१ कार्तिक २०८३, शनिबार
अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला, तीन लाख रुपैंयाँ जरिवाना

२९ पुस, काठमाडौं । काठमाडौं अनामनगरस्थित सिलौटो रेस्टुरेन्टको खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले तीन लाख रुपैंयाँ जरिवाना तिराएको छ । सोमबार ट्रक व्यवसायी महासंघकाले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रमको खाजामा साङ्ला भेटिएको थियो । खाजामा साङ्ला भेटिएपछि वाणिज्य आपुर्ति तथा उपभोक्ता संरक्षण विभागले सिलौटो रेस्टुरेन्टलाई तीन लाख रुपैंयाँ जरिवाना तिराइएको विभागका सूचना […]

बागमती मुख्‍य समाचार समाचार समाज

मन्त्रिपरिषद् निर्णय सार्वजनिक : राष्ट्रपतिसमक्ष पाँच अध्यादेश सिफारिस

काठमाडौं, २९ पुस ।  सरकारले राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष पाँच वटा अध्यादेश जारी गर्न सिफारिस गरेको छ । मन्त्रिपरिषद्को गत शुक्रबारको बैठकले ‘सुशासन प्रवद्र्धधन तथा सार्वजनिक सेवा प्रवाहसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश, २०८१,’ आर्थिक तथा व्यावसायिक वातावरण सुधार र लगानी अभिवृद्धिसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको अध्यादेश २०८१’, आर्थिक कार्यविधि तथा वित्तीय […]

अन्तर्राष्ट्रिय प्रवास मुख्‍य समाचार समाचार समाज

हेल्प नेपाल नेटवर्क यूकेको वार्षिकोत्सव, संस्थाको कामप्रति प्रशंसा

२९ पुस, लन्डन । हेल्प नेपाल नेटवर्क यूकेले स्थापनाको २५ औं वार्षिकोत्सव मनाएको छ । हेल्प नेपालले आइतबार फार्नबरोस्थित गोर्खा प्यालेस रेष्टुरेन्टमा एक समारोहबीच वार्षिकोत्सव मनाएको हो । कार्यक्रमका प्रमुख अतिथि बेलायतका लागि नेपालका कार्यवाहक राजदूत विपिन दुवाडीले शुभकामना दिंदै हेल्प नेपालले नेपालका लागि गरेको योगदानको प्रशंसा  गरे । ‘देश दुःख्दा विदेशमा झन् बढी दुख्छ, […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रवि लामिछानेलाई हिरासतमै पठाउन आदेश

२९ पुस, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का सभापति रवि लामिछानेलाई न्यायाधीशले हिरासतमै पठाउन आदेश दिएका छन् । सोमबार बबरमहलस्थित काठमाडौं जिल्ला अदालतले उक्त आदेश दिएको हो । सहकारीको बचत अपचलनसम्बन्धी मुद्दामा थुनछेक बहसका निम्ति उनलाई सोमबार अदालतमा लगिएको थियो । सोमबार थुनछेक बहस नसकिएपछि न्यायाधीश माधवप्रसाद अधिकारीले हिरासतम पठाउने आदेश दिएका हुन् । मंगलबार सरकारी बिदा […]

अर्थ कोशी पर्यटन मुख्‍य समाचार समाचार समाज

दुई करोडभन्दा बढी लागतमा च्याङग्रे पोखरी संरक्षण

भोजपुर, २९ पुस । च्याङग्रे पोखरी र पञ्चकन्या देवस्थलको संरक्षण काम अन्तिम चरणमा पुगेको छ । पौवादुङमा गाउँपालिका केन्द्रको प्रमुख सौन्दर्यका रुपमा रहेको च्याङ्ग्रे पोखरी र पञ्चकन्या देवस्थल संरक्षणको काम लगभग सम्पन्न हुने अवस्थामा पुगेको हो । सरकारको संस्कृति, पर्यटन तथा नागरिक उड्डययन मन्त्रालयको ७० प्रतिशत र गाउँपालिकाको ३० प्रतिशत लागत साझेदारीमा रु दुई करोडभन्दा […]

कोशी मुख्‍य समाचार समाचार समाज

सोलुखुम्बूमा हिमपात, सडक अवरुद्ध

२९ पुस, सोलुखुम्बू । सोलुखुम्बूमा हिमपात भएको छ । जिल्लाको तल्लो क्षेत्रमा हिमपात भएपछि सडक अवरुद्ध भएको छ । हिउँ जमेपछि लिखुपिके गाउँपालिका–५ भकान्जे लप्सु हुँदै लामजुरासम्मको सडक अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक द्वारिकाप्रसाद घिमिरेले जानकारी दिए । सडक अवरुद्ध भएपछि प्रहरी सहायक निरीक्षक मोहनप्रसाद अधिकारीको नेतृत्वमा प्रहरी टोली त्यसतर्फ गएको छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

