२७ आश्विन २०८३, मंगलवार
अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार समाचार समाज

राजदूत पौडेलले सम्हाले कार्यभार

लिस्बन पोर्चुगल, २३ फागुन । पोर्चुगलका लागि नवनियुक्त नेपाली राजदूत प्रकाशमणि पौडेल कार्यभार सम्हालेका छन् । उनले बिहीबार राजधानी लिस्बनस्थित अल्कान्त्रामा रहेको नेपाली दूतावासमा पुगेर आफ्नो पदभार ग्रहण गरेका हुन् । यसअघि बिहीबार पोर्चुगल आइपुगेका पौडेललाई लिस्बनस्थित अन्तरराष्ट्रिय विमानस्थलमा पोर्चुगलको विदेश मन्त्रालयका शिष्टाचार विभागका अधिकारी लुइस सान्तोस र लिस्बनस्थित नेपाली दूतावासका कार्यवाहक राजदूत रामबाबु नेपालले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

 ‘सडक सुरक्षित र सहज बनाउन सरकारको योजना के छ?’

काठमाडौँ, २३ फागुन । राष्ट्रियसभाका सांसद इन्दिरा गौतमले पूर्वी तराई जोड्ने मध्यपहाडी राजमार्गको काम जतिसक्दो चाँडो सम्पन्न गर्न सरकारको ध्यानाकर्षण गराएकी छन् । राष्ट्रियसभाको आजको बैठकको शून्य समयमा उनले गत वर्ष भएको बाढीपहिरोका कारण पूर्वी तराई जोड्ने मध्यपहाडी राजमार्गका भकुण्डेबेसीदेखि नेपालथोकसम्म बगाएको स्मरण गर्दै अब बर्खा सुरु नहुँदै छिटोभन्दा छिटो काम सम्पन्न गर्नुपर्नेमा जोड दिइन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

‘आयोडिनको मात्रा तत्काल नियन्त्रण गरियोस्’

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद निशा डाँगीले नेपालको नुनमा विश्व स्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन देखिएकाले तत्काल नियन्त्रण गर्न माग गरेकी छन् । बैठकको शून्य समयमा उनले नेपाल साल्ट्रट्रेडिङ करर्पोरेशनले नेपालभर नुन वितरण गर्ने गरेको र विश्वस्वास्थ्य सङ्गठनले तोकेको मापदण्डभन्दा बढी आयोडिन प्रयोग गरेको पाइएकाप्रति सरकारको ध्यानाकर्षण गराउँदै तत्काल अध्ययन गरी […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

श्रम मन्त्रालय घुस सङ्कलन गर्ने अड्डा बन्यो : डीपी अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी(रास्वपा)का उपसभापति डीपी अर्यालले श्रम मन्त्रालय श्रमिकहरुसँग घुस सङ्कलन गर्ने अड्डा बनेको आरोप लगाएका छन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले प्रत्येक दिन ताहाचल कार्यालयमा करिब ७५ लाख घुस असुली भइरहेको छ । मन्त्री र डीजीलाई जानकारी गराउँदासमेत पनि बेखबर छन् । अब मन्त्रालय घुसको अड्डा बनेको हो,’ उनको प्रश्न […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्से : मन्त्री गुरुङ

काठमाडौँ । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले पूर्वराजा ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको आरोप लगाएका छन् । शुक्रबार मन्त्रिपरिषद्को बैठकका निर्णय सार्बजनिक गर्ने क्रममा उनले व्यवस्था नै पल्टिएपछि नागार्जुन दरबारमा राखेको बताउदै व्यवस्था र राजनीतिक दलहरूप्रति कटाक्ष गर्दै फेरि फर्किन्छु भनेर ज्ञानेन्द्रले आफ्नो हैसियत बिर्सेको बताएका हुन् । उनले भने, ‘नेपालमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘राजनीतिमा महिलाको ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने’

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाको आजको बैठकमा सांसद नारायणी शर्माले सम्पत्तिमा महिलाको समान अधिकार र राजनीतिमा ५० प्रतिशत प्रतिनिधित्व सुनिश्चित हुनुपर्ने माग गरिन्। बैठकको आकस्मिक समयमा सांसद शर्माले ११५औँ अन्तरराष्ट्रिय महिला श्रमिक दिवसका अवसरमा सम्पत्तिमा समान अधिकार, कार्यकारी भूमिकासहित ५० प्रतिशत प्रतिनिधित्व ‘ग्यारेन्टी’ हुने गरी कानुन निर्माण गर्नुपर्ने उनको भनाइ थियो । सांसद मनीष झाले […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘महिला समानता नारा मात्रै होइन, त्यसको अभिभारा राज्यले बोकोस्’

