१७ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार राजनीति समाचार समाज

महानगरपालिका भित्रका सम्पदाहरुलाई विकासको नाममा विनास गर्न हुदैँन् : मेयर महर्जन

२३ कात्तिक, काठमाडौं । ललितपुर महानगरपालिकाका मेयर चिरिबाबु महर्जनले ललितपुर महानगरपालिकाको निम्ती (बीईईएन) परियोजनाले महत्वपूर्ण भूमिका खेल्ने बताएका छन् । शुक्रबार बसेको नेपालमा बिल्डिङ इनर्जी इफिसिएन्सी (बीईईएन) परियोजनाको विस्तृत बैठकलाई सम्बोधन गर्दै उनले महानगरपालिकाको निम्ती बीईईएनको बैठकले कार्यदिशा निर्धारण हुने गरी टेक्निकल पेपरको तयारी गनुपर्ने बताएका हुन् । उनले भने, ‘ललितपुर महानगरपालिकाको निम्ती  बीईईएन परियोजनाले […]

मनोरन्जन मुख्‍य समाचार समाज

चलचित्र ‘डोरी’का लागि नयाँ तथा पुराना कलाकारले अडिसन दिन सक्ने

२३ कात्तिक, काठमाडौं । जी सेवेन प्रोडक्सनले निर्माण गर्न लागेको नेपाली चलचित्र ‘डोरी’ का लागि कास्टिङ कलको घोषणा गरिएको छ । हरर, थ्रिलर, एक्सन र कमेडीको मिश्रणमा निर्माण हुने यो चलचित्रको लागि चलचित्रमा अभिनय गर्न चाहने नयाँ तथा अनुभवी कलाकारहरूलाई अडिसनमा सहभागी हुन आग्रह गरिएको छ । निर्माण कम्पनीले एक सूचना जारी गर्दै अडिसन कात्तिक २६ […]

मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा ‘फ्लो साइटोमेट्रि’ सेवा सुरु

२३ कात्तिक, चितवन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा रक्त क्यान्सर भएका बिरामीको प्रकार परीक्षण सुरु गरिएको छ । यसअघि नमूना बाहिर पठाइदै आएकोमा उपकरण खरिद गरेर यही परीक्षण सुरु गरिएको हो । अस्पतालका उपनिर्देशक डा उमेश नेपालका अनुसार रक्तक्यान्सरका प्रकार परीक्षण गर्ने फ्लो साइटोमेट्रि सेवा सुरु गरिएको हो । यसका लागि आवश्यकपर्ने उपकरण […]

मुख्‍य समाचार समाचार समाज

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल आजदेखि दैनिक १० घण्टा बन्द हुने

२३ कात्तिक, काठमाडौँ । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल (टीआइए) आजदेखि करिब पाँच महिना दैनिक १० घण्टा बन्द हुने भएको छ । नेपाल नागरिक उड्डयन प्राधिकरण (क्यान)का अनुसार विमानस्थलको स्तरोन्नतिका लागि आजबाट दैनिक १० घण्टा उडान बन्द गरेर विस्तारको काम गर्न लागिएको हो । प्राधिकरणअन्तर्गतको हवाई यातायात क्षमता अभिवृद्धि आयोजनाले विमानस्थलको दक्षिण–पश्चिमतर्फ समानान्तर ‘ट्याक्सीवे’, उत्तरतर्फको ‘इन्टरनेशनल एप्रोन’ […]

कोशी मुख्‍य समाचार समाचार समाज

मृग भनेर हानेको गोली साथीलाई लागेपछि…

२३ कात्तिक, खोटाङ । सिकार खेल्न सँगै जङ्गल गएका साथीले हानेको भरुवा बन्दुकको गोली लागेर केपिलासगढी गाउँपालिका–१ फेदीस्थित पिपिङका ५८ वर्षीय जगतप्रसाद राईको मृत्यु भएको छ । फेदीको हात्तीढुङ्गे जङ्गलमा सिकार खेल्न सँगै गएका स्थानीय २५ वर्षीय चेतन राईले प्रहार गरेको भरुवा बन्दुकको गोली लागेर बुधबार राति जगतप्रसादको घटनास्थलमै मृत्यु भएको हो । मृग भनेर […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

टीकापुरलाई ‘जिरो स्नेक किलिङ’ नगर बनाउन लागिपरेका लक्ष्मण

२३ कात्तिक, घोडाघोडी (कैलाली) । जिल्लाको टीकापुरमा सर्प देख्नेबित्तिकै सम्झने एउटा नाम हो– लक्ष्मण उपाध्याय । स्थानीयहरू सर्प देख्नेबित्तिकै लक्ष्मणलाई बोलाउने गर्छन् । टीकापुरका लक्ष्मण जुनसुकै बेला पनि जिल्लाका विभिन्न स्थानमा सर्प उद्धार गर्न पुग छन । कैलालीमा मात्र नभई सुर्खेत, सल्यान, कोहलपुर, बर्दियालगायत स्थानसम्म सर्प उद्धार गर्न पुग्ने गरेको उसले बताए । दसैँ र […]

