८ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार समाचार

भोटेकोशी बाढी : तिब्बती अधिकार समुहद्वारा चीनसँग पारदर्शिता र जवाफदेहिताको माग

काठमाडौं । भोटेकोशीमा आएको भिषण बाढीपछि तिब्बती अधिकारकर्मी र वातावरणविद्हरूले चीनसँग पारदर्शिता कायम गर्न, सीमापार जलसम्बन्धी तथ्यांक समयमै सार्वजनिक गर्न र भविष्यमा यस्ता विपद् रोक्न जवाफदेही बन्न माग गरेका छन् । भारतको हिमाचल प्रदेशको धर्मशालामा मंगलबार आयोजित पत्रकार सम्मेलनमा अन्तर्राष्ट्रिय तिब्बत नेटवर्क (आइटिएन ) र स्टुडेन्ट्स फर अ फ्री तिब्बत–इन्डियाले तिब्बतको क्यिरोङ क्षेत्रमा भएको हिमताल […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

रास्वपा सभापति र चिनियाँ राजदूतबिच भेट

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछाने र नेपालका लागि चिनियाँ राजदूत माओ मिङबीच सभापतिको बुढानिलण्ठस्थित निवासमा आज दिउँसो भेटवार्ता भएको छ । भेटमा राजदूत मिङ्ले भोटेकोसी बाढीबाट भएको क्षतिबारे दुःख व्यक्त गरे । खोज, उद्दारदेखि पुनर्निर्माणसम्म नै नेपालको साथमा रहेको बताउँदै उनले नेपाललाई जुनसुकै ढङ्गबाट सहयोग गर्न चीन तयार रहेको जानकारी दिए । […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

दक्षिण एसियाकै पहिलो ग्लोकल टिन हिरो बने नेपाली युवा अटल देव ढकाल

काठमाडौं । नेपालका युवा जलवायु अभियन्ता तथा वातावरणविद् अटल देव ढकाल गोल्छा ग्रुप प्रस्तुत ग्लोकल टिन हिरो दक्षिण एसिया २०२६ को पहिलो क्षेत्रीय विजेता बनेका छन् । नेपाल, भारत, श्रीलंका, भुटान र बंगलादेशका राष्ट्रिय विजेताबीच मंगलबार ललितपुरस्थित द प्लाजामा सम्पन्न महाफाइनलमा ढकाललाई क्षेत्रीय उपाधि प्रदान गरिएको हो । आयोजकका अनुसार जलवायु कार्य, वातावरणीय न्याय र […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ । हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ । हाल कर्णाली र सुदूरपश्चिम प्रदेशमा अधिकांश बादल लागेको छ भने देशको अन्य भूभागमा साधारणतया बादल लागेको छ । लुम्बिनी र कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाढीको वितण्डापछि प्रहरीको चुनौती : शव व्यवस्थापनदेखि अपराध नियन्त्रणसम्म

काठमाडौं । बाढीको भेल रोकिए पनि त्यसले छाडेको मानवीय पीडा र चुनौती रोकिएको छैन । उद्धार र खोजी अभियानसँगै नेपाल प्रहरी अहिले पहिचान हुन नसकेका शव र मानव अङ्गको व्यवस्थापन, हजारौँ बेपत्ताको खोजी, विस्थापितका खाली घरको सुरक्षा तथा विपद्को नाममा हुनसक्ने अपराध र गलत सूचना नियन्त्रणको कठिन जिम्मेवारीमा जुटेको छ । अभूतपूर्व बाढीपछि उद्धार र […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

बाढी प्रभावित क्षेत्रमा खोज, उद्धारसँगै पुनःस्थापनामा सरकार केन्द्रित : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री वालेन शाहले रसुवाको भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि सरकार खोज, उद्धार र राहत वितरणसँगै पुनःस्थापनातर्फ अघि बढेको बताएका छन् । मंगलबार साँझ सामाजिक सञ्जालमार्फत सम्बोधन गर्दै प्रधानमन्त्री शाहले बाढी प्रभावित नागरिकको जीवनरक्षा, स्वास्थ्य उपचार र मनोपरामर्शलाई प्राथमिकता दिँदै पुनःस्थापनाको काम अघि बढाइएको जानकारी दिए । आवश्यकताअनुसार प्रभावित क्षेत्रमा खोज, उद्धार र राहतका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रतिनिधिसभाको बैठक बस्दै, यस्तो छ कार्यसूची

