२५ श्रावण २०८३, सोमबार
अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाचार

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले दिए राजीनामा

भारतका केन्द्रीय शिक्षामन्त्री धर्मेन्द्र प्रधानले शनिबार आफ्नो पदबाट राजीनामा दिएका छन् । उनले प्रधानमन्त्री नरेन्द्र मोदीलाई राजीनामा बुझाएको जानकारी दिँदै परीक्षा अनियमितताका विषयमा भइरहेको आन्दोलनबाट सिर्जित अवस्थालाई ‘राष्ट्रविरोधी शक्तिहरूले’ दुरुपयोग गर्न नपाओस् भन्ने उद्देश्यले आफूले यो निर्णय गरेको बताएका छन् । सामाजिक सञ्जाल एक्समा सार्वजनिक गरिएको राजीनामा पत्रमा प्रधानले लेखेका छन्,‘जन्तर मन्तर र देशका अन्य […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार विशेष समाचार

राहुल गान्धीको टिप्पणीः ‘मोदी भारतका विगत हुन, आन्दोलनरत विद्यार्थी भविष्य हुन’

काठमाडौं । भारतीय राष्ट्रिय कांग्रेसका नेता तथा लोकसभा प्रतिपक्षी दलका नेता राहुल गान्धीले जारी निट परीक्षा विवाद र विद्यार्थी आन्दोलनलाई लिएर प्रधानमन्त्री नरेन्द्र मोदीमाथि कडा आलोचना गरेका छन् । उनले प्रधानमन्त्री मोदीलाई भारतको ‘विगत’ र आन्दोलनरत विद्यार्थीलाई देशको ‘भविष्य’ को संज्ञा दिएका छन् । शनिबार सञ्चारकर्मीहरुसँग कुरा गर्दै गान्धीले सरकारको सम्पूर्ण प्रणालीले युवालाई निशाना बनाइरहेको […]

अर्थ बागमती मुख्‍य समाचार समाचार

नबिल बैंकलाई ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड

काठमाडौं । नबिल बैंकले इन्डियन चेम्बर अफ कमर्स (आइसीसी) ले प्रदान गर्ने ‘बेस्ट कमर्सियल बैंकिङ’ अवार्ड प्राप्त गरेको छ । भारतको नयाँ दिल्लीमा शुक्रबार आयोजित ‘चौथो इमर्जिङ एसिया बैंकिङ कन्क्लेभ एण्ड अवाड्र्स–२०२६’ मा बैंकका सञ्चालक मलय मुखर्जीले उक्त सम्मान ग्रहण गरेका हुन् । बैंकले ग्राहकको विश्वास, कर्मचारीको समर्पण तथा सरोकारवालाहरूको निरन्तर सहयोगका कारण यो उपलब्धि […]

मुख्‍य समाचार समाचार सुदूरपश्चिम

डा.केसीको स्वास्थ्य अवस्था जटिल, आइसीयूमा सारियो

धनगढी । बिहीबारदेखि धनगढीस्थित श्रीकृष्ण मन्दिरको धर्मशालामा सत्याग्रह थालेका डा.गोविन्द केसीको स्वास्थ्य अवस्था जटिल बनेपछि सेती अस्पतालको आइसीयूमा सारिएको छ । उनका स्वास्थ्य सहयोगी डा.अमृत जैसीका अनुसार केसीको सुगर लेवल घटेको छ । ‘रगतमा सुगर लेवल ४९ मा झरेको छ,’ जैसीले भने, ‘प्रेसर पनि एकसयमा झरेको छ । पोटासियम पनि कम भएको छ ।’ डा.केसीले […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मधेस प्रदेशका कम्तीमा १० पालिका केन्द्रित कार्यक्रममार्फत किसानको खेतसम्म सेवा पुर्याइने : मन्त्री चौधरी

धनुषा । कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधरीले कृषि अनुसन्धान, प्रविधि हस्तान्तरण र प्राङ्गारिक खेतीलाई प्राथमिकतामा राख्दै किसानको खेतसम्म प्रत्यक्ष सेवा पु¥याउने गरी कम्तीमा १० वटा पालिकालाई नमूना कार्यक्रमका रूपमा छनोट गरी कार्यान्वयन गरिने बताएकी छिन् । मधेश प्रदेशका मुख्यमन्त्री कृष्णप्रसाद यादवसँगको शिष्टाचार भेट तथा संघ–प्रदेश समन्वय सम्बन्धी उच्चस्तरीय बैठकलाई सम्बोधन गर्दै मन्त्री चौधरीले […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

