२७ आश्विन २०८३, मंगलवार
कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

मध्यपश्चिम विश्वविद्यालयका तीन हजार आठसय ४१ विद्यार्थी दीक्षित

सुर्खेत । प्रधानमन्त्री एवं कुलपति केपी शर्मा ओलीबाट मध्यपश्चिम विश्वविद्यालयको तेस्रो दीक्षान्त समारोहका अवसरमा शुक्रबार विभिन्न तह र संकायका तीन हजार आठ सय ४१ विद्यार्थी दीक्षित भएका छन् । वीरेन्द्रनगरस्थित विश्वविद्यालयको केन्द्रीय कार्यालयमा आयोजित समारोहमा ती विद्यार्थी दीक्षित भएका हुन् । समारोहमा विज्ञान तथा प्रविधि, व्यवस्थापन, इञ्जिनीयरिङ, कानुन, शिक्षाशास्त्र, मानविकी र सामाजिक शास्त्र गरी सबै […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

देशको ध्यान मधेसमा केन्द्रित छ : प्रचण्ड

सर्लाही । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहालले पार्टीले सुरु गरेको जनतासँग माओवादी, तराई मधेस जागरण अभियानका कारण देशकै ध्यान मधेसमा केन्द्रित भएको बताएका छन् । जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभालाई सम्बोधन गर्दै उनले मधेसका समस्या पहिचान गरेर समाधानका लागि पहल गर्ने उद्देश्यसहित आफ्नो पार्टीले अभियान सुरु गरेको बताए । […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्न सरकार प्रतिबद्ध छ : मन्त्री यादव

मोरङ । खानेपानी मन्त्री प्रदीप यादवले नेपाली नागरिकलाई सुरक्षित, सुलभ र गुणस्तरीय खानेपानी प्रदान गर्नका लागि सरकार दृढ प्रतिबद्ध रहेको बताएका छन् । संघीय खानेपानी तथा ढल व्यवस्थापन आयोजना विराटनगर, मोरङको कार्यालय भवन उदघाटन समारोहलाई सम्बोधन गर्दै मन्त्री यादवले ‘स्वच्छ पानी, स्वस्थ जीवन’ भन्ने मूल मन्त्रलाई आत्मसात् गर्दै नेपाल सरकारले दिगो विकास लक्ष्यअनुसार सुरक्षित खानेपानी […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नयाँ योजना थप्नुभन्दा पुराना सम्पन्न गर्न जरुरी : मन्त्री दाहाल

काठमाडौँ, २३ फागुन । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले नयाँ योजनाहरु थप गर्नुभन्दा थालिएका योजना पूरा गर्नु अहिलेको आवश्यकता रहेको बताएका छन् । प्रतिनिधिसभा बैठकमा विभिन्न समयमा सांसदहरुले उठाएका प्रश्नको आज जवाफ दिँदै उनले सरकारले नयाँ योजनाभन्दा पनि सुरु भइसकेका राष्ट्रिय प्राथमिकताका योजनामा स्रोत प्राथमिकीकरण गरी सम्पन्न गर्ने नीति लिएको बताए। उनले बर्खामा क्षतिग्रस्त […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

भन्सार विधेयकमाथि छलफल

काठमाडौँ, २३ फागुन । प्रतिनिधिसभाअन्तर्गतको अर्थसमितिमा ‘भन्सारसम्बन्धी कानुनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८०’ माथि छलफल भएको छ । विधेयकमाथि सांसदहरुबाट परेका संशोधनसमेत समावेश गरी दफा ३५ सम्मको छलफल टुङ्गिएको सभापति सन्तोष चालिसेले जानकारी दिए । विधेयकमाथि सांसदहरुबाट व्यापार सहजीकरणका लागि भन्सार प्रशासन चुस्त बनाउने, भन्सार जाँचपासका क्रममा प्रक्रियागत झन्झटहरु हटाउनुपर्ने, कर्मचारीहरुको तजबिजी अधिकार […]

अन्तर्राष्ट्रिय बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

चीनद्वारा निजामती अस्पताललाई दुई करोड मूल्य बराबरको उपकरण हस्तान्तरण

काठमाडौँ, २३ फागुन । चीन सरकारले निजामती कर्मचारी अस्पताललाई ‘लाइफ–लाइन एक्सप्रेस हङ्कङ फाउण्डेशन’मार्फत करिब दुई करोड रुपैयाँ मूल्य बराबरको आँखा उपचारसम्बन्धी अत्याधुनिक उपकरण हस्तान्तरण गरेको छ । मिनभवनस्थित अस्पताल परिसरमा आज आयोजित कार्यक्रममा चीनको राष्ट्रिय स्वास्थ्य आयोगका पूर्वउपमन्त्री चुइ लीको नेतृत्वमा रहेको टोलीले ती उपकरण हस्तान्तरण गरेको हो । हस्तान्तरण गरिएका उपकरणमा आँखा परीक्षण गर्ने […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मेयर शाहलाई आफूहरुको अभियानमा जोडिन दुर्गा प्रसाईंको सुझाव

