३ कार्तिक २०८३, सोमबार
कोशी मुख्‍य समाचार समाचार समाज

धरानमा शनिबारदेखि योमरी महोत्सव हुँदै

२७ मङ्सिर, धरान (सुनसरी) । नेवाः देय दबुले आगामी शनिबारदेखि तीनदिनसम्म यहाँ योमरी महोत्सव गर्ने भएको छ । दबुले बुधबार पत्रकार सम्मेलन गरेर धिमे नृत्यसहित महोत्सव गर्न लागेको जनाएको हो । पाँचाँै संस्करणको यो महोत्सवमा दुई सय कलाकारले नृत्य प्रस्तुत गर्ने केन्द्रीय उपाध्यक्ष अनिल मास्केले बताए । नेपालभाषी समुदायमा यमरीपुन्ही अर्थात् योमरी पूर्णिमाका दिन (चामलको […]

अर्थ मधेश मुख्‍य समाचार समाचार समाज

वीरगञ्जबाट डिजेल आयात घट्यो

२७ मङ्सिर, वीरगञ्ज (पर्सा) । वीरगञ्जबाट डिजेल आयातमा घटेको छ । चालु आर्थिक वर्षको प्रथम चार महिनामा डिजेलको आयात नौ दशमलव ४१ प्रतिशतले घटेको वीरगञ्ज भन्सार कार्यालयले जनाएको छ । डिजेल आयात घटेसँगै राजस्व पनि १५ दशमलव १६ प्रतिशतले घटेको छ । आव २०८१/८२ को चार महिनामा रु २१ अर्ब ८४ करोड आठ लाख ७६ […]

मधेश मुख्‍य समाचार समाचार समाज

मधेसका पत्रकार चुनावमा व्यस्त

२७ मङ्सिर, महोत्तरी । सधैँ अरुका खबर लेख्ने पत्रकार अहिले आफैँ खबर बनेका छन् । नेपाल पत्रकार महासङ्घको केन्द्र, प्रदेश, जिल्लाशाखा र प्रतिष्ठान शाखाहरुको भोलि हुने निर्वाचनले उनीहरू खबरमा छाएका हुन् । मधेसका पत्रकार मात्र होइन देशभरका सञ्चारकर्मी अहिले चुनावमा व्यस्त छन् । बुद्धिजीवी, विश्लेषक र पत्रकारिताक्षेत्रसँग चासो राख्ने सबैबीच चुनावको चर्चा छ । महासङ्घ […]

बागमती मुख्‍य समाचार समाचार समाज

जापानको सहयोगमा हुम्लामा बालगृह निर्माण

२७ मङ्सिर, काठमाडौँ । जापान सरकारको अनुदान रु एक करोड ३५ लाखको लागतमा हुम्लाको सदरमुकाम सिमीकोटमा बालगृहको भवन निर्माण सम्पन्न भएको छ । बुधबार त्यहाँ आयोजित कार्यक्रममा यहाँस्थित जापानी राजदूतावासका कार्यवाहक राजदूत तामुरा ताकाहिरोले ग्रामीण सशक्तीकरण तथा विकास प्रयास (रेडि हुम्ला)का प्रमुखलाई उक्त भवनको साँचो हस्तान्तरण गरे । उक्त भवनको ३० जना बालबालिकालाई आश्रय दिने […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

विराटनगरले दियो पोखरालाई १४० रनको लक्ष्य

२७ मङ्सिर, काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार भएको पहिलो खेलमा विराटनगर किंग्सले पोखरा एभेन्जर्सलाई १ सय ४० रनको लक्ष्य दिएको छ । कीर्तिपुरस्थित टियु मैदानमा भएको खेलमा विराटनगरले निर्धारित २० ओभरको खेलमा ७ विकेट गुमाएर १ सय ३९ रन बनाएको हो । विराटनगर किंग्सले टस जितेर पहिले ब्याटिङ रोजेको हो । एनपिएलमा आजको […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दै

२७ मङ्सिर, काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी माओवादी केन्द्रको स्थायी समिति बैठक बस्दैछ । आज (बिहिबार) माओवादी केन्द्रको केन्द्रीय समिति बैठकको एजेन्डा तय गर्न पार्टीको स्थायी समिति बैठक बस्न लागेको हो । बैठक दिउँसो तीन बजे पार्टी कार्यालय पेरिसडाँडामा बस्ने भएको छ । यस्तै, बैठकमा विधान संशोधन, नेताहरूको कार्यविभाजन, स्थानीय तहको निर्वाचनको समीक्षा र समसमायिक […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपिएलमा बिहीवार पनि दुई खेल हुदैँ

