२२ आश्विन २०८३, बिहीबार
गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

मध्यपहाडी लोकमार्गको मोदीखोलामा पुल निर्माण सुरु

पर्वत, २२ जेठ । पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजनाअन्तर्गत पर्वत खण्डमा पर्ने मोदीखोलामा ‘आर्क ब्रिज’ निर्माण हुने भएको छ ।     राजमार्गको पर्वतखण्ड कालोपत्र गरी सम्पन्न भएको दुई वर्षपछि पुल निर्माण हुन लागेको हो । मोदी गाउँपालिका–२ पातीचौर–६ डिमुवा जोड्नेगरी पुल निर्माण हुन लागेको पुष्पलाल मध्यपहाडी लोकमार्ग आयोजना कार्यालयले जनाएको छ ।     आयोजनाका […]

अर्थ बागमती मुख्‍य समाचार समाचार समाज सूचना प्रविधि

सुनको मूल्यमा सामान्य वृद्धि, चाँदीको स्थिर

काठमाडौँ, २२ जेठ । अन्तरराष्ट्रिय बजारमा सुनचाँदीको मूल्यमा सामान्य वृद्धि भएसँगै त्यसको प्रभाव स्थानीय बजारमा पनि परेको छ । बुधबारको तुलनामा आज सुन तोलामा रु पाँच सयले बढेको छभने चाँदीको भाउ स्थिर छ ।     नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला सुनको मोल रु एक लाख ९३ हजार ७०० कायम भएको छभने सोही परिमाणको चाँदीको मूल्य रु दुई हजार ७५ निर्धारण भएको छ ।     अन्तरराष्ट्रिय बजारमा आज एक औँस सुनको मूल्य तीन हजार ३८९ डलर कायम भएको अन्तरराष्ट्रिय सञ्चारमाध्यमरूले जनाएका छन् ।  

बागमती मुख्‍य समाचार विचार समाचार समाज

प्रधानमन्त्रीद्वारा बधाई ज्ञापन

काठमाडौँ, २२ जेठ । प्रधानमन्त्री केपी शर्मा ओलीले आइसिसी विश्वकप लिग–२ एकदिवसीय शृङ्खलामा नेपाल विजयी भएकामा सम्पूर्ण खेलाडीमा हार्दिक बधाई ज्ञापन गरेका छन् ।     गएराति स्कटल्याण्डमा भएको खेलमा नेदरल्यान्ड्सलाई पराजित गर्दै नेपालले आइसिसी विश्वकप लिग–२ एकदिवसीय त्रिकोणात्मक शृङ्खलामा लगातार दोस्रो जित हात पारेकामा प्रधानमन्त्री ओलीले खेलाडीको हौसला बढाउँदै सामाजिक सञ्जालबाट बधाई दिएका हुन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज स्वास्थ्य

अलपत्र भएका आधारभूत अस्पताल साउनबाटै सञ्चालनमा ल्याउने तयारी

काठमाडौं । श्रोत अभावका कारण सञ्चालनमा आउन नसकेका आधारभूत अस्पतालहरु आगामी साउन महिनाबाटै सञ्चालनका लागि स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप पौडेलले तयारी अघि बढाएका छन्।     निर्माण सम्पन्न भएर पनि सञ्चालनमा आउन नसकेका तथा पूर्ण क्षमतामा चल्न नसकेका यस्ता अस्पतालको संख्या ५७ छ । नयाँ आर्थिक वर्षमा समेत थप यस्ता अस्पताल निर्माणको योजना छ […]

कोशी मुख्‍य समाचार विचार समाचार समाज

सङ्खुवासभामा बाढीले पाँच वटा काठेपुल बगायो

किमाथाङ्का सङ्खुवासभा, २२ जेठ । जिल्लाको उत्तरी क्षेत्र भोटखोला गाउँपालिकामा पाँच वटा काठेपुल बाढीले बगाएको छ ।     बुधबारको बाढीले भोटखोला वडा नम्बर १, २ र १, ३ जोड्ने धुङगोपा खोलाका दुई वटा काठेपुल बगाएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक दक्षकुमार बस्नेतले बताए ।     बाढीले भोटखोला १ र ३ जोड्ने घङजुङमा […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

