७ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

युवा, उद्यम र रोजगारी

काठमाडौँ, २२ चैत । कुनै पनि मुलुकको विकास र समृद्धिको आधारस्तम्भ नै युवा हो । सक्रिय युवाको बाहुल्यता नै कुनै पनि मुलुकको विकास र समृद्धिको मेरुदण्ड हो । कुनै पनि मुलुकका लागि युवाको बाहुल्यता भएको समयावधि ५०–६० वर्षको हुन्छ । त्यसपछिको अवधि भनेको अहिलेका युवा वृद्धावस्थामा प्रवेश गर्ने अवधि हो । यो अवधिमा अधिकांशले केटाकेटीसरह नै बसीखाने […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

तीन वर्षमा डेढ सय होटल बन्द

राँझा बाँके, २२ चैत । व्यापारिक चहलपहल घट्दै गएपछि नेपालगञ्जमा बितेका तीन वर्षमा मध्यमस्तरका करिब १५० होटल बन्द भएका छन् । ठूलो लगानीका तारे होटल थपिँदै गए पनि नेपालगञ्जमा मध्यमस्तरका होटल व्यवसायीको पेसा सङ्कटमा पर्दै गएको छ । मध्यमस्तरका होटल बन्द हुँदा त्यहाँ कार्यरत सयौँ नागरिकले रोजगारी गुमाएको नेपालगञ्जका होटल व्यवसायी भीम कँडेलले बताए । […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सकियो

काठमाडौं । राष्ट्रिय निजी तथा आवासीय विद्यालय एसोसिएसन नेपाल(प्याब्सन) को पूर्वप्राथमिक विद्यालय पाठ्यक्रम विकास कार्यशाला सम्पन्न भएको छ । गत बुधबारदेखि काठमाडौंमा सुरु भएको तीन दिने कार्यशाला गोष्ठी शुक्रबार सम्पन्न भएको हो । कार्यशालामा देशभरका पूर्व प्राथमिक शिक्षाका विज्ञ, निजी विद्यालयका संस्थापक प्रिन्सिपलहरु तथा काठमाडौं विश्वविद्यालयका प्राध्यापकहरूको सहभागिता रहेको प्याब्सनले जनाएको छ । प्याब्सनका अनुसार […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

स्वास्थ्य पत्रकार मञ्च कर्णालीको अध्यक्षमा बसेल

सुर्खेत । स्वास्थ्य पत्रकार मञ्च कर्णाली (एचजेएफ) को अध्यक्षमा ललित बसेल निर्विरोध चयन भएका छन् । स्वास्थ्य क्षेत्रमा कलम चलाउँदै आएका कर्णालीका पत्रकारहरुको भेलाले एचजेएफ कर्णालीको अध्यक्षमा ललित बसेललाई निर्विरोध चयन गरेको हो । स्वास्थ्य पत्रकार मञ्च कर्णालीको उपाध्यक्षमा तृप्ती शाही, महासचिवमा नन्दराम जैशी, सचिवमा मिमबहादुर रावल (रमेश) र कोषाध्यक्षमा गीता थापा चयन भएका छन् […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

तपोभूमिलाई विश्वमा चिनाउन पाणिनि सम्मेलन

अर्घाखाँची, २२ चैत । विश्वको प्राचीन संस्कृत भाषा व्याकरणको उत्पत्ति भएको पुण्य तपोभूमिलाई विश्वसामु चिनाउन राष्ट्रियस्तरको पाणिनि तपोभूमि सम्मेलन गरिने भएको छ । संस्कृत व्याकरणका प्रतिपादनकर्ता महर्षि पाणिनिले कठोर तपस्या गरी भगवान् शिवबाट व्याकरणका १४ सूत्र प्राप्त गरेको मानिने यस स्थलमा यथेष्ट अध्ययन, प्रचार–प्रसार र संरचनागत विकास गर्नका लागि पाणिनि सम्मेलनको आयोजना गरिएको पाणिनि गाउँपालिकाका […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज

‘समृद्ध नेपाल, सुखी नेपाली’ बिम्स्टेकका अन्तरवस्तुसँग गहिरोसँग प्रतिध्वनित हुन्छ : प्रधानमन्त्री ओली

बैङकक, २२ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले ‘बिम्स्टेक’ शिखर सम्मेलनका मुख्य अन्तरवस्तु र संयुक्त राष्ट्रसङ्घको दिगो विकास लक्ष्यसँग नेपालले लिएको ‘समृद्ध नेपाल, सुखी नेपाली’को राष्ट्रिय आकाङ्क्षा गहिरोसँग प्रतिध्वनित हुने बताएका छन् । थाइल्याण्डको बैंककस्थित होटल साड्ग्रिलामा सुरु बहुक्षेत्रीय प्राविधिक तथा आर्थिक सहयोगका लागि बङ्गालको खाडीको प्रयास बिम्स्टेक शिखर सम्मेलनमा सम्बोधन गर्दै प्रधानमन्त्री ओलीले समृद्धि, […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