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपिएल) मा बिहीवार पनि दुई खेल हुनेछन् । एनपिएलमा आजको पहिलो खेल पोखरा एभेन्जर्स र विराटनगर किंग्सबीचमा हुदैँछ । कीर्तिपुरस्थित टियु मैदानमा पहिलो खेल बिहान ९ बजे सुरु हुनेछ । दुवै टोली पाँचौ खेल खेल्दै गर्दा दोस्रो जितको खोजीमा रहेका छन् । आजको खेलमा पराजित हुने टोली प्रतियोगिताबाट बाहिरिने दोस्रो […]

मुख्‍य समाचार राजनीति समाचार समाज

जसपा नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन

जनता समाजवादी पार्टी (जसपा) नेपालका दुईवटा जिल्ला समिति पुनर्गठन गरिएका छन् । कोशी प्रदेशको संखुवासभा जिल्ला र बागमती प्रदेशअन्तर्गतको दोलखा जिल्ला समिति पुनर्गठन गरिएको पार्टीको प्रचार विभागले जानकारी दिएको छ । जसअनुसार ईन्द्रबहादुर तामाङको अध्यक्षतामा १५ सदस्यीय दोलखा जिल्ला समिति पुनर्गठन भएको छ । त्यसैगरी सीताराम तिमल्सिनाको अध्यक्षतामा ३९ सदस्यीय सङ्खुवासभा जिल्ला समिति पुनर्गठन गरिएको […]

मुख्‍य समाचार राजनीति समाचार समाज

कर्मचारीहरू गुनासो पोख्न नेता बोकेर सिंहदरबार धाउँछन् : मन्त्री गुप्ता

काठमाडौं । सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री राजकुमार गुप्ताले आफ्नो समस्या सुनाउन मन्त्रालय आउने अधिकांश कर्मचारीहरूले नेता बोकेर आउने गरेको बताएका छन् । नेपाल प्रशासनिक प्रशिक्षण प्रतिष्ठानलेसुरू गरेको ३९औँ आधारभूत प्रशासन प्रशिक्षण कार्यक्रमको शुभारम्भ समारोहलाई सम्बोधन गर्दै उनले कर्मचारीले आफूलाई परेको समस्या सुनाउन आउँदा कुनै न कुनै नेता लिएर आउने गरेको बताए । सरकारका मुख्यसचिव […]

अर्थ मुख्‍य समाचार समाचार समाज

आजको फलफूल तथा तरकारीको मूल्य

काठमाडौँ । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहिबारका लागि तरकारी तथा फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, गोलभेडा ठूलो भारतीयको न्यूनतम मूल्य प्रतिकिलो ९० रुपैयाँ र सानो लोकल गोलभेडाको मूल्य प्रतिकिलो ५० रुपैयाँ, भारतिय सुकेको प्याज ९२ रुपैयाँ रहेको छ । यसैगरी आलु रातोको ६१, आलु सेतोको ५८, लोकल बन्दाको मुल्य ४५, […]

समाचार समाज सूचना प्रविधि

बिहिबारको विदेशी मुद्राको विनिमय दर कति ?

काठमाडौं । नेपाल राष्ट्र बैंकले बिहिबारका लागि विदेशी मुद्राको विनिमय दर सार्वजनिक गरेको छ । जसअनुसार, आज अमेरिकी डलर एकको खरिदर एक सय ३५ रुपैयाँ ४४ पैसा र बिक्रीदर एक सय ३६ रुपैयाँ ०४ पैसा रहेको छ । अष्ट्रेलियन डलर एकको खरिददर ८५ रुपैयाँ ९७ पैसा र बिक्रीदर ८६ रुपैयाँ ३५ पैसा, क्यानडियन डलर एकको […]

मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ, आजको मौसम

काठमाडौं । हाल देशभर पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । जसका कारण गण्डकी र कर्णाली प्रदेशका पहाडी भागमा सामान्य बदली रही बाँकी भागमा मौसम सफा रहेको छ । यसको साथै तराई तथा उपत्यकाका धेरै स्थानमा हुस्सु र केही स्थानमा कुहिरो लागेको छ । जल तथा मौसम विज्ञान विभागका अनुसार आज दिउँसो कोशी, बागमती र […]