६ श्रावण २०८३, बुधबार
मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि प्रधानमन्त्रीसमक्ष अनुरोध

काठमाडौँ, २४ चैत । प्रधानमन्त्री केपी शर्मा ओलीसमक्ष डोटीको खप्तड इञ्जिनियरिङ क्याम्पस सञ्चालनका लागि आगामी बजेटमा कार्यक्रम समावेश गर्न मागपत्र बुझाइएको छ । प्रधानमन्त्री निवास, बालुवाटारमा नेपाली कांग्रेस र नेपाल कम्युनिष्ट पार्टीसहित जिल्लाका बौद्धिक समुदायका सदस्य सम्मिलित प्रतिनिधिमण्डलले क्याम्पसका आवश्यक भौतिक पूर्वाधार निर्माणका साथै अध्ययन अध्यापनका लागि ध्यान दिन र विकासमा पछाडि परेको डोटीलाई बजेट […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

‘गणतन्त्र ल्याउने सहमति ज्ञानेन्द्र, गिरिजा र मैले गरेका हौं, प्रचण्डजी पछि आउनुभयो’

२४ चैत, काठमाडौं । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले तत्कालीन राजा ज्ञानेन्द्र शाह, गिरिजाप्रसाद कोइराला र आफूले गणतन्त्र ल्याउने सहमति गरिसकेपछि मात्रै माओवादी जनयुद्ध छोडेर प्रचण्ड समझदारीमा आएको जिकिर गरेका छन् । आइतबार पार्टी केन्द्रीय कार्यालय आलोकनगरमा आयोजित पार्टी निकट नेपाल आदिवासी जनजाति महासंघ समाजवादी बागमती प्रदेशको भेला तथा प्रशिक्षण कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्न आब्हान

काठमाडौं । विश्व हिन्दु महासंघका सदस्य एवम कलाकार मदनदास श्रेष्ठले नेपाललाई हिन्दु राष्ट्र बनाउने अभियानमा सबैजना जुट्नुपर्ने बताएका छन् । आइतबार काठमाडौंमा रामनवमी पर्व र हिन्दु महासंघको ४५औं स्थापना दिवसको अवसरमा आयोजित समारोहमा उनले विश्वभरका छरिएर बसेका सनातन हिन्दु समाजलाई एकताबद्ध गर्ने अभियानमा महासंघ जुटेको भन्दै सबैलाई यसमा जोडिन आग्रह गरेका हुन् । उनले भने, […]

मुख्‍य समाचार लुम्बिनी विचार समाचार समाज

दाङका किसान खेतीमा यन्त्रको प्रयोग बढाउँदै

देउखुरी दाङ, २४ चैत । यहाँका किसानलाई नगदेबाली भित्र्याउन भ्याइनभ्याइ छ । किसान गहुँ, जौ, तोरी र मुसुरो थन्क्याउन व्यस्त छन् । अधिकांश किसानले यन्त्र प्रयोग गरेर बाली भित्र्याउने गरेका छन् । घोराही उपमहानगरपालिका–६ गुरुवागाउँका श्याम चौधरीले दुई बिघा खेतमा तोरी, मुसुरो, गहुँ र जौखेती गरेका छन् । उनले खेत जोत्ने र बाली भित्र्याउन यन्त्र […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरियो, ४० दिनमा छांयाकन सकिने

काठमाडौं । चलचित्र ‘जनै हराएको बाहुन’को शुभमुहूर्त गरिएको छ । काठमाडौंको बूढानीलकण्ठमा आइतबार बिहान चलचित्रको शुभमुहूर्त गरिएको हो । शुभमुहूर्तमा चलचित्रका अधिकांश कलाकारको उपस्थिति रहेका थिए । बुढानिलकण्ठ मन्दिर परिसरभित्र भएको शुभमुहूर्तमा अभिनेत्री मिरुना मगर, अभिनेता सुशांक मैनाली, कलाकार गौरव पहाडी र भोलाराज सापकोटाले मुहूर्त सर्ट दिए । सोबारबाट चलचित्रको छायांकन सुरु हुने निर्माणपक्षले जनाएको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

