१७ चैत्र २०८२, मंगलवार
मुख्‍य समाचार राजनीति समाचार

सीके राउतद्वारा सम्बन्ध बिच्छेदको मुद्दा दायर

२७ भाद्र,  काठमाडौं । जनमत पार्टीका अध्यक्ष डा. चन्द्रकान्त राउत (सीके) ले श्रीमती सिन्धु रानीसँग सम्बन्ध विच्छेदको मुद्दा दायर गरेका छन्। ललितपुर जिल्ला अदालतमा केही दिनअघि मुद्दा दर्ता भएको छ । सिन्धु रानी भारती नागरिक हुन् । राउत दम्पतीका दुई छोरी र एक छोरा छन् । श्रीमती घरमा नबस्ने र झगडा हुने गरेको भन्दै सम्बन्ध बिच्छेद माग […]

मुख्‍य समाचार समाचार समाज

मकवानपुरमा एक वर्षमै छ सय चार उद्योग बन्द

२७ भाद्र,  बागमती । आर्थिक मन्दीलगायत कारणले मकवानपुरमा आर्थिक वर्ष २०८०/८१ मा  छ सय १० वटा उद्योग बन्द भएका छन् । मकवानपुर उद्योग तथा वाणिज्य कार्यालयका अनुसार आव २०८०/८१ मा उद्योगतर्फ दुई सय ६८ र वाणिज्यतर्फका तीन सय ३६ उद्योगले लगत कट्टा गराएका छन् । आव २०७९/८० मा मकवानपुरमा उद्योग र वाणिज्यका दुई सय ८३ […]

मुख्‍य समाचार समाचार समाज

उपत्यकाबाट हराएका मोटरसाइकल फिर्ता

२७ भाद्र, काठमाडौँ । काठमाडौँ उपत्यका भित्रका ९६ जना धनीले आफ्नो हराएका मोटरसाइकल र स्कुटर फिर्ता पाएका छन् । साउन र भदौको हालसम्म हराएका ९६ वटा मोटरसाइकल फेला पारी धनीलाई फिर्ता दिइएको काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले सार्वजनिक गरेको हो । यस्तै चोरीका १२ वटा दुई पाङ्ग्रे सवारीसाधनसहित चोरीमा संलग्न १६ जनालाई आवश्यक कारबाहीका लागि विभिन्न […]

मुख्‍य समाचार समाचार समाज

पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध

२७ भाद्र, जुम्ला । पहिरोले कर्णाली राजमार्ग पुनः अवरुद्ध भएको छ । गएरातिको अविरल वर्षाले कर्णाली राजमार्गअन्तर्गत कालिकोटको शुभकालिका गाउँपालिका–१ स्थित गगनेखोला र एसमोडमा पहिरो आएर सडक पूर्ण रूपमा अवरुद्ध भएको जुम्लास्थित सडक डिभिजन कार्यालयका सूचना अधिकारी वीरबहादुर जिटीले जानकारी दिए । उक्त राजमार्गमा निरन्तर पहिरो खस्दा आवागमनमा कठिनाइ भएको छ । सडक डिभिजन कार्यालयले […]

मुख्‍य समाचार राजनीति समाचार

सांसदलाई उपत्यका नछाड्न काँग्रेसको निर्देशन

२७ भाद्र, काठमाडौँ । नेपाली काँग्रेसले ३ असोजसम्म आफ्ना सांसदलाई उपत्यकाबाहिर नजान निर्देशन दिएको छ । बुधबार काँग्रेस संसदीय दलका प्रमुख सचेतक श्याम घिमिरेले सांसदहरुलाई सूचना पठाउँदै ३ असोजसम्म काठमाडौँ उपत्यका बाहिर नजान भनेका छन् । त्यस्तै उपत्यका बाहिर रहेका सांसदहरुलाई पनि काठमाडौँ फर्किन भनिएको छ । बुधबार बसेको काँग्रेसको पदाधिकारी तथा पूर्वपदाधिकारी बैठकले उपसभामुख […]

मुख्‍य समाचार समाचार समाज

दश लाख खर्चेर राधाकृष्ण मन्दिर पुनः निर्माण

२७ भाद्र, गोरखा । सिरानचोक गाउँपालिका–५, छोप्राकस्थित फौदर गाउँको राधाकृष्ण मन्दिर पुनः निर्माण भएको छ । गाउँपालिकाको आर्थिक सहयोग र स्थानीयको श्रमदानमा मन्दिरको पुनर्निर्माण सम्पन्न भएको हो । मन्दिर व्यवस्थापन समितिका संयोजक शिवचन्द्र पोखरेलका अनुसार गाउँपालिकाबाट प्राप्त रु १० लाख तथा दुई लाख ५० हजार चन्दाका साथै जनश्रमबाट मन्दिर निर्माण भएको हो । सोही रकममध्येबाट […]

