२२ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ आजको तरकारी र फलफूलको थोक मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बिहीबार) का लागि विभिन्न कृषिउपजको अधिकतम थोक मूल्य निर्धारण गरेको छ ।     समितिको दैनिक मूल्य सुचि अनुसार तरकारीतर्फ, गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७० रुपैयाँ, गोलभेँडा ठूलो (भारतीय) ७० रुपैयाँ, र गोलभेँडा सानो (लोकल) ३९ रुपैयाँ तोकिएको छ । टनेलको सानो गोलभेटाको मूल्य प्रतिकिलो […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

आइसिसी विश्वकप लिग—२ : नेदरल्यान्ड्सविरुद्ध नेपाल विजयी

काठमाडौं । आइसिसी विश्वकप लिग—२ अन्तर्गत नेदरल्यान्ड्ससँग भएको खेलमा नेपाल विजयी भएको छ ।     बुधबार स्कटल्यान्डको डुन्डेस्थित फोर्थहिल क्रिकेट मैदानमा भएको खेलमा नेपालले नेदरल्यान्डसलाई पाँच विकेटले पराजित गर्दै विजयी भएको हो ।     नेदरल्यान्डसले दिएको २२६ रनको लक्ष्य नेपालले ४७ दशमलव एक ओभरमा पाँच विकेट गुमाउँदै पूरा गरेको थियो ।     […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

अबको बजेट महिला मैत्री हुने : मन्त्री जयसवाल

जनकपुर । मधेश प्रदेशका खेलकुद तथा समाज कल्याण मन्त्री प्रमोद जयसवालले प्रदेश सरकार महिला सशक्तिकरण, उद्यमशीलता प्रवद्र्धन र समग्र विकासमा केन्द्रित नीति तथा कार्यक्रम ल्याउने तयारीमा रहेको बताएका छन् ।     जनकपुरधाममा आयोजित तरकारी तथा बाख्रा क्षेत्रमा संवेदनशील मूल्य श्रृंखला प्रमाणीकरण कार्यक्रममा उनले महिलालाई लक्षित योजनाहरूलाई आगामी बजेटमा विशेष प्राथमिकता दिइने जानकारी दिए । […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राज्य व्यवस्था तथा सुशासन समितिको बैठक बस्दै

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको राज्य व्यवस्था तथा सुशासन समितिको पचहत्तरौँ बैठक आज बस्ने भएको छ ।   बिहिबार बैठक बिहान साढे ८ बजे सिंहदरबारमा बस्ने भएको हो ।   आजको बैठकमा नेपाल नागरिकता ऐन,२०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरिने कार्यसूची रहेको छ ।         […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

वातावरण विनासको मुख्य कारक मानव समुदाय हो : प्रदेश प्रमुख देवकोटा

काठमाडौं । बागमती प्रदेशका प्रदेश प्रमुख दीपक प्रसाद देवकोटाले वातावरण विनासको मुख्य कारक मानव समुदाय रहेको बताएका छन् ।     बिहिबार विश्व वातावरण दिवसको शुभकामना सन्देश दिदै उनले मानवका गलत क्रियाकलापहरुले मानव अस्तित्व नै संकटमा पर्ने खतरा उत्पन्न भएको बताएका हुन् ।     ‘जलवायु परिवर्तन, पृथ्वीको तापक्रममा वृद्धि, पानीका स्रोत र माटोमा प्लाष्टिकको […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

टेक एण्ड पे’ को प्रस्ताब उर्जा मन्त्रालयको होइन संशोधन गर्न छलफल भइरहेको छः उर्जामन्त्री

काठमाडौं । उर्जा जलस्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले बजेटमा ‘टेक एण्ड पे’ को प्रस्ताब उर्जा मन्त्रालयले नगरेकोले संसोधनका लागि छलफल भइरहेको बताएका छन् ।   अपि पावर लिमिटेडको सहायक कम्पनी दार्चूला पावर कम्पनीले दार्चुलामा निर्माण गर्न लागेको मध्य चमेलिया (२८.३ मेवा) जलविद्युत आयोजनाको वित्तिय व्यवस्थापन समारोहमा बोल्दै उनले यस्तो बताएका हुन् ।   बजेटमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

आज प्रतिनिधि सभा बैठक बस्दै, यस्ता छन् कार्यसूची

काठमाडौं । संघीय संसद अन्तर्गत रहेको प्रतिनिधि सभाको बैठक आज बस्दैछ । बिहिबार दिनको १ बजे बैठक बस्न लागेको हो ।     आजको बैठकमा प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयको पत्र सभामुख देवराज घिमिरेले पढेर सुनाउनेछन् ।     यसैगरी आजको बैठकमा राज्य व्यवस्था तथा सुशासन समितिका राज्य व्यवस्था तथा सुशासन समितिका सभापति रामहरि खतिवडाले ‘संघीय […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

‘लोक सेवा आयोग हीरक महोत्सव तयारीमा व्यस्त’

काठमाडौँ, २१ जेठ । लोकसेवा आयोगले ७५ वर्ष पुगेको उपलक्ष्यमा आँखा शिविर, रक्तदान,प्रतिभा सम्मानलगायत सप्ताहव्यापी रुपमा विविध कार्यक्रम आयोजना गरी हीरक महोत्सव मनाउने भएको छ ।     सो सन्दर्भमा जानकारी दिँदै हीरक महोत्सव प्रचारप्रसार समितिका संयोजकसमेत रहेका आयोगका सदस्य वीरबहादुर राईले विभिन्न रचनात्मक एवं सिर्जनात्मक कार्यक्रमसहित मनाउन लागेको ७५औँ वार्षिकोत्सव कार्यक्रमलाई आमसञ्चारमाध्यमले प्राथमिकता दिने विश्वास व्यक्त गरे ।     सरकारी सेवा प्रवेशका क्रममा जनशक्ति छनोटसहित पदपूर्तिका लागि सिफारिस गर्ने जिम्मेवारीमा रहेको आयोगको स्थापना २००८ साल असार १ गते भएको थियो । नेपालको संविधानमा […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