इतिहास संरक्षण नगरे आन्दोलनको योगदान हराउँछ : सहसंयोजक नेपाल

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधवकुमार नेपालले कम्युनिष्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै नयाँ ऊर्जा र दृढ संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्। शनिबार नेपाल कम्युनिष्ट पार्टीका संस्थापक नरबहादुर कर्माचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले संस्थापक नेताहरूको योगदानलाई नयाँ पुस्तासम्म पु¥याउन इतिहासको संरक्षण अपरिहार्य रहेको बताए। उनले पुष्पलाल स्मृति प्रतिष्ठान परिसरमा रहेको […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार

जनयुद्धको तयारी गर्दा नरबहादुर कर्मचार्यसँग धेरै सल्लाह भएको थियो : प्रचण्ड

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल प्रचण्डले कम्युनिस्ट आन्दोलनलाई पुनः एकताबद्ध गर्दै राष्ट्रिय स्वाधीनताको रक्षा र देशको नेतृत्व गर्ने संकल्पका साथ अघि बढ्नुपर्ने बताएका छन्। शनिबार नेपाल कम्युनिस्ट पार्टीका संस्थापक नेता नरबहादुर कर्मचार्यको १३औँ स्मृति दिवसका अवसरमा आयोजित कार्यक्रममा बोल्दै उनले नरबहादुर कर्मचार्य जीवनभर वर्ग, विचार र क्रान्तिप्रति इमानदार, निष्ठावान र सरल व्यक्तित्वका […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चुरा, पोते र टिका आयातमा वर्षेनी ५३ करोडभन्दा बढी रुपैयाँ विदेशिँदै

काठमाडौं । साउन महिना सुरु भएसँगै नेपाली महिलाहरूको गला पोते र नाडी हरिया तथा पहेँला चुराले सजिने गर्दछन् । हिन्दु धर्मावलम्बी महिलाहरूका लागि साउन केवल एउटा महिना मात्र नभएर प्रकृति र संस्कृतिको संगम पनि हो । विशेषगरी प्रकृतिसँग एकाकार हुन हरियो पहिरन र श्रृंगारका सामग्री लगाउने यो परम्परा जति सुन्दर छ, यसको आर्थिक पाटो भने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सांसद गणेश पौडेलमाथि मसी प्रहारको रास्वपा संसदीय दलद्वारा भत्र्सना,दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नं. ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार र दुव्र्यवहारको घटनाप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिमा मिति साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि गरिएको कालो मसी प्रहार तथा […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

मन्त्री रावल र चिनियाँ राजदूतबीच शिष्टाचार भेटवार्ता

काठमाडौँ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलले नेपालका लागि चीनका राजदूत झाङ माओमिङसँग शिष्टाचार भेटवार्ता गरेकी छन्। मन्त्रालयमा भएको भेटका क्रममा नेपाल–चीन द्विपक्षीय सहयोगका विविध विषयमा छलफल भएको थियो। विशेषगरी चीनको स्वशासित क्षेत्र सिजाङ सरकारको सहयोगमा सञ्चालित नेपाल सहायता परियोजना, सिभिल अस्पतालको स्तरोन्नति, उक्त अस्पतालमा क्यान्सर उपचारका लागि कार–टी सेल […]

बागमती मुख्‍य समाचार समाज

हरिशयनी एकादशी :तुलसीको बिरुवा सार्ने र चतुर्मास व्रत सुरु हुने दिन

काठमाडौं । प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन मनाइने हरिशयनी एकादशी आज देशभर श्रद्धा र भक्तिपूर्वक मनाइँदै छ। आजकै दिनदेखि घर–घरमा तुलसीको बिरुवा तुलसीको मठमा सारेर चार महिनासम्म विशेष पूजा–आराधना गर्ने परम्परा सुरु हुन्छ। सनातन वैदिक परम्पराअनुसार एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिन रोपिएको तुलसीको बिरुवा आज मठमा सारिन्छ। तुलसीलाई भगवान् विष्णुको प्रतीकका रूपमा पूजा […]

बागमती मुख्‍य समाचार विशेष समाचार

गण्डकी, लुम्बिनी र कर्णालीका पहाडी क्षेत्रमा भारी वर्षाको सम्भावना

काठमाडौं । देशभर मनसुनी वायु सक्रिय रहेकाले आज पनि विभिन्न स्थानमा वर्षाको सम्भावना रहेको छ। जल तथा मौसम विज्ञान विभाग, मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा नेपालको पश्चिमी भूभागमा सरदरभन्दा उत्तरतर्फ तथा पूर्वी भूभागमा सरदर स्थानकै आसपास रहेकाले मौसममा यसको प्रभाव देखिएको हो। हाल देशभर सामान्यदेखि पूर्ण बदली रहेको छ। कोशी, बागमती, गण्डकी, लुम्बिनी, […]