३ कार्तिक २०८३, सोमबार
अर्थ मुख्‍य समाचार राजनीति समाचार समाज सूचना प्रविधि

बीआरआई फ्रेमवर्क दस्तावेजको पूर्णपाठ सार्वजनिक

काठमाडौं ।नेपाल–चीनबीच गत साता बेइजिङमा सम्पन्न बीआरआई सहकार्य फ्रेमवर्क सम्झौताको पूर्णपाठ मंगलबार परराष्ट्र मन्त्रालयले सार्वजनिक गरेको छ । अमेरिकी सहायक विदेशमन्त्री डोनाल्ड लुले स्वदेश फर्कनुअघि सोमबार नेपाली संचारकर्मीसँग कुरा गर्दै आफूहरुले बीआरआईको आधिकारिक दस्तावेज नदेखे पनि यो सहमति नेपालको सार्वभौमसत्ता, पारस्पारिक सहयोग र सम्मानमा आधारित भएको होला भन्ने अपेक्षा गरेको टिप्पणी गरेका थिए । अमेरिकी […]

मुख्‍य समाचार राजनीति समाचार समाज

नेपालमा ठूलो लगानी आवश्यक छ : गगन थापा

काठमाडौं । नेपाली काङ्ग्रेसका महामन्त्री गगन थापाले नेपालमा लगानी गर्ने वातावरण सिर्जना गर्नुपर्ने बताएका छन् । मंगलबार काठमाडौंमा आयोजित ७६ औ अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा बढ्दो युवा पलायन र सैन्य प्रयोजनमा दुरुपयोगको खतरा विषयक नागरिक संवाद कार्यक्रममा उनले नेपालमा ठूलो लगानीको आवश्यकता भएको र लगानी गर्ने मान्छेहरु पनि भएको भन्दै त्यसको लागि राम्रो वातावरण […]

मुख्‍य समाचार राजनीति समाचार समाज

‘अहिलेको गठबन्धन आवश्यक्ता हो, ०८४ मा कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा’

बाजुरा । संस्कृति, पर्यटन तथा नागरिक उड्यनमन्त्री बद्रीप्रसाद पाण्डेले कांग्रेस र एमालेबीच गठबन्धन गर्नुको पछाडि राजनीतिक स्थायित्व भएको प्रष्ट पारेका छन् । गृह जिल्ला बाजुरा पुगेका मन्त्री पाण्डेले कार्यालय प्रमुखहरुको बैठकलाई सम्बोधन गर्दै उक्त कुरा बताएका हुन् । मन्त्री पाण्डेले भने, ‘पछिल्लो समय कांग्रेस एमालेबीचको भएको सहकार्य राजनीतिक सकसलाई चिर्नका लागि हो । कांग्रेस एमालेको […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज

थारु भाषाको म्युजिक भिडियो “लहान बजारमे” सार्वजनिक

मंसिर २५, काठमाडौं । विजय चौधरीको निर्देशनमा बनेको थारु भाषाको म्युजिक भिडियो “लहान बजारमे” युट्युबमा रिलिज भएको छ । बिएम म्यूजिक प्रोडक्सन युट्युब च्यानलबाट उक्त म्युजिक भिडियो सार्वजनिक गरिएको हो । उदयनारायण चौधरीको शब्द रहेको उक्त गीतमा गायक मनिष चौधरी र गायीका जलजला परियारले स्वर भरेका छन् । “लहान बजारमे” गीतको संगीत संयोजन भने निर्देशक […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

दक्षिण चीनबाट हङकङ–मकाओ जोड्ने पुल संचालनको तयारी

एजेन्सी । दक्षिण चीनको ग्वाङडोङ–हङकङ–मकाओ जोड्ने सामुन्द्रिक च्यानल पुल यातायातका लागि खोलिने भएको छ । पुल संचालनका लागि सबै इलेक्ट्रोमेकानिकल उपकरणहरू जडान पूरा भएको छ। गुआङडोङ प्रान्तको झुहाई शहर र जियाङ्मेनलाई जोड्ने पुल हङकङ–झुहाई–मकाओ क्रस–‘सी’ मेगा ब्रिज र शेन्जेन–झोङ्सान च्यानलपछिको अर्को मेगा क्रस‘सी’ च्यानल परियोजना हो। सन् २०२० बाट निर्माण सुरु भएको पुल ३१ किलोमिटर […]

मुख्‍य समाचार समाचार समाज

क्रान्तिकारी कम्युनिस्ट पार्टीको एकता महाधिवेशनका निर्णयहरु सार्वजनिक

काठमाडौं । क्रान्तिकारी कम्युनिस्ट पार्टी नेपालले राष्ट्रिय एकता महाधिवेशन लिइएका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरेको छ । मंगलबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै यही मंसिर १३ देखि २३ गतेसम्म काठमाडौमा सम्पन्न भएको राष्ट्रिय एकता महाधिवेशनका महत्वपूर्ण निर्णयहरु सार्वजनिक गरिएको हो । नेपालमा क्रान्तिका लागि अनुकूल वस्तुगत परिस्थिति र प्रतिकूल आत्मगत परिस्थिति बीचको अन्तर्विरोध समाधानको दिशामा अघि बढ्न […]

