१६ श्रावण २०८३, शनिबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

कीर्तिमानी अलराउन्डर साद बिन जफर लुम्बिनी लायन्सबाट खेल्ने

६ मङसिर, काठमाडौं । क्यानडियन क्रिकेट आइकन साद बिन जफर नेपाल प्रिमियर लिग २०२४ का लागि लुम्बिनी लायन्ससँग आबद्ध भएका छन् । २०२४ को टी–२० विश्वकपमा क्यानडाको कप्तानी गरेर इतिहास बनाएका जफरले आफ्नो अन्तर्राष्ट्रिय अनुभव र नेतृत्व क्षमतासहित लुम्बिनी लायन्सलाई थप मजबुत बनाउने विश्वास गरिएको छ । पाकिस्तानमा जन्मिएका क्यानडियन क्रिकेटर साद बिन जफरले सन् २००८ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमै सम्पन्न गर्नुपर्ने

६ मङसिर, काठमाडौं । उपप्रधानमन्त्री एवं शहरी विकासमन्त्री प्रकाशमान सिंहले स्थानीय, प्रादेशिक र संघीय तीनै तहका सरकारको समन्वयमा प्रादेशिक र स्थानीय सडक सुधार परियोजना समयमा सम्पन्न गर्नुपर्ने बताएका छन् । बिहीबार काठमाडौंमा आयोजित प्रादेशिक र स्थानीय सडक सुधार परियोजना शुभारम्भ कार्यशाला र एमओयू हस्ताक्षर समारोहमा उनले परियोजना कार्यान्वयन गर्ने पक्षमा तीनै तहका सरकारले जिम्मेदारी बहन गर्नुपर्ने […]

कर्पोरेट मुख्‍य समाचार समाचार समाज

ई–प्लानेटलाई सिड्नीबाट ‘टप अफ द टावर’ अवार्ड

६ मङसिर, काठमाडौं । एजुकेशन प्लानेट प्रालि (ई–प्लानेट)ले दक्षिण एशियाको ‘टप अफ द टावर’ अवार्ड प्राप्त गरेको छ ।  अवार्ड एक्सिलेन्स अवार्ड २०२४ अन्तर्गत यूनिभर्सिटी अफ टेक्नोलोजी सिड्नी (यूटिएस) ले प्रदान गरेको हो । अवार्डले दक्षिण एशियामा शैक्षिक परामर्श सेवामा उत्कृष्टता, विद्यार्थी सहयोग तथा विश्वव्यापी साझेदारीमा ई–प्लानेटको सफलतालाई सम्मानित गरेको ई–प्लानेटले विज्ञप्तिमार्फत जनाएको छ । अवार्ड […]

मुख्‍य समाचार राजनीति विचार समाचार समाज सुदूरपश्चिम

‘मन्त्री हेरफेर हुँदैन, डेढ बर्षपछि देउवा प्रधानमन्त्री’

६ मङसिर, धनगढी । गृहमन्त्री रमेश लेखकले मन्त्री परिवर्तन हुने कुरा हल्ला मात्र रहेको बताएका छन् । उनले आजका मितिसम्म मन्त्री हेरफेर हुने कुरामा कुनै छलफल नभएको बताए । विहीबार धनगढीमा प्रेस युनियनले आयोजना गरेको पत्रकार सम्मेलनमा वोल्दै गृहमन्त्री लेखकले प्रधानमन्त्रीय पद्धतीमा प्रधानमन्त्रीले आवश्यकता अनुसार मन्त्री हेरफेर गर्न सक्ने बताए । उनले भने,‘दुई दलको सरकार […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पोखरेबगर–चित्रे सडक मर्मत नहुँदा पर्यटकलाई सास्ती

६ मङसिर, म्याग्दी । चार महिनाअघि अवरुद्ध भएको म्याग्दीको अन्नपूर्ण गाउँपालिका–६ मा रहेको प्रमुख पर्यटकीय स्थल घोडेपानी जोड्ने पोखरेबगर–चित्रे सडक अझै सञ्चालन भएको छैन् । अन्नपूर्ण गाउँपालिकाको केन्द्र पोखरेबगरदेखि घार–खिवाङ–शिख–चित्रे सडक अन्तर्गत अन्नपूर्ण–५ घोप्टेखर्कमा गत असारमा पहिराले भत्काएको सडक मर्मत नहुँदा स्थानीयबासी र पर्यटकलाई समस्या भएको छ । स्थानीयबासीले पहिरोले साघुरिएको सडकको डिलतर्फ काठ राखेर […]

