३ कार्तिक २०८३, सोमबार
बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सरकारले शैक्षिक संस्थाहरूको नियमित प्रक्रियामा हस्तक्षेप गरिरहेको छ : प्रचण्ड

१४ मङ्सिर, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले सरकारको नेतृत्वले विश्वविद्यालयमाथि हस्तक्षेप गरी शैक्षिक संस्थाहरूको नियमित प्रक्रिया रोक्ने र सुशासनका प्रयासहरूमाथि हमला गर्ने काम गरिरहेको बताएका छन् । शुक्रबार काठमाडौँमा आयोजित निजी तथा आवासीय विद्यालयहरूको छाता संगठन (प्याब्सन)को तेस्रो अन्तर्राष्ट्रिय शैक्षिक सम्मेलनलाई सम्बोधन गर्दै उनले देशको शिक्षा क्षेत्रलाई तहसनहस पार्ने सरकराको […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

१४ मङ्सिर, काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघकाअनुसार आज छापावाल सुनको मूल्य तोलामा १ हजार ६ सय रूपैयाँले बढेको हो । आज सुन तोलाको १ लाख ५० हजार ९ सय रूपैयाँमा कारोबार भइरहेको छ । बिहीबार  सुन प्रतितोला १ लाख ४९ हजार ३ सय रुपैयाँमा कारोवार भएको  थियो […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

‘गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थलमा प्रवेशाज्ञा, श्रम स्वीकृतिलगायत प्रक्रियागत व्यवस्थाको प्रयास’

१४ मङ्सिर, लुम्बिनी । मुख्यमन्त्री चेतनारायण आचार्यले गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल नियमित रूपमा सञ्चालन गर्न पर्यटक तथा चालकदलका सदस्यसहित अन्य व्यक्तिको प्रवेशाज्ञा, श्रम स्वीकृति र स्वास्थ्य परीक्षणलगायत प्रक्रियागत काम यहीँबाट सम्पादन गर्न प्रदेश सरकारले प्रयास थालेको बताएको छ । ‘गौतमबुद्ध विमानस्थलको दिगो सञ्चालन, लगानी र सम्भावना’ विषयमा बिहीबार भैरहवामा भएको छलफलमा उसले विमानस्थलमा हुने अन्तर्राष्ट्रिय उडानले […]

बागमती मुख्‍य समाचार समाचार समाज

हेटौंडामा अटोको ठक्करबाट पैदलयात्रीको मृत्यु

१४ मङ्सिर, मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६, चौघडाबजारस्थित कान्तिलोकपथमा आज बिहान अटोले ठक्कर दिँदा एक पैदलयात्रीको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय शान्तिटोल बस्ने ६८ वर्षीय जनक राई रहेको जिल्ला प्रहरी कार्यालय मकवानपुरका प्रहरी नायव उपरीक्षक एवम् प्रवक्ता श्यामु अर्यालले जानकारी दिए । उसका अनुसार बिहान सवा ६ बजेको समयमा हेटौंडा बजारबाट […]

कोशी मुख्‍य समाचार समाचार समाज

अकासे पानी शुद्धीकरण गरेर विद्यालयमा खानेपानी

१४ मङ्सिर, खोटाङ । खानेपानीको चरम अभाव रहेको हलेसी तुवाचुङ नगरपालिका–३ स्थित च्यास्मिटार माध्यमिक विद्यालयमा अकासे पानी शुद्धीकरण गरेर प्रयोग गर्न थालिएको छ । विद्यालयका प्रधानाध्यापक तेजकुमार राईका अनुसार नगरपालिको पहलमा ‘वेस्ट वाटर’ संस्था र विद्यालयबीचको साझेदारीमा आकाशबाट परेको पानीलाई जम्मा गरी छानेर पिउनयोग्य बनाइएको छ । वर्षात्को पानीलाई ३० हजार लिटरका तीनवटा ट्याङ्कीमा जम्मा […]

अर्थ गण्डकी मुख्‍य समाचार समाचार समाज

खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि जुट्यो १८ लाख

१४ मङ्सिर, तनहुँ । बन्दीपुर गाउँपालिका–१ बेलभन्ज्याङस्थित खड्गदेवी मन्दिर पुनर्निर्माणका लागि रु १८ लाख जुटेको छ । मन्दिर पुनर्निर्माण समितिका सल्लाहकार टीकाराम गिरीका अनुसार उक्त रकम देउसीभैलो एवं दाताबाट प्राप्त भएको हो । मन्दिर निर्माणका लागि रु ३० लाख आवश्यक पर्ने उसले बताए । बन्दीपुर गाउँपालिकाले भने रु चार लाख विनियोजन गरेको गाउँपालिका अध्यक्ष सुरेन्द्रबहादुर […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा

