रौतहटसहित मधेश प्रदेशमा चैती छठको उल्लास : आज ‘नहाय–खाय’ गरिँदै
रौतहट । श्रद्धा, निष्ठा र लोक आस्थाको महापर्व चैती छठ आज (आइतबार) देखि रौतहटसहित मधेश प्रदेशका विभिन्न जिल्लामा विधिवत रूपमा सुरु भएको छ । चैत शुक्ल चतुर्थीदेखि सप्तमीसम्म चार दिनसम्म विभिन्न विधिपूर्वक मनाइने यस पर्वको पहिलो दिन आज व्रतालुहरूले ‘नहाय–खाय’ विधि सम्पन्न गर्दै छन् । पर्वको पहिलो दिन व्रतालुहरूले नजिकैको नदी, पोखरी वा जलाशयमा स्नान […]