काठमाडौँ, २३ फागुन । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डा तोसिमा कार्कीले राज्यले महिलामाथि गरिरहेको विभेद अन्त्यका लागि सत्ता र प्रतिपक्ष नभनी सम्पूर्ण महिला सांसद एकताबद्ध भएर लड्ने बेला आएको बताएका छन् । प्रतिनिधिसभाको आजको बैठकको आकस्मिक समयमा उनले महिलामाथिको विभेदलाई परास्त गरी महिलाको सामाजिक, राजनीतिक र व्यावसायिक अधिकारका लागि एकताबद्ध रुपमा सङ्घर्ष गर्नुपर्ने खाँचो औँल्याए। […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार छः मुख्यमन्त्री कार्की

विराटनगर, २३ फागुन । कोशी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार कार्कीले कोशी प्रदेश सरकार निजी क्षेत्रसँग सहकार्य गर्न तयार रहेको बताएका छन् । विराटनगर ट्रक व्यवसायी सङ्घको ३३औँ वार्षिक साधारणसभा एवं १७औँ अधिवेशनको आज यहाँ उद्घाटन गर्दै उनले सरकारले चाहेर पनि सबै काम गर्न नसक्ने भएकाले निजी क्षेत्रको साथ र सहयोग आवश्यक छ भने। उनले भने, “उत्पादन […]

मधेश मुख्‍य समाचार समाचार समाज

अर्काको नागरिकतामा तस्बिर टाँसेर ठगी गरेको आरोपमा दुई पक्राउ

राजविराज सप्तरी, २३ फागुन । अर्काको नागरिकतामा आफ्नो तस्बिर टाँसेर ठगी गरेको आरोपमा यहाँ दुई जनालाई पक्राउ गरिएको छ । पक्राउ पर्नेमा राजविराज नगरपालिका–१२ घर भई हाल वडा नं ५ बस्ने २८ वर्षीय अभिषेक यादव र २० वर्षीय अरुणकुमार यादव रहेको आज जिल्ला प्रहरी कार्यालयमा आयोजित पत्रकार सम्मेलनमा जानकारी दिइयो । जिल्ला प्रहरी प्रमुख, प्रहरी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य मन्त्रालयको सचिव नियुक्तप्रति सांसद कार्कीको आपत्ति

काठमाडौं । रास्वपा सांसद तोसिमा कार्कीले स्वास्थ्य मन्त्रालयको सचिव नियुक्त गर्दा वरीयता र जेष्ठता मिचिएको बताएकी छिन् । शुक्रबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले बढुवा गर्दा सरकारले वरीयता मिचेको भन्दै आपत्ति जनाएकी हुन् । उनले भनिन्, ‘संविधानमा लैङ्गिक समानताको धारा त राख्यौँ तर राज्यले महिलामाथि हेर्ने दृष्टिकोण परिवर्तन हुन सकेन । स्वास्थ्य मन्त्रालयमा नयाँ स्वास्थ्य […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मेयर शम्भु साहलाई नामुद तस्कर हुन् : सांसद सिंह

काठमाडौं । स्वतन्त्र सांसद डा.अमरेश कुमार सिंहले रौतहटको गौर नगरपालिकाका मेयर शम्भु साहलाई नामुद तस्करको संज्ञा दिएका छन् । शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले मेयर साहको विगत पनि नराम्रो रहेको र अहिले पनि सरकारी स्वामित्वमा आउनुपर्ने जग्गामा चलखेल गरिरहेको बताएका हुन् । उनले भने, ‘अहिले रौतहटको सदरमुकाम गौरमा आगो बलिरहेको छ । आगो बल्नुको कारण […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्ता छन्, मन्त्रिपरिषद् बैठकका १९ निर्णय

काठमाडौं । सरकारले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा झापाका अग्नि प्रसाद खरेललाई नियुक्ति गरेको छ । शुक्रबार सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा पत्रकार सम्मेलनगरी गत बुधबार बसेको मन्त्रिपरिषद्को निर्णय सार्वजनिक गर्दै प्रवक्ता पृथ्वी सुव्वा गुरुङले मानव अधिकार तथा संक्रमणकालीन न्याय सम्बन्धी सल्लाहकारमा खरेललाई नियुक्ति गरेको जानकारी दिए । यस्ता छन्, मन्त्रिपरिषद् बैठकका निर्णयहरु […]