१ कार्तिक २०८३, शनिबार
मधेश मुख्‍य समाचार समाचार समाज

मिथिलाञ्चलमा आज तिला सङ्क्रान्ति मनाइँदै

जलेश्वर महोत्तरी, १ माघ । मिथिलाञ्चल क्षेत्रमा आज तिला सङ्क्रान्ति माघेसङ्क्रान्ति पर्व मनाइँदैछ । आज बिहानैदेखि तिला सङ्क्रान्ति पर्व मिथिलाञ्चलका प्रत्येक गाउँ, सहरका घरघरमा धुमधामसँग मनाइने जलेश्वर नगरपालिका–५ का संस्कृतिविद् ध्रुव राउतले बताए। प्रत्येक वर्ष माघ १ गतेका दिन यस क्षेत्रका प्रत्येक सदस्यले चिउरा, भुजा र तिलमा सख्खर हालेर बनाइएको लड्डु खाने चलन छ भने […]

बागमती मुख्‍य समाचार समाचार समाज

नेपालमा मनाइने पर्वले सामाजिक सद्भावना बढाउँदै सुमधुर सम्बन्ध कायममा सघाउँछ : सभापति देउवा

१ माघ, काठमाडौं । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले मकर संक्रान्तिको  अवसरमा शुभकामना दिएका छन् । मंगलबार शुभकामना सन्देश जारी गर्दे उनले भौगोलिक, जातीय र सांस्कृतिक विविधता रहेको नेपालमा मनाइने पर्वले सामाजिक सद्भावना बढाउँदै सबै जातजाति, धर्म, वर्ग र पेशा अबलम्बन गर्ने नेपालीहरूका बीचमा सुमधुर सम्बन्ध कायम गर्न सघाउने बताए । सन्देशमा लेखिएको छ,’मकर संक्रान्ति÷माघे […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सुन्दरहरैँचामा थारू संस्कृतिको संरक्षण गर्न महोत्सव

सुन्दरहरैँचा मोरङ, १ माघ । जिल्लाको सुन्दरहरैँचा नगरपालिका–४ रहेको थारू सांस्कृतिक सङ्ग्रहालयको आयोजनामा आजदेखि माघ ७ गतेसम्म ‘माघी महोत्सव’ हुने भएको छ । माघेसङ्क्रान्ति पर्वका अवसरमा नगरको दुलारीस्थित हवेली टोलमा रहेको थारू सङ्ग्रहालय परिसरमा साताव्यापी महोत्सव हुन लागेको हो । ‘कृषि, उद्योग, व्यापार र पर्यटनको समृद्धि–सभ्यता पहिचानसहितको संस्कार र संस्कृति’ भन्ने मूल नाराका साथ आजदेखि […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विशेषको फैसलाविरुद्ध आयोग सर्वोच्चमा

काठमाडौँ, १ माघ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले प्रतवादी श्यामकिशोर रायसमेत रहेको भ्रष्टचार मुद्दामा विशेष अदालतबाट भएको फैसलाउपर चित्त नबुझेको भन्दै सर्वोच्च अदालतमा पुनरावेदन गरेको छ । विशेष अदालतले सर्लाहीको कविलासी नगरपालिका–८ स्थित अधुरो अवस्थामा रहेको रामजानकी मन्दिर निर्माणका सम्बन्धमा सरकारी स्रोतको पैसा दुरुपयोग भएको सन्दर्भमा आयोगको निर्णय कानुनसम्मत नभएको फैसला सुनाएको थियो । उक्त […]

मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा माघीको रौनक सुरु

घोडाघोडी कैलाली, १ माघ । जिल्लाका विभिन्न स्थानमा माघेसङ्क्रान्ति पर्व तयारी पूरा भएको छ । विशेषगरी थारू समुदायले माघलाई नयाँ वर्षका रूपमा लिने गर्दछन् । थारू समुदायमा माघेसङ्क्रान्तिका अवसरमा बङ्गुुरको मासु अनिवार्य जसे भएकाले सोको जोहो गर्नुका साथै ढिक्रीका लागि चामलको पिठो पिसाउने, दुनाटपरी गाँस्नेलगायत काम सम्पन्न भएको स्थानीय बताउँछन् । पुसको अन्तिम दिनदेखि माघी […]

बागमती मुख्‍य समाचार समाचार समाज

माघे संक्रान्ति धार्मिक,सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व

१ माघ, काठमाडौं । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले माघे संक्रान्ति धार्मिक, ऐतिहासिक, सांस्कृतिक, र प्राकृतिक दृष्टिकोणले महत्त्वपूर्ण पर्व रहेको बताएका छन् । मंगलबार माघी÷माघे सक्रान्तिको अवसरमो शुभकामना सन्देश दिदै उनले माघे संक्रान्ति पर्वले नेपाली समाजको विविधता, परम्परा, र संस्कृतिको झल्को दिनुका साथै, सबै समुदायबीच आपसी सहकार्य र सद्भावको भावना अझ बलियो बनाउन […]

