७ श्रावण २०८३, बिहीबार
पर्यटन बागमती मुख्‍य समाचार विचार समाचार समाज

सम्पदाहरुलाई जोगाएर नेपाललाई खुला संग्राहलय जस्तो बनाउन सकिन्छ : मन्त्री पाण्डे

काठमाडौं । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले पुर्खाहरुले निर्माण गरेका सम्पदाहरुको महत्वलाई बढाउनुपर्ने अहिलेको आवश्यकता भएको बताएका छन् । आइतबार ललितपुरमा देगुतलेजु मन्दिरको पुनः निर्माण तथा जिर्णोद्धार सम्पन्नपछिको शिलापत्र अनावरण कार्यक्रममा उनले संस्कृति र सम्पदामा गौरव गर्ने अवस्था आइपुगेकाले ंसम्पदाहरुको महत्वलाई बढाउनुपर्ने बताएका हुन् । उनले भने, ‘संस्कृति र सम्पदामा हामी आज गौरव […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

बार निर्वाचनः मतगणना सोमबारदेखि

काठमाडौँ, २४ चैत । नेपाल बार एशोसिएशनको २७औँ केन्द्रीय कार्यसमितिका लागि भएको निर्वाचनको मतगणना सोमबारदेखि हुने भएको छ । बारको नयाँ कार्यसमितिका लागि शनिबार मतदान भएको थियो । प्रमुख निर्वाचन अधिकृत वरिष्ठ अधिवक्ता रामकृष्ण निरालाका अनुसार बारको मतपेटिका आज बेलुकासम्म काठमाडौँ आइपुग्ने छ भने सोमबारदेखि मतगणना सुरु गरिनेछ । बारको नयाँ कार्यसमिति चयन गर्न नौ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आइपीयुको दिगो विकास स्थायी समितिमा सांसद डा शाक्य निर्वाचित

काठमाडौँ, २४ चैत । अन्तर–व्यवस्थापिका सङ्घ आइपीयुको दिगो विकास स्थायी समितिमा एसिया–प्रशान्त क्षेत्रबाट राष्ट्रियसभा सदस्य डा अञ्जान शाक्य निर्वाचित भएका छन् । उज्वेकिस्तानको राजधानी तास्केन्टमा भएको सम्मेलनका क्रममा उनी विजयी भएका हुन् । सांसद डा शाक्यसँगै माल्दिभ्स र इरानबाट पनि उम्मेदवारी परेको थियो । अन्तरव्यवस्थापिका सङ्घको १५०औँ वार्षिकसभा तथा असंलग्न आन्दोलन संसदीय सञ्जालको चौथो शिखर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

पूर्खाको मेहनत र परिश्रमको चिनो हो सम्पदा, संरक्षण गरौं : राष्ट्रपति पौडेल

काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले बहुजाति, बहुभाषा, परपम्परा र संस्कृति रहेको देशका अमूल्य सम्पदाको विकास, संरक्षण र संवद्र्धनमा तीनै तहको सरकारले ध्यान दिनु जरुरी रहेको बताएका छन् । पाटन दरबार क्षेत्रमा पुनर्निर्माण गरिएको श्री देगुतलेजु मन्दिर उद्घाटन गर्दै राष्ट्रपति पौडेलले सम्पदा संरक्षणमा नागरिकस्तरको सचेतना, जागरुकता र चासो उत्तिकै आवश्यक रहेको पनि बताएका हुन् । उनले […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

एक हजार नौं सय रुपैयाँले घट्यो सुनको मूल्य

काठमाडौं । नेपाली बजारमा आइतबार सुनको मूल्य एक हजार नौं सय रुपैयाँले घटेको छ। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आइतबार सुनको मूल्य तोलामा एक हजार नौं सय रुपैयाँले घटेर छापावाल सुनको मूल्य तोलामा १ लाख ७४ हजार ५०० रुपैयाँ कायम भएको छ। शुक्रबार सुनको मूल्य तोलामा १ लाख ७६ हजार ४०० रुपैयाँ कायम भएको थियो […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

