३१ श्रावण २०८३, आईतवार
मुख्‍य समाचार समाचार समाज

‘क्रिसमस डे’ले राष्ट्रिय एकतालाई सुदृढ बनाउँछ : राष्ट्रपति पौडेल

९ पुस, काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले इसाई धर्मावलम्बीको पर्व ‘क्रिसमस डे’का अवसरमा सम्पूर्ण इसाई धर्मावलम्बीमा सुख, शान्ति एवं सुस्वास्थ्यको कामना गरेका छन् । ‘क्रिसमस डे’ का अवसरमा शुभकामना दिंदै उनले आज यस पर्वले राष्ट्रिय एकतालाई थप मजबुत तथा सुदृढ बनाउन सहयोग पुग्ने विश्वास लिएको बताएका छन् । राष्ट्रपति पौडेलले चाडपर्वको माध्यमबाट विविध सांस्कृतिक पहिचान […]

समाचार समाज

आज ‘क्रिसमस डे’ मनाइँदै, शहरमा रौनक

९ पुस, काठमाडौं । नेपालसहित विश्वभरका क्रिश्चियन धर्मावलम्बीहरूले आज ‘क्रिसमस डे’ पर्व मनाउँदैछन् । अङ्ग्रेजी क्यालेन्डर अनुसार हरेक वर्ष २५ डिसेम्बरमा येशु ख्रिष्टको जन्मदिनको खुशियाली मनाउने परम्पराअनुसार क्रिश्चियन धर्मालम्बीले आज क्रिसमस मनाउन लागेका हुन् । दुई हजार वर्षअघि जेरुसेलमको बेथलेहममा कन्या मारियमको कोखबाट येशुको जन्म भएको मानिन्छ । येशुलाई जिसस क्राइस्ट पनि भनिन्छ । उनले […]

अर्थ

विद्युत् प्राधिकरणले काट्यो थप दुई उद्योगको बिजुली

८ पुस, काठमाडौँ । डेडिकेटेड र ट्रङ्क लाइन महसुल नबुझाएको जनाउँदै नेपाल विद्युत् प्राधिकरणले आज पुनः दुई उद्योगको बिजुली काटेको छ । प्राधिकरणको परासी वितरण केन्द्रले आज सर्वोत्तम सिमेन्ट र लक्ष्मी स्टिलको लाइन काटेको हो । प्राधिकरणका अनुसार सर्वोत्तम सिमेन्टले रु ८५ करोड र लक्ष्मी स्टिलले रु ६२ करोड बराबरको बक्यौता तिर्न बाँकी छ । […]

समाचार समाज

डब्लूएचओले भन्यो : कोभिडको नयाँ भेरियन्ट फैलिँदो छ, सतर्कता अपनाउनू

८ पुस, काठमाडौं । कोभिड-१९ र यसको नयाँ भेरियन्ट ‘जेएन.१’ तथा इन्फ्लुयन्जाको संक्रमण बढिरहेको भन्दै विश्व स्वास्थ्य संगठन (डब्लूएचओ) ले सतर्कता अपनाउन आग्रह गरेको छ । दक्षिण पूर्वी एसियाली देशहरुमा यसको संक्रमणका कारण श्वासप्रश्वाससम्बन्धी रोगहरु बढिरहेको भन्दै डब्लूएचओले त्यस्तो संक्रमणबारे सजग रहन र सुरक्षाका उपायहरु अपनाउन आग्रह गरेको हो । ‘कोभिड-१९ भाइरस विश्वव्यापी रुपमा फैलिइरहेको […]

राजनीति

लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीको निलम्बन फुकुवा भएको छ । उनी १९ वैशाख २०८० मा निलम्बनमा परेका थिए । आइतबार उनको निलम्बन फुकवा भएको हो । २०७७ सालमा उच्च अदालत जनकपुरले सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या अभियोग लागेका  फौजदारी अभियोगमा पुर्पक्षका लागि जेल चलान गर्नुपर्ने सजाय सुनाएदेखि फरार […]

मुख्‍य समाचार राजनीति

कार्यसूचीमै प्रवेश भएन संसदीय समितिको बैठक

८ पुस, काठमाडौँ । कानुन, न्याय तथा मानवअधिकार समितिको आजको बैठक कार्यसूचीमै प्रवेश नगरी स्थगित भएको छ । बैठकमा केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयकको सम्बन्धमा संशोधनकर्तासँग छलफल गर्ने कार्यक्रम थियो । सबै संशोधनकर्ता सदस्यलाई आगामी एउटै बैठकमा बोलाएर सम्पूर्णको भावना सुन्नुपर्छ भन्नेमा मतैक्यता भएपछि बैठक स्थगित भएको नेपाली कांग्रेसका प्रमुखसचेतक रमेश लेखकले जानकारी […]

