१६ श्रावण २०८३, शनिबार
मुख्‍य समाचार राजनीति समाचार समाज

विपद् व्यवस्थापनबारे नेपाल चेम्बर र जपानी निकायबीच सहकार्य हुने

२३ कात्तिक, काठमाडौं । नेपाल चेम्बर अफ कमर्स र जापानी निकायबीच विपद् व्यवस्थापनका लागि सहकार्य हुने भएको छ । भूकम्प, बाढी, पहिरो लगायतका विपद्जन्य घटनामा विपद् व्यवस्थापन प्रतिकार्य एवं राहत र उद्धार तथा पुर्नस्थापनाबारे सहकार्य गर्न चेम्बर र जपानको अर्वान रेजिलेन्स रिसर्च सेन्टर, ओसाका मेट्रोपोलिटिएन सिटी , युरेक तथा इभा नेपाल संस्थाबीच सहकार्यको समझदारी भएको हो […]

अर्थ मुख्‍य समाचार समाचार समाज

हवाई भाडावृद्धि नियन्त्रणबारे परराष्ट्र र श्रममन्त्रीसहित व्यबसायीहरुसँग छलफल

२३ कात्तिक, काठमाडौं । संस्कृति पर्यटन तथा नागरिक उड्डनमन्त्री बद्री पाण्डे बद्री पाण्डेले अन्तराष्ट्रिय विमान कम्पनीको हवाई भाडामामा भएको वृद्धि नियन्त्रण गर्न अग्रसरता देखाएका छन् । भाडावृद्धिका कारण वैदेशिक रोजगारीमा जाने श्रमिकहरु मर्कामा परेको भन्दै मन्त्री पाण्डेले शुक्रबार परराष्ट्रमन्त्री आरजू राणा देउवा, श्रम तथा रोजगारमन्त्री सरदसिंह भण्डारीसहित वैदेशिक रोजगार सम्बद्ध संस्थाका प्रतिनिधिहरुसँगे हवाई भाडावृद्धिका बारेमा […]

मुख्‍य समाचार राजनीति समाचार

सर्वोच्च अदालतको न्यायाधीशमा निरौला र पाण्डे अनुमोदित

२३ कात्तिक, काठमाडौं । सर्वोच्च अदालतको न्यायाधीशमा नृपध्वज निरौला र नित्यानन्द पाण्डे अनुमोदित भएका छन् । संसदीय सुनुवाइ समितिको शुक्रबारको बैठकले न्यायाधीशमा सिफारिस भएका निरौला र पाण्डेलाई अनुमोदन गरेको हो । न्याय परिषद्को असोज ११ गतेको बैठकले उच्च अदालत पाटनका दुई न्यायाधीशलाई सर्वोच्चको न्यायाधीशमा सिफारिस गरेको थियो । शुक्रबार नै उनीहरूको सुनुवाइ गरिएको हो ।

मुख्‍य समाचार लुम्बिनी समाज

पर्यटन प्रवर्द्धन गर्न पाल्पामा साइकलयात्रा

२३ कात्तिक, रामपुर (पाल्पा) । जिल्लाको पर्यटन विकासका लागि आज यहाँ साइकलयात्रा सुरु भएको छ । मानव स्वास्थ्य र स्थानीय पर्यटकीय क्षेत्रलाई समेटेर ‘सम्पदा साइकल राइड’ आयोजना गरिएको हो । पाल्पा साइक्लिङ सङ्घको आयोजनामा तानसेनमा ‘स्वास्थ्य र पर्यटनका लागि साइकल चलाउने’ नाराका साथ प्रारम्भ भएको साइकलयात्रामा पाल्पाका साथ रुपन्देही, नवलपरासी, चितवन, काठमाडौँ, सिरहा, बाँकेलगायत जिल्लाका […]

मुख्‍य समाचार समाचार समाज

भृकुटीमण्डपमा विराट् महायज्ञ र विज्ञान सम्मेलन

२३ कात्तिक, काठमाडौँ । विश्व कल्याण र शान्तिको कामना गर्दै स्थानीय भृकुटीमण्डपमा जारी ‘अतिरुद्र विश्व कल्याण विराट् महायज्ञ’मा एक हजार एक सय ११ आचार्य तथा वटुक ४० भन्दा बढी मुलुकका यज्ञसाधक तथा वैज्ञानिक सहभागी भएका छन् । महायज्ञसँगै ‘वैदिक विज्ञान र आधुनिक विज्ञान’ अन्तर्राष्ट्रिय दोस्रो सम्मेलन पनि सञ्चालन जारी छ । सम्मेलनमा सहभागी अमेरिकस्थित महर्षि […]

मुख्‍य समाचार समाचार समाज

धनगढीको इन्धन डिपोबाट स्थानीय अहोरात्र त्रसित, चाँडो स्थानान्तरणको माग

२३ कात्तिक, धनगढी । धनगढी उपमहानगरपालिका–३ चटकपुर निवासी धर्मसिंह–माधवी ऐर दम्पतीलाई हिजोआज निद्रा पर्दैन । घरै अगाडि रहेको नेपाल आयल निगमको इन्धन डिपोका कारण ऐर दम्पतीमात्र होइन, डिपो वरपरका मानिस निर्धक्क भएर सुत्न सकेका छैनन् । डिपोका कारण सधैँ त्रासमा रहनुपरेको उनीहरूको गुनासो छ । स्थानीय धर्मसिंह डिपो स्थानान्तरणका लागि पटकपटक आग्रह गरिए पनि कुनै […]

