२३ मंसिर २०८१, आईतवार
कोशी प्रदेस समाचार मुख्‍य समाचार समाचार समाज

चाईना पठाईदिन्छु भन्दै आफ्नै साथीलाई ठगे लाखौं रुपैंया

काठमाडौं । वैदेशिक रोजगारीमा पठाईदिन्छु भन्दै सर्लाही, लालबन्दीका मनोज अधिकारीले लाखौं रकम ठगेर बेपत्ता भएका छन् । चाईना पठाईन्छु भन्दै नौ जनाबाट प्रतिव्यक्ति ९७ हजार ८ सयको दरले उठाएर फरार भएका हुन् ।

चाईनाको एक होटलमा नेपाली कामदारको माग भएको भन्दै नौ जनाबाट रकम उठाएका थिए । ठगीमा परेका उदयपुर चौदण्डीगढी नगरपालीकाका लक्ष्मीनारायण चौधरी रातोकागजको कार्यालयमै आएर आफु ठगीमा परेको जानकारी दिए ।

उदयपुर चौदण्डीगढी नगरपालीका वडा नम्बर पाँचका लक्ष्मीनारायण चौधरीसँगै, छेबल चौधरी, अर्बिन्द चौधरी र जयप्रकाश चौधरी रहेका छन् । ठगीमा परेकाहरु जिल्ला प्रहरी परिसर भद्रकालीमा उजुरी समेत दिएका छन् ।

यसरी बनेको थियो ठगी योजना

पिडीत लक्ष्मीनारायण चौधरी र पीडक मनोज अधिकारी रसुवाको केरुङ नाका नजिकै टिमुरेस्थित याङ्खिल होटल एण्ड लजमा ७ महिनासँगै काम गरेका थिए । होटलमासँगै काम गर्दा चौधरी र ठगीको आरोपित अधिकारी एकअर्कासँग नजिकिएका थिए ।

नेपाल र चाईनाको बोर्डर नजिकै भएका कारण उक्त होटलमा चिनियाँ पर्यटकहरुको समेत बाक्लो आउजाउ हुन्थ्यो । चलाख र ठग मानसिकताका मनोज अधिकारी उर्फ (बालेन अधिकारी) केही चाईनिज पर्यटकहरुसँग नजिकिएका थिए । जुन लक्ष्मीनारायण चौधरीले देखेका थिए । ठग अधिकारीले चौधरीलाई चाईनाको एक होटलबाट डिमाण्ड आएको र त्यहाँ राम्रो तलब र सेवा सुविधा पाउने भन्दै प्रस्ताब ल्याएका थिए ।

चौधरी पनि राम्रो तलब र सेवासुविधा पाउने भएपछि हौसिएर उक्त प्रस्ताब मानेका थिए । त्यसपछि उनी चाईना जाने सपना बुन्न थाले । तिहार पनि नजिक आईसकेको थियो उनीहरु हुँदाछदाको काम पनि छाडेरसँगै घर गएका थिए । चाईनाका लागि तीन जनाको डिमाण्ड रहेको भनेपछि पिडीत चौधरीले गाउँकै थप तीन जनालाई तिहार लगत्तै काठमाडौं ल्याएका थिए ।

त्यो भन्दा अगाडी पिडित लक्ष्मीनारायण चौधरीले पीडक मनोज अधिकारीलाई मेडिकल र श्रमका नाममा २२,००० हजार रुपैंया लिईसकेका थिए । पछि फेरी पिडीत चौधरीले अधिकारीको नेबिल बैंकमा रहेको खाता नं.२३६१००१७५००२६१ मा ६८,१०० रुपैंया जम्मा गर्दिएका थिए ।

लक्ष्मीनारायण चौधरीसँगै, छेबल चौधरी, अर्बिन्द चौधरी र जयप्रकाश चौधरी चाईना जानकै लागि परिबारबाट बिदा भएर काठमाडौं हानिए । काठमाडौं पुगेको भोलिपल्टै अर्थात कात्तिक २० गते आरोपित अर्थात मनोज अधिकारीसँग समान्य छलफल हुन्छ । र उनीहरुलाई समान्य एउटा पेपर दिन्छन् ।

उक्त पेपरमा व्यक्तिगत विवरण भनेर उल्लेख गरिएको छ । उक्त पेपरमा होटल होङजोउनी चाईनासमेत उल्लेख गरिएको छ जहाँ पिडितहरुलाई रोजगारीका लागि पठाउने भनेर अधिकारीले आश्वासन दिएका थिए ।

समान्य पेपेरमा उल्लेख गरिएको बिबरण नत कुनै होटलको लेटर हेटमा छ नत त्यहाँ कुनै छाप नै हानिएको छ । उक्त नक्कली पेपर थमाएर फेरी प्रतिव्यक्ति ७५ हजारको दरले उठाउछन् ।

त्यसपछि सबैको पैसा र पासपोर्ट लिन्छन् । तर पासपोर्ट करिब २०० मिटर आसपासमै फालेर सम्पर्क बिहीन बन्छन् । विदेश जानका लागि घरपरिवारबाट बिदा लिएर आएकाहरु ठगीमा परेको थाहा पाएपछि सबैको होस्हवास् नै उड्छ । त्यसपछि उनीहरु लाग्छन् कानुनी कारवाहीको बाटो । प्रहरीमा उजुरी दिएको लामो समय बितिसक्दा पनि पक्राउ नपरेपछि निराशहुँदै घर फर्किने निधो गर्छन् ।

पिडकलाई आजसम्म नत प्रहरीले पक्राउ गर्न सकेको छ नत सम्पर्कमै आएका छन् । पक्राउ गर्न नसकेपछि र सम्पर्कमा नआएपछि ठगीमा परेका चारैजना निरास भएर अहिले घर फर्केका छन् । उनीहरु मनोज अधिकारी उर्फ बालेन अधिकारीको गृह जिल्ला सर्लाही पुगेर स्थानीय प्रहरीसँग समन्वय गरेर खोज्ने योजना बनाएका छन् । प्रहरीले भने आरोपित मनोज अधिकारीको खोजीकार्य जारी रहेको जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्