२७ आश्विन २०८३, मंगलवार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रेस स्वतन्त्रतामाथि बन्देज लगाउने काम हुन दिने छैन् : सभामुख घिमिरे

काठमाडौं । सभामुख देवराज घिमिरेले प्रेस स्वतन्त्रतामाथि कुनै पनि हालतमा बन्देज लगाउने काम नहुने बताएका छन् । शुक्रबार इकोनमिक मिडिया एसोसिएसन नेपाल(इमान) इमानको दोस्रो वार्षिकोत्सव तथा तेस्रो वार्षिक साधारणसभा कार्यक्रममा बोल्दै उनले सञ्चारसम्बन्धी कुनैपनि कानुनी व्यवस्था गर्दा संविधान प्रदत्त प्रेस स्वतन्त्रताको मर्म विपरीत जान नहुने बताए । उनले भने,‘संसदमा विचाराधिन विधेयकमाथि तपाईहरुको चासोबारे म जानकार […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम स्वास्थ्य

जग्गा प्राप्त नहुँदा ट्रमा सेन्टर निर्माण अधुरै

गोदावरी कैलाली, २३ फागुन । कैलालीको लम्कीमा निर्माण हुने भनिएको प्राथमिक ट्रमा सेन्टर स्थापनाको काम अघि बढ्न सकेको छैन । ट्रमा सेन्टर पूर्वाधार निर्माणका लागि आवश्यक जग्गा प्राप्त हुन नसक्दा चार वर्षदेखि सो काम अलपत्र परेको हो । सरकारले ट्रमा सेन्टर स्थापनाका लागि विगत चार वर्षदेखि विनियोजन गर्दै आएको बजेट फ्रिज भएर जाने गरेको सहरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

उपचार सहज गर्न बिरामीका आफन्तको आग्रह

चितवन, २३ फागुन । यहाँको बिपी कोइराला मेमोरियल क्यान्सर अस्पतालमा उपचारका लागि आएका बिरामी र बिरामीका आफन्तहरुले उपचार सहज रुपमा पाउन नसकेको गुनासो गरेका छन् । ११५औँ अन्तरराष्ट्रिय नारी दिवसका अवसरमा यहाँका विभिन्न सामाजिक सङ्घसंस्थाले आयोजना गरेको क्यान्सर प्रभावित बिरामीहरुलाई फलफूल वितरण तथा अन्तरक्रिया कार्यक्रममा बिरामी र उनीहरुका आफन्तले अस्पतालमा उपचार झन्झटिलो भएको गुनासो गरेका […]

बागमती मुख्‍य समाचार समाचार समाज

भीमसेनको लिङ्ग प्रदर्शनसँगै भक्तपुरमा होली सुरु

भादगाउँ, २३ फागुन । भक्तपुरको तचपालस्थित दत्तात्रय मन्दिर अगाडि भीमसेनको लिङ्ग प्रदर्शन गरिएको छ । तीन हात लामो, ३० इन्च गोलाइको काठको लिङ्ग प्रदर्शनसँगै भीमसेन गुठीका गायजुहरुले ‘भीमसेन देया लज्ज खङ लो वानला, बिस्यूवाने म्वायक सो झायला’ अर्थात् ‘भीमसेनको लिङ्गले देखेर लोभियो कि, भाग्नु नपर्ने गरी हेर्न आउनुभयो कि’ बोलको यौनरस युक्त गीतसमेत गाउने गर्दछ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

अध्यक्ष नेपालले जन्म दिनमा फलको बिरुवा रोप्ने, अभियानमा ऐक्यवद्धता जनाउने

काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री माधव कुमार नेपालको जन्म दिन आज विशेष तरिकाले मनाइँदैछ । उनले आफ्नो जन्मदिनमा रौतहटबाट पहिलोपटक अभियानका रूपमा सुरुवात गरिएको ‘जन्मदिनलाई सतकर्ममा जोडौैं’ अभियानमा ऐक्यवद्धता जनाउने कार्यक्रम छ । जन्मदिवसका अवसरमा फलको बिरुवा रोप्दै महत्त्वपूर्ण धारणा राख्ने कार्यक्रम तय भएको छ । निवासमा बिरुवा रोपेर जनस्वास्थ्य र पर्यावरण […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

१० वटै जिल्लाका अनुसन्धान अधिकृतहरु सुर्खेतमा, रणनीति बनाइने

सुर्खेत । नेपाल प्रहरीका अनुसन्धान अधिकृतहरु सुर्खेतमा भेला भएका छन् । अपराध अनुसन्धानका चुनौती र समाधानको रणनीति बनाउन कर्णालीका १० वटै जिल्लाका अनुसन्धान अधिकृत सुर्खेत आएका हुन् । प्रहरीले कर्णाली प्रदेश स्तरीय अपराध अनुसन्धानको समीक्षा गर्ने, अनुसन्धानका चुनौती समाधानका लागि रणनीति बनाउने बताइएको छ । शुक्रबार समीक्षा गोष्ठि उद्घाटन गर्दै कर्णाली सरकारका मुख्यमन्त्री यामलाल कँडेलले […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार समाज