कोशी मुख्‍य समाचार समाचार समाज

संयुक्त टोलीद्वारा सीमास्तम्भको निरीक्षण

२३ कात्तिक, इनरुवा (सुनसरी) । सुनसरीस्थित सशस्त्र प्रहरी बल–४ नम्बर गण र भारतीय सीमा सुरक्षा बल (एसएसबी)को संयुक्त टोलीले सीमास्तम्भको निरीक्षण गरेको छ । सशस्त्र प्रहरी बल–४ नम्बर गणका उपरीक्षक समेनन्द बज्राचार्यका अनुसार गत असोज ११ र १२ गतेको बाढीबाट सीमास्तम्भमा क्षति भएनभएको यकिन गर्न संयुक्त टोलीले बिहीबार निरीक्षण गरेको हो । टोलीले सीमास्तम्भ एक […]

मुख्‍य समाचार समाचार समाज

नारायणगढ–मुग्लिन सडक दुर्घटनाः चारको मृत्यु, छ जना घाइते

२३ कात्तिक, चितवन । नारायणगढ–मुग्लिन सडकखण्डको सत्र किलोमा आज बिहान भएको दुर्घटनामा चार जनाको मृत्यु भएको छभने ६ जना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका प्रहरी प्रवक्ता भेषराज रिजालका अनुसार आज बिहान ३:०० बजे मुग्लिनबाट नारायणगढतर्फ आइरहेको विद्युतीय वाहन र नारायणगढबाट मुग्लिनतर्फ गइरहेको बस एकापसमा ठोक्किँदा विद्युतीय वाहनमा सवार गोरखा आरुघाट गाउँपालिका–१ का ४२ […]

मुख्‍य समाचार समाचार समाज

सवारी दुर्घटनामा मृत्यु

२३ कात्तिक, भद्रपुर (झापा) । गौरीगञ्जमा गए राति मोटरसाइकल दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छभने एकजना घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक कृष्णकुमार चन्दका अनुसार हुलाकी सडकको पश्चिम गौरीगञ्ज बजारमा मोटरसाइकल दुर्घटना भएको हो । दुर्घटनामा घाइते भएका मोटरसाइकल चालक रोशन मगर र सवारीधनी श्याम राजवंशीलाई उपचारका लागि […]

मुख्‍य समाचार समाचार समाज

उदाउँदो सूर्यलाई अर्घ्य अर्पणसँगै छठ सम्पन्न

२३ कात्तिक, धनुषा । उदाउँदो सूर्यलाई अर्घ्य दिँदै छठपर्व सम्पन्न भएको छ । चार दिनसम्म विभिन्न विधि गर्दै मनाइने यस पर्वको चौथो दिन आज बिहान तराईका महोत्तरी, धनुषा, सिरहा, सप्तरी, सुनसरी, मोरङ, सर्लाही, रौतहट, बारा, पर्सालगायत मिथिलाञ्चलसहित देशभरिका जलाशयमा उदाउँदो सूर्यलाई अघ्र्य अर्पण गर्दै छठपर्व सम्पन्न भएको हो । पारिवारिक सुख, शान्ति, समृद्धि, रोगबाट मुक्ति […]

कोशी मुख्‍य समाचार समाचार समाज

आगलागी हुँदा १० लाखको क्षति

२३ कात्तिक, बनियानी (झापा) । बिर्तामोड नगरपालिकामा गए राति आगलागी हुँदा रु १० लाखबराबरको क्षति भएको छ । बिर्तामोड–८ प्याकुरेल चोकका शिवलाल गौतमको भान्सा कोठामा अचानक आगलागी हुँदा झण्डै रु १० लाख क्षति भएको जिल्ला प्रहरी कार्यालयका प्रवक्ता कृष्णकुमार चन्दले जानकारी दिए । आगलागीबाट भान्सा पूर्ण रूपमा जलेर नष्ट भएको छभने एक स्कुटरसमेत जलेको छ […]

मुख्‍य समाचार राजनीति समाचार समाज

पाठ्यपुस्तकमा रहेका त्रुटीहरू सच्याँउन महानिर्देशक श्रेष्ठलाई गराइयो ध्यानाकर्षण

२३ कात्तिक, काठमाडौं ।  विद्यालय तहका पाठ्यपुस्तकमा रहेका त्रुटीहरू आगामी शैक्षिक सत्रदेखि लागु हुने गरि सच्याँउन अनेरास्ववियुले पाठ्यक्रम विकास केन्द्रका महानिर्देशक इम नारायण श्रेष्ठको ध्यानाकर्षण गराएको छ । विद्यालय तहमा अध्ययनरत करिब ५६ लाख ७६ हजार २ सय  ९२ बढि विद्यार्थीलाई पाठ्यपुस्तक मार्फत गलत पुस्तक पढाउन बाध्य पार्ने पाठ्यक्रम विकास केन्द्र, महानिर्देशकसंग अनेरास्ववियु काठमाडौं जिल्ला कमिटीका […]