७ श्रावण २०८३, बिहीबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

उपप्रमुख डंगोल वेल्जियम प्रस्थान, युरोपियन युनियनको निमन्त्रणा

काठमाडौं । काठमाडौँ महानगरपालिकाका उपप्रमुख सुनिता डंगोल युरोपियन युनियनको निमन्त्रणामा आज बेल्जियन प्रस्थान गरेकी छन् । त्यहाँ हुने बैठक, छलफल, भेटघाट र अवलोकन भ्रमणमा सहरी विकास, विधायिकी र न्यायिक अभ्यास, स्थानीय शासन सम्बन्धी असल अभ्यासका विषयमा अनुभव आदान प्रदान गर्ने कार्यक्रम छ । युनियनका दक्षिण एशियाली क्षेत्र हेर्ने विज्ञ र अधिकारीहरुसँग उनले अन्तर्राष्ट्रिय सहयोग, समन्वय […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

रौतहट । गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ । पश्चिमा तातो हावासँगै फैलदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन् । जंगली जनावरहरु डढेलोबाट जोगिन सुरक्षित आश्रय स्थल तिर भाग्ने गरेको स्थानीयहरु बताउँछन् । अहिले दैनिक जसो यहाँ वन जङ्गलमा डढेलो लाग्ने गरेको स्थानिय विकाश सुबेदीले बताए । उनका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षक महासंघद्वारा अनिश्चितकालीन शैक्षिक हडताल घोषणा

काठमाडौं । नेपाल शिक्षक महासंघले शिक्षकहरुको जारी आन्दोलनलाई थप सशक्त बनाउन सोमबारदेखि अनिश्चितकालीन शैक्षिक हडतालको घोषणा गरेको छ । अब देशभरका सबै विद्यालय बन्द गरी शिक्षक–कर्मचारीलाई काठमाडौंको शैक्षिक सडक आन्दोलनमा अनिवार्य सहभागी हुन महासंघका अध्यक्ष लक्ष्मीकिशोर सुवेदीले आग्रह गरेका हुन् । यसका साथै त्यस अवधिमा उत्तर पुस्तिका परीक्षण, नतिजा प्रकाशन, तालिम गोष्ठी, सेमिनार, शैक्षिक भ्रमण […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

मुगालीहरूले बजारको खाद्यान्नभन्दा सरकारी खाद्यान्नलाई बढी प्राथमिकता दिन थाले

  मुगु । मुगुमा कुनै बेला सरकारी खाद्यान्न गोदाम खाली हुने, त कहिल्यै भोकमरीको समाचार बाहिर आउने गरेको थियो । पछिल्लो समयमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड शाखा कार्यालय मुगुमा ११ प्रकारका खाद्यान्न, तेल, चिनी, दाल बजारमा बिक्री गर्ने व्यापारीहरूभन्दा सस्तो र सहज उपलब्ध गराउन थालिएको छ । यसले गर्दा पछिल्लो समयमा मुलागीहरूले […]

बागमती मुख्‍य समाचार राजनीति समाचार समाज

रामेछापमा जम्मा भए ११ कम्युनिष्ट पार्टीका नेता, एमाले रामेछापले ग¥यो स्वागत

  रामेछाप । रामेछाप जिल्लामा ज्येष्ठ कम्युनिष्टहरुका साथै विभिन्न ११ वटा कम्युनिष्ट पार्टीका नेताहरू भेला भएका छन् । नेपाली साहित्यका प्रथम सहिद सुब्बा कृष्णलाल, प्रजातान्त्रिक आन्दोलनका सहिद गङ्गालाल र नेपाल कम्युनिष्ट पार्टीका संस्थापक पुष्पलालको जन्मथलो रामेछापमा सुब्बा कृष्णलालको बलिदान शताब्दी र पुष्पलालको जन्म शताब्दी मनाउन नेताहरू रामेछापमा भेला भएका हुन् । कृष्णलाल बलिदान शताब्दी, पुष्पलाल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप, मानव बस्ती जोखिममा

