३ कार्तिक २०८३, सोमबार
मुख्‍य समाचार राजनीति समाचार समाज

बयानका लागि रास्वपाका सभापतिलाई काठमाडौं ल्याइयो

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेलाई बयानका लागि काठमाडौं ल्याइएको छ । सहकारीको रकम अपचलनबारे बयान लिन उनलाई बुद्ध एयरमार्फत काठमाडौं ल्याइएको हो । उनलाई कालीमाटीस्थित स्वर्णलक्ष्मी बहुउद्देश्यीय सहकारी संस्थाको रकम अपचलन गरेको आरोपमा काठमाडौँ जिल्ला अदालतबाट पक्राउ पुर्जी जारी भएको थियो । सो सहकारीको रकम अपचलनबारे पूर्व डीआईजी छविलाल जोशीसँग प्रहरीले बयान […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

मलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाईयो : अध्यक्ष दाहाल

काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले आफूलाई असंवैधानिक ढंगले प्रधानमन्त्रीबाट हटाईएको भन्दै जनताले त्यसको न्यायपूर्ण फैसला सुनाउने बताएका छन् । बिहीबार कीर्तिपूरमा आयोजित चुनावी सभालाई सम्बोधन गर्दै उनले सरकारलाई खबरदारी गर्दै गर्दा पनि सुनुवाई गरेन भने प्रतिनिधि सभाको विशेष अधिवेशन बोलाउन प्रतिबद्ध रहेको भन्दै त्यहाँबाट पनि लडाइँ छेडिएमा देशव्यापी अभियान चलाउने चेतावनी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

गृह मन्त्रालयद्धारा गुनासो सुनुवाई कक्ष स्थापना

१३ मङ्सिर, काठमाण्डौं । गृह मन्त्रालयले मन्त्रालय र मातहतका निकायबाट प्रवाह हुने सेवासँग सम्वन्धित गुनासोको सम्बोधनलाई थप प्रभावकारी बनाउन ‘हेलो गृह मन्त्रालय गुनासो सुनुवाई कक्ष’ स्थापना गरी सञ्चालनमा ल्याएको छ । मन्त्रालयले बिहीबार प्रेस विज्ञप्ती जारी गरी मुलुकको शान्ति सुव्यवस्था, अपराध नियन्त्रण तथा कानूनको प्रभावकारी कार्यान्वयन गरी सुशासन कायम गर्न मन्त्रालय प्रतिवद्ध रहेको जनाउँदै त्यसका लागि […]

अर्थ जीवनशैली प्रदेस समाचार फिचर (Main Feature) मधेश मुख्‍य समाचार समाचार समाज

आलेखस् ‘सख्खर जस्तै गुलियो व्यापार’

सिंगबहादुर थापा \ रासस सर्लाही, १३ मङ्सिर । सर्लाहीको बरहथवा नगरपालिका–८, का जिवस मण्डल सख्खर गुण व्यापारबाट सख्खरजस्तै गुलियो आम्दानी गरिरहनुभएको छ । उमेरले ६५ वर्ष पार गरिसक्नुभएका उहाँले आठ वर्षदेखि घर नजिकै उखु पेलेर सख्खर बनाउने कोल क्रसर सञ्चालन गर्नुभएको हो । खेती किसानी मुख्य पेसा भए पनि मौसमी पेसाको रुपमा कोल क्रसर चलाउने […]

अर्थ बागमती बैंक–वित्त मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

डिजिटल भुक्तानीमा नेपालको फड्को : क्यूआर कोडप्रति बढ्दो आकर्षण

१३ मङ्सिर, काठमाडौं । नेपाल राष्ट्र बैंकद्वारा सार्वजनिक भुक्तानी प्रणाली सूचकांक प्रतिवेदनले नेपालमा डिजिटल भुक्तानीको प्रयोग उल्लेखनीय रूपमा बढेको देखाएको छ । प्रतिवेदनका अनुसार २०८१ को बैशाखमा (मध्य मे २०२४) सम्म मोबाइल बैंकिङ, कनेक्ट आईपीएस, क्यूआर कोड र वालेटजस्ता सेवाहरूको प्रयोग उल्लेखनीय रूपमा वृद्धि भएको देखाएको हो । राष्ट्र बैंकको प्रतिवेदनका अनुसार बैशाख महिनामा मोबाइल बैंकिङमा […]

कर्णाली मुख्‍य समाचार राजनीति विचार समाचार समाज

रोयल्टी बाँडफाँडका सूचकहरुलाई परिवर्तन गर्नुपर्छ : मुख्यमन्त्री कडेल

१३ मङ्सिर, सुर्खेत । कर्णाली प्रदेशका मुख्यमन्त्री यामलाल कडेलले स्थानीय तथा प्रदेश तहले प्राप्त गर्ने रोयल्टी समानताको आधारमा बाँडफाँड हुनुपर्ने बताएका छन् । प्राकृति श्रोत तथा वित्त आयोगले शनिबार वीरेन्द्रनगरमा आयोजना गरेको रोयल्टी बाँडफाँड पुनरावलोकन सम्बन्धी कार्यक्रममा मुख्यमन्त्री कडेलले रोयल्टी बाँडफाँडका अहिलेका सूचकहरुमा पुनरावलोकन गर्नुपर्ने धारणा राखे । संघीयता पछिको प्रारम्भमा रोयल्टी सम्बन्धी सूचकहरु बनाइएपनि अभ्यासको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक ८.३० अंकले घट्यो, कारोबार रकममा पनि कमी

