८ आश्विन २०८३, बिहीबार
मुख्‍य समाचार राजनीति समाचार

राहत कुहिने, जनता भोकै बस्ने अवस्था किन आयो : एमाले प्रचार प्रमुख आचार्य

काठमाडौं । नेकपा एमालेका प्रचार तथा प्रकाशन विभाग प्रमुख निरज आचार्यले विपद्पछिको राहत वितरण भद्रगोल भएको बताएका छन् । उनले नदीपारिका नागरिक राहतको अभावमा भोकै बस्नुपर्ने तर नदीवारी राहत सामग्री कुहिएर गन्हाउने अवस्था देखिएको भन्दै राज्यको विपद् व्यवस्थापन प्रणालीप्रति प्रश्न उठाएका छन् । आचार्यले सामाजिक सञ्जाल फेसबुकमा लेख्दै सरकारले लागू गरेको भनिएको ‘एकद्वार प्रणाली’ प्रभावकारी […]

मुख्‍य समाचार राजनीति समाचार

जलवायु परिवर्तनको क्षतिपूर्तिको लडाइँमा विश्व समुदायले साथ दिनुपर्छ : महासचिव पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले भोटेकोशी बाढीको समस्या उत्पन्न गर्नेहरूले नेपाललाई क्षतिपूर्ति तिर्नुपर्ने बताएका छन् । एमाले विशेष संगठन कमिटीले शनिबार केन्द्रीय कार्यलय च्यासलमा आयोजना गरेको रक्तदान कार्यक्रममा बोल्दै महासचिव पोखरेलले औद्योगिक राष्ट्रहरूले सृजना गरेको समस्याका कारण अनाहकमा हजारौँ नेपालीले ज्यान गुमाउनु परेको दुखान्तको न्यायपूर्ण निरुपण हुनुपर्ने उनले माग गरेका छन् । ‘विकसित देशहरूले […]

मुख्‍य समाचार राजनीति समाचार

मानव बेचबिखनविरुद्ध अभियानमा सबैको ऐक्यबद्धता आवश्यक : मन्त्री बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले मानव बेचबिखन तथा ओसारपसारमुक्त, सुरक्षित, मर्यादित र न्यायपूर्ण समाज निर्माणका लागि सबै पक्षको सक्रिय सहभागिता र ऐक्यबद्धता आवश्यक रहेको बताएकी छन् । मानव बेचबिखन तथा ओसारपसारविरुद्धको २०औँ राष्ट्रिय दिवस–२०८३ का अवसरमा शुभकामना सन्देश जारी गर्दै मन्त्री बादीले संघ, प्रदेश र स्थानीय […]

मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणमा सबै तहका सरकार जिम्मेवार

काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले मानव बेचबिखन तथा ओसारपसारमुक्त समाज निर्माणका लागि संघ, प्रदेश र स्थानीय तहसहित सबै सरोकारवालाबीच सहकार्य आवश्यक रहेको जनाएका छन् । मानव बेचबिखनविरुद्धको २०औँ राष्ट्रिय दिवसका अवसरमा शुभकामना सन्देश जारी गर्दै प्रधानमन्त्री शाहले मानव बेचबिखन मानवसभ्यताकै कलङ्कका रूपमा रहेको र संगठित अपराधका रूपमा विश्वभर फैलिरहेको उल्लेख गरे । ‘प्रविधिको सही प्रयोग […]

अर्थ मुख्‍य समाचार

भोटेकोशी बाढी : उद्धार, राहत र विद्युत् पुन:स्थापनामा जुट्यो मन्त्रालय

काठमाडौं । भोटेकोशी नदीमा आएको विनाशकारी बाढीबाट प्रभावित क्षेत्रमा उद्धार, राहत तथा विद्युत् आपूर्ति पुन:स्थापनाको कार्य उच्च प्राथमिकताका साथ जारी छ । माथिल्लो त्रिशूली–३ ए आयोजनाको सुरुङबाट दुई जना कर्मचारीको सफल उद्धार भएको छ। नेपाली सेना, भारतीय सेना, चिनियाँ तथा कोरियन विज्ञ र आयोजनाका प्राविधिकहरूको संयुक्त टोलीबाट सुरुङभिक्र रहेका अन्य व्यत्तिको खोज तथा उद्धार कार्य […]

मुख्‍य समाचार विशेष समाचार समाचार समाज

विपत्तिमा राजनीति होइन, उदार नीति प्रदर्शन गरौँ

डा.रुद्रनाथ अधिकारी / भाद्र १७ गते संसद्मा देखिएको दृश्यले मन भारी बनायो । देशका नागरिक विपत्तिको पीडामा छन् । कतै घर उजाडिएका छन्, कतै परिवार विखण्डित भएका छन्, कतै आफन्त गुमाएका छन्, कतै जीवनभरको सम्पत्ति आँखैअगाडि माटोमा पुरिएको छ । यस्तो विषम घडीमा संसद् जनताको पीडा, आशा र भरोसाको आवाज बन्नुपर्ने थियो । तर कतिपय […]