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बुधबार दिउँसो १ बजे सिंहदरबारमा बस्ने भएको हो । बैठकमा सभामुख डोलप्रसाद अर्यालले भोटेकोशी बाढी र त्यसले पुर्‍याएको क्षतिका सम्बन्धमा ‘विशेष प्रस्ताव’ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । सभामुख अर्यालले भोटेकोशी बाढीका कारण भएको ठुलो जनधनको क्षतिप्रति बैठकमा गहिरो दुःख प्रकट गर्नेछन् । उक्त प्राकृतिक […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाढी प्रभावित क्षेत्रमा प्रविधिसहित झन्डै ८ हजार प्रहरी तैनाथ, अस्पताल र विमानस्थलमा फोकल डेस्क

  काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीपछि प्रभावित क्षेत्रमा नागरिकको खोजी, जनधनको सुरक्षा, उद्धार तथा राहत व्यवस्थापनका लागि सरकारले मंगलबारसम्म ७,९९२ संख्यामा प्रहरी परिचालन गरेको छ । प्रभावित क्षेत्रका बहुआयामिक समस्याहरू सम्बोधन गर्न र सम्भावित विपद्जन्य जोखिम न्यूनीकरण गर्न विभिन्न प्रदेश तथा युनिटहरूबाट ठूलो संख्यामा प्रहरी टोली खटिएका छन् । खटिएका प्रहरीमध्ये प्रहरी प्रधान […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भोटेकोशी बाढीपीडितका लागि कर्णाली सरकारले दुई करोड दिने

सुर्खेत । कर्णाली प्रदेश सरकारले रसुवाको भोटेकोशी बाढीबाट प्रभावित नागरिकको राहत, उद्धार, पुनस्र्थापना तथा क्षतिग्रस्त संरचनाको पुनर्निर्माणका लागि प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा दुई करोड रुपैयाँ सहयोग गर्ने निर्णय गरेको छ । कर्णाली प्रदेश सरकारको आज बसेको मन्त्रिपरिषद् बैठकले बाढी प्रभावित क्षेत्रमा राहत तथा उद्धारका साथै पुनस्र्थापना, पुनर्निर्माण र विपद् व्यवस्थापनका लागि प्रदेश सरकारका तर्फबाट […]

बागमती मुख्‍य समाचार

देश एउटै, मानवता फरक

देश एउटै, देशभित्रका अवस्था फरक। मानिसको रगत एउटै, तर मानिसका दृष्टिकोण फरक। एउटै देश कतै बाढीले थिलथिलो भएर बिथोलिन्छ, कतै कसैको घर–आँगन उजाडिन्छ, तर यही देशका मानिसको मानवता किन फरक हुन्छ? यस्तो परिस्थिति आउँदा मानिस भाइरल हुन भ्याइ–नभ्याई गर्छन्, तर देश एउटै, मानिसका मनसाय फरक। सहयोग गर्ने मनसाय हो कि अरू कुनै स्वार्थको आशय? यही […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भोटेकोशी बाढी : ९८७ जनाको शव फेला, ११ हजार ८१४ जनाको उद्धार 

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढी तथा त्यसबाट विभिन्न जिल्लामा पुगेको क्षतिका कारण हालसम्म ९८७ जनाको मानवीय क्षति भएको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार करिब ३ हजार ९१६ जना अझै सम्पर्कविहीन छन् । प्राधिकरणले सार्वजनिक गरेको बिहान ९ बजेसम्मको खोज, उद्धार तथा राहतसम्बन्धी अपडेट अनुसार विभिन्न जिल्लाबाट ठूलो संख्यामा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाढीमा ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाउनुपर्ने प्रक्रिया सार्वजनिक

काठमाडौं । नेपालस्थित भारतीय दूतावासले अगस्ट २६ मा आएको बाढीमा परी ज्यान गुमाएका भारतीय नागरिकको शव पहिचानका लागि अपनाउनुपर्ने प्रक्रिया सार्वजनिक गरेको छ। दूतावासले मृतकका आफन्तलाई तस्बिर वा डीएनए प्रोफाइल उपलब्ध गराएर शव पहिचान प्रक्रियामा सहजीकरण गर्न आग्रह गरेको छ। भारतीय दूतावासका अनुसार मृतकका आफन्तले नेपाल प्रहरीको वेबसाइटमा राखिएका शवका तस्बिर तथा विवरणका आधारमा शव […]