 ‘दुवै छिमेकीले नेपाललाई प्राथमिकतामा राखेका छन्’

काठमाडौँ, २९ पुस । परराष्ट्रमन्त्री डा आरजु राणा देउवाले दुवै छिमेकी देश भारत र चीनले नेपालसँगको सम्बन्धलाई महत्व दिएर प्राथमिकतामा राखेका उल्लेख गरेका छन् । संसद्को अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा धारणा राख्दै मन्त्री डा राणाले दुवै देशले नेपालसँगको सम्बन्धलाई प्राथमिकताका साथ महत्व दिएका र नेपालसँग आवश्यक मात्रामा सम्वाद, सम्पर्क तथा अन्तरक्रिया भइरहेका जानकारी […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज

नागरिक लगानी कोषको १३ प्रतिशत लाभांश पारित

२९ पुस, काठमाडौँ । नागरिक लगानी कोषको ३०औँ वार्षिक साधारणसभाले गत आर्थिक वर्ष २०८०/८१ को नाफाबाट १३ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गरेको छ । आज सम्पन्न साधारणसभाले गत आर्थिक वर्षको आम्दानी बाँडफाँट हिसाब विवरणमा छुट्याइएको रु ८६ करोड ९० लाखबाट सात प्रतिशत बोनस सेयर र ६ प्रतिशत नगद लाभांश स्वीकृत गरेको हो । […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार समाज

यु–१९ महिला विश्वकप : अभ्यास खेलमा नेपाल पराजित

२९ पुस, काठमाडौँ । आइसीसी यु–१९ महिला टी–२० विश्वकपको अभ्यास खेलमा नेपाल पराजित भएको छ । वेष्ट इन्डिजसँगको खेलमा नेपाल नौ रनले पराजित भएको हो । मलेसियामा आज भएको पहिलो अभ्यास खेलमा वेष्ट इन्डिजले नेपाललाई जितका लागि एक सय १० रनको लक्ष्य दिएको थियो । नेपालको पारी १९ दशमलव एक ओभरमा एक सय रनमै समेटियो […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मानव र वन्यजन्तुबीचको द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक छ : मन्त्री अधिकारी

ललितपुर, २९ पुस । कृषि तथा पशुपन्छी विकासमन्त्री रामनाथ अधिकारीले तीन तहका सरकारको सक्रियतामा मानव र वन्यजन्तु द्वन्द्व नियन्त्रणसम्बन्धी कार्यक्रम सञ्चालन गर्नु आवश्यक देखिएको बताएका छन् । विज्ञान प्रवर्द्धनका लागि जापानी समाज जेएसपीएस को सहयोगमा नेपाल जेएसपीएस अल्मुनाइ एशोसियशन एनजेएए द्वारा आज ललितपुरमा आयोजित ‘वन्यजन्तु व्यवस्थापन चुनौती र समाधान’ विषयक गोष्ठीको उद्घाटन गर्दै मन्त्री अधिकारीले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

राष्ट्रपतिद्वारा निर्माणाधीन संसद् भवन अवलोकन

२९ पुस, काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले सिंहदरबार परिसरमा निर्माणाधीन सङ्घीय संसद् भवनको निरीक्षण गरेको छ । उसलाई प्रतिनिधिसभाका सभामुख देवराज घिमिरे र राष्ट्रियसभाका अध्यक्ष नारायणप्रसाद दाहालले स्वागत गरे । त्यसअवसरमा शहरी विकास मन्त्रालयका सचिव गोपालप्रसाद सिग्देलले रू पाँच अर्ब ६७ करोड २७ लाखको लागतमा निर्माणाधीन भवनको भौतिक प्रगति ८४ प्रतिशत र वित्तीय प्रगति ७३ […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

गण्डकीमा एक लाख १८ हजार किशोरीलाई ‘एचपिभी’ खोप लगाइने

गण्डकी, २९ पुस । गण्डकी प्रदेशमा १० देखि १४ वर्ष उमेर समूहका एक लाख १८ हजार सात सय ७४ जना किशोरीलाई पाठेघरको मुखको क्यान्सरविरुद्धको ‘एचपिभी’ खोप लगाइने भएको छ । खोप अभियानअन्तर्गत प्रदेशका ११ वटै जिल्लाका तोकिएको उमेर समूहका किशोरीलाई आगामी माघ २२ गतेदेखि फागुन ६ गतेसम्म खोप प्रदान गरिने भएको हो । गण्डकी प्रदेश […]