‘ध्ये’ खोलामा पुल नहुँदा सास्ती

मुस्ताङ, २४ चैत । उपल्लो मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिकाका पाँचवटै वडामा कच्ची सडक विस्तार भइसकेको छ । पालिकाको एउटा वडामा पुल नहुँदा वर्षौँदेखि स्थानीय र पर्यटकलाई समस्या भएको छ । मुख्यराजमार्ग सडकले जोडिएको लोघेकर दामोदरकुण्ड–१ चराङबाट कालीगण्डकी पारिको लोघेकर दामोदरकुण्ड–५ ध्ये र ताङ्ग्या गाउँ जोड्ने कालीगण्डकी नदीको मिश्रण ‘ध्ये’ खोलामा पुल नहुँदा त्यस क्षेत्रका नागरिक […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

धार्मिकस्थल गङ्गा खोलाको संरक्षण गरिँदै

भोजपुर, २४ चैत । यहाँको रामप्रसादराई गाउँपालिका–६ स्थित प्रसिद्ध ऐतिहासिक धार्मिक तथा पर्यटकीयस्थल गङ्गा खोलाको संरक्षण थालिएको छ । गोल्मे राज, गोल्मे रानी भिरको काखमा रहेको यो स्थलको संरक्षणमा वडा कार्यालयसँगै स्थानीय नागरिक जुटेका हुन् । ढुङ्गाको कापबाट उम्रिएका तीनवटा पानीका ठूला मुहान रहेको यो स्थानमा दर्शन गरेर मनोकाङ्क्षा सिद्ध हुने धार्मिक विश्वासले भक्तजन आउने […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

भुटानका राजनीतिक बन्दीहरूलाई गरिएको व्यवहारको भत्र्सना, तत्काल रिहाइको माग

काठमाडौं । संयुक्त राष्ट्र सङ्घका ६ जना विशेष प्रतिवेदकहरूले भुटानमा राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको भन्दै आपत्ति जनाएका छन् । हालै सार्वजनिक गरिएको संयुक्त प्रतिवेदनले भुटानमा गम्भीर मानवअधिकार उल्लघंन एवम राजनीतिक बन्दीहरूलाई गैर कानुनी रूपमा लामो समयसम्म बन्दी बनाइएको व्यवहारप्रति अन्तर्राष्ट्रिय समुदायको ध्यानाकर्षण समेत गराएको छ । उक्त प्रतिवेदनलाई ग्लोबल क्याम्पेन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीद्वारा रामनवमीको शुभकामना

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीले सबैलाई रामनवमीको शुभकामना व्यक्त गरेका छन् । आज सामाजिक सञ्जालमार्फत उहाँले रामनवमी र चैते दसैँको शुभकामना व्यक्त गरेका हुन् । “त्रेता युगमा जन्मेका रामलाई हाम्रो प्राचीन शास्त्र रामायणले शान्ति, न्याय, धर्म, सदाचार, सुव्यवस्था, सुशासन र कर्तव्यपारायणको आदर्श चरित्र मान्दै आएको छ”, प्रधानमन्त्रीले शुभकामनामा भनेका छ, “प्राचीन सभ्यतामा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

चैत्र शुक्ल नवमी : देशभरका राम मन्दिरमा भक्तजनको भीड

काठमाडौँ, २४ चैत । रामनवमी पर्वका अवसरमा आज बिहानैदेखि देशभरका राम मन्दिरमा भक्तजनको भीड लागेको छ । प्रत्येक वर्ष चैत्र शुक्ल नवमीका दिन रामनवमी पर्व मनाइन्छ । यस उपलक्ष्यमा बत्तीसपुतलीस्थित श्रीरामचन्द्र मन्दिर, पशुपतिपारिको राम मन्दिर, गोकर्णेश्वर नगरपालिका वडा नं ९ आरुबारीस्थित राम मन्दिर, राजधानी र देशभरका अन्य राम मन्दिरमा पनि बिहानैदेखि भक्तजनको भीड लागेको छ […]

बागमती मुख्‍य समाचार समाचार समाज

राष्ट्रपतिद्वारा सेतो मच्छेन्द्रनाथको दर्शन

काठमाडौँ, २४ चैत । राष्ट्रपति रामचन्द्र पौडेलले सेतो मच्छिन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका छन् । चैत्र शुक्ल अष्टमीका अवसरमा शनिबार बेलुकी सेतो मच्छेन्द्रनाथको रथ तानेर असन पुगेपछि मध्यराति राष्ट्राध्यक्षले पूजा, आराधना एवं दर्शन गर्ने परम्परा रहिआएको छ । सोही परम्पराअनुसार राष्ट्रपति पौडेलले गएराति असन पुगेर सेतो मच्छेन्द्रनाथको पूजा, आराधना एवं दर्शन गरेका हुन् । […]