३ कार्तिक २०८३, सोमबार
खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

चितवन राइनोजले  दियो सुदूरपश्चिम रोयल्सलाई १ सय ६५ रनको लक्ष्य

२३ मङ्सिर,  काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) मा चितवन राइनोजले सुदूरपश्चिम रोयल्सलाई मध्यम लक्ष्य दिएको छ । आइतवारको दोस्रो खेलमा टस जितेर ब्याटिङ रोजेको चितवनले निर्धारित २० ओभरमा ५ विकेट गुमाउँदै सुदूरपश्चिमलाई १ सय ६५ रनको योगफल दिएको हो । चितवनका लागि ओपनर हसन इसाखिलले सर्वाधिक ६५ रन जोडे । उनले ५२ बलमा […]

बागमती मुख्‍य समाचार समाचार समाज

अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लु नेपालमा

२३ मङ्सिर, काठमाडौँ । सयुक्त राज्य अमेरिकाका दक्षिण तथा मध्य एसिया हेर्ने सहायक विदेशमन्त्री डोनाल्ड लु आज नेपाल भ्रमणमा आएको छ । आफ्नो दक्षिण एशिया भ्रमणका क्रममा उसले नेपाल सरकारका नेतृत्वकर्ताहरूसँग शिष्टाचार भेट र नागरिक समाजसँग कुराकानी गर्ने यहाँस्थित अमेरिकी दूतावासले जनाएको छ । उसको यो भ्रमणले अमेरिका–नेपाल सम्बन्धलाई मजबुत बनाउने र वातावरणीय सुरक्षा, महिला […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

नेवाःसंस्कृतिको पुस्तान्तरण गर्न यःमरी उत्सव

२३ मङ्सिर, गण्डकी । लेखनाथ नेवा खलको आह्वान एवं लेखनाथ नेवा मिसा पुचको आयोजनामा आगामी पुस ६ गते पोखरा महानगरपालिका–३० मा यःमरी उत्सव गरिने भएको छ । उत्सवबारे जानकारी दिन आज यहाँ आयोजित पत्रकार सम्मेलनमा लेखनाथ नेवा मिसा पुचका संस्थापक अध्यक्ष एवं कार्यक्रम मूल आयोजक समितिका संयोजक मेनुका श्रेष्ठले नयाँ पुस्तामा नेवाःसंस्कृतिको पुस्तान्तरणका लागि उत्सव […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

अकाउन्टिङलाई एआईमार्फत रूपान्तरण गर्दै टिग, अब बिल टाइप गर्नै नपर्ने

२३ मङ्सिर, काठमाडौं । नेपालको लोकप्रिय अकाउन्टिङ सफ्टवेयर टिगले एआई फिचर सार्वजनिक गरेको छ । बिल इन्ट्री गर्ने प्रक्रियालाई अझै छिटो र सजिलो बनाउन टिग एआई फिचर सार्वजनक गरिएको हो । व्यवसायहरूका लागि बिल इन्ट्री गर्ने  प्रक्रिया आफैंमा लामो हुन्छ । तर अब यो प्रक्रियालाई टिक एआईले निकै सजिलो बनाउने छ । टिगमा राखिएको बिलहरु अब […]

बागमती मुख्‍य समाचार समाचार समाज

पावरलिफ्टिङ्गमा बिकिन र सर्मिला सर्वोत्कृष्ट

२३ मङ्सिर, काठमाडौं। बिकिन जोशी र सर्मिला शाह राष्ट्रियव्यापी पावरलिफ्टिङ्ग प्रतियोगितामा सर्वोत्कृष्ट खेलाडी घोषित भएका छन् । नेपाली युथ फिटनेस एण्ड केलिसेनिक्सको आयोजनामा शनिबार सम्पन्न प्रतियोगितामा पुरुषतर्फ बिकिन र महिलातर्फ सर्मिला सर्वोत्कृष्ट खेलाडी चुनिएका हुन् । सर्वोत्कृष्ट घोषित दुवै खेलाडीले ट्रफी, मेडल सहित जनही ५० हजार रुपैयाँ प्राप्त गरे । खुल्ला पुरुष, महिला र जुयिनर गरी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जलश्रोतको दोस्रो धनि देश भएर पनि खाने पानीको लागि आन्दोलन गर्नुपर्ने अवस्था छ : मन्त्री यादव

२३ मङ्सिर, काठमाडौं । खानेपानी मन्त्री प्रदीप यादवले जलश्रोतको दोस्रो धनि देश भनेर चिनिने नेपालमा खाने पानीको लागि जनताले आन्दोलन गर्नुपर्ने अवस्था दुखद् रहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित राष्ट्रिय साना शहरी खानेपानी तथा सरसफाई उपभोक्ता महासंघ नेपालको चौथो अधिवेशन सहितको छैठौं बार्षिक साधारण सभालाई सम्बोधन गर्दै उनले, सुरक्षित खानेपानी आपूर्ति र सरफाईले आर्थिक उन्ननीको […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

