१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार समाचार समाज

स्वास्थ्य संस्थामा गर्भ परीक्षण गराउनेलाई अण्डा उपहार

२५ भाद्र,  कास्की । यहाँको रुपा गाउँपालिकाले गर्भवतीको स्वास्थ्य परीक्षण दर वृद्धि गर्न स्वास्थ्य संस्थामा परीक्षणमा आउनेलाई प्रत्येक पटक एक क्रेट कुखुराको अण्डा वितरण कार्यक्रम सुरुआत गरेको छ । ‘मापदण्डअनुसार गर्भजाँच गरौँ, आमा र नवजात शिशुको स्वास्थ्य संरक्षण गरौँ’ भन्ने अभियानका साथ महिलामा पोषणको कमी हुन नदिन सो कार्यक्रम थालिएको गाउँपालिकाका अध्यक्ष नवराज ओझाले बताए। […]

मुख्‍य समाचार राजनीति समाचार

संविधानको रक्षा र कार्यान्वयनमा जनताको खबरदारी आवश्यक : ‘प्रचण्ड’

२५ भाद्र, काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानको रक्षा र कार्यान्वयनमा जनताको साथ र खबरदारी आवश्यक रहेको बताएका छन् । नेकपा माओवादी केन्द्र मिचैया नगर समिति सिराहाले आज बिहान गरेको कार्यकर्ता भेटघाटलाई सम्बोधन गर्दै अध्यक्ष ‘प्रचण्ड’ले जनताको सङ्घर्षका बलमा जारी भएको संविधानको रक्षा र कार्यान्वयनमा निरन्तर खबरदारी गर्नु जनताको दायित्व भएको बताए […]

मुख्‍य समाचार समाचार

नागढुंगाको पहिरो पन्छाए पनि आवागमन अझै असहज

२५ भाद्र, काठमाडौं । काठमाडौं उपत्यका प्रवेश गर्ने मुख्य नाका नागढुंगामा नजिक खसेको पहिरो पन्छाइए पनि सवारी आवागमन भने अझै सहज हुन सकेको छैन । सो सडकखण्डमा दुवैतर्फ सवारी साधनहरुको लामो जाम छ । उपत्यका ट्राफिक प्रहरी महाशाखाका अनुसार काठमाडौंतर्फ वाणभञ्ज्याङसम्म सवारी साधनको लाइन छ । पहिरो पन्छाइसके पनि सुरुङमार्ग नजिकको स्याउले भन्ने स्थानमा एउटा […]

मुख्‍य समाचार राजनीति समाचार

आज राष्ट्रिय सभा बैठक बस्दै

२५ भाद्र,  काठमाडौँ । राष्ट्रिय सभा बैठक आज बस्दै छ । बैठक दिउँसो सवा १ बजे बस्नेछ । आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन, २०७९–८० सभासमक्ष पेस गर्ने कार्यसूची छ । यस्तै, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समिति सदस्य मायाप्रसाद शर्माले सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको पाँचौँ वार्षिक प्रतिवेदन, २०८०–८१ पेस […]

समाचार समाज

बाँकेमा भेटिए जापानिज इन्सेफ्लाइटिसका बिरामी

२५ भाद्र, नेपालगञ्ज । बाँकेको नरैनापुर गाउँपालिकामा जापनिज इन्सेफ्लाइटिसको बिरामी फेला परेको छ । नरैनापुर-१ मतहनियाका नौ वर्षीया बालिकालाई जापनिज इन्सेफ्लाइटिस पुष्टि भएको भेरी अस्पतालका बालरोग विशेषज्ञ डा.प्रतिमा खड्काले जानकारी दिइन् । उनले बिरामीको एक सातासम्म अस्पतालको ‘आइसीयू’मा उपचार भएको र अहिले ती बालिकाकाको अवस्था सामान्य भएको बताइन्। “प्रयोगशाला परीक्षणमा बालिकालाई जापनिज इन्सेफ्लाइटिसको भएको पुष्टि […]

मुख्‍य समाचार समाचार

आजको तरकारी तथा फलफूलको मूल्यसूची

२५ भाद्र, काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजको तरकारी र फलफूलको भाउ तोकेको छ ।मंगलबार रातो आलुको औसत मूल्य प्रतिकेजी ७०रुपैयाँ रहेको छ । प्याज सुकेको १२४ रुपैयाँ, लोकल गाजर ११० रुपैयाँ, सेतो मूला हाइब्रीड २७ रुपैयाँ ६७ पैसा प्रति केजी रहेको छ । स्थानीय काउली ११० रुपैयाँ, बन्दा लोकल ५५ […]

