१६ श्रावण २०८३, शनिबार
बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

औद्योगिक क्रान्तिबाट मुलुकले सफलता पाउँदैछ : मन्त्री भण्डारी

९ मङ्सिर, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दामोदर भण्डारीले उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक क्रान्तिबाट मुलुकले सफलता प्राप्त गर्दै गएको बताएका छन् । दशौं राष्ट्रिय उद्योग दिवसको अवसरमा आयोजित मुल समारोहमा बोल्दै उनले मुलुकलाई सफलतातिर डोर्याउनका लागि कयौं चुनौतिको सामना गर्नुपर्ने पनि बताए । उनले भने, ‘उद्यमशिलता र उद्योगले मुलुकको परिवर्तन अर्थात औद्योगिक […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

काठमाडौं उपत्यकको फोहोर व्यवस्थापनमा राजनीति नगरौं : मन्त्री सिंह

९ मङ्सिर, काठमाडौं  । उपपधानमन्त्री एवम् शहरी विकासमन्त्री प्रकाशमान सिंहले काठमाडौं उपत्यकाको फोहोर व्यवस्थापनको विषयमा राजनीतिकरण गर्न नहुने बताएका छन् । आइतबार सिंहदरबारमा फोहोरमैला व्यवस्थापन उच्चस्तरीय समितिको बैठकमा बोल्दै उनले देशको राजधानीकै फोहोर व्यवस्थापन गर्न नसक्नेले अरु के कुरा व्यवस्थापन गर्न सक्छौं ? भन्दै प्रश्न समेत गरे । उनले भने,‘फोहोर मैलामा राजनीतिकरण गरेर त भएन नि […]

अर्थ खेलकुद मुख्‍य समाचार समाचार समाज

जिनियसद्वारा नेपाली राष्ट्रिय महिला फुटबल टोली नगदसहित सम्मानित

९ मङ्सिर, काठमाडौं । जिनियस आईबी वल्र्ड स्कुल, ललितपुरले वार्षिक खेलकुद दिवस– २०८१ को समापन समारोहमा नेपाली राष्ट्रिय महिला फुटबल टोलीलाई नगदसहित सम्मान गरेको छ । लगनखेलस्थित नेपाली सेनाको शारीरिक प्रशिक्षण केन्द्रमा आयोजित कार्यक्रममा साफ महिला फुटबल च्याम्पियनसिप– २०२४ मा उत्कृष्ट प्रर्दशन गरेबापत जिनियसले टोलीलाई सम्मान गरेको हो । जिनियसका संस्थापक अध्यक्ष नवीनकुमार जोशीले मुख्य प्रशिक्षकसहित […]

बागमती मनोरन्जन समाचार समाज

तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक

९ मङ्सिर, काठमाडौं । तामाङ भाषाको चलचित्र ‘ए ङाला ह्राङ्बा माया’ को शिर्ष गीत सार्वजनिक गरिएको छ । चलचित्रको शिर्ष गीत ‘एचएमएम मिडिया’ को अफिसियल युट्युब च्यानलबाट सार्वजनिक गरिएको हो । गीतमा बिछोड र बियोगलाई देखाइएको छ । चलचित्रको कथामा आधारित शिर्ष गीतमा उनै नायक एंव निर्देशक हुत्त सञ्जय लामाको उत्कृष्ट अभिनय देखन सकिन्छ । चलचित्र […]

अर्थ मुख्‍य समाचार समाचार समाज

सुनचाँदीको मूल्य बढ्यो

९ मङ्सिर, काठमाडौं ।  साताको  पहिलो कारोवार दिन आइतबार नेपाली बजारमा सुनको मूल्य बढेको छ । नेपाल सुन–चाँदी व्यवसायी महासंघका अनुसार आज छापावाल सुन प्रतितोल १७ सय रुपैयाँले बढेर १ लाख ६७ हजार २०० रुपैयाँ कायम भएको छ । शुक्रबार सुन प्रतितोला १ लाख ६५ हजार ५ रुपैयाँमा कारोबार भएको थियो । आज चाँदीको मूल्य पनि […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राईको निधनप्रति माओवादी केन्द्रद्वारा दुःख व्यक्त

९ मङ्सिर, काठमाडौं । नेपाल कम्युनिष्ट पार्टी (माओवादी केन्द्र)ले पदमबहादुर राईको निधनमा शोक वक्तव्य जारी गरेको छ । आइतबार पार्टीले अन्तिम श्रद्धाञ्जली अर्पण गर्दै केन्द्रीय सदस्य राईको निधनले सिङ्गो पार्टी मर्माहत भएको जनाएको छ । ‘यस शोकको घडीमा हाम्रो पार्टी दिवंगत कमरेड पदमबहादुर राईप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछ र शोकसन्तप्त परिवारजनमा गहिरो समवेदना प्रकट गर्दछ । […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