सुदूरपश्चिमविरुद्ध चितवनले पहिले ब्याटिङ गर्दै

२३ मङ्सिर, काठमाडौं । सिद्धार्थ बैंक नेपाल प्रिमियर लिग(एनपिएल) को आठौं दिनको दोस्रो खेलमा सुदूरपश्चिम रोयल्सविरुद्ध चितवन राइनोजले टस जितेको छ । टियु क्रिकेट मैदानमा भएको टसमा चितवनका कप्तान कुशल मल्लले टस जितेर ब्याटिङ राजेका हुन् । सुदूरपश्चिमले खेलेका ३ खेल नै जितेको छ । चितवनले ३ मध्ये २ मा जित र अर्कोमा हार बेहोरेको छ। […]

कर्णाली मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

हल्जी गाउँका भिक्षुको स्वास्थ्य परीक्षण

२३ मङ्सिर, सिमकोट, (हुम्ला) । जिल्लाको उत्तरी नाम्खा गाउँपालिका–६ हिमालपारीको नामले परिचित लिमीको हल्जीमा १७ महिनादेखि तपस्यामा बस्दै आएका भिक्षु (आनी)को स्वास्थ्य परीक्षण गरिएको छ । मौसम परिवर्तनले समस्या आउन सक्ने भएकाले उसको स्वास्थ्य परीक्षण गरिएको हो । गुफामा बस्दै आउनुभएका १६ भिक्षुसहित एक जना रिन्बोच्चे, एक जना भान्से (खाना) पकाउने गरी १८ जनाको स्वास्थ्य […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

दुप्चेश्वर मन्दिरमा धान्यपूर्णिमा मेलाको तयारी पूरा

२३ मङ्सिर, त्रिशूली (नुवाकोट) । धान्यपूर्णिमा पर्वको अवसरमा नुवाकोटको प्रसिद्ध दुप्चेश्वर महादेव मन्दिरमा लाग्ने मेलाको तयारी पूरा भएको छ । ‘जे माग्यो त्यो सिद्ध गराउने’ विश्वास गरिने दुप्चेश्वर महादेवको मन्दिरमा एकादशीदेखि सुरु भएर पूर्णिमासम्म सञ्चालन हुने मेलाको सम्पूर्ण तयारी पूरा भएको हो । यस वर्षको मेला भर्न तथा मन्दिर दर्शन गर्न शनिबारदेखि भक्तजन आउन थालेका […]

कोशी मुख्‍य समाचार राजनीति समाचार समाज

प्रधानमन्त्री ओलीको गृहजिल्ला भ्रमण : यस्तो छ कार्यक्रम तालिका

२३ मङ्सिर, दमक (झापा) । नेकपा (एमाले)का अध्यक्ष एवं प्रधानमन्त्री केपी शर्मा ओली दुई दिवसीय भ्रमणका क्रममा आज गृहजिल्ला झापा आइपुगेको छ । गत असारमा प्रधानमन्त्री नियुक्त भएपछि पहिलोपटक उ गृहजिल्ला आएको हो । नेकपा एमाले झापाका अध्यक्ष प्रेमबहादुर गिरीले आज र भोलि दुई दिन जिल्लास्थित भवन उद्घाटन तथा शिलान्यास, खानोपानी आयोजना उद्घाटन, जग्गाधनी प्रमाणपूर्जा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज स्वास्थ्य

देवताले नसकेको युद्घ देविले जितिन् तर महिनावारीको बेला देविकै मन्दिर जान नदिनु दुखद् : सभापति दहाल

२३ मंसिर, काठमाडौं । विधायन व्यवस्थापन समिति सभापति तुलसा कुमारी दहालले महिनावारी फरक ठाउँमा फरक नामाकारण भएको बताएकी छन् । आइतबार छैठौं अन्र्तराष्ट्रिय महिनावारी दिवसको अवसरमा बोल्दै उनले कुनै ठाउँमा छुन नहुने तथा कुनै ठाउँमा पर सरेको जस्ता विभिन्न नामबाट सम्बोधन गर्दाखेरी सबैले फरक तरिकाले सम्बोधन गर्नुपर्ने बताएकी हुन् । उनले भनिन् , ‘महिनावारी फरक ठाउँमा […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य घट्यो

२३ मंसिर, काठमाडौं । साताको पहिलो कारोवार दिन नेपाली बजारमा अइतबार सुनको मूल्य घटेको छ । यसअघि तोलामा एक लाख ५० हजार १ सय रुपैयाँमा कारोबार भएको सुनको मूल्य आज ४ सय रुपैयाँले घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको मूल्य प्रतितोला एक लाख ४९ हजार ७ सय रुपैयाँ कायम भएको छ । […]