राज्यका संरचना समावेशी बनाउन राजनीतिक दल समावेशी हुनुपर्छः सभापति देउवा

पाटन ललितपुर, २१ जेठ । नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले दलीय व्यवस्थामा दल आफैँ समावेशी नभएसम्म राज्यका अन्य संरचना समावेशी हुन नसक्ने बताएका छन् ।     राष्ट्रिय समता दिवस तथा छुवाछूतमुक्त राष्ट्र घोषणाका सन्दर्भमा नेपाली कांग्रेसअन्तर्गतको दलित समुदाय समन्वय तथा सशक्तीकरण विभागले आज पार्टी केन्द्रीय कार्यालय सानेपामा ‘दलित समुदायको वर्तमान अवस्था र समस्या समाधानमा राज्य एवं राजनीतिक दलको भूमिका’ विषयक अन्तरसंवाद गरेको थियो ।     सो कार्यक्रमलाई सम्बोधन गर्दै सभापति देउवाले निरङ्कुश शासन व्यवस्थामा दलित समुदायले भोगेका भेदभावविरुद्ध आवाज उठाउने पहिलो पार्टी नेपाली कांग्रेस भएको बताएका छन् ।     समाजको निश्चित जाति, वर्ग, समुदायले भोग्नुपरेको नारकीय जीवनबाट मुक्ति दिलाउनलाई कांग्रेसले २००७ सालको क्रान्तिमा ‘जातपात मान्दैनाँै, सँगै बसाँै, सँगै खाऔँ, भात भताहाको खुसी’ भन्ने नारा लगाएको उनले स्मरण गराए ।     “राज्य निर्माण र शासन सञ्चालनका विभिन्न कालखण्डमा विश्वका हरेक मुलुकका श्रमजीवी वर्गले […]

बागमती मनोरन्जन मुख्‍य समाचार विचार समाचार समाज

‘बजेट कार्यान्वयन र सुशासनलाई क्रियाशील र व्यवस्थित बनाउनुपर्छ’

काठमाडौँ, २१ जेठ । राष्ट्रियसभाको आजको बैठकमा सांसदहरूले बजेट कार्यान्वयन र सुशासनको पाटोलाई क्रियाशील र व्यवस्थित बनाउन सरकारले ध्यान दिनुपर्ने बताएका छन् ।     आजको बैठकमा सांसदहरूले राजस्व र व्ययको वार्षिक अनुमानमाथि छलफल गर्दै बजेटले निम्न वर्गीय तथा पछाडि पारिएका वर्गलाई सम्बोधन गर्न नसक्ने प्रतिक्रिया दिए ।     सांसद नरबहादुर विष्टले जनता केन्द्रित भएर बजेट आउने अपेक्षा गरिएकामा त्यसो हुन नसकेको बताए । उनले भने, “गरिब, दलित,निम्नवर्गीयलाई सम्बोधन गर्नेगरी बजेट आउन सकेको छैन । निजीकरणलाई बढी प्राथमिकता दिइएको छ ।”     सांसद राधेश्याम पासवानले तल्लो वर्ग, गरिब, मजदुर तथा किसानलाई सम्बोधन गर्नेगरी बजेट आउन नसकेको […]

मधेश मुख्‍य समाचार राजनीति विचार समाचार समाज

प्रमुख प्रतिपक्षको अवरोधपछि मधेश प्रदेश सभा बैठक स्थगित

जनकपुर । लामो समयपछि बुधबार बसेको मधेश प्रदेश सभाको बैठक पुनः स्थगित गरिएको छ । आजदेखि सुरु हुने भनिएको पाँचौ अधिवेशनको पहिलो बैठक सुरु भएलगत्तै प्रमुख प्रतिपक्षले उभिएर विरोध जनाएपछि भोलीसम्मका लागि स्थगित भएको छ ।     जसपा नेपालका सांसद रामअशिस यादवले १ महिना २४ दिन अघि सभामुखले नै छानबीन समिति बनाउने निर्णय गरेको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

विद्युत्को पोलले लागेर एक जनाको मृत्यु

पाटन ललितपुर, २१ जेठ । ललितपुरको ठैवमा विद्युत्को पोल सार्ने क्रममा पोलले लागेर एक जनाको मृत्यु भएको छ । आज गोदावरी नगरपालिका–१४ स्थित सरस्वतीटार टोलमा बाटो निर्माणको सिलसिलामा जेसिबीले पोल अड्याउन नसक्दा उक्त पोलले थिचिएर स्थानीय ५५ वर्षीय रमेश शाहीको मृत्यु भएको प्रहरी वृत्त बाँडेगाउँका प्रहरी निरीक्षक विक्रम केसीले जानकारी दिए ।       उक्त घटनापछि आक्रोशित स्थानीयले जेसिबीको दायाँपट्टीको सिसा फुटाइदिएका छन् । “घटनास्थलमा ८०–९० जना स्थानीय जम्मा भएका थिए, प्रहरी टोलीले घटनालाई शान्त बनाउने प्रयास गरेको छ । मृतकको शवलाई परीक्षणका लागि पाटन हस्पिटल पठाएका छौँ”, उनले भने ।