२८ आश्विन २०८३, बुधबार
कर्णाली मुख्‍य समाचार समाचार समाज

१० वटै जिल्लाका अनुसन्धान अधिकृतहरु सुर्खेतमा, रणनीति बनाइने

सुर्खेत । नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु सुर्खेतमा भेला भएका छन् । अपराध अनुसन्धानका चुनौती र समाधानको रणनीति बनाउन कर्णालीका १० वटै जिल्लाका अनुसन्धान अधिकृत सुर्खेत आएका हुन् । प्रहरीले कर्णाली प्रदेश स्तरीय अपराध अनुसन्धानको समीक्षा गर्ने, अनुसन्धानका चुनौती समाधानका लागि रणनीति बनाउने बताइएको छ । शुक्रबार समीक्षा गोष्ठि उद्घाटन गर्दै कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

आलुबखडा र चेरीका फूलहरूले ढकमक्क

एजेन्सी । चीनका विभिन्न प्रान्तका रमणीय स्थानहरूमा वसन्त ऋतुको आगमनले प्राकृतिक दृश्यहरु निकै रोमान्चक देखिएका छन् । आलुबखडा र चेरीका फूलहरूका दृश्यहरूले चमक ल्याएको छ । पूर्वी चिनियाँ शहर हाङझाउको सिक्सी राष्ट्रिय सिमसार पार्कको करिब २० हेक्टर क्षेत्रफलमा आलुबखडाका रूखहरू ढकमक्क फुलेका छन् । जसका कारण पर्यटकहरु आकर्षित भएका छन् । सिक्सी राष्ट्रिय सिमसार निकुञ्जका […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज

धरान सुनसरी, २३ फागुन । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउछन्। इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्केका हुन् । उनले सानो लगानीबाट पशुपालन र मौरीपालनमा गरेका थिए । अहिले त्यही व्यवसाय ठूलो […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो

म्याग्दी, २३ फागुन । धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्थे । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुनभने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुगे । “लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी […]

कोशी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

तेह्रथुम, २३ फागुन । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए। उनका […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

वीरेन्द्रनगरलाई हरित नगर बनाइँदै

भेरीगङ्गा सुर्खेत, २३ फागुन । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियाली सहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रुपमा विकास गर्न लागिएको हो । नगरपालिकाले यसका लागि ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो

बागमती, २३ फागुन । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौत रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । विगत तीन÷चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । विभिन्न कारणले बन्द […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मुक्तिनाथमा सशुल्क घोडा र स्टेचर सुविधाले दर्शनार्थीलाई सुविधा

मुस्ताङ, २३ फागुन । मुक्तिनाथमा घोडचढी र स्टेचर सुविधाले मुक्तिनाथ दर्शन गर्ने श्रद्धालु भक्तजनलाई ठूलो सुविधा मिलेको छ । मुस्ताङको वारागुङ मुक्तिक्षेत्र गाउँपालिका–१ अन्तर्गत चारवटा गाउँका स्थानीय युवाले मुक्तिनाथ जाने दर्शनार्थीका लागि घोडचढी र स्टेचरमा बोकेर मुक्तिनाथ मन्दिरसम्म पुर्‍याउन सेवा दिइरहेका छन् । मुस्ताङको मुक्तिनाथ मन्दिरसम्म पुग्न पुराङ रानीपौवाको बसपार्कबाट करिब ४५ मिनेटको समय खर्चिनुपर्ने […]

गण्डकी मुख्‍य समाचार समाचार समाज स्वास्थ्य

लायन्सद्वारा आँखा अस्पताललाई ८० लाखको उपकरण सहयोग

गण्डकी, २३ फागुन : लायन्स क्लब इन्टरनेसनल फाउण्डेशनले बागलुङस्थित धौलागिरि आँखा अस्पताललाई रु ८० लाख ८१ हजार बराबरको स्वास्थ्य उपकरण सहयोग गरेको छ । उक्त सहयोग परियोजनाको शुभारम्भ सँगै बिहीबार क्लबका अन्तर्राष्ट्रिय निर्देशक बालकृष्ण बुर्लाकोटीले नेत्र ज्योति सङ्घ, बागलुङका अध्यक्ष विन्दुसागर राज भण्डारीलाई आँखा उपचार सम्बन्धी उपकरण हस्तान्तरण गरेका हुन । निर्देशक बुर्लाकोटीले बागलुङ, पर्वत, […]

कर्णाली मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रधानमन्त्री ओलीले आज कर्णाली प्रदेश सभामा सम्बोधन गर्ने

सुर्खेत । प्रधानमन्त्री केपी शर्मा ओलीले आज कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने भएका छन् । मध्यपश्चिम विश्वविद्यालयको दीक्षान्त समारोहमा सुर्खेत आउन लागेका प्रधानमन्त्री ओलीले दिउँसो २ बजे कर्णाली प्रदेश सभालाई सम्बोधन गर्ने कार्यक्रम रहेको छ । शुक्रबार बिहान ११ः३० बजे वीरेन्द्रनगरस्थित मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहमा अध्यक्षता गर्ने र दिउँसो २ बजे कर्णाली प्रदेश सभामा […]

मधेश मुख्‍य समाचार समाचार समाज

नगर प्रमुख विरुद्धमा नाराबाजी सहित टायर बालेर प्रदर्शन

रौतहट । गौर राइस मिलको जमिन बिक्री हुन लागेको भन्दै शुक्रबार बिहान गौरमा बिरोध गरिएको छ । गौर राइस मिल बचाउ अभियानले गौर बिपि चोकमा टायर बालेर प्रदर्शन गरेको हो । नगरपालिकाका नगर प्रमुख विरुद्धमा चर्को नाराबाजी सहित टायर बालेर प्रदर्शन गरेको छ । विगत केही दिनदेखि आन्दोलन गरिरहेका स्थानीयहरूले शुक्रबार पनि निरन्तरता दिएका हुन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

साँखु दुर्घटना : सुतिरहेका तीन जनाको मृत्यु

काठमाडौँ, २३ फागुन : काठमाडौँको साँखुमा आज बिहान भएको सवारी दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान करिब ३ः४० सो बजेको समयमा काठमाडौँको शङ्खरापुर नगरपालिका–६ साँखु सलम्बुटार स्थित साँखु–ब्रह्मखेल सडक खण्डमा बा२क ६५८० नम्बरको टिपर अनियन्त्रित भई युवराज थापाले सञ्चालन गरेको द्वन्द्व पीडित तथा अपाङ्ग समाज संस्थाले बनाएको जस्ताको टहरामा ठक्कर दिन पुगेको थियो […]