काभ्रे-कोशीपूर्वका दुई सडक स्तरोन्नति गरिँदै

काभ्रेपलाञ्चोक, २४ चैत । काभ्रेपलाञ्चोकको कोशीपूर्वका दुई सडक स्तरोन्नति भइरहेका छन् । अरनिको राजमार्गसँग जोडिएको दोलालघाट-फलाँटे-कोलाँती-पोखरीचौरी-गुराँसे खण्डअन्तर्गत दोलालघाट-फलाँटे-कोलाँती खण्ड र सोही खण्डसँग जोडिएको भुम्लु गाउँपालिकास्थित हबेली-सापिङ-सिम्थली-बेखसिम्ले-वाफल खण्ड स्तरोन्नति भइरहेको हो । बागमती प्रदेश सरकारको ग्रामीण सडक सञ्जाल सुधार आयोजना एएफ आयोजना कार्यान्वयन इकाई भक्तपुरमार्फत छ दशमलव पाँच किलोमिटर सडक विस्तार भइरहेको आयोजना कार्यालयले जनाएको छ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

रामनवमीमा सरकारी पूजा गरिने खाँडादेवीमा दर्शनार्थीको भीड

रामेछाप । रामेछापको ऐतिहासिक, धार्मिक तीर्थस्थलको रूपमा रहेको शक्तिपिठ खाँडादेवीको दर्शन गर्न आउने पर्यटकको सङ्ख्या बढेको छ । चैत महिना लागेपछि मन्दिरमा दर्शन गर्न आउनेको सङ्ख्या उल्लेख्य मात्रामा बढेको खाँडादेवी विकास कोषका अध्यक्ष शेरबहादुर सुनुवारले जानकारी दिए । चैत लागेपछि दैनिक सयौँको सङ्ख्यामा दर्शनार्थीहरु मन्दिरमा दर्शन गर्न आउन लागेका छन् । मन्दिरमा दर्शन गर्न आउनेहरूको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन

गलकोट बागलुङ, २४ चैत । चैतेदसैँको मुख्य दिन चैत्राष्टमीमा अहिलेसम्मकै धेरै भक्तजन कालिका मन्दिर दर्शनका लागि आएका छन् । चैतेदसैँका अवसरमा बागलुङको प्रसिद्ध शक्तिपीठ कालिका मन्दिरमा एकैदिन तीन लाख भक्तजन आएको कालिका भगवती मन्दिर गुठी व्यवस्थापन समितिले जनाएको छ । चैतेदसैँ मेला प्रसिद्ध कालिका भगवती मन्दिरसँग जोडिएकाले पछिल्लो समय दर्शनार्थीको सङ्ख्यामा उल्लेख्य वृद्धि भएको हो […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

माछापालनमा लाग्न किसानलाई प्रेरित गर्दै मत्स्यविकास केन्द्र

बागमती, २४ चैत । कुलेखानीस्थित मत्स्यविकास केन्द्रले माछापालनलाई प्रोत्साहन गर्न विद्यार्थी र कृषक लक्ष्यित गरी मत्स्य घुम्ती शिविर र विद्यालय शिक्षा कार्यक्रम सञ्चालन गरेको छ । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–४ फाखेलस्थित कालिका माध्यमिक विद्यालय प्राविधिक शिक्षालय र वडा नम्बर १ स्थित सरस्वती बालबोधिनी माध्यमिक विद्यालयमा मत्स्य केन्द्रले माछापालनसम्बन्धी शिक्षा कार्यक्रम सञ्चालन गरेको हो । मत्स्य केन्द्रका […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

शिक्षकको शान्तिपूर्ण आन्दोलन जारी

काठमाडौँ, २४ चैत । नेपाल शिक्षक महासङ्घले विभिन्न माग राख्दै सुरु गरेको आन्दोलन आज पनि जारी छ । आज शिक्षकहरु बबरमहल–बानेश्वर सडकमा भेला भएर सिठ्ठी बजाउँदै शान्तिपूर्ण तरिकाले आफ्ना माग सरकारको ध्यानाकर्षण गराइरहेका छन् । गुणस्तरीय शिक्षा, विद्यार्थी र शिक्षक–कर्मचारीमैत्री विद्यालय शिक्षा ऐन जारी माग गर्दै शिक्षकहरु यही चैत २० गतेदेखि आन्दोलित छन् । नेपाल […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

नेता गजेन्द्र नारायण सिंहको सालिकमा मन्त्रीले गरे माल्यार्पण

सप्तरी । नेपाल सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवल किशोर साह सुडीले रामनवमीको अवसर पारेर मधेसका मसिहा भनेर चिनिने राजनेता गजेन्द्र नारायण सिंहका विभिन्न सालिकहरूमा माल्यार्पण गरेका छन् । सद्भावना पार्टीका संस्थापक अध्यक्ष समेत रहेका स्व.सिंहको ९६औं जन्मजयन्तीको अवसरमा मन्त्री साहले सप्तरीको हनुमाननगर कंकालीनी नगरपालिका वडा नम्बर १४ रामपुर, वडा नम्बर ४ मधवापुर चौराहा […]