आलुबखडा र चेरीका फूलहरूले ढकमक्क

एजेन्सी । चीनका विभिन्न प्रान्तका रमणीय स्थानहरूमा वसन्त ऋतुको आगमनले प्राकृतिक दृश्यहरु निकै रोमान्चक देखिएका छन् । आलुबखडा र चेरीका फूलहरूका दृश्यहरूले चमक ल्याएको छ । पूर्वी चिनियाँ शहर हाङझाउको सिक्सी राष्ट्रिय सिमसार पार्कको करिब २० हेक्टर क्षेत्रफलमा आलुबखडाका रूखहरू ढकमक्क फुलेका छन् । जसका कारण पर्यटकहरु आकर्षित भएका छन् । सिक्सी राष्ट्रिय सिमसार निकुञ्जका […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

विदेशबाट फर्केर पशुपालनसँगै मौरीपालनमा रमाइरहेका मनराज

धरान सुनसरी, २३ फागुन । करिब एक दशक लामो वैदेशिक जीवन बिताएर स्वदेश फर्किएर व्यावसायिक पशुपालन र मौरीपालनमा रमाइरहेका इटहरीका किसान मनराज राम्रो आम्दानी भइरहेको बताउछन्। इटहरी उपमहानगरपालिका–१९ का मनराज पुरी आठ वर्ष साउदी र मलेसियामा काम गरेर स्वदेश फर्केका हुन् । उनले सानो लगानीबाट पशुपालन र मौरीपालनमा गरेका थिए । अहिले त्यही व्यवसाय ठूलो […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पूरै दिनको यात्राअवधि चार घण्टामा छोटियो

म्याग्दी, २३ फागुन । धवलागिरि गाउँपालिका–१ गुर्जाको जनकल्याण माविकी प्रअ न्याउली छन्त्याल यसअघि काम विशेषले पालिकाको केन्द्र मुना आउँदा पूरै दिन पैदलयात्रा गर्थे । पालिकाको केन्द्रमा आएर काम सकेर फर्कँदा कम्तीमा तीन दिन लाग्दथ्यो । धवलागिरिका प्रअहरूको बिहीबार भएको नियमित बैठकमा सहभागी हुनभने छन्त्याल घरबाट हिँडेको चार घण्टामै मुना पुगे । “लुलाङ–गुर्जा सडकअन्तर्गत देउरालीसम्म गाडी […]

कोशी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

पर्यटक आकर्षित गर्दै तेह्रथुमको चाङलुङ गुफा

तेह्रथुम, २३ फागुन । छथर गाउँपालिका–६ सुदापमा रहेको चाङलुङ गुफामा पछिल्लो समय आन्तरिक पर्यटकको नजरमा पर्न थालेको छ । स्थानीय सरोकारवालाको पहलमा चाङलुङ गुफाको पर्यटन प्रवर्द्धन र प्रचारप्रसारको काम थालिएपछि उक्त स्थान पर्यटकको नजरमा पर्न थालेको हो । चाङलुङ गुफा क्षेत्रमा हरेक दिनजसो आन्तरिक पर्यटक पुग्ने गरेका छथर गाउँपालिका–६ का वडाध्यक्ष महेन्द्र मादेनले बताए। उनका […]

कर्णाली मुख्‍य समाचार समाचार समाज

वीरेन्द्रनगरलाई हरित नगर बनाइँदै

भेरीगङ्गा सुर्खेत, २३ फागुन । कर्णाली प्रदेशको राजधानी रहेको वीरेन्द्रनगर नगरपालिकालाई हरित नगरको रूपमा विकास गरिँदै लगिएको छ । वीरेन्द्रनगरलाई सुन्दर, सफा र हरियाली सहर बनाउने दीर्घकालीन सोचका साथ हरित नगरको रुपमा विकास गर्न लागिएको हो । नगरपालिकाले यसका लागि ‘एक घर दुई बिरुवा, हामी आफैँ कुरुवा’ कार्यक्रम सञ्चालन गरिरहेको छ । यो कार्यक्रमअन्तर्गत वीरेन्द्रनगरभित्र […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बन्द उद्योगको सम्पत्ति लिलामी प्रक्रिया थालियो

बागमती, २३ फागुन । हेटौँडा औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले लामो समयदेखि बन्द रहेका तीन उद्योगको सम्झौत रद्द गरी सम्पत्ति लिलामी प्रक्रिया अघि बढाएको छ । विगत तीन÷चार वर्षदेखि बन्द रहेको नेपाल ब्रुअरी प्रालि, ग्रिन गोल्ड इन्टरनेसनल प्रालि र बानिया मल्टी प्रोडक्ट प्रालिमाथि औद्योगिक क्षेत्र व्यवस्थापन कार्यालयले कारबाही प्रक्रिया अघि बढाएको हो । विभिन्न कारणले बन्द […]