  रौतहट । गर्मीको सुरुवातसँगै रौतहटका वन जङ्गलमा डढेलोको प्रकोप देखिन थालेको छ । पश्चिमा तातो हावासँगै फैलदो डढेलोले जंगली बोटविरुवा मात्र नभई जनावरहरुसमेत प्रभावित भएका छन् । जंगली जनावरहरु डढेलोबाट जोगिन सुरक्षित आश्रय स्थल तिर भाग्ने गरेको स्थानीयहरु बताउँछन् । अहिले दैनिक जसो यहाँ वन जङ्गलमा डढेलो लाग्ने गरेको स्थानिय विकाश सुबेदीले बताए । […]

खेलकुद गण्डकी मुख्‍य समाचार समाचार समाज

आईपीएलमा पञ्जाबमाथि राजस्थानको शानदार जित

  काठमाडौं । इन्डियन प्रिमियर लिग (आईपीएल)मा खराब सुरुवात गरेको राजस्थान रोयल्सले राम्रो कमब्याक गर्दै लगातार दोस्रो जित हात पारेको छ । शनिबार भएको खेलमा राजस्थानले पञ्जाब किङ्सलाई ५० रनले हराएको हो । राजस्थानले दिएको २०६ रनको लक्ष्य पछ्याएको पञ्जाब २० ओभर खेल्दै ९ विकेटको क्षतिमा १५५ रनमा सीमित भयो। पञ्जाबका लागि निहाल बाधेराले ४१ […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरको राम मन्दिरको महत्व र धार्मिक पर्यटनको अवस्था पृथक छ : डा.गायत्री झा

जनकपुरको राम मन्दिरको पृथक इतिहास छ । जनकपुर आफैंमा एक महत्वपूर्ण राजधानी भएकाले यसको इतिहास बुझ्न जरुरी छ । कुनै समय जनकपुर नगर मिथिलाको राजधानी थियो । राजा जनकको राजधानी जनकपुर थियो । जनकपुर मिथिला प्रदेश भएकाले त्यो एक राज्य थियो । मिथिलाको आधा भाग नेपालपट्टी नै छ । भारततिर आधा भाग पर्छ । त्यसैले […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपति पौडेलबाट रामनवमी पर्वको शुभकामना

  काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले रामनवमी पर्वका अवसरमा स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण नेपाली दिदीबहिनी तथा दाजुभाइहरूमा सुख, शान्ति एवं समृद्धिका लागि शुभकामना व्यक्त गरेका छन् । हरेक वर्ष चैत महिनाको शुक्ल पक्षको नवमी तिथिका दिन मर्यादा पुरुषोत्तम भगवान् श्रीरामचन्द्रको जन्मदिनको रुपमा ‘राम नवमी’ पर्व  धुमधामका साथ मनाउने परम्परा रहिआएको छ । यस दिन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

मौसम पूर्वानुमान : कोशी प्रदेशमा छिटपुट वर्षाको सम्भावना

  काठमाडौं । हाल देशमा पश्चिमी वायु तथा स्थानीय वायुको आंशिक प्रभाव  रहेको  छ । आइतबार दिउँसो देशका पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मूख्यतया सफा रहने पूर्वानुमान छ । कोशी प्रदेशका क्षेत्रहरूमा बादल लाग्ने र एक–दुई ठाउँमा दिउँसो छिटपुट पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान शाखाले जनाएको छ । राति पहाडी भू–भागमा […]

बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

यस्तो छ आज तरकारी र फलफूलको मूल्य

  काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आइतबारका लागि कृषिउपजको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार तरकारी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो । आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो रु ४०, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो रु ५०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो रु २०, गोलभेँडा सानो (तराई) प्रतिकिलो रु […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि स्वास्थ्य

काठमाडौंको वायु प्रदूषण अझै उच्च, स्वास्थ्य सतर्कता अपनाउन अनुरोध

  काठमाडौं । काठमाडौँ उपत्यकामा एकसातादेखि वायु प्रदूषणको अवस्था अति अस्वस्थकर रहँदै आएको छ । आइक्यू एअरले आइतबार बिहान गरेको मापनअनुसार काठमाडौं उपत्यका विश्वको दोस्रो प्रदूषित शहरमा रहेको छ । अहिले काठमाडौं उपत्यकाको  ‘एयर क्वालिटी इन्डेक्स’ (एक्यूआई) अर्थात औसत वायु गुणस्तर सूचक २११ रहेको छ । वायुको गुणस्तर सूचकांक अनुसार यसलाई निकै अस्वस्थकर मानिन्छ । […]