काठमाडौं । मेडिकल व्यवसायी दुर्गा प्रसाईंले काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहलाई राजीनामा दिएर आफूहरुको अभियानमा जोडिन आग्रह गरेका छन् । शुक्रबार आफ्नै निवासमा पत्रकार सम्मेलनको आयोजना गरी उनले राजनीतिको खिचडीमा बस्नुभन्दा राजीनामा गरेर आफ्नो अभियानमा जोडिन सुझाएका हुन् । उनले भने,‘म बालेन भाइलाई पनि के भन्न चाहन्छु भने छोड्दिनुहोस् त्यहाँ राजीनामा दिनुहोस् र त्यो खिचडीमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चैते धानको न्यूनतम समर्थन मूल्य तोक्ने सरकारको निर्णय

काठमाडौँ, २३ फागुन । सरकारले चालु आर्थिक वर्ष २०८१/८२ का लागि १८ प्रतिशतसम्म चिस्यान भएको चैते धानको न्यूनतम समर्थन मूल्य प्रतिक्विन्टल दुई हजार आठ सय रुपैयाँ ६९ पैसा तोक्ने निर्णय गरेको छ । सरकारका प्रवक्ता समेत रहका सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वी सुब्बा गुरुङले आज सञ्चार मन्त्रालयमा मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्दै भने, “१८ प्रतिशतभन्दा चिस्यान […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

एनसेल बन्यो नेपाल सुपर लिगको टाइटल स्पोन्सर

काठमाडौं । नेपाल स्पोट्र्स एन्ड इभेन्ट्स म्यानेजमेन्ट (एनएसइएम्) ले नेपाल सुपर लिग (एनएसएल)को तेस्रो संस्करणका लागि एनसेल आजियाटा लिमिटेडलाई टाइटल स्पोन्सरका रूपमा घोषणा गरेको छ । शुक्रबार ललितपुरको द प्लाजामा आयोजित विशेष समारोहमा यस साझेदारीको घोषणा गरिएको हो । एनएसएल नेपालकै पहिलो फ्रेन्चाइजमा आधारित व्यावसायिक फुटबल लिग हो । यस सहकार्य अन्तर्गत एनसेलले नेपालमा फुटबलको […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

जसपाका पूर्व सांसद प्रमोद साह माओवादी केन्द्रमा प्रवेश

सर्लाही । जसपाका नेपालका पूर्व सांसद प्रमोद साह नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । जनतासँग माओवाद, तराई मधेस जागरण अभियानअन्तर्गत सर्लाहीको मलंगवामा आयोजित जनसभामा उहाँ माओवादी केन्द्रमा प्रवेश गरेका हुन् । उनलाई माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले पार्टीमा स्वागत गरेका थिए । साह २०७४ को आम निर्वाचनमा सर्लाही क्षेत्र नम्बर १ बाट प्रतिनिधिसभा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मन्त्री दाहाल भन्छन्– म फेल भएको होइन, अलि बढी हौसिएको हुँ

काठमाडौं । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले कार्यसम्पादन मुल्यांकनमा आफू फेल नभएको दाबी गरेका छन् । शुक्रबार प्रतिनिधिसभा बैठकमा सांसदहरुले उठाएको विभिन्न विषयमा जवाफ दिँदै उनले आफू अली बढी हौसिएको तर कमजोर नभएको बताएका हुन् । उनले भने,‘पूर्व–पश्चिम, उत्तर–दक्षिणका राजमार्ग बन्दै छन् । जिम्मेवारी सम्हालेपछि सिद्धबाबा सुरुमागको ब्रेक थ्रु भएको छ । तीन सय […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

‘लोकसेवा आयोगले निष्पक्ष एवं पारदर्शी ढङ्गले काम गरिरहेको छ’

विराटनगर, २३ फागुन । लोकसेवा आयोगका अध्यक्ष माधवप्रसाद रेग्मीले आयोगले विगतको इतिहासलाई कायम राखी निष्पक्ष एवं पारदर्शी ढङ्गले काम गरिरहेको बताएका छन् । आयोगको पाँचौँ राष्ट्रिय सम्मेलनको आज यहाँ उद्घाटन गर्दै उनले आयोगले स्थापित विधि, मापदण्ड र अभ्यासबाट आयोगले आफ्ना काम र गतिविधि सञ्चालन गरिरहेको बताए । अध्यक्ष रेग्मीले सम्मेलनले प्रदेश लोक सेवा आयोगलाई प्रभावकारी […]