१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

धनराज गुरुङको चुनौती : ममाथि संसदीय छानबिन गरियोस्

२५ भदौ, काठमाडौं । नेपाली कांग्रेसका उपसभापति धनराज गुरुङले सहकारी ठगी प्रकरणमा जोडिएकी ज्योति गुरुङसँग आफ्नो २०७६ साल फागुनमा नै सम्बन्धबिच्छेद भएकाले आफूलाई जोड्न नमिल्ने बताएका छन् । मंगलबार प्रतिनिधिसभा बैठकको विशेष समयमा बोल्दै उनले ज्योतिसँग सम्बन्ध बिच्छेद भइसक्दा पनि प्रश्न उठाइएको भन्दै आफूमाथि छानबिन गर्न माग गरेका छन् । सोमबारको प्रतिनिधिसभा बैठकमा राष्ट्रिय स्वतन्त्र […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपसभामुखबाट हटाउन खोजे माओवादीले प्रतिवाद गर्ने

२५ भदौ, काठमाडौं। नेकपा माओवादी केन्द्रले इन्दिरा रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति विरोध गरेको छ । मंगलबार प्रतिनिधि सभाको बैठकमा माओवादी केन्द्रका प्रमुख सचेतक हितराज पाण्डेले रानालाई उपसभामुखबाट हटाउने तयारीप्रति पार्टीको विरोध रहेको बताए । ‘माननीय इन्दिरा रानालाई हटाउने कुरा आजका मिडियामा आएको छ । यदि यो सत्य हो भने हाम्रो दल त्यसरी हटाउने कुराको तिव्र […]

मुख्‍य समाचार समाचार

काठमाडौंका छुट्टाछुट्टै ठाउँमा दुई जनाको शव भेटियो

२५ भदौ, काठमाडौं। काठमाडौंका दुई फरक ठाउँमा दुई वटा शव भेटिएका छन् । काठमाडौं महानगरपालिका–११ भोटेबहालस्थित निलगिरी गेस्ट हाउसमा एक जना र कीर्तिपुरमा एक जना गरी दुई जनाको शव भेटिएको हो । निलगिरी गेस्टहाउमा सर्लाहीको हरिपुर नगरपालिका–८ घर भएका ६५ वर्षीय शशी कुमार लाल कर्णको शव भेटिएको छ । उनी गेस्टहाउसभित्रै मृत फेला परेका हुन् […]

मुख्‍य समाचार राजनीति समाचार

एसिड आक्रमण पीडितहरुको न्यायको लागि प्रतिवद्ध छौं : सभापति लामिछाने

२५ भदौ, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी  (रास्वपा) का सभापति रवि लामिछानेले एसिडको प्रहार भएर उपचार पाउने जटिलता अझै पनि कायम रहेको बताएका छन् । मंगलबार चौथो एसिड आक्रमढण विरुद्धको अभियान दिवसका रुपमा केही पीडित र सरोकारवाला निकायसँग  छलफल गर्दै  सभापति लामिछानेले  कानूनी उपचारको सुनिश्चितता गर्नकै लागि रास्वपाले एसिड पीडित बिन्दबासिनी कंसाकारलाई सांसद बनाएको बताएका […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपसभामुखलाई सत्ता गठबन्धनको सन्देश– मार्गप्रशस्त गर्नुस्

२५ भदौ, काठमाडौं । सत्ता साझेदार दलहरुको बैठकमा उपसभामुख इन्दिरा रानामगरको विषयले प्रवेश पाएको छ । सोमबार साँझ प्रधानमन्त्रीको निवास बालुवाटारमा बसेको सत्ता साझेदार दलहरुको बैठकमा उपसभामुख रानामगरबारे छलफल भएको हो । ‘उपसभामुखविरुद्ध परेको उजुरी गम्भीर प्रकृतिको छ, हटाउनेबारे छलफल भएको हो’ बैठकमा सहभागी एक नेताले भने । राज्य व्यवस्था तथा सुशासन समितिमा उपसभामुख रानामगरविरुद्ध […]

प्रदेस समाचार मुख्‍य समाचार समाचार सुदूरपश्चिम

धनगढीमा युवकमाथि कुटपिट गरे, डोटी पुगेर वृद्धको हत्या गरे

२५ भदौ, धनगढी । डोटीमा वृद्धको हत्या आरोपमा कैलालीबाट एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा दिपायलको सिलगढी नगरपालिका–६ सिलगढीका २२ वर्षीय सरोवर श्रेष्ठ छन् । सिलगढीमै बस्ने ७५ वर्षीया कालुसिंह विष्ट गत बिहीबार घरको कोठामा मृत अवस्थामा फेला परेका थिए । जिल्ला प्रहरी कार्यालय कैलालीको सहयोगमा शनिबार श्रेष्ठलाई धनगढीबाट पक्राउ गरिएको डोटीका निमित्त प्रमुख […]

