३ कार्तिक २०८३, सोमबार
अर्थ मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सात वर्षसम्म पुल निर्माण अधुरै

२५ मङ्सिर, गोदावरी (कैलाली) । कैलालीको शिवगङ्गा नदीमा पुल निर्माण सात वर्षदेखि अधुरै छ । धनगढी उपमहानगरपालिका–१७ र वडा नं १६ रामपुर जोड्ने उक्त पक्की पुल निर्माणका लागि सम्झौता भएको लामो समय भए पनि निर्माण कार्यले गति लिनसकेको छैन । निर्माणको जिम्मा लिएको पप्पु एड्भेन्चरको लापरबाहीका कारण पुल निर्माणमा ढिलाइ भएको हो । रु १४ […]

मधेश मुख्‍य समाचार समाचार समाज

रौतहटमा जिप दुर्घटनामा आठ जनाको मृत्यु, पाँच घाइते

२५ मङ्सिर, चन्द्रपर (रौतहट) । बारामा गढीमाईको दर्शन गरेर सिराहा फर्कँदै गरेको बा१६च ३१६२ नम्बरको जिप रौतहटमा दुर्घटना हुँदा आठ जनाको मृत्यु भएको छ । पाँच जना घाइते भएका छन् । बारामा गढीमाईको दर्शन गरेर फर्किदै गरेको जिप दुर्घटनामा परेको हो । पूर्वपश्चिम राजमार्गअन्तर्गत रौतहटको लमाहामा गए राति जिप दुर्घटना भएको इलाका प्रहरी कार्यालय चन्द्रनिगाहपुरका […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

महिला अधिकारका लागि मंगलादेवी सिंहको भूमिका अविस्मरणीय : मन्त्री सिंह

२५ मङ्सिर, काठमाडौं । उपप्रधान तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले नेपाल महिला संघको संस्थापक अध्यक्ष तथा महिला नेत्री स्व. मंगला देवी सिंहको शालीकमा माल्यअर्पण गरेका छन् । मंगलबार काठमाडौंको बिजुलिबजारमा मंगला देवी सिंहको १०० औं जन्मजयन्तीको अवसरमा आयोजित एक कार्यक्रममा उनले शालीकमा माल्यअर्पण गरेका हुन् । माल्यअर्पणपछि सञ्चारकर्मीहरुसँग कुराकानी गर्दै मन्त्री सिहंले अहिले प्राप्त गरेको अधिकारहरु […]

बागमती मनोरन्जन मुख्‍य समाचार समाचार समाज

प्रकाश र परीक्षाको नयाँ चलचित्र ‘सोल्टिनी’को घोषणा

२५ मङ्सिर, काठमाडौं । चलचित्र ‘रङ्गेली’ निर्देशन गरी चर्चामा आएका अर्जुन सुवेदीले नयाँ चलचित्र ‘सोल्टिनी’ घोषणा गरेका छन् । सोमबार सार्वजनिक गरिएको परिचयात्मक भिडियोमार्फत चलचित्रका प्रमुख पात्र र विषयवस्तु प्रस्तुत गर्दै यस चलचित्रको औपचारिक घोषणा गरिएको हो । घोषणा भिडियोमा चर्चित कथा वाचक साइग्रेस पोखरेलको मार्मिक कथा वाचनले चलचित्रको भाव व्यक्त गरेको छ । वाचनमा […]

मुख्‍य समाचार राजनीति समाचार समाज

बीआरआई सम्झौताबारे यथार्थ जानकारी गराउन माग

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालका प्रचार विभाग प्रमुख पूर्ण बस्नेतले सरकारले चीनसँग गरेको बीआरआई सम्झौताबारे औपचारिक रुपमा जनतालाई जानकारी गराउनुपर्ने बताएका छन् । उनले नेपाल पक्षले ग्रान्टफाइनान्सीङ कोअपरेसन राखेर सहमति गर्न चाहेको र चीनिया पक्षले संशोधन गरी एसिस्टेन्टफाइनान्सीङ मोडालिटी बनाएको तर अन्तमाएड एसिस्टेन्स फाइनान्सीङ राखेर सहमति गरिएको भनिएको बीआरआई सम्झौताबारे जनतालाई यथार्थ जानकारी […]

मुख्‍य समाचार समाचार समाज

आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस, विभिन्न कार्यक्रम गरी मनाइँदै

काठमाडौं । आज अन्तर्राष्ट्रिय मानव अधिकार दिवस । हरेक वर्ष डिसेम्बर १० तारिखका दिन विश्वभर अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाउने गरिन्छ । हरेक वर्ष झै यस वर्ष पनि ‘हाम्रो अधिकार, हाम्रो अहिलेको भविष्य’भन्ने मूल नारा सहित विभिन्न कार्यक्रमको आयोजना गरी  अन्तर्राष्ट्रिय मानव अधिकार दिवस मनाइँदैछ । सन् १९४८ मा संयुक्त राष्ट्रसंघको महासभाले मानव अधिकार घोषणापत्र […]

