संविधानलाई थप परिस्कृत बनाउँदै जनताको अवस्था बदल्न लाग्नुपर्छ : प्रचण्ड
३ असोज, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले संविधानले नेपालका उत्पीडित वर्ग, जाति, क्षेत्र, लिङ्ग, समुदायलाई अधिकार सम्पन्न बनाएको बताएका छन् । बिहीबार संविधान दिवसको अवसरमा एक शुभकामना सन्देश जारी गर्दै अध्यक्ष दाहालले संविधानले राज्यमा समानुपातिक समावेशी प्रतिनिधित्वलाई सुनिश्चित गरेको बताएका हुन् । ‘संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान, जसले नेपालका उत्पीडित वर्ग, जाति, […]











