलब्ध गराउने निर्णय गरेको हो । अङ्ग दानमा सघाउने […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रास्वपा सभापति अझै १५ दिन हिरासतमा

९ मङ्सिर, गण्डकी । सहकारी ठगी तथा सङ्गठित अपराधसम्बन्धी मुद्दामा कास्की प्रहरीको हिरासतमा रहनुभएका राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछानेलाई थप १५ दिन हिरासतमा राख्न जिल्ला अदालत कास्कीले अनुमति दिएको छ । लामिछानेलाई आज कास्की जिल्ला अदालतमा उपस्थित गराइएको थियो । जिल्ला अदालतका न्यायाधीश हिमलाल वेल्बासेको इजलासले थप १५ दिन हिरासतमा राखेर अनुसन्धान गर्न […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

नेपालले शान्ति स्थापनामा हासिल गरेको उपलब्धि अनुकरणीय छः सभामुख

९ मङ्सिर, काठमाडौँ । सभामुख देवराज घिमिरेले नेपालले शान्ति स्थापना र मेलमिलापको क्षेत्रमा हासिल गरेका उपलब्धि विश्वका लागि अनुकरणीय रहेको बताएको छ । कम्बोडियाको राजधानी नोम पेनमा आयोजित सहिष्णुता र शान्तिका लागि अन्तर्राष्ट्रिय संसद (आइपिटिपी) को ११औँ पूर्ण सत्रलाई आज सम्बोधन गर्दै सभामुख घिमिरेले नेपाल भगवान् बुद्धको भूमि भएको बताए । उसले नेपालका तर्फबाट शान्ति, […]

अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज

मृत्युपश्चात मानवअंग दान गर्ने परिवारलाई सरकारले दुई लाख दिने

९ मङ्सिर, काठमाडौं । स्वास्थ्य तथा जनसंख्यामन्त्री प्रदीप पौडेलले मृत्युपश्चात मानव अंग दान गर्न चाहने दाताका परिवारलाई दुई लाख रुपैंयाँ सहयोग गर्ने निर्णय गरेका छन् । यसअघि मानवअंग दान गर्न चाहने त्यस्ता परिवारलाई एक लाख रुपैयाँ दिने गरिएको थियो । भक्तपुरस्थित मानव अंग प्रत्यारोपण केन्द्रमार्फत एक लाख रुपैयाँ दिने गरिएकामा स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दाताका परिवारलाई […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

विराट कोहलीको टेस्ट करियरको ३० औं शतक

९ मङ्सिर, काठमाडौं । भारतका विराट कोहलीले आफ्नो टेस्ट करियरको ३० औं शतक बनाएका छन् । अष्ट्रेलिया विरुद्धको बोर्डर–गावस्कर ट्रफीको पहिलो खेलको दोस्रो इनिङ्समा विराटले १०० रनको नटआउट पारि खेलेका हुन् । उनले अष्ट्रेलियाका महान ब्याट्सम्यान डन ब्रान्डम्यान (२९ शतक) लाई पछि पारेका छन् ।  भारतले कोहली र यशस्वी जैस्वाल (१६१ रन)को शतकको आधारमा ४८७÷६ मा […]

प्रवास बागमती मुख्‍य समाचार समाचार समाज

श्रमचेतना विषयक राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न

९ मङ्सिर, काठमाडौँ । नेपाल लोकतान्त्रिक संस्थागत तथा निजी विद्यालय शिक्षक संघ (निस्टा)को आयोजनामा श्रमचेतना साहित्यिक गोष्ठी तथा राष्ट्रव्यापी कविता प्रतियोगिता सम्पन्न भएको छ । प्रतिनिधिसभा सदस्य एवं पूर्वउपप्रधानमन्त्री  विमलेन्द्र निधिको प्रमुख आतिथ्यमा सम्पन्न समारोहमा विभिन्न प्रतियोगी र अप्रतियोगिती कविले श्रम चेतना सम्बन्धी कविता वाचन गरेका थिए । समारोहलाई सम्बोधन गर्दै पूर्वउपप्रधानमन्त्री निधिले निजी तथा […]

कर्पोरेट खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक

९ मङ्सिर,  काठमाडौं । नेपाल कबड्डी लिगको लोगो, सिटी र ट्रफी सार्वजनिक गरिएको छ । आइतबार एक विशेष समारोहकाबीच कबड्डी लिगको लोगो सार्वजनिक गरिएको हो । कार्यक्रममा गृहमन्त्री रमेश लेखकले रिमोट थिचेर लोगो उद्घाटन गरेका हुन् । यस ट्रफीलाई “युनिटी ट्रफी“नाम दिइएको छ । यो ट्रफी नेपालकै समृद्ध विविधता र संस्कृतिको प्रतीकका रूपमा डिजाइन गरिएको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

पिजीको विवाद मिलाउन प्रधानमन्त्रीको निर्देशन

९ मङ्सिर, काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले  मेडिकल कलेजमा आवासीय चिकित्सक–स्नातकोत्तर तह (पिजी) को सुविधासम्बन्धी विवाद आपसी छलफलबाट मिलाउन सम्बन्धित मन्त्रालय र निकायलाई निर्देशन दिएका छन् । प्रधानमन्त्री निवास बालुवाटारमा आज भएको चिकित्सा शिक्षा आयोगको १५ औँ बैठकमा आयोगका अध्यक्ष प्रधानमन्त्री ओलीले निजी र सरकारी दुवै क्षेत्रका सरोकारवाला पक्षलाई सामेल गरेर समाधान खोज्न शिक्षा, विज्ञान […]