मुख्‍य समाचार राजनीति समाचार

राष्ट्रिय सभाका दुई समितिका सभापतिको निर्वाचन सोमबार

२७ भाद्र, काठमाडौँ । राष्ट्रिय सभामा रिक्त दुई समितिका सभापतिको निर्वाचन भदौ ३१ गते सोमबार हुने भएको छ । उम्मेदवारको मनोनयन दर्ता भदौ ३० गते आइतबार हुने छ । सभा अन्तर्गतको विधायन व्यवस्थापन समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित व्यवस्थापन समितिमा रिक्त रहेका सभापति पदका निर्वाचन हुन लागेको हो । सङ्घीय संसद् सचिवालयका अनुसार आइतबार […]

मुख्‍य समाचार समाचार समाज

बझाङका एक बालक कञ्चनपुरबाट बेपत्ता

२७ भाद्र, कञ्चनपुर । बझाङ घर भएका एक बालक कञ्चनपुरबाट बेपत्ता भएका छन् ।बझाङ केदारस्यु गाउँपालिका ७ काडाचौर बस्ने मानसिंह धामीका १३ वर्षीय छोरा आयुष धामी कञ्चनपुरबाट बेपत्ता भएका हुन् । आयुष मंगलबार साँझ कञ्चनपुरको विद्युत कार्यालयको उत्तरपट्टि बसपार्क नजिक डेरामा  बस्ने घरबाट हराएको पारिवारिक स्रोतले जनाएको छ । १३ वर्षीय आयुष कञ्चनपुरको लिटल स्टारमा […]

मुख्‍य समाचार राजनीति समाचार

उपसभामुखलाई पदबाट हटाउने कदम घातक हुने रास्वपाको चेतावनी

२७ भाद्र, काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टीले उपसभामुख इन्दिरा रानालाई पदबाट हटाउने कदम घातक हुने चेतावनी दिएको छ । सिंहदरबारमा बसेको रास्वपा सचिवालय बैठकले उपसभामुखलाई पदबाट हटाउन खोजिएको भए गलत हुने र सत्तागठबन्धनका लागि घातक हुने चेतावनी दिएको हो । बैठकपछि रास्वपा सभापति रवि लामिछानेले उपसभामुखलाई हटाउने काम गलत हुने र दुई तिहाई शक्तिको दुरुपयोग नगर्न […]

मुख्‍य समाचार समाचार समाज

होटेलबाट अनैतिक कृयाकलापमा संलग्न युवायुवती पक्राउ

२७ भाद्र, काठमाडौँ । अत्तरियामा होटेलबाट अनैतिक कृयाकलापमा संलग्न युवायुवती पक्राउ परेका छन् । प्रहरीका अनुसार कैलालीको गोदावरी नगरपालिका२ अत्तरियास्थित दार्चुला सोहन होटेलबाट अनैतिक कृयाकलापमा संलग्न युवायुवती पक्राउ परेका हुन् । सो होटेलमा अनैतिक कृयाकलाप भइरहेको छ भन्ने विशेष सूचनाका आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीको अपराध अनुसन्धान शाखाबाट खटिएको टोलीले होटेल सञ्चालकसहित एक महिला र […]

मुख्‍य समाचार समाचार समाज

पढ्दै कमाउँदै कार्यक्रम प्रति विद्यार्थीको आकर्षण

२७ भाद्र, मध्यविन्दु । नवलपरासी (बर्दघाट सुस्तापूर्व)को कावासोती नगरपालिका–२ स्थित शिव नमूना माध्यमिक विद्यालयकक्षामा कक्षा ५ मा अध्ययनरत नवीन न्यौपाने हिजोआज विद्यालयमा पढ्नुका साथै करेसाबारीको काम पनि सिक्ने गर्छन् । विद्यालयमा पढाइ सँगसँगै तरकारी खेतीसम्बन्धी प्रयोगात्मक अभ्यास हुन थालेपछि प्रसन्न तरकारी खेतीसम्बन्धी काम गर्न अभ्यस्त हुन थाल्नुभएको हो । “सधैँ किताब मात्र पढिरहँदा ध्यान केन्द्रित […]

मुख्‍य समाचार समाचार समाज

नमूना बन्यो माछापुच्छ्रेको चक्लाबन्दी खेती

२७ भाद्र, कास्की । माछापुच्छ्रे गाउँपालिका–३ घाचोकमा चक्लाबन्दीमार्फत गरिएको सामूहिक खेती कृषि क्षेत्रमा नमूना बनेको छ । गण्डकी प्रदेश सरकारले चार वर्षअघि घाचोकस्थित सिरानखेतबाट प्रदेशमा पहिलोपटक जमिन चक्लाबन्दी कार्यक्रम सुरु गरेको थियो । घाचोकको सिरानखेत र तल्लाखेतमा गरी तीन सय १६ रोपनी जमिन चक्लाबन्दी गरी सामूहिक खेती थालिएको छ । स–साना खेतका गरालाई मिसाएर ठूलो क्षेत्रफलमा […]