प्रदेस समाचार बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

एमालेको सचिवालय बैठक आज बस्दै

काठमाडौँ ।  नेकपा एमालेको सचिवालय बैठक आज बस्ने भएको छ । मंगलबार दिउँसो ४ बजे केन्द्रीय पार्टी कार्यालय च्यासलमा बस्ने गरी सचिवालय बैठक बोलाइएको हो । बैठकमा पार्टी अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओलीको चीन भ्रमण, बीआरआई सम्झौता, स्थानीय तह उपनिर्वाचन लगायतका विषयमा समीक्षा गरिने छ।

खेलकुद मुख्‍य समाचार समाचार समाज

एनपीएलः चितवन ,लुम्बिनी, र कर्णाली ,पोखरा भिड्दै

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) अन्तर्गत आजको पहिलो खेलमा चितवन राइनोज र लुम्बिनी लायन्स भिड्दै छन् । मंगलबार कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा बिहान ९ बजे चितवन र लुम्बिनीको प्रतिस्पर्धा हुने छ। चार खेल खेलिसकेको चितवन तीन जितमा ६ अंक प्राप्त गरी तालिकाको तेस्रो स्थानमा छ भने चार खेल खेलिसकेको लुम्बिनीले  खाता खोल्न सकेको छैन। […]

मुख्‍य समाचार राजनीति समाचार समाज

उपराष्ट्रपति यादवसँग सार्क महासचिव सरवरको शिष्टाचार भेट

काठमाडौं, २४ मङ्सिर । उपराष्ट्रपति रामसहायप्रसाद यादवसँग दक्षिण एशियाली क्षेत्रीय सहयोग सङ्गठन ९सार्क०का महासचिव मोहम्मद गुलाम सरवरले शिष्टाचार भेट गरेका छन् । आज लैनचौरस्थित उपराष्ट्रपतिको कार्यालयमा उहाँहरुबीच शिष्टाचार भेटवार्ता भएको हो । सो अवसरमा क्षेत्रीय सहयोग र सार्कको भूमिका, अवसर र चुनौती तथा समग्र क्षेत्रीय शान्ति र दिगोपन सम्बन्धमा छलफल भएको उपराष्ट्रपतिको निजी सचिवालयले जानकारी […]

अर्थ कर्पोरेट मुख्‍य समाचार समाचार समाज

२ सय १२ होटल, एकसय ३२ रिसोर्ट र २६ क्यासिनोलाई अनुमति

काठमाडौं । नेपालमा सुविधा सम्पन्न होटल, रिसोर्ट र क्यासिनोको संख्या बढ्दै गएको पाइएको छ । पर्यटन विभागले सार्वजनिक गरेको तथ्यांक अनुसार आर्थिक वर्ष २०८०÷८१ मा होटल, रिसोर्ट र क्यासिना उल्लेखनीय वृद्धि भएको छ । विभागका अनुसार २ सय १२ होटल, १ सय ३२ रिसोर्ट र २६ क्यासिनोलाई सञ्चालन अनुमति प्रदान गरिएको छ । विभागका अनुसार, […]

बागमती मुख्‍य समाचार समाचार समाज

पशुपति क्षेत्रमा सुरु भयो नवदुर्गा नाच

२४ मङ्सिर, काठमाडौँ । मल्लकालदेखि भक्तपुरबाट नवदुर्गाका गण आएर पशुपति क्षेत्रको जयवागेश्वरीमा देखाइने नवदुर्गा नाच आजदेखि सुरु भएको छ । रणजीत मल्लको पालामा सुरु भएको नवदुर्गा नाच प्रत्येक वर्ष मार्गशीर्ष शुक्ल नवमीमा पशुपतिमा आई मोक्षदा एकादशीका दिन नाच सम्पन्न गरी फर्कने चलन छ । यो नाच मोक्षदा एकादशीका दिन यही मङ्सिर २६ गते पशुपतिबाट फर्कने […]

अर्थ पर्यटन बागमती मुख्‍य समाचार समाचार समाज

हिमाल आरोहणबाट राजस्वमा उल्लेख्य बृद्धि

२४ मङ्सिर, काठमाडौं । पर्यटन विभागले २०२४ को आठ महिना (अगष्ट १ देखि डिसेम्बर १ सम्म) का लागि आरोहण राजस्वमा उल्लेखनीय वृद्धि देखाएको छ । विभागका महानिर्देशक डा. नारायण प्रसाद रेग्मीका अनुसार २०२४ मा आरोहणबाट रु ८.५९ करोड ९७ लाख ३६५.४ को राजस्व संकलन भएको छ । तर २०२३ मा यो संख्या ७.८५ करोड मात्र […]