मुख्‍य समाचार समाचार समाज

पदमार्गलाई जोड्दै बतासे झर्ना, पर्यटक आकर्षक

८ पुस, कञ्चनपुर । गतिलो पदमार्ग नहुँदा विगतमा पर्यटकले घाँसका बोट समातर पहाड उक्लिदै शुक्लाफाँटा नगरपालिका–८ स्थित बतासे झर्ना पुग्ने गर्दथे । अहिले यस क्षेत्रमा पदमार्ग निर्माण गरिएपछि पर्यटकलाई गन्तव्यमा पुग्न निकै सहज भएको छ । ढुङ्गा विच्छ्याएर पदर्माग निर्माण गरिएको छ । पहाडमाथि उक्लिने ठाउँमा ढुङ्गाका खुट्किला निर्माण गरिएका छन् । तेर्सो बाटोमा सहज […]

मुख्‍य समाचार समाचार समाज

निकुञ्जका भाले हात्ती आक्रामक, त्रासमा स्थानीय

८ पुस, चितवन । चितवन राष्ट्रिय निकुञ्जमा समूहबाट अलग भएका चारवटा भाले हात्ती यतिबेला बढी आक्रामक बनेका छन् । निकुञ्जमा रहेका ध्रुवे, गोविन्दे, रोनाल्डो र मकुना हात्तीले निकुञ्ज र आसपासका बस्तीमा त्रास बढाएका छन् । निकुञ्जका सूचना अधिकारी गणेशप्रसाद तिवारीका अनुसार निकुञ्जमा रहेका यी हात्तीमध्ये ध्रुवेले जगतपुर, माडी र निकुञ्जको पश्चिम क्षेत्रमा त्रास बढाएको छ […]

अर्थ

विद्युतीय गाडीको आयात तीन गुणाले बढ्यो

८ मंसिर, काठमाडौं । सरकारले विद्युतीय गाडीमा प्रोत्सानको नीति लिएपछि त्यसको आयातमा झण्ढै ३ गुणाले वृद्धि भएको छ । भन्सार विभागकाअनुसार चालु आर्थिक वर्षको ५ महिनामा नेपालले ३ वटा फरक फरक इन्जिन क्षमताका ३ हजार ६७५ थान विद्युतीय कार, जीप र भ्यान आयात गरेको छ । जसको लागत ९ अर्ब २ करोड ९४ लाख ३३ […]

मुख्‍य समाचार सूचना प्रविधि

यसरी चलाउनहोस् २ वटा फोनमा एउटै ह्वाट्सएप अकाउन्ट

८ पुस, काठमाडौं । परिवार तथा साथीहरुसँग जोडिनका लागि प्रसस्तै विकल्पहरु उपलब्ध भएको सर्वाधिक लोकप्रिय मेसेजिंग एप मध्येको एक हो ह्वाट्सएप । सन् २०२१ मै ह्वाट्सएपले मल्टिपल डिभाइस फिचर थप गरेको थियो, जसमा प्रयोगकर्ताहरुले एउटा ह्वाट्सएप अकाउन्टलाई फोनसहित अन्य डिभाइसमा पनि प्रयोग गर्न सक्दछन् । तर, यो फिचरको एउटा सीमा थियो । मल्टिपल डिभाइसको भनिए […]

समाचार समाज

निलम्बन फुकुवा माग गर्दै सांसद कोइरीले दिए निवेदन

८ पुस, काठमाडौं । नेकपा एमालेका सांसद लक्ष्मी महतो कोइरीले आफ्नो निलम्बन फुकुवा माग गर्दै संघीय संसद सचिवालयमा निवेदन दिएका छन् । मधेश आन्दोलनमा सशस्त्र प्रहरी बलका असई थमन बिकको हत्या आरोपमा पुर्पक्षका लागि थुनामा पठाउने आदेश दिएपछि फरार रहेका कारण महोत्तरी–१ बाट निर्वाचित कोइरी हाल निलम्बित अवस्थामा छन् । २८ मंसिरमा महोत्तरी जिल्ला अदालतले […]

मुख्‍य समाचार राजनीति

सर्वोच्चमा मुख्य रजिष्ट्रार पद रिक्त, को को छन् दाबेदार ?

८ पुस, काठमाडौं । लालबहादुर कुँवर उच्च अदालतको न्यायाधीश नियुक्त भएसँगै सर्वोच्च अदालतको मुख्य रजिष्ट्रार पद रिक्त भएको छ । न्यायपरिषदले सोमबार कुँवरलाई उच्च अदालतको न्यायाधीशमा सिफारिस गरी उच्च अदालत पाटनमा कार्यक्षेत्र समेत तोकिसकेको छ । न्यायपरिषदले आइतबार नै सर्वोच्च अदालतका रजिष्टार निर्मला पौडेललाई पनि उच्च अदालतको न्यायाधीशमा सिफारिस गरेको छ । परिषदको यो निर्णयसँगै […]