१६ श्रावण २०८३, शनिबार
अन्तर्वार्ता मुख्‍य समाचार राजनीति विचार समाचार समाज

कोरियाका राजदूत र नेता खनालबीच भेट, आर्थिक विकासबारे छलफल

२९ कात्तिक, काठमाडौं । नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री झलनाथ खनालसँग नेपालका लागि दक्षिण कोरियाका राजदूत पार्क ताइयोङले खनाल निवास डल्लुमा शिष्टाचार भेटवार्ता गरेका छन् । भेटक क्रममा पूर्वप्रधानमन्त्री खनालले राजदुतलाई नेपाल र कोरियाबीच कूटनीतिक सम्बन्ध स्थापना भएको पचासौं वार्षिकोत्सवको अवसरमा शुभकामना व्यक्त गर्दै नेपाल र कोरिया बीचमा धेरै लामो कालदेखि समधुर सम्बन्ध […]

अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

दुई ब्रोकर एसोसिएशन मर्ज

काठमाडौं । दुई वटा ब्रोकर एसोसिएशन मर्ज भएका छन् । स्टक ब्रोकर एसोसिएशन नेपाल र धितोपत्र ब्रोकर एसोसिएशन लिमिटेड मर्ज भएका हुन् । दुवै ब्रोकर एसोसिएसनबीच मर्जरका लागि बुधबार समझदारी पत्र (एमओयु)मा हस्ताक्षर भएको हो । समझदारी पत्रमा स्टक ब्रोकर एसोसिएशन नेपालका अध्यक्ष धर्मराज सापकोटा र धितोपत्र ब्रोकर एसोसिएन लिमिटेडका अध्यक्ष सागर ढकालले समझदारी पत्रमा […]

अन्तर्राष्ट्रिय खेलकुद मुख्‍य समाचार समाचार समाज

नेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्कियो

काठमाडौं । माल्दिभ्समा सम्पन्न पन्ध्रौं विश्व शारीरिक सुगठन तथा फिजिक च्याम्पियनसिपमा भाग लिइनेपाली बडीबिल्डरहरुको टोली स्वदेश फर्किएको छ । च्याम्पियनसिपमा पदक विजेता बडीबिल्डरहरु रुजेश शाही, प्रज्वलमान शाक्य र रजनी श्रेष्ठको टोलीलाई त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा भव्य स्वागत गरिएको छ । विमानस्थलमा पत्रकारसँग कुराकानी गर्दै बडीबिल्डररजनी श्रेष्ठले केटीहरु पनि पुरुषहरु भन्दा कम छैनभनेर देखाउनको लागि एकदमै ठूलो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न सक्दैन : शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले जनतालाई राज्यसँग जोड्न नसकेसम्म देश बन्न नसक्ने बताएका छन् । बुधबार काठमाडौंमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै महासचिव पोखरेलले युवा वर्गको विचार र चिन्तनको आधारमा देशको भविष्य निर्धारण हुने बताएका हुन् । युवाहरु आशावादी र उनीहरुमा परिवर्तनको हुटहुटी भएमात्र देशको भविष्य राम्रो हुने उनको भनाइ छ । उनले […]

मुख्‍य समाचार राजनीति समाचार समाज

ऐन निर्माण र कार्यान्वयन अवस्थाको मूल्यांकन गर्न जरुरी

काठमाडौं । विधायन व्यवस्थापन समितिको बुधबारको बैठकमा बालबालिका सम्बन्धी ऐनको कार्यान्वयन मापन सम्बन्धमा विज्ञ र सरोकारवालासँग छलफल गरिएको छ । सिंहदरवारमा बसेको बैठकले उक्त छलफल गरेको हो । छलफलमा बोल्दै समिति सदस्य वेदुराम भुसालले  ऐनको  निर्माण र  कार्यान्वयनको अवस्थाको मूल्यांकन गनुपर्ने बताएका छन् । उनले कानून कार्यान्वयन मापनमा लामो प्रक्रियाबाट अगाडि बढ्नुपर्ने बताएका हुन् । […]

अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस

काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोेप्रति नेपाल ट्रेड युनियन काँग्रेसले आपत्ति जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल हाल केही महिनाका लागि मर्मत सम्भारका नाममा आफ्नो नियमित अन्तर्राष्ट्रिय उडान सेवा १० घण्टा घटे लगत्तै त्यसको असर स्वरुप अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोप्रति ट्रेड युनियन काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको जनाएको हो […]