खेलकुद मुख्‍य समाचार समाचार

क्यानडा सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा

२५ भाद्र, काठमाडौँ । नेपाल क्रिकेट संघ (क्यान) आईसीसी विश्वकप लिग २ अन्तर्गत क्यानडामा हुने त्रिकोणात्मक सिरिजका लागि नेपाली राष्ट्रिय टोलीको घोषणा गरेको छ। १६ सदस्यी टोलीमा विकेट किपर अर्जुन साउद र तिब्र गतिका बलर रिजन ढकालले पुनरागमन गरेका छन्। अर्जुनले सन् २०२३ आईसीसी विश्वकप एकदिवसीय छनोटमा आयरल्यान्डविरुद्ध खेलेयता टोलीमा स्थान बनाउन सकेका थिएनन्। त्यस्तै […]

राजनीति समाचार

काँग्रेस उपसभापति गुरुङमाथि सहकारीको १४ करोड रकम अपचलनको आरोप

२५ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसका उपसभापति एवं सांसद धनराज गुरुङमाथि सहकारीको रकम अपचलन गरेको आरोप लागेको छ। रास्वपा सांसदले उनीमाथि छानबिन गर्न समेत संसद्मा माग गरेका छन्। सोमवार बसेको प्रतिनिधिसभा बैठकमा रास्वपा सांसद गणेश पराजुलीले सहकारीको रकम अपचलनबारे सांसद गुरुङमाथि छानबिनको माग गरेका हुन्। ‘सहकारीको बचत अपचलन छानबिनका लागि संसदीय समिति बनाउनुपर्छ भनेर यहीँ […]

समाचार समाज

आजको राशिफल

मेष  : आज विवाद भाग नलिनुहोला । विद्यामा सोचेजस्तो प्रगति गर्न धेरै समय दिनुपर्ला, तर तीर्थ वा मन्दिरको भ्रमण हुनसक्छ । मिथुन मिथुन : शुभकार्यको चर्चा चल्नेछ । चलाखीपूर्ण बोलीले कार्य सिद्ध हुनेछ । विशिष्ट व्यक्तिको सहयोग पाइनेछ । नयाँ ज्ञान सिक्ने मौका मिल्नेछ । सिंह सिंह : पारिवारिक उल्झनमा परि आँटेको काम बिग्रनेछ । […]

समाचार समाज

मोटरसाइकलको ठक्करबाट बालक घाइते

२५ भाद्र, धनगढी । कैलालीको गोदावरीमा मोटरसाइकलको ठक्करबाट एक बालक घाइते भएका छन्। गोदावरी नगरपालिका–११ मा मनिष बिकले चलाएको से ६ प ८९८३ नम्बरको मोटरसाइकलको ठक्करबाट सोहि ठाउँका ५ वर्षीय बालक सम्राट बडैला घाइते भएका हुन । बालकको निधार र बायाँ खुट्टामा चोट लागेको प्रहरीले जनाएको छ । बालकको मायामेट्रो अस्पताल धनगढीमा उपचार भइरहेको छ […]

समाचार समाज

कञ्चनपुरमा स्यालले टोक्दा ६ जना घाइते

२५ भाद्र, धनगढी ।  कञ्चनपुरमा स्यालले टोक्दा ६जना घाइते भएका छन । बहुला स्यालले टोक्दा शुक्लाफाँटा नगरपालिका–२ रानिपुरका ६ जना गम्भीर घाइते भएका हुन् । शुक्लाफाटा राष्ट्रिय निकुञ्जबाट बस्तीमा पसेको स्यालले स्थानीय २५ वर्षीय अजय चौधरी, ३१ वर्षीय रमेश चौधरी, ६३ वर्षीया गंगादेवी सिंह, ६३वर्षीया वेलुदेवी पनेरु र उनकी १ वर्षीया नातिनी प्रयज्ञा पनेरुलाई टोकेको […]

समाचार समाज

कैलालीमा एक जना मृत फेला

२५ भाद्र, धनगढी । कैलालीमा एक जना मृत फेला परेका छन्। जानकी गाउँपालिका–४ मा ३० वर्षीय रमेश कठरीया मृत फेला परेका हुन्। उनी सोमबार कुलोमा मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।