२३ मंसिर २०८१, आईतवार
कर्णाली प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

रारा राष्ट्रिय निकुञ्जमा वन फडानी बढ्दो

काठमाडौं । रारा राष्ट्रिय निकुञ्जमा पछिल्लो समय वन फडानी हुँदै गैइरहेको छ । रारा राष्ट्रिय निकुञ्जले रारा तालको सुन्दरताको लागि संगही सल्लाह, धूपी, बाज, भोजपत्र, ठिगो, लालीगुराँस, लगायत १ हजार २४ प्रजातिका वनस्पतिले घना पारिएको निकुञ्ज पछिल्लो समयमा रारा तालको किनारदेखी धमाधम काठ दाउरा चोरी निकासी हुन थालेको हो ।

पछिल्लो समयमा राज्यको नीति अनुसार मध्यवर्ति क्षेत्र निकुञ्ज छेउछाउमा रहेका बस्तीहरुलाई सहजताको लागी बफरजनको नीति ल्याएपछि निकुञ्ज भित्र रहेका  वनस्पति, वन्यजन्तु, जडिबुटी, जलचर थलचर, काठ दाउराको बढी चोरी निकासी भैइरहेको छ ।

सरोकारवालाको लापरवाहीका कारण हिजोआज बाहिरबाट हेर्दा घना वनजङ्गल देखीए पनि भित्र पुरै रारा राष्ट्रिय निकुञ्जको बन सखाप भैइरहेको छ ।

रारा तालको किनारमा रहेको ठुकुरज्यूले लात्तहानेको ढुङ्गा, दोफे, कोच्चे काद,  लामाचौ माथिल्लो मिलीचौर लगायत मध्यवर्ती क्षेत्र रहेको भागमा बढी वनजङ्गल फडानि भएको छ । विषेश गरी काठ, दाउरा चोरी, निकासी भैइरहेको र  बढी निकुञ्ज र मध्यवर्ती क्षेत्र उजाड हुँदै गैइरहेको छाँयानाथ रारा नगरपालिका वडा नम्बर ५ कार्की वडा गाँउका जसबिर कार्कीले बताए ।

२०३२ देखी ३६ सालसम्म रारा तालको किनारमा घुम्न पशुचौपाया चराउन आँउदा निकै वनजङ्गल घना बाक्लो देखिन्थो । चराचुरीङ्गी, बदेल,माछा,फुलहरु धेरै भेटीने गरेको थियो ।  पछिल्लो समयमा छाडा पशुचौपाय चरीचराउ, चोरी शिकारी,तिब्र काठ दाउरा चोरीको कारण निकुञ्ज उजाड हँुदै गएको र यसको संरक्षण गर्न सबै सरोकारवालाहरुले कडाईका रुपमा लाग्न नागरीक अगुवा रुपबहादुर मल्लको भनाई रहेको छ ।

रारा राष्ट्रिय निकुञ्जको संरक्षणको लागी नेपाली सेना, निकुञ्ज कार्यालय ,मध्यवर्ति क्षेत्रका समिति सदैब लागिरहेको रारा राष्ट्रिय निकुञ्ज कार्यालयका सूचना अधिकारी धर्मजित सावतले बताए ।

 

 

 

 

प्रतिक्रिया दिनुहोस्