गण्डकी प्रदेस समाचार मुख्‍य समाचार राजनीति समाचार समाज

पोखरामा रवि लामिछाने आउने कार्यक्रमस्थलबाहिर सहकारी पीडितको नाराबाजी

२५ भदौ, पोखरा । पोखरामा राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने सहभागी हुने कार्यक्रमस्थलबाहिर सहकारी पीडितले प्रदर्शन र नाराबाजी गरेका छन् । रास्वपा सभापति लामिछाने पार्टीको गण्डकी प्रदेशस्तरीय विस्तारित बैठकलाई सम्बोधन गर्न सोमबार पोखरा आउँदैछन् ।पोखरा महानगरपालिका–१७ बिरौटास्थित ग्यालेक्सी ब्यांक्वेटमा रास्वपाको कार्यक्रम राखिएको छ । सोही ब्याक्वेटबाहिर सूर्यदर्शन सहकारी संस्थाका वचतकर्ताले प्रदर्शन गरेका हुन् । […]

कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

२५ भदौ, काठमाडौं । श्रीमतीको हत्या आरोपमा एकजना पक्राउ परेका छन् । पक्राउ पर्नेमा खोटाङ दिप्रुङ्चुङमा गाउँपलिका-७ घर भई हाल ललितपुर बस्दै आएका ३३ वर्षीय भक्तिराज राई छन् । भदौ १२ गते ललितपुर महानगरपालिका-२४ धापाखेल नखुडोलमा ३५ वर्षीय शशीकला राई आफ्नै कोठामा मृत फेला परेकी थिइन् । जिल्ला प्रहरी परिसर ललितपुरका एसपी नरेशराज सुवेदीका अनुसार […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

शक्तिशाली तुफानले भियतनाम अस्तव्यस्त, ६० जनाको मृत्यु, १५ लाख प्रभावित

२५ भदौ, काठमाडौं । भियतनाममा ‘यागी’ नाम दिइएको शक्तिशाली तुफानले ६० जनाभन्दा बढीको मृत्यु भएको छ । तुफानले फुथोक प्रान्तको फोङचाउ पुल भत्किँदा सवारी साधनहरु रेड नदीमा खस्दा कम्तिमा १३ जना बेपत्ता छन् । २४० भन्दा बढी मानिसहरु घाइते छन् । विद्यालयहरु बन्द गरिएको छ । तुफानले उत्तरी क्षेत्रको जनजीवन अस्तव्यस्त छ । ठाउँ–ठाउँमा बाढी […]

मुख्‍य समाचार समाचार समाज

बाढीले बगाएर बेपत्ता माझीको शव ४ दिनपछि फेला

२५ भदौ, रौतहट । रौतहटको बकैया खोलाले बगाएर विगत चार दिनदेखि बेपत्ता भएका एकजनाको शव आज बिहान फेलापरेको छ । रौतहट चन्द्रपुर नगरपालिका–२ जुडिबेलाका ४२ वर्षीय अकले कुस्वार माझीको शव बाराको कोल्बी नगरपालिका–२ बकैया खोलाको बगरमा फेलापरेको प्रहरीले जनाएको छ । इलाका प्रहरी कार्यालय निजगढ बाराबाट खटिएको टोलीले प्रादेशिक अस्पताल कलैया बारा पठाइएको मकवानपुर जिल्ला […]

मुख्‍य समाचार समाचार समाज

बुद्ध एयरको एउटा जहाज व्यावसायिक उडानबाट बिदा

२५ भदौ, काठमाडौं । बुद्ध एयरले आफ्नो एटिआर ४२ (नाइन एन एआईएन)जहाज उडाउन बन्द गरेको छ । सन् २००८ सेप्टेम्बर १७ मा माउन्टेन फ्लाइटबाट व्यवसायिक उडान सुरु गरेको उक्त जहाजले मङ्गलबार बिहान अन्तिम माउन्टेन फ्लाइट गरेको छ । १६ वर्षको सेवापछि सो जहाज उडाउन बन्द गरेर ह्याङ्गरमा राखिएको छ । उक्त जहाजलाई बुद्ध एयरका कर्मचारीहरुले […]

खेलकुद मुख्‍य समाचार समाचार

लिग २ खेल्न क्यानडा जाने नेपाली टोलीको बिदाइ

२५ भदौ, काठमाडौं । लिग २ खेल्न क्यानडा जाने नेपाली क्रिकेट टोलीको बिदाइ गरिएको छ । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली टोलीका सदस्य र व्यवस्थापकलाई एक कार्यक्रमका बीच बिदाइ गरेको हो । नेपाली टोली आजै राति क्यानडा प्रस्थान गर्नेछ । क्यानडा भ्रमणका क्रममा नेपालले सेप्टेम्बर १६ र २२ मा क्यानडासँग खेल्नेछ भने सेप्टेम्बर १८ र […]