७ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘नेपालमा मानव संसाधन विकासका लागि ‘एओटिएस’ जापानको योगदान महत्वपूर्ण’

पाटन ललितपुर, २२ चैत । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह भण्डारीले नेपालमा मानव संसाधन विकासका लागि एसोसिएसन फर ओभरसिज टेक्निकल कोअपरेसन एन्ड सस्टेनेबल पार्टनरसिप एओटिएस जापानको योगदान महत्वपूर्ण रहेको बताएका छन् । एओटिएस जापान नेपाल एलुम्नाई सोसाइटीको आयोजनामा आज यहाँ भएको साउथ एसियन फेडरेसन अफ एओटिएस एलुम्नाई सोसाइटी फेडेरेसनको १४औँ अधिवेशन उद्घाटन सत्रमा उनले […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

तीन वर्षमा बन्नुपर्ने सडक पाँच वर्षमा पनि बनेन

पाल्हीनन्दन नवलपरासी ब सु प, २२ चैत । यहाँस्थित बर्दघाट नगरपालिका‐१४ नारायणचोकदेखि त्रिवेणी जाने निर्माणाधीन हुलाकी सडक पाँच वर्षदेखि अलपत्र छ । यो खण्ड निर्माणका लागि बज्रगुरु र महालक्ष्मी जेभी कन्ट्रेक्सनले ठेक्का पाएको थियो । विसं २०७९ मा सम्पन्न हुने गरी २०७६ सालमा ठेक्का लिए हालसम्म ४० प्रतिशत मात्र काम भएको हुलाकी राजमार्ग निर्देशनालय, योजना […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

युवा विद्यार्थीलाई सृजनशील हुन मन्त्री दाहालको आग्रह

काठमाडौँ, २२ चैत । भौतिक पूर्वाधार तथा यातायातमन्त्री देवेन्द्र दाहालले समृद्ध नेपाल निर्माणको लक्ष्य प्राप्तिमा सृजनशील भएर लाग्न युवा तथा विद्यार्थीहरुलाई आग्रह गरेका छन् । नेपाल कम्युनिष्ट पार्टी एमाले, झापा काठमाडौँ सम्पर्क मञ्चको संयोजनमा आज यहाँ आयोजित विद्यार्थीहरुलाई बधाई ज्ञापन गर्ने कार्यक्रममा एमाले पोलिटब्यूरो सदस्यसमेत रहेका उनले आफ्नो ज्ञान, सीप र क्षमता स्वदेशमा नै उपयोग […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राष्ट्रिय जनमोर्चाद्वारा गणतन्त्र र राष्ट्रियता रक्षा गर्न अभियान

काठमाडौँ, २२ चैत । राष्ट्रिय जनमोर्चाले गणतन्त्र र राष्ट्रियताको रक्षा तथा सङ्घीयताका विषयमा पार्टीको धारणा स्थापित गराउन यही चैत २४ गतेदेखि काठमाडौँ केन्द्रित साताव्यापी अभियान सञ्चालन गर्ने भएको छ । पार्टीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा अध्यक्ष चित्रबहादुर केसीले गणतन्त्र र राष्ट्रियताको रक्षाको पक्षमा अभियान सञ्चालन हुने जानकारी दिए । काठमाडौँको तीनकुनेमा यही चैत १५ […]

बागमती मुख्‍य समाचार विचार समाज

कुलमानको दाबी-लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण र विद्युतीकरणमा उल्लेख्य सफलता

काठमाडौँ, २२ चैत । नेपाल विद्युत् प्राधिकरणका निवर्तमान कार्यकारी निर्देशक कुलमान घिसिङले आफ्नो कार्यकालमा लोडसेडिङ अन्त्य, चुहावट नियन्त्रण, विद्युतीकरण र संस्थागत सुदृढीकरणमा उल्लेख्य प्रगति भएको दाबी गरेका छन् । आज यहाँ आयोजित पत्रकार सम्मेलनमा उनले यसबीचमा ९९ प्रतिशतभन्दा बढी परिवारमा विद्युत्को सुविधा पु¥याउन सफल भएको बताए । “निरन्तर घाटामा रहेको संस्था ऐतिहासिक नाफामा गयो, अर्बौं […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

काठमाडौंमा राप्रपाको प्रदर्शन, तीनकुने घट्नाको छानविनको माग

काठमाडौं । गत चैत १५ गते काठमाडौंको तीनकुनेमा भएको घटनाको निष्पक्ष छानविन र बिना कारण पक्राऊ परेकाहरुको रिहाइको माग गर्दै राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले दबावमूलक प्रदर्शन गरेको छ । शुक्रवार राप्रपाले तीनकुने घटनाको निष्पक्ष छानविन गर्न राप्रपाका वरिष्ठ उपाध्यक्ष रविन्द्र मिश्र र महामन्त्री डा.धवल शमसेर राणालगायत बन्दीहरू रिहाई, मृतकहरूलाई शहीद घोषणालगायतका माग राखेर दबावमूलक […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