अर्थ मुख्‍य समाचार

यस्तो छ आजका लागि विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । राष्ट्र बैंकका अनुसार अमेरिकी डलर एकको खरिददर १५० रुपैयाँ ८८ पैसा र बिक्रीदर १५१ रुपैयाँ ४८ पैसा निर्धारण गरिएको छ । युरोपियन युरो एकको खरिददर १७५ रुपैयाँ २९ पैसा र बिक्रीदर १७५ रुपैयाँ ९९ पैसा, युके पाउन्ड स्ट्रलिङ एकको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाढी प्रभावितको स्थायी पुनर्स्थापना सरकारको प्राथमिकतामा राखेको छ : मन्त्री बादी

काठमाडौं । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादीले बाढी प्रभावित नुवाकोटका विभिन्न क्षेत्रको स्थलगत अनुगमन गर्दै प्रभावित नागरिकको सुरक्षा, संरक्षण तथा स्थायी पुनर्स्थापनालाई सरकारले प्राथमिकतामा राखेको बताएकी छन् । मन्त्री बादीले विदुर–४ स्थित युनाइटेड आधारभूत विद्यालय तथा तल्लो पिपलटारमा सञ्चालित होल्डिङ सेन्टरको निरीक्षण गरी प्रभावित नागरिकको आवास, स्वास्थ्य, खाद्यान्न […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भोटेकोशी बाढी पीडितका तस्वीर–भिडियो सार्वजनिक गर्दा संवेदनशील बन्न सञ्चारमन्त्रीको आग्रह

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. विक्रम तिमिल्सिनाले भोटेकोशी बाढीबाट प्रभावित नागरिकको पीडा र संवेदनशील अवस्थालाई समाचारको विषय बनाउँदा मानवीय मर्यादा, गोपनीयता र सुरक्षाको पूर्ण सम्मान गर्न सञ्चारमाध्यम तथा पत्रकारहरूलाई आग्रह गरेका छन् । भोटेकोशी बाढीपछि नुवाकोट र रसुवाका होल्डिङ सेन्टरमा सुत्केरी महिला, बालबालिका, परिवारका सदस्य गुमाएका व्यक्ति तथा अन्य संवेदनशील अवस्थामा रहेका नागरिकहरूले आश्रय […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

ओलीले भने– राहत र उद्धारसँगै पुनर्निर्माणमा पनि जोड दिनुपर्छ

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बाढीपहिरो प्रभावित क्षेत्रमा राहत र उद्धारसँगै पुनर्निर्माणको कामलाई पनि अघि बढाउनुपर्ने बताएका छन् । शुक्रबार पार्टी केन्द्रीय कार्यालय च्यासलमा रसुवाका बाढीपीडितका लागि राहत सामग्री हस्तान्तरण गर्दै अध्यक्ष ओलीले विपद्का बेला सबैले सहयोगी हात बढाउनुपर्नेमा जोड दिए । उनले प्रभावित क्षेत्रमा प्रदेश सरकार, विभिन्न प्रदेशसभा तथा दाताहरूबाट सहयोग […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर मनाइँदै

काठमाडौं । वैदिक सनातन धर्मावलम्बीले भगवान् श्रीकृष्णको पूजाआराधना गरी ‘श्रीकृष्ण जन्माष्टमी’ पर्व आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाउँदैछन् । भगवान् श्रीकृष्णको जन्मदिवसका रूपमा मनाइने जन्माष्टमीका अवसरमा देशभरका कृष्ण मन्दिरमा भक्तजनको भीड लाग्ने गरेको छ । भक्तजनले बिहानैदेखि मन्दिरमा पुगेर पूजा, आराधना तथा दर्शन गर्ने गर्दछन् । धार्मिक मान्यताअनुसार श्रीकृष्णको जन्म भाद्र कृष्ण अष्टमीका दिन मथुरास्थित […]

बागमती मुख्‍य समाचार समाचार

विपत्ति र चुनौतीमा धैर्य र कर्मको परीक्षा हुन्छ : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले श्रीकृष्ण जन्माष्टमीको अवसरमा शुभकामना व्यक्त गरेका छन् । शुक्रबार सामाजिक सञ्जालमार्फत शुभकामना दिँदै प्रधानमन्त्री शाहले विपत्ति र चुनौतीले मानिसको धैर्य र कर्मको परीक्षा लिने बताएका छन् । उनले लेखेका छन्, ‘विपत्ति र चुनौतीहरू आउँछन्, जसले हाम्रो धैर्य र कर्मको परीक्षा लिन्छन्, यस्तो बेला पूर्ण निष्ठाका साथ आफ्नो भूमिका निभाउनु नै […]