अर्थ कर्पोरेट बैंक–वित्त मुख्‍य समाचार समाचार समाज

नेप्से परिसूचक घटेर बन्द, कारोबार रकममा कमी

काठमाडौं । मंगलबार नेप्से परिसूचक घटेर बन्द भएको छ । पछिल्ला ४ कारोबार दिनदेखि घटिरहेको नेप्सेले यस दिन पनि सोही क्रमलाई निरन्तरता दिएको हो । यस दिन नेप्से परिसूचक ६.३२ अंक घटेर २६६९.८२ विन्दुमा झरेको छ । त्यस्तै, सेन्सेटिभ इण्डेक्स ०.७५ अंक घटेको छ भने फ्लोट इण्डेक्स ०.६३ अंक र सेन्सेटिभ फ्लोट इण्डेक्स ०.४२ अंक […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

सरकारविरुद्ध सडक र सदनबाट संघर्ष गर्ने प्रचण्डको चेतावनी

चितवन । नेकपा (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहालले सरकारले आफ्ना गलत गतिविधि सच्याएन भने सदन र सडकबाट सशक्त प्रतिवाद गर्ने चेतावनी दिएका छन् । चितवनको भरतपुरमा आयोजित खबरदारी सभालाई सम्बोधन गर्दै उनले यस्तो चेतावनी दिएका हुन् । सरकार सुशासन, सामाजिक न्याय र समृद्धिको विपक्षमा अघि बढिरहेको उल्लेख गर्दै उनले यसलाई नरोके संसदको विशेष अधिवेशन बोलाउने […]

मुख्‍य समाचार राजनीति समाचार समाज

द्वन्द्वकालिन घट्नाबारेका कानून परिमार्जन र संशोधन गरियो

काठमाडौं । सभामुख देवराज घिमिरेले सशस्त्र द्वन्द्व कालमा घटेका घटनाको छानबिन गर्नको लागि विद्यमान कानूनमा परिमार्जन र संशोधन गरिएको बताएका छन् । मंगलबार काठमाडौंमा अन्तर्राष्ट्रिय मानव अधिकार दिवसको अवसरमा आयोजित कार्यक्रममा उनले संक्रमणकालिन न्यायका मान्य सिद्धान्त कार्यान्वयन गर्नका लागि विद्यमान कानूनमा परिमार्जन र संशोधन गरिएको भन्दै आवश्यक पदाधिकारी नियुक्तिको काम पनि अन्तिम चरणमा पुगेको बताए […]

खेलकुद मुख्‍य समाचार समाचार समाज

कर्णाली याक्ससँग पोखरा एभेन्जर्स सात विकेटले पराजित

काठमाडौँ । नेपाल प्रिमियर लिग (एनपिएल) पोखरा एभेन्जर्ससँग खेलमा कर्णाली याक्सले जित हासिल गरेको छ । मंगलबार टीयु क्रिकेट मैदानमा भएको खेलमा पोखरा एभेन्जर्सविरुद्ध सात विकेटको कर्णाली याक्सले जित निकालेको हो । पोखराले दिएको १०४ रनको लक्ष्य कर्णालीले १५ ओभरमा तीन विकेट गुमाएर पूरा ग¥यो ।प्रतियोगितामा पाँचौँ खेल खेलेको कर्णालीको यो तेस्रो जित हो । […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

नारायणगढ–बुटवल सडकः म्याद थपिएको चार महिनापछि विस्तारको काम सुरु

२५ मङ्सिर, नवलपुर (नवलपरासी) । राष्ट्रिय गौरवको आयोजनाका रुपमा रहेको नारायणगढ–बुटवल सडक विस्तारको काम म्याद थप भएको चार महिनापछि सुरु गरिएको छ । विसं २०७९ साउन २२ मा निर्माण सम्पन्न हुनुपर्ने यस योजनाको दोस्रोपटक थपिएको म्याद गत साउनमा सकिएको थियो । आगामी साउन ८ गतेभित्र निर्माण सम्पन्न गर्नेगरी सरकारले म्याद थप गरेको आयोजनाले काम नै […]

मुख्‍य समाचार राजनीति लुम्बिनी विचार समाचार समाज

बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना

२५ मङ्सिर, नेपालगञ्ज । बाँकेमा मानवअधिकार सूचना तथा स्रोत केन्द्र स्थापना गरिएको छ । लुम्बिनी प्रदेशका मुख्यमन्त्री चेतनारायण आचार्यले ७६औँ अन्तर्राष्ट्रिय मानवअधिकार दिवसका अवसरमा अनौपचारिक क्षेत्र सेवा केन्द्र (इन्सेक) ले निर्माण गरेको स्रोत केन्द्र भवनको बाँकेको जानकी गाउँपालिका–३ मा आज शुभारम्भ गरे । सो अवसरमा मुख्यमन्त्री आचार्यले मानवअधिकारको रक्षा र प्रवद्र्धन गर्न प्रदेश सरकार प्रतिबद्ध […]