खेलकुद समाचार समाज

नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट

काठमाडौं । नेपाली महिला क्रिकेट टोली विश्वकपमा छनोट भएको छ । एसियाली छनोटको अन्तिम खेलमा बुधबार यूएईलाई हराएर नेपालले पहिलोपटक विश्वकपमा स्थान बनाएको हो । एसिया छनोटमा ६ खेलमा ५ जित निकाल्दै नेपाल विश्वकपमा छनोट भएको हो । नेपालले यूएईलाई नेटरनरेटमा पछाडि पार्दै विश्वकपमा स्थान बनाएको हो । पहिला ब्याटिङ गरेको यूएईलाई ८३ रनमा सीमित […]

अन्तर्राष्ट्रिय राजनीति समाचार समाज

अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यवृद्धि विरुद्ध उत्रियो ट्रेड युनियन काँग्रेस

२८ कात्तिक, काठमाडौं । अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोेप्रति नेपाल ट्रेड युनियन काँग्रेसले आपत्ति जनाएको छ । त्रिभुवन अन्तर्राष्ट्रिय विमान स्थल हाल केही महिनाका लागि मर्मत सम्भारका नाममा आफ्नो नियमित अन्तर्राष्ट्रिय उडान सेवा १० घण्टा घटे लगत्तै त्यसको असर स्वरुप अन्तर्राष्ट्रिय हवाई टिकटको मूल्यमा भारी वृद्धि भएकोप्रति ट्रेड युनियन काँग्रेसले गम्भीर ध्यानाकर्षण भएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादीको उकालो यात्रा सुरु भएको प्रचण्डको दावी

२८ कात्तिक, काठमाडौं । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले पार्टी विभाजनपछि सुरु भएको माओवादीको आरोलो यात्रा सकिएर अब उकालो लाग्न सुरु भएको बताएका छन् । मोहन वैद्य नेतृत्वको क्रान्तिकारी कम्युनिष्ट पार्टी नेपालका नेताहरुलाई पार्टीमा स्वागत गर्दै उनले यस्तो धारणा राखेका हुन् । ‘जनयुद्ध, शान्ति प्रक्रिया र २०६४ को संविधानसभा निर्वाचनसम्म आइपुग्दा माओवादी जनताको सबैभन्दा […]

मुख्‍य समाचार समाचार समाज

जलवायु जोखिमबाट जोगिन पर्वतीय र सामुद्रिक देश साझा कार्यक्रम बनाउन आब्हान

२८ कात्तिक, बाकु, अजरबैजान । राष्ट्रपति रामचन्द्र पौडेलले जलवायु जोखिमको प्रभावबाट जोगिन आउँदा दिनमा पर्वतीय देश र सामुद्रिक देश मिलेर साझा कार्यक्रमका साथ एकीकृत रुपमा काम गर्न आव्हान गरेका छन् । अजरबैजानको बाकु सहरमा यही सोमबारबाट शुरु भएको जलवायु परिवर्तनसम्बन्धी संयुक्त राष्ट्र संघीय संरचना महासन्धि पक्ष राष्ट्रहरुको २९ औँ सम्मेलन (कोप–२९) अन्र्तगत नेपालले आज यहाँ आयोजना […]

मुख्‍य समाचार समाचार समाज

दमक भ्यु–टावर’ संचालन अझै अन्योलमा

२८ कात्तिक, झापा । सरकारको करिब डेढ अर्ब लगानीमा झापाको दमकमा निर्माण भएको व्यावसायिक ‘दमक भ्यु–टावर’ संचालन अझै अन्योलमा छ । टावर सञ्चालनको मोडालिटी कस्तो बनाउने भन्ने विषय पेचिलो देखिएको छ । प्रधानमन्त्री केपी शर्मा ओलीले आफ्नो निर्वाचन क्षेत्रमा उद्घाटन गरेको टावर यतिबेला पर्यटक भुल्याउने माध्यम मात्र बनिरहेको छ । टावर संचालनका सम्बन्धमा संघीय सरकार र […]

मुख्‍य समाचार विचार समाचार समाज

समलिङ्गी विवाह प्राकृति, संस्कृतिक र सामाज भत्काउने विदेशी षड्यन्त्र’

२८ कात्तिक, काठमाडौं । नेपालमा समलिङ्गी विवाहलाई मान्यता दिनु सामाजिक, सांस्कृतिक एकतालाई भत्काउने विदेशीको षड्यन्त्र भएको सरोकारवालाहरुले बताएका छन् । बुधबार काठमाडौंमा ‘नागरिक सरोकार नेपाल’ले आयोजना गरेको कार्यक्रममा बोल्दै उनीहरुले सर्बोच्च अदालत विदेशीको प्रभावमा परेर समलिङ्गी विवाहलाई मान्यता दिएको आरोपसमेत लगाएका हुन् । बक्ताहरले नवनिर्वाचित अमेरीकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समलिङ्गी सम्बन्धको विरोधी भएको र रुसी राष्ट्रपति […]