सडक स्तरोन्नतिपछि स्थानीय उत्साहित

बन्दीपुर तनहँ, २२ चैत । तनहँको बन्दीपुर गाउँपालिका– ५ स्थित थुम्का जोड्ने सडक ढलान तथा स्तरोन्नतिपछि स्थानीय उत्साहित भएका छन् । बन्दीपुर गाउँपालिका–५ स्थित पृथ्वी राजमार्गको याम्पाचोकदेखि भुजेल गाउँ, थुम्का, कोरिखा, बाहुन भन्ज्याङ हुँदै बन्दीपुरका विभिन्न पर्यटकीय गाउँ होमस्टे पुग्ने यस खण्डमा नालीसहित स्तरोन्नति गरिएको छ । सडक स्तरोन्नतिसँगै विगतमा हिलो र धुलोका कारण आवतजावतमा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

कक्षा ७ की छात्राले औँल्याइन संविधान संशोधनको बुँदा

काठमाडौँ,  २२ चैत : संविधान संशोधनको बहस चलिरहेका बेला विद्यालय तहमा अध्ययनरत एक छात्राले संविधानमा भएका केही त्रुटि औँल्याउँदै त्यसलाई सच्याउन सरोकारवालाको ध्यानाकर्षण गराएकी छिन् । कास्कीको पोखरा लामाचौरस्थित श्री गण्डकी बोर्डिङ स्कूलमा कक्षा ७ मा अध्ययनरत प्रेन्सा रेग्मीले संविधानको धारा २१५ को उपधारा ९ र धारा १०२ मा भएको व्यवस्था अस्पष्ट रहेको दाबी गर्दै […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

समितिमा बजेटबारे छलफल, वैदेशिक ऋणबारे चर्को बहस

काठमाडौं । शुक्रबार बसेको अर्थ समितिको बैठकमा आगामी आर्थिक वर्षको बजेट सम्बन्धमा छलफल गरिएको छ । बैठकमा अर्थ मन्त्रालयसँग बजेटका सम्बन्धमा छलफल भएको हो । छलफलमा बोल्दै पूर्वअर्थमन्त्री डा.प्रकाश शरण महतले वैदेशिक ऋण ३० प्रतिशतले बढाउने भन्ने कुरा विश्वास गर्ने कसरी भन्दै प्रश्न गरे । उनले विदेशी अनुदान नै २२.९ प्रतिशतले बढाउने भनेपनि हिजो त्यो […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

ओली र मोदीबीच थाइल्याण्डमा भेटवार्ता, द्विपक्षीय हितकाबारे चर्चा

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली र भारतका प्रधानमन्त्री नरेन्द्र मोदीबीच शुक्रबार थाइल्याण्डमा भेटवार्ता भएको छ । बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बंगालको खाडीको प्रयास (बिम्स्टेक)को छैटौँ शिखर सम्मेलन सकिएपछि प्रधानमन्त्रीद्वयबी भेटवार्ता भएको हो । नेपाल र भारतबीचको कूटनीतिक सम्बन्धमा चिसोपन आएको चर्चा भइरहेका बेला ओली र मोदीबीच भेटवार्ता भएको हो । परराष्ट्र मन्त्रालयको […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

सिद्धेश्वर माविका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण

भोजपुर, २२ चैत । भोजपुर नगरपालिका–४ दावामा रहेको सिद्धेश्वर माध्यमिक विद्यालयका विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरिएको छ । ‘कृष्णलक्ष्मी, लक्ष्मी श्रेष्ठ स्मृति प्रतिष्ठान’ले यहाँका पाँच सय विद्यार्थी र शिक्षकलाई पोसाक वितरण गरेको हो । विद्यालयको ७७औँ वार्षिकोत्सव तथा आफ्ना पिता स्वर्गीय माधवप्रसाद श्रेष्ठको स्मृतिका अवसरमा बिहीबार विद्यालयका सम्पूर्ण विद्यार्थी र शिक्षकलाई पोसाक ट्र्याक सुट […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार

बर्दियाको समृद्धि विशेष प्राथमिकतामाः अध्यक्ष दाहाल

ठाकुरबाबा बर्दिया, २२ चैत । नेपाल कम्युनिष्ट पार्टी माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले बर्दियाको समृद्धिका लागि विशेष प्राथमिकता दिइने बताएका छन् । मैनापोखरमा आयोजित जनतासँग माओवादी तराई–मधेस जागरण अभियानअन्तर्गतको खबरदारी सभामा पूर्वप्रधानमन्त्री दाहालले बर्दियाको पर्यटन विकास, भौतिक पूर्वाधार, शिक्षा, स्वास्थ्य र रोजगारका क्षेत्रमा निरन्तर रुपमा अघि बढ्ने बताए । उनले हुलाकी राजमार्गको काम लामो […]