कृषि क्षेत्र उपेक्षित भएको महोत्तरीका मतदाताको गुनासो

९ मङ्सिर, महोत्तरी । स्थानीय तह उपनिर्वाचनको सँघारमा भोट माग्न घरघर पुगेका विभिन्न राजनीतिक दलका नेतासँग महोत्तरी रामगोपालपुर–२ का मतदाताले कृषि क्षेत्र राज्यबाट उपेक्षित भएको गुनासो गरेका छन् । भोट माग्दै घरघर पुगेका दलका नेताहरूसँग सो बस्तीका किसानले आफ्ना समस्या कुनै तहका सरकारले समाधानको प्रयास नगरेको गुनासो गरेका हुन् ।उम्मेदवार आफ्नै बस्तीका बासिन्दा भए पनि […]

अन्तर्वार्ता मुख्‍य समाचार समाचार समाज

सभामुख घिमिरेद्वारा कम्बोडियन समकक्षीसँग भेट

९ कात्तिक, काठमाडौँ । पाँचदिने कम्बोडिया भ्रमणमा रहनुभएका सभामुख देवराज घिमिरेले संसदीय भेटघाट सुरु गरेको छ । सभामुख घिमिरेले शनिबार साँझ कम्बोडियन समकक्षी तल्लो सदन नेसनल एसेम्ब्लीका अध्यक्षसँग शिष्टाचार भेट गर्नुभएको सभामुख घिमिरेको सचिवालयले जनाएको छ । भेटमा द्विपक्षीय हित, नेपालको शान्ति प्रक्रियाको प्रगति, संसदीय आदानप्रदानलगायत विषयमा छलफल भएको छ । सभामुख घिमिरेले शनिबार नै […]

अर्थ गण्डकी जीवनशैली मुख्‍य समाचार समाचार समाज

बेर्ना बेचेर एकै याममा दुई लाख आर्जन

९ मङ्सिर, गलेश्वर (म्याग्दी) । विगत ४१ वर्षदेखि व्यावसायिक रूपमा सागसब्जीका बेर्ना उत्पादन गर्दै आएका बेनी नगरपालिका– २ खबराका ६२ वर्षीय चन्द्रबहादुर कार्की यतिबेला तिनको बिक्रीमा व्यस्त हुन्छ । जिल्लाको पर्यटकीयस्थल लभ्लीहिलसँगै जोडिएको जग्गामा उसले उत्पादन गरेका प्याज, काउली,ब्रोकाउली,बन्दा, गोलभेँडाका बेर्ना खरिद गर्नेको दैनिक भीड लाग्ने गरेको छ । दैनिक ६० जनाभन्दा बढी ग्राहक बेर्ना […]

कोशी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

कुपोषित बालबालिकालाई स्वस्थ बनाउँदै रुम्जाटार अस्पताल

९ मङ्सिर, ओखलढुङ्गा । ओखलढुङ्गा जिल्ला अस्पताल रुम्जाटारले कुपोषणबाट ग्रसित दुई सय ५६ बालबालिकालाई स्वस्थ बनाएको छ । कुपोषित बालबालिकाको उपचार एवं स्याहारसुसारका लागि आवासीय पोषण पुनःस्थापना गृह स्थापना गरी अस्पतालले कुपोषित बालबालिकालाई स्वस्थ बनाएको हो । जिल्ला अस्पतालअन्तर्गत सञ्चालित पोषण पुनःस्थापना गृहबाट आर्थिक वर्ष २०७७/७८ देखि हालसम्म दुई सय ५६ बालबालिकालाई पोषणयुक्त खाना र […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

भारतबाट आउने तरकारीका कारण नेपाली किसान समस्यामा

९ मङ्सिर, इनरुवा (सुनसरी) । देवानगञ्ज गाउँपालिका–३ का अजय मण्डलले तीन कठ्ठामा बन्दागोभी लगाएको छ । मजदुरको अभाव, समयमा मलखाद नपाउनु, वर्षासँगै आएको बाढीको समस्याका बाबजुद उसले रु ५० हजारको लागतमा तरकारीखेती गरे । तर मण्डललाई उचित मूल्य पाउन भने समस्या भएको छ । भारतमा उत्पादित तरकारी नेपाली बजारमा सस्तोमा बिक्री हुने गरेका कारण स्थानीय […]

बागमती मुख्‍य समाचार समाचार समाज

पाँच महिनामा ५५ गर्भवती तथा सुत्केरीको उद्धार

९ मङ्सिर, काठमाडौँ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले पछिल्लो पाँच महिनामा दुर्गम क्षेत्रमा ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरीका लागि हवाई उद्धार कार्यक्रमअन्तर्गत ५५ गर्भवती तथा सुत्केरीको उद्धार गरेको छ । राष्ट्रपति महिला उत्थान कार्यक्रम समन्वय इकाईले गत साउनदेखि कात्तिकसम्ममा ४८ गर्भवती तथा सुत्केरीको उद्धार गरेको महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह […]