७ श्रावण २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

राष्ट्रसंघ महासचिव गुटेरेस भन्छन् : ‘व्यापार युद्धमा कसैले पनि जित्दैन्’

काठमाडौं । संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसले ‘व्यापार युद्धमा कसैले पनि नजित्ने दाबी गरेका छन् । व्यापक विरोधका बीच, अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले बुधबार ‘पारस्परिक कर’ सम्बन्धी कार्यकारी आदेशमा हस्ताक्षर गरेपछि उत्पन्न परिस्थितिका सवालमा गुटेरेसको यस्तो प्रतिक्रिया आएको छ । आदेशमा १० प्रतिशत ‘न्यूनतम आधारभूत कर’ र केही व्यापारिक साझेदारहरूमा उच्च दरहरू लगाइने जनाइएको छ […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

सर्वोच्चको आदेशपछि कालीगण्डकीमा उत्खनन सुरु

पर्वत, २४ चैत । कालीगण्डकी नदी उत्खननका विषयमा परेको रिट सर्वोच्च अदालतले खारेज गरेपछि उत्खनन सुरु भएको छ । सर्वोच्च अदालतले विसं २०७८ असार २९ गते अन्तरिम आदेश जारी गर्दै नदी उत्खननसम्बन्धी सम्पूर्ण कार्य रोक्न आदेश दिएपछि चार वर्षदेखि रोकिएको उत्खनन पुनःसुरु भएको हो । गत कात्तिक ११ गते सर्वोच्च अदालतका न्यायाधीश डा कुमार चुँडाल […]

मधेश मुख्‍य समाचार विचार समाचार समाज

जनकपुरमा आज रामनवमी महोत्सव

महेन्द्रनगर धनुषा, २४ चैत । सीताको जन्मभूमि नगरी जनकपुरधाममा आज रामनवमी पर्व धूमधामका साथ मनाइँदै छ । भगवान् रामको जन्म चैत्रशुक्ल नवमी तिथिमा भएको स्मरणमा आज रामनवमी पर्व विशेष उत्साहका साथ मनाउने गरिन्छ । शनिबारदेखि भारतको विभिन्न भेगका साथै नेपालको विभिन्न जिल्लाबाट हजारौँ श्रद्धालु भक्तजनासहित साधुसन्त रामनवमी पर्व मनाउन जनकपुरधाममा आएका छन् । मर्यादा पुरुषोत्तम […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

सात समूहलाई सगरमाथा आरोहणको अनुमति

काठमाडौँ, २४ चैत । यस वर्षको वसन्तकालीन याममा सगरमाथा आरोहणका लागि धमाधम आरोहण अनुमति दिन सुरु गरिएको छ । पर्यटन विभागका अनुसार सगरमाथा आरोहणका लागि हालसम्म सात आरोही समूहका १७ महिला र ६० पुरुषले अनुमति लिइसकेका छन् । विभागका निर्देशक लीलाधर अवस्थीले आजसम्म सगरमाथासहित अन्य स–साना २९ हिमाल आरोहणका लागि आरोहण अनुमति दिइएको छ । […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

चार महिनापछि ताप्लेजुङमा पुनःहवाई सेवा

ताप्लेजुङ, २४ चैत । करिब चार महिनापछि यहाँको सुकेटार विमानस्थलमा आजदेखि पुनः हवाई उडान सुरु भएको छ । सुकेटार विमानस्थलमा उडान हुने नेपाल वायुसेवा निगमका दुई जहाजमा समस्या आएपछि मङ्सिरको अन्तिम सातादेखि नियमित उडान बन्द भएको थियो । शुक्रबार तय गरिएको उडान तालिका प्राविधिक समस्याका कारण आजका लागि सारिएको थियो । काठमाडौँबाट पाँच यात्रु लिएर […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

वायु प्रदूषणबाट जोगिन चिकित्सकको सुझाव

चितवन, २४ चैत । देशैभरको वायु प्रदूषित हुँदा आमनागरिकको दैनिकी असहज बन्दै गएको छ । वनमा लागेको डढेलो, कृषकहरुले खेतबारीमा सङ्कलन भएका झारपातमा लगाइने आगो, औद्योगिक धुवाँ, निर्माणबाट उड्ने धुलोलगायतले हावाको गुणस्तर बिगारेर प्रदूषण बढाइरहेको छ । विशेषगरी श्वासप्रश्वास र आँखामा समस्या देखिन थालेको छ । वरिष्ठ श्वासप्रश्वास तथा छाती रोग विशेषज्ञ प्रा डा शीतल […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएको छ : मन्त्री शाही

काठमाडौं । वन तथा वातावरणमन्त्री ऐन बहादुर शाहीले सरकारले आगो सुरक्षा सम्बन्धि ठोस योजना बनाएर अगाडि बढिरहेको बताएका छन् । आइतबार काठमाडौंमा आयोजित आगो सुरक्षा र इलेक्ट्रोनिक सुरक्षा अन्तर्राष्ट्रिय सम्मेलनलाई सम्बोधन गर्दै उनले अहिले धेरै ठाउँमा वन डढेलोले जैविक विविधताको नासदेखि वातावरण प्रदुषणमा पनि ठूलो भूमिका खेलेको भन्दै सरकारले यसको न्यूनिकरण र नियन्त्रणको प्रयासहरु गरिरहेको […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

नारायणगढ–बुटवल सड्क : दाउन्नेमा आवागमन बन्द गरेर काम गरिने

मध्यविन्दु नवलपरासी, २४ चैत । नारायणगढ–बुटवल सडकखण्डअन्तर्गतको दाउन्ने क्षेत्रमा सडक विस्तारका लागि सवारी आवागमन बन्द गरिने भएको छ । नवलपरासी बर्दघाट सुस्तापूर्व र पश्चिमका सरोकारवालाको शनिबार दाउन्नेमा बसेको बैठकले उक्त निर्णय गरेको हो । दाउन्ने क्षेत्रमा यही चैत २७ गतेदेखि चैत ३१ गतेसम्म बिहान ११ः०० देखि दिउँसो ३ः०० बजेसम्म तथा २०८२ वैशाख १ गतेदेखि वैशाख […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

कोसेरा खोलामा पुल निर्माण

म्याग्दी, २४ चैत । रघुगङ्गा गाउँपालिका–८ कुइनेको कोसेरा खोलामा ‘स्टिल ट्रस’ प्रविधिको पुल निर्माण भएको छ । रु ३३ लाख २४ हजार एक सय ६७ को लागतमा निर्माण भएको ३२ मिटर लामो पुलबाट एक सय घरपरिवारका ४८५ जनसङ्ख्या लाभान्वित भएका उपभोक्ता समितिका अध्यक्ष दिनेश छन्त्यालले जानकारी दिए । “खोलामा बाढी आउँदा जोखिम मोलेर वारपार गर्नुपर्ने […]

गण्डकी पर्यटन मुख्‍य समाचार विचार समाचार समाज

फस्टाउँदै बुर्तिबाङको पर्यटन व्यवसाय

गलकोट बागलुङ, २४ चैत । जिल्लाको दोस्रो व्यापारिक केन्द्र हो बुर्तिबाङ बजार । व्यापारिक सटर खाली हुँदै बजार क्षेत्रको व्यवसाय धरासायी बन्दै गइरहेको सन्दर्भमा यहाँको बुर्तिबाङ बजार भने पर्यटकीय र व्यापारिक दुवै हिसाब चलायमान देखिएको छ । यहाँको पर्यटन व्यवसाय पछिल्लो समय फस्टाउँदो छ । नयाँ सहरका रूपमा विकसित भइरहेको बुर्तिबाङ बजार देशकै १० नमूना […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विचार समाचार समाज सूचना प्रविधि

अमेरिकामा आँधीमा परी १६ जनाको मृत्यु, सडक र भवनमा क्षति

२४ चैत, वासिङ्टन । संयुक्त राज्य अमेरिकाको मध्य–पूर्वी क्षेत्रमा आएको भीषण आँधीबेहरीका कारण कम्तीमा १६ जनाको मृत्यु भएको अधिकारीहरूले जनाएका छन् । राष्ट्रिय मौसम सेवाले शनिबार आँधीको चेतावनी जारी गरेको थियो । अर्कान्सासदेखि ओहायोसम्म फैलिएको आँधीबेहरीले भवनहरूमा क्षति पुर्‍याएको, सडकहरू बाढीमय भएको र हालैका दिनहरूमा दर्जनौँ चक्रवात उत्पन्न भएका छन्। टेनेसी राज्यको पश्चिमी भागमा १० […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आन्दोलनरत शिक्षकहरुलाई नियमित काममा फर्कने वातावरण बनाऔं : डा.शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आन्दोलनर शिक्षक तथा कर्मचारीलाई नियमित काममा फर्कने वातावरण निर्माण गर्न सरकारसँग माग गरेका छन् । विगत पाँच दिनदेखि राजधानी केन्द्रीत आन्दोलनमा रहेको नेपाल शिक्षक महासंघले अनिश्चितकालीन शैक्षिक हड्तालको घोषणा गरेपछि डा.कोइरालाको यस्तो प्रतिक्रिया आएको हो । ‘नेपाल शिक्षक महासङ्घको नेतृत्वमा नेपाली शिक्षक कर्मचारी अहिले सडक आन्दोलनमा छन्। सरकार […]