कैलालीमा पाँच सय ४९ नयाँ उद्योग थपिए

अत्तरिया कैलाली,२२ जेठ । जिल्लास्थित घरेलु तथा साना उद्योग कार्यालय चालु आवको प्रथम १० महिनामा पाँच सय ४९ नयाँ उद्योग दर्ता भएका छन् ।     उक्त कार्यालयका सूचना अधिकारी शर्मिला बस्नेतका अनुसार एक सय १२ उत्पादनमूलक,दुई सय चार कृषिमूलक,दुई वटा पर्यटनमूलक,दुई वटा सूचना प्रविधि र २२९ सेवामूलक घरेलु तथा साना उद्योग दर्ता भएका हुन् […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्ने नाइमाको सुझाब

काठमाडौं । नेपाल अटोमोबाइल इम्पोर्टस एण्ड म्यानुफ्याक्चरर्स एशोसियसन (नाइमा) ले आगामी मौद्रिक नीति मार्फत सबै प्रकारका सवारीमा ८०–२० प्रतिशत कर्जा अनुपात कायम गर्नुपर्ने नेपाल राष्ट्र बैंकलाइ सुझाब दिएको छ ।     बुधबार नाइमाकी अध्यक्ष रितु सिंह बैद्य सहितको टोलीले नेपाल राष्ट्र बैंकका गर्भनर डा. विश्वनाथ पौडेललाई भेटेर यस्तो सुझाब दिएका हो । यस्तो नीति […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आज विश्व वतावरण दिवस मनाइँदै

काठमाडौं । आज जुन ५ अर्थात् विश्व वतावरण दिवस । नेपालमा पनि विभिन्न कार्यक्रम गरि मनाइँदै छ ।     ‘प्लाष्टिक प्रदूषण न्यूनीकरणः हाम्रो दायित्व’ भन्ने नाराका साथ विश्वका विभिन्न मुलुकमा यो दिवस मनाइँदै आएको छ।     संयुक्त राष्ट्रसङ्घले आह्वान गरेबमोजिम सन् १९७३ देखि प्रत्येक वर्ष जुन ५ तारिखलाई विश्व वातावरण दिवसको रूपमा मनाउन […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आजको मौसम ः मेघगर्जन र चट्याङसहित वर्षाको सम्भावना

काठमाडौं । हाल देशको पश्चिम र मध्य भागमा पश्चिमी तथा स्थानीय वायुको प्रभाव रहेको छ भने कोशी प्रदेशका अधिकांश भागमा मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।     अहिले कोशी प्रदेशलगायत देशका पहाडी भू—भागमा आंशिकदेखि साधारणतया बदली रही बाँकी भागमा मौसम मुख्यतया सफा रहेको छ । कोशीका थोरै स्थानमा हल्कादेखि मध्यम […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

यस्तो छ, आज विदेशी मुद्राको विनिमयदर

काठमाडौं । नेपाल राष्ट्र बैङ्कले बिहिबारका लागि विदेशी मुद्राको विनिमयदर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर र १३७ रुपैयाँ १५ पैसा र बिक्रीदर १३७ रुपैयाँ ७५ पैसा कायम भएको छ ।     यसैगरी युरोपियन युरो एकको खरिददर १५६ रुपैयाँ १२ पैसा र बिक्रीदर १५६ रुपैयाँ ८१ पैसा, युके पाउन्ड स्ट्रलिङ […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

सिप मेलाका ‘साझेदारसँग सहकार्य सम्झौता’ सम्पन्न

काठमाडौं । काठमाडौं महानगरपालिकाले सिप मेला सञ्चालनका साझेदारसँग सहकार्य सम्झौता गरेको छ ।   मेला व्यवस्थापन समितिका संयोजक इञ्जिनियर शैलेन्द्र झाको रोहबरमा मेला सञ्चालनका लागि संघसंस्थाका प्रतिनिधि र मेलाको व्यवस्थापक गतिशील अभियानका अधिकारीबिचमा सामाजिक उत्तरदायित्वअन्तर्गतको सहकार्य सम्झौता पत्रमा हस्ताक्षर तथा आदान प्रदान भएको हो । इभेन्ट म्यानेजमेन्टका लागि गतिशील अभियानसँग यस अघि नै सम्झौता गरिसकेको […]