हावाको गतिले घटायो वायु प्रदूषण

काठमाडौँ, २२ चैत । हावाको गति बढेसँगै आज वायु प्रदूषणको मात्रा पनि घटेको छ । केही दिनयता विश्वकै पहिलो प्रदूषित सहरको रूपमा सूचीकृत भएको काठमाडौँ उपत्यका आज भने प्रदूषणको मात्रा घटेर सातौँ नं मा सूचीकृत भएको छ । ‘एयर क्वालिटि इन्डेक्स’ कोे तथ्याङ्कअनुसार बिहीबार मध्यान्हमा पनि पहिलो प्रदूषित सहरमा सूचीकृत भई वायु प्रदूषण तीन सय […]

अर्थ कोशी मुख्‍य समाचार विचार समाचार समाज

काँकडभिट्टाबाट पौने १८ अर्बको कृषिजन्य वस्तु निर्यात

भद्रपुर झापा, २२ चैत । प्लान्ट क्वारेन्टिन तथा विषादी व्यवस्थापन केन्द्र क्वारेन्टिन कार्यालय काँकडभिट्टाबाट चालु आर्थिक वर्षको आठ महिनामा रु १७ अर्व ७३ करोड ८४ लाख बराबरको कृषिजन्य वस्तु निर्यात भएको छ । कार्यालयका सूचना अधिकारी चन्द्रेश्वर ठाकुरका अनुसार निर्यात हुने मुख्य वस्तुमा अलैँची, चिया, प्लाइ तथा भेनियर, अदुवा, अम्लिसोलगायत रहेका छन् । आठ महिनाको […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

अभिभावकविहीन बालबालिकाका लागि संरक्षण केन्द्र

टीकापुर कैलाली, २२ चैत । कैलालीको टीकापुर नगरपालिकाले अभिभावकविहीन बालबालिकाका लागि अनाथ तथा असहाय बालबालिका संरक्षण केन्द्र सञ्चालन गर्न थालेको छ । नगरपालिकाले टीकापुर–१ वनगाउँस्थित सरस्वती माविमा संरक्षण केन्द्र सञ्चालनको तयारी गरेको छ । विद्यालयमा ५० बालबालिका अट्ने संरक्षण केन्द्र निर्माण भइसकेको छ । पालिकाले ४० विद्यार्थीलाई यस वर्ष नयाँ शैक्षिक शत्रदेखि संरक्षणमा राख्न सकिने […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

वडामै मेलमिलापले न्याय सम्पादन सहज बन्दै

बनियानी , २२ चैत । कुनै समय झापाको कनकाई नगरपालिकाको न्यायिक समितिलाई मुद्दा मिलाउन भ्याइनभ्याइ हुन्थो । एकै वर्षमा चार सयसम्म मुद्दाको चापले न्यायिक समिति व्यस्त हुन्थ्यो । तर, अहिले उक्त सङ्ख्या १२ वटामा झरेको छ । अहिले मुद्दाको चाप घटेको छ भने न्याय सम्पादन अझ सहज बन्दै गएको छ । कनकाई नगरपालिकाको वडामा मेलमिलाप […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्यमा उच्च गिरावट, कतिमा हुँदैछ कारोबार ?

काठमाडौं । बिहीबार अघिल्लो दिन उच्च मूल्य रेकर्ड बनाएको सुन शुक्रबार घटेको छ । अघिल्लो दिनको तुलनामा सुनको भाउ तोलामा ३ हजार ९ सय रुपैयाँ घटेको हो । नेपाल सुनचाँदी व्यवसायी महासंंघका अनुसार शुक्रबारका लागि सुन प्रतितोला १ लाख ७६ हजार ४ सय रुपैयाँ तोकिएको छ । अघिल्लो दिन १ लाख ८० हजार ३ सय […]

कर्णाली मुख्‍य समाचार विचार समाचार समाज

कर्णालीको राजधानीमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव

सुर्खेत । कर्णाली प्रदेशको राजधानी सुर्खेतमा दैनिक २९८ लिटर प्रतिसेकेन्ड खानेपानी अभाव हुन थालेको छ । प्रदेशको राजधानी तोकिएसंगै यहाँको बढ्दो सहरीकरणले जनसंख्या बढ्दै गए पछि खानेपानी अपुग हुन थालेको हो । वीरेन्द्रनगर उपत्यकामा झण्डै डेढ लाख जनसंख्या रहेको अनुमान गरिएको छ । वीरेन्द्रनगर उपत्यकाका लागि दैनिक ३८८ लिटर प्रतिसेकेन्ड खानेपानी आवश्यक भए पनि सुर्खेत […]