अर्थ मुख्‍य समाचार समाचार समाज

अमेरिकी डलर र युरोको भाउ बढ्यो, यस्तो छ आजको मुद्रा बजार

२३ कात्तिक, काठमाडौँ । नेपाल राष्ट्र बैंकले शुक्रबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार बिहीबारको तुलनामा शुक्रबार अमेरिकी डलर र युरोको भाउ बढेको छ । बिहीबार अमेरिकी डलर एकको खरिदर एक सय ३४ रुपैयाँ ५६ पैसा र बिक्रीदर एक सय ३५ रुपैयाँ १६ पैसा रहेकोमा शुक्रबारका लागि यस मुद्राको […]

मधेश मुख्‍य समाचार समाज

‘छठ वैदिककालदेखिको पर्व हो’

२३ कात्तिक, चन्द्रपुर (रौतहट) । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले छठपर्व वैदिककालदेखिको पर्व भएको बताएको छ । बिहीबार साँझ रौतहट आउनुभएका महामन्त्री थापाले रौतहटको चन्द्रनिगाहपुरमा आयोजित छठको शुभकामना आदान कार्यक्रममा यस्तो बताएको हो । आफू अहिले मधेसमा छठको अवसरमा परिवारसहित मठमन्दिर दर्शन गर्ने उद्देश्यले आएको बताउँदै महामन्त्री थापाले काठमाडौँको कमलपोखरीमा छठघाट बनाएको स्मरण गरेको थियो […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

श्रीमानद्वारा श्रीमतीको हत्या

२३ कात्तिक, दमौली (तनहुँ) । तनहुँको भानु नगरपालिका–८ गैरीफाँटमा ४२ वर्षीय ओमनारायण श्रेष्ठले श्रीमतीको हत्या गरेका छन् । श्रेष्ठले बिहीबार ३९ वर्षीय प्रतिक्षा श्रेष्ठलाई बन्चरो प्रहार गरी हत्या गरेका हुन् । बन्चरोको प्रहारबाट घाइते श्रेष्ठलाई उपचारका लागि दमौली अस्पताल ल्याइएकामा चिकित्सकले मृत घोषणा गरेको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक अशोक थापाले जानकारी दिए । […]

मुख्‍य समाचार समाज

वैदिक ज्ञान विश्भवर फैल्याउन नेपालले नेतृत्व गर्न सक्छ’

२३ कात्तिक, काठमाडौँ । वैदिक दर्शनको ज्ञान विश्वभर फैलाउन नेपालले नेतृत्वदायी भूमिका निर्वाह गर्न सक्नेमा जोड दिइएको छ । नेपाल महर्षि वैदिक फाउण्डेशनले बिहीबारदेखि राजधानीमा आयोजना गरेको वैदिक विज्ञान र आधुनिक विज्ञान दोस्रो महासम्मेलनका वक्ताले यसमा जोड दिएका हुन् । कार्यक्रममा स्वामी ज्ञानानन्द सरस्वतीले नेपाल योग, ध्यान र शान्तिको गुरु देश बन्नसक्ने भएकाले त्यसअनुरुप काम […]

पर्यटन मुख्‍य समाचार समाचार समाज

लाङ्टाङमा हराएका पर्यटक मृत भेटिए

२३ कात्तिक, रसुवा । लाङ्टाङको लिरूङ इलाकामा हराइरहेका एक विदेशी पर्यटक मृत भेटिएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रमुख केशव भट्टराईका अनुसार हिमाली पदयात्राका क्रममा दुई हप्ता अगाडिदेखि हराइरहेका राहदानी नं बिसी ८९१५०२८ का ३४ वर्षीय स्लोभाकियाका अन्ड्रेज हुसुर्कालाई तेस्रोपटकको हवाई खोज उद्धारबाट फेलापरेको हो । समुद्र सतहबाट एक हजार सात सय मिटरको उचाइमा रहेको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

२३ कात्तिक, काठमाडौं । नेपाली बजारमा शुक्रबार सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघले यस दिनका लागि सुनको भाउ प्रतितोला १ लाख ६६ हजार ५ सय रुपैयाँ तोकेको छ । आज सुन प्रतितोला २ हजार रूपैयाँले बढेको हो । यसअघि बिहीबार सुन १ लाख ६४ हजार ५ सय रुपैयाँमा कारोवार भएको थियो । यस्तै […]