१३ मङ्सिर, बिहीबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचक ८.३० अंकले घट्दै २,७४८ अङ्कमा झरेको छ । अघिल्लो दिनको तुलनामा बजार घटेसँगै कुल कारोबार रकम पनि कमी आएको छ । अघिल्लो दिन ९ अर्ब ३१ करोडको कारोबार भएकोमा आज ८ अर्ब ५४ करोडमा सीमित भएको छ । बजारमा ५० कम्पनीको सेयर मूल्य बढ्दा १९४ कम्पनीको घटेको छ […]

प्रवास मुख्‍य समाचार समाचार समाज

हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो

१३ मङ्सिर, काठमाडौं । काठमाडौं लगायत विभिन्न सहरहरुमा वायु प्रदुषण बढ्न थालेको छ । हिउँदयाम सुरु भएसँगै वायुको गुणस्तर खस्किदो छ । विहीबार काठमाडौं उपत्यकाको रत्नपार्क र खुमलटार क्षेत्र अस्वस्थकर’को वर्गमा परेको छ भने चितवनको भरतपुर सबैभन्दा ‘प्रदूषित’ सहरका रुपमा देखिएको छ । पछिल्लो २४ घण्टामा भरतपुरको एयर क्वालिटी इन्डेक्स (एक्यूआई) १६५ पुगेको वातावरण विभागले […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आज रातिदेखि कीर्तिपुर र काठमाडौं-१६ मा मदिरा बेचबिखन निषेध

जिल्ला प्रशासन कार्यालय काठमाडौंले कीर्तिपुर नगरपालिका र काठमाडौं महानगरपालिकाको वडा नम्बर १६ मा आज रातिदेखि मदिरा तथा नशालु पदार्थ बेचबिखनमा रोक लगाएको छ। प्रमुख जिल्ला अधिकारी जयनारायण आचार्यले बिहीबार एक सूचना जारी गर्दै मध्यराति १२ बजेदेखि निर्वाचन सम्पन्न नभएसम्म मदिरा तथा नशालु पदार्थहरू बेचबिखनमा रोक लगाएको जानकारी दिएका छन् । मंसिर १६ गते कीर्तिपुर नगरपालिकाको […]

जीवनशैली मुख्‍य समाचार लुम्बिनी समाचार समाज

पाल्पामा धान उत्पादन बढेपछि किसान उत्साहित

१३ मङ्सिर, रामपुर (पाल्पा) । जिल्लामा यस वर्ष धान उत्पादनमा वृद्धि भएपछि किसान उत्साहित छन् । गुणस्तरीय बीउ, उन्नत वा हाइब्रिड जातका धानको प्रयोग, अनुकूल मौसमलगायत कारणले धान उत्पादन बढेको हो । जिल्लास्थित कृषि ज्ञान केन्द्रका अनुसार यो वर्ष जिल्लामा ३६ हजार आठ सय मेट्रिक टन धान उत्पादन भएको छ । गत वर्ष यहाँ ३४ […]

बागमती मुख्‍य समाचार समाचार समाज

काठमाडौं महानगरले माग्यो मारवाडी सेवा समितिको कागजात

१३ मङ्सिर, काठमाडौं । मारवाडी सेवा समितिले न्युरोडस्थित एक जुत्ता पसलबाट साढे आठलाख रुपैंयाँ भाडा असुल्ने गरेको भेटिएको भन्दै काठमाडौं महानगरपालिकाले छापा मारेको छ । बिहीबार महानगरपालिकाको राजश्व विभागका उपनिर्देशक जगनाथ शर्मा पौडेलसहितको टोलीले छापा मारेको हो । छापाकै क्रममा सञ्चारकर्मीहरुसँग कुरा गर्दै उपनिर्देशक शर्माले सबै कुरा प्रस्ट गर्नको लागि मारवाडी सेवा समितिको आधिकारिक व्यक्ति नभेटिएको […]

अन्तर्वार्ता बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

अर्थमन्त्री पौडेल र फिनल्याण्डका विकासमन्त्री ताभियोबीच भेटवार्ता

१३ मङ्सिर, काठमाडौं । उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णुप्रसाद पौडेल र फिनल्याण्डका परराष्ट्र मन्त्रालयका वैदेशिक व्यापार तथा विकासमन्त्री भिल्ले ताभियोबीच भेटवार्ता भएको छ । अर्थ मन्त्रालयमा उहाँहरुबीच भेटवार्ता भएपछि नेपाल सरकार र फिनल्याण्ड सरकारबीच सार्वजनिक लगानी परिचालन परियोजनासम्बन्धी खाका सम्झौतामा हस्ताक्षर भएको छ । फिनल्याण्डको सार्वजनिक लगानी सुविधा योजनाअन्तर्गत वित्त परिचालन हुने परियोजनाको सम्झौतामा अर्थ मन्त्रालयका अन्तर्राष्ट्रिय […]