मुख्‍य समाचार लुम्बिनी समाचार समाज

थारू बस्तीमा माघीको खुसीयाली

राँझा बाँके, १ माघ । नयाँ वर्षका रूपमा लिइने माघी पर्वले थारू बस्तीमा खुसीयाली बढाएको छ । पश्चिम नेपालका दाङ, बाँके, बर्दिया, कैलाली कञ्चनपुरका थारू गाउँमा यतिबेला माघीको रौनक र चहलपहल बढेको बाँके राप्ती सोनारी गाउँपालिका–३ बैजापुर निवासी थारू अगुवा तुलसीराम थारूले बताए । “माघीका अवसरमा नाचिने माघीनाच, छोक्रा, हुर्दुग्वा, लठहवालगायत नाच थारू गाउँमा सुरु […]

बागमती मुख्‍य समाचार समाचार समाज

यो वर्षको एसइई आगामी चैत ७ गतेदेखि हुने

१ माघ, काठमाडौं। शैक्षिक सत्र २०८१ को माध्यमिक शिक्षा परीक्षा (एसइई) को परिक्षा चैत ७ गतेदेखि हुने भएको छ । मंगलबार सुचना जारी गर्दे राष्ट्रिय परीक्षा बोर्ड परीक्षा नियन्त्रण कार्यालयले कक्षा १० ले एसइई)को समय तालिका सार्वजनिक गर्दै चैत ७ गतेदेखि परिक्षा सुरु हुने जानकारी दिएको हो । परिक्षा बिहान ८ बजेदेखि ११ बजेसम्म चल्ने परीक्षा […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब राजस्व संकलन,गत वर्षको तुलनामा ६३ अर्ब बढी

काठमाडौं चालु आर्थिक वर्षको ६ महिनामा ५ खर्ब ५९ अर्ब रुपैयाँ राजस्व संकलन भएको छ । यो गत आर्थिक वर्षको तुलनामा ६३ अर्ब बढी हो । प्रतिशतका आधारमा १३ प्रतिशत वृद्धि हो । गत आर्थिक वर्षको पुस मसान्तसम्म ४ खर्ब ९६ अर्ब रुपैयाँ राजस्व संकलन भएको थियो । चालु आर्थिक वर्षमा १४ खर्ब १९ अर्ब […]

प्रवास बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वेलायतले गरेको निरन्तर सहयोगले दुई देशको सम्बन्धलाई असल मित्रका रुपमा अझ प्रगाढ बनाएको छ : नेता कोइराला

१ माघ, काठमाडौं । नेपाली कांग्रेस नेता डा.शेखर कोइरालाले नेपालीहरुले गोर्खाको नाममा बेलायती सेनामा गरेको लामो र अति विशिष्टकृत सेवा नै दुई देशका वीचको दुई शताव्दी लामो मित्रताको आधार रहेको बताएका छन् । बेलायतको संसद(वेस्ट मिनिस्टर)मा सम्बोधन गर्दै उनले दुईलाख भन्दा बढी गोर्खा सैनिकहरुले दुई विश्वयुद्धमा वेलायतको तर्फबाट युद्ध लडेर अमुल्य जीवन गुमाएको भन्दै वेलायती […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

यस्तो छ, आजको तरकारी तथा फलफूलको मूल्यसूची

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले मंगलबारको लागि तरकारी र फलफूलको मूल्य सार्वजनिक गरेको छ । जसअनुसार आज गोलभेँडा ठूलो (भारतीय)को न्यूनतम मुल्य रु ६०, गोलभेँडा सानो (लोकल) रु २०, गोलभेँडा सानो (भारतीय) रु २५, गोलभेँडा सानो (तराई) रु २५, आलु रातो प्रतिकेजी रु ४५, आलु रातो (भारतीय) प्रतिकेजी रु ४०, प्याज […]

गण्डकी मुख्‍य समाचार राजनीति समाचार समाज

पोखराको स्वागत गेट भत्काइएकोमा मेयर आचार्यलाई धम्कि

०१, माघ , पोखरा । पोखरा महानगरपालिका वडा नम्बर १० मा पर्ने औद्योगिक क्षेत्रस्थित ऐतिहासिक स्वागत गेट भत्काइएको छ। पृथ्वी राजमार्ग विस्तारका क्रममा पोखरा महानगरपालिकाले ऐतिहासिक स्वागत गेट भत्काएको हो । पोखरा महानगरपालिकामा केही दिन अघि भएको सर्वपक्षीय बैठकको सहमति बमोजिम उक्त गेट भत्काइएको पोखरा महानगरपालिकाका मेयर धनराज आचार्यले जानकारी दिए।  विकास निर्माणका कार्यमा अवरोध […]