१४ मङ्सिर, गोरखा । सहिद लखन गाउँपालिकाले आफ्नो क्षेत्रका गर्भवतीको निःशुल्क स्वास्थ्य बीमा गर्न थालेको छ । अर्थाभावका कारण स्वास्थ्योपचार तथा जाँचमा गर्भवतीलाई समस्या नहोस् भन्ने उद्देश्यले पालिकाले निःशुल्क बीमा कार्यक्रम सञ्चालन गरेको गाउँपालिका स्वास्थ्य शाखाका प्रमुख वीरेन्द्र श्रेष्ठले जानकारी दिए । “चालु आर्थिक वर्षको स्वीकृत कार्यक्रमअन्तर्गत गर्भवती जाँचका लागि स्वास्थ्य संस्थामा पुग्नेबित्तिकै स्वास्थ्य बीमा […]

कोशी पर्यटन मुख्‍य समाचार समाचार समाज

कञ्चनजङ्घा क्षेत्रमा पर्यटकको ताँती

१४ मङ्सिर, फुङ्लिङ (ताप्लेजुङ) । कञ्चनजङ्घा क्षेत्रमा पर्यटक आगमनमा वृद्धि भएको छ । हाल यो क्षेत्रमा आन्तरिक र बाह्य पर्यटकको ताँती लागेको छ । कञ्चनजङ्घा संरक्षण क्षेत्र व्यवस्थापन परिषद् कार्यालयका सूचना अधिकारी तुभान लिम्बूका अनुसार कञ्चनजङ्घा आधार शिविरको भ्रमण गर्ने विदेशी पर्यटक बढेका हुन् । चालु आर्थिक वर्षको चार महिनामा एक हजार ८५ विदेशी पर्यटकले […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

क्रिसमस डेका लागि गीत तयार, अभिषेक र विनाले गरे अभिनय

१४ मङ्सिर, काठमाडौं । क्रिसमस डेलाई लक्षित गर्दै नयाँ गीत ‘येशु जन्मिनु भयो’ सार्वजनिक गरिएको छ । सार्वजनिक गीतमा शंकर थापा (स्माइल)र अनु चौधरीको स्वर रहेको छ । गीतमा राजु सुन्दास र सुरेन्द्र दियालीको शब्द छन् । गीतमा संगीत भर्ने काम भने गायक शंकरले नै गरेका हुन् । भिडिओमा कलाकार अभिषेक श्रेष्ठ र बिना राउतसँगै समाजसेवी […]

कर्पोरेट बागमती मुख्‍य समाचार समाचार समाज

नेपालबाट चार आइसीटी कम्पनी एपिक्टा अवार्ड्समा सहभागी हुने

१४ मङ्सिर, काठमाडौं । चारवटा आईसीटी कम्पनीहरू नेपालको प्रतिनिधित्व गर्दै एशिया प्यासिफिक आईसीटी अलायन्स (एपिक्टा) अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी हुँदै छन्। नास आईटी अवार्ड्स २०२४ मा विभिन्न विधामा भाग लिएका कम्पनीहरु मध्ये चारवटा आईसीटी कम्पनीहरूले एपिक्टा अवार्ड्स २०२४ ब्रुनेईमा सहभागी जनाउने भएका हुन् । अवार्ड डिसेम्बर ४ देखि ७ सम्म ब्रुनेईमा आयोजना हुँदैछ । नेपाली कम्पनीहरुको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

आजदेखि रवि लामिछानेको बयान काठमाडौंमा

१४ मङ्सिर, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेसँग आजदेखि नै काठमाडौंमा बयान लिने तयारी गरिएको छ । कास्की हिरासतमा रहेका लामिछानेलाई काठमाडौंको स्वर्णलक्ष्मी सहकारी संस्थाको बचत अपचलनबारे अनुसन्धानका लागि बिहीबार बेलुकी काठमाडौं ल्याइएको थियो। स्वर्णलक्ष्मीकै बचत अपचनलमा यसअघि छबिलाल जोशी र कुमार रम्तेलसँग काठमाडौंमा बयान लिएर कास्की फर्काइएको थियो।

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

एनसेलले ’एनपिएल’ को हरेक चौकामा विद्यार्थीलाई शैक्षिक सामग्री वितरण गर्ने

१४ मङ्सिर, काठमाडौं ।  एनसेल फाउण्डेसनले नेपाल प्रिमियर लिग (एनपीएल) का प्रत्येक चौकामा सामुदायिक विद्यालयका विद्यार्थीहरूलाई ४ वटा शैक्षिक सामाग्री वितरण गर्ने घोषणा गरेको छ । एनसेल फाउन्डेसनले क्रिकेटको रोमाञ्चकतालाई शिक्षासँग सम्बन्धित एक ठूलो उद्देश्यसँग जोड्ने उद्देश्यले शैक्षिक सामाग्री वितरण गर्ने घोषणा घोषणा गरेको जनाएको छ । सिद्धार्थ बैंक एनपीएल पावर्ड बाई एनसेलका खेलहरूमा हानिने प्रत्येक […]