अर्थ मुख्‍य समाचार लुम्बिनी समाचार समाज

सत्यवती मेलामा ३२ लाख बराबर भेटी सङ्कलन

६ मङ्सिर, रामपुर (पाल्पा) । जिल्लाको तिनाउ गाउँपालिका–४ स्थित सत्यवती मन्दिरमा आयोजना गरिएको सत्यवती मेलामा रु ३२ लाख बराबर भेटी सङ्कलन भएको छ । यसवर्ष लागेको मेलामा श्रद्धालु भक्तजनले दानका रूपमा चढाएका सुन तथा नगदसहित रु ३२ लाख ८१ हजार आठ सय ७० बराबर भेटी सङ्कलन भएको सत्यवती मन्दिर ताल व्यवस्थापन समितिका अध्यक्ष दानबहादुर गाहाले […]

अन्तर्वार्ता बागमती मुख्‍य समाचार समाचार समाज

जङ्गी अड्डामा नेपाल–भारत सैनिक सहकार्य वार्ता सम्पन्न

६ मङ्सिर, काठमाडौँ । प्रधान सेनापति अशोकराज सिग्देल र नेपाल भ्रमणमा रहेका भारतीय स्थल सेनाध्यक्ष उपेन्द्र द्विवेदी बीच दुई देशका सैनिकबीच पारस्परिक साझेदारी र हितमा केन्द्रित रहेर सैनिक मुख्यालय जङ्गी अड्डामा द्विपक्षीय वार्ता भएको छ । वार्ताका क्रममा नेपाली सेनाको कार्य जिम्मेवारी र सम्पादन गर्दै आएका कार्य बारेमा संक्षिप्त जानकारी प्रस्तुत गरिएको सैनिक प्रवक्ता सहायक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प

६ मङ्सिर, काठमाडौँ । पश्चिम नेपालको अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्र लैनचौरका अनुसार आज बिहान १० बजेर १३ मिनेटमा कास्की र मनाङको सीमानामा पर्ने अन्नपूर्ण क्षेत्रलाई केन्द्रविन्दू बनाएर चार दशमवल दुई रेक्टरस्केलको भूकम्प गएको हो । यसअघि गत कात्तिक २२ गते दोलखाको ओराङ आसपास केन्द्रविन्दू भएर […]

बागमती मुख्‍य समाचार समाचार समाज

‘फर्मासिष्ट’ले अनिवार्य सेतो ‘एप्रोन’ लगाउनुपर्ने

६ मङ्सिर, काठमाडौँ । आगामी पुस ४ गतेदेखि फर्मासिष्टहरूले सेतो एप्रोन लगाएर मात्र औषधि वितरण गर्नुपर्ने अनिवार्य व्यवस्था लागु गरिएको छ । नेपाल फार्मेसी परिषद्ले एक सूचना जारी गर्दै कुनै पनि सामुदायिक फार्मेसी वा अस्पतालका फार्मेसीमा औषधि वितरकका रूपमा कार्यरत फर्मासिष्ट र फार्मेसी सहायकले औषधि वितरण गर्दा नामसहितको सेतो एप्रोन(बाहिरी पोसाक) अनिवार्य लगाउनुपर्ने व्यवस्था गरेको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

फोनबाट रकम माग गर्ने डाक्टर पक्राउ

६ मङ्सिर, काठमाडौँ । प्रहरीले ह्वाट्सएपमार्फत आफू आपराधिक गिरोहको अन्डरकभर एजेन्ट भएको भन्दै फोन गरी रकम माग गर्ने गरेको अभियोगमा एक डाक्टरलाई पक्राउ गरी सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा भोजपुर नगरपालिका–११ घर भई हाल ललितपुरको महालक्ष्मी नगरपालिका सानो गाउँ बस्ने ३२ वर्षीय डा आशिष दाहाल रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुका सूचना अधिकारी […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनको मूल्य एक हजार बढ्यो

६ मङ्सिर, काठमाडौँ । आज सुनको मूल्य प्रतितोला रु एक हजारले बढेर रु एक लाख ६४ हजार कायम भएको छ । नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार बुधबार सुनको मूल्य रु एक लाख ६३ हजार थियो । त्यस्तै चाँदीको मूल्य भने आज स्थिर छ । अहिले चाँदीको मूल्य तोलाको एक हजार नौ सय ५० कायम भएको […]

जीवनशैली मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

कैलालीका किसान व्यावसायिक च्याउखेतीमा

६ मङ्सिर, अत्तरिया (कैलाली) । कैलालीका किसान व्यावसायिक च्याउखेतीमा आकर्षित भएका छन् । अन्य खेतीको तुलनामा च्याउखेतीबाट मनग्ये आम्दानी हुने भएकाले उनीहरूको यसमा आकर्षण बढेको हो । धनगढी उपमहानगरपालिका–११, जोकैयाका मङ्गल चौधरीले व्यावसायिक च्याउखेतीबाट प्रशस्त आम्दानी गर्दै आएको छ । उसले सुभाष बहुउद्देश्यीय कृषि फर्म दर्ता गरेर च्याउखेती गर्दै आएको हो । चार वर्षअघि ६० […]