७ पुष २०८२, सोमबार
गण्डकी मुख्‍य समाचार समाचार

दब्ल्याङको पहिरो नियन्त्रण गर्न सुरु

गलकोट बागलुङ, ४ पुसः चार वर्षदेखि निरन्तर बग्दै आएको बागलुङ नगरपालिका १० स्थित दब्ल्याङको पहिरो नियन्त्रण गर्न थालिएको छ । बागलुङ१० भकुण्डेस्थित दब्ल्याङमा गएको पहिरोले जिल्लाका दक्षिणी क्षेत्रका दुई वटा सडक बगाएपछि पहिरो नियन्त्रण गर्न थालिएको हो । राष्ट्रिय गौरवको आयोजनाका रूपमा रहेको कालीगण्डकी करिडोर बागलुङ–कुश्मिसेरा बागलुङ सडकको दिगो समाधानका लागि रु तीन करोड खर्चेर […]

गण्डकी मुख्‍य समाचार समाचार

मुस्ताङको चैले र चराङमा ३३ केभिए सवस्टेसन निर्माण सुरु

मुस्ताङ, ४ पुसः यहाँका वारागुङ मुक्तिक्षेत्र(३ चैले र लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा विद्युत् सवस्टेसन निर्माण प्रक्रिया सुरु गरिएको छ । नेपाल विद्युत् प्राधिकरणअन्तर्गत नवलपुर ग्रामीण विद्युतीकरण तथा चैलेरचराङ मुस्ताङ ३३ केभी प्रसारण लाइन तथा सवस्टेसन निर्माण आयोजनाले यहाँ दुई वटा विद्युत् सवस्टेसन निर्माण सुरु गरेको हो । लोघेकर दामोदरकुण्ड गाउँपालिकाका अध्यक्ष लोप्साङ छोम्फेल विष्टको पहलमा […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

खेलमैदान संरक्षणका लागि दमौलीका युवा एकजुट

दमौली तनहुँ, ४ पुसः जिल्लास्थित व्यास नगरपालिका ३ विपी वनवाटिका खेलमैदान संरक्षणका लागि दमौलीका युवाहरू एकजुट भएका छन् । खेलमैदानमा विभिन्न बहानामा पटकपटक महोत्सव गर्न दिँदा खेलमैदान बिग्रिँदै गएपछि यहाँका युवा संरक्षणका लागि एकजुट भएका हुन् । खेलमैदान नहुँदा दमौलीमा खेलकुदका गतिविधि सञ्चालन गर्न कठिनाइ भइरहेको भन्दै खेलमैदानमा मेलारमहोत्सव गर्न नदिने भन्दै यहाँका युवाले व्यास […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाचार

मधेश प्रदेशका मुख्यमन्त्री यादवले आज विश्वासको मत लिँदै

जनकपुर । मधेश प्रदेशका नवनियुक्त मुख्यमन्त्री कृष्ण प्रसाद यादवले आज विश्वासको मत लिने भएका छन् । मुख्यमन्त्री यादवले आज दिउँसो ४ बजे मधेश प्रदेश सभाको बैठकमा विश्वासको मत लिन लागेका हुन । मंसिर १९ गते नेपाली कांग्रेसका संसदीय दलका नेता रहेका यादव ७ दलका ७७ जना प्रदेशसभा सदस्यको समर्थनमा मुख्यमन्त्रीमा नियुक्त भएका थिए । उनलाई […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, शुक्रबार तरकारी तथा फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले शुक्रबारका लागि कृषिउपजको न्यूनतम थोक मूल्य सार्वजनिक गरेको छ । जसअनुसार, आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ९० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) प्रतिकिलो १०० रुपैयाँ, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ६० रुपैयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा सानो (भारतीय) प्रतिकिलो ८५ रुपैयाँ, गोलभेँडा सानो (तराई) प्रतिकिलो […]

बागमती मुख्‍य समाचार समाचार

सप्तपाताल पोखरीका रक्षक पूर्ण बहादुर स्थापितको निधन

ललितपुर । ललितपुरको ऐतिहासिक सप्तपाताल पोखरी संरक्षण अभियानका अग्रणी अभियन्ता पूर्ण बहादुर स्थापितको बुधबार ८१ वर्षको उमेरमा निधन भएको छ। स्थापित लामो समयदेखि सम्पदा संरक्षण र सार्वजनिक पोखरीहरूको पुनर्जीवनका लागि सक्रिय थिए। विशेष गरी सप्तपाताल पोखरीको संरक्षणका लागि उनले कानुनी र सामाजिक स्तरमा निरन्तर संघर्ष गर्दै आएका थिए। पोखरीमा अतिक्रमण भएको जग्गा फिर्ता ल्याउन उनी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

जेनजी आन्दोलनका घाइतेहरूको वर्गीकरण गरिँदै

काठमाडौँ, ४ पुसः सरकारले गत भदौ २३ र २४ गतेको युवापुस्ता जेनजीद्वारा गरिएको प्रदर्शनमा घाइते भएकाहरूको वर्गीकरणलाई तीव्रताका साथ अघि बढाएको छ । जेनजी प्रदर्शनमा घाइते भएका व्यक्तिको अपाङ्गताको अवस्था तथा गम्भीरताको आधारमा आर्थिक सहायतासहित जीवन निर्वाहका लागि सहयोग उपलब्ध गराउने सन्दर्भमा मन्त्रिपरिषद्ले गत मङ्सिर २२ गते स्वीकृत गरेको कार्यविधिका आधारमा वर्गीकरणलाई तीव्रता दिइएको गृह […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले राष्ट्रियता, लोकतन्त्र र संविधानको रक्षामा अडिग छ : अध्यक्ष ओली

काठमाडौं । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले देशको अत्यन्तै असहज अवस्थामा पार्टीले राष्ट्रियता, लोकतन्त्र, शान्ति–सुव्यवस्था, सुशासन र विकासको झण्डा उठाएर आन्दोलन गरेको बताएका छन् । बिहीबार साँझ ११औँ महाधिवेशनको समापन समारोलाई सम्बोधन गर्दै उनले असंवैधानिक ढंगले विघटन गरिएको प्रतिनिधिसभा पुनःस्थापनाको मागसहित एमाले देशव्यापी आन्दोलनमा उत्रिएको उल्लेख गरे। उनले संविधान मिचिएको अवस्थामा त्यसलाई सही बाटोमा […]

बागमती मुख्‍य समाचार समाचार

आजको मौसम : लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहने

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज लुम्बिनी प्रदेश, कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेशमा पश्चिमी वायुको आंशिक प्रभाव रहेको छ । शुक्रबार अन्य भू–भागमा भने कुनै उल्लेखनीय मौसम प्रणालीको प्रभाव नरहेको महाशाखाले जनाएको छ । महाशाखाका अनुसार आज दिउँसो सुदूरपश्चिम प्रदेशको पहाडी भू–भागमा आंशिक बदली रही बाँकी भू–भागमा मौसम मुख्यतया सफा रहने छ । यस्तै, […]

मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

बाजुराको अनाई खोलामा निर्माणाधीन पक्की पुलको ९० प्रतिशत भौतिक प्रगति

बाजुरा । बाजुराको मार्तडी– कोल्टी सडकखण्डको बडीमालिका नगरपालिका ८ र ७ को बिचमा पर्ने अनाई खोलामा निर्माणधीन पक्की पुलको निर्माण कार्य अन्तिम चरणमा पुगेको छ । ठेक्का सम्झौता भएको दुई बर्ष भित्र उक्त पक्की पुलको निर्माण कार्य करिब अन्तिम चरणमा पुगेको हो। गत असार मसान्तसम्म पुलको निमार्ण कार्य सम्पन्न गर्ने लक्ष्य राखिए पनि बर्षातको समयमा […]

खेलकुद बागमती मुख्‍य समाचार समाचार

जेम्स थन्डरबोल्ट्स कप २०२५ सुरु, एक सयभन्दा बढी विद्यालयका ३५ सय खेलाडीको सहभागिता

काठमाडौं । देशभरीका एक सय सात विद्यालयका ३५ सय भन्दा बढी खेलाडीहरूको सहभागितामा तेस्रो थन्डर बोल्ट्स कप २०२५ विहीबारबाट जेम्स विद्यालयको खेल मैदानमा सुरु भएको छ । थन्डर बोल्ट्स कप २०२५ मा समूहगत तर्फ फुटबल, भलिवल, बास्केटबल, फुटसल र क्रिकेट तथा व्यक्तिगत तर्फ पौडी, आर्चरी, जुडो, तेक्वान्दो, टेबल टेनिस, टेनिस, ई–स्पोट्र्सका खेलहरु समावेश गरिएका छन्। […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमाले केन्द्रीय कमिटीको पहिलो बैठक आज बस्दै

काठमाडौं । नेकपा (एमाले)को केन्द्रीय कमिटीसहित पदाधिकारीहरूको बैठक आज बस्ने भएको छ । बैठक शुक्रबार दिउँसो १ बजे कार्की ब्यांक्वेटमा बस्ने तय भएको हो। यो बैठक हालै सम्पन्न एमालेको ११औँ महाधिवेशनबाट निर्वाचित नवनिर्वाचित केन्द्रीय कमिटीको पहिलो बैठक हो। आजको बैठकले पार्टीको आगामी कार्यक्रम, पोलिटब्यूरो र स्थायी कमिटी गठनका विषयमा छलफल गर्नेछ । तेस्रोपटक पार्टी अध्यक्षमा […]