२२ आश्विन २०८३, बिहीबार
कोशी मुख्‍य समाचार विचार समाचार समाज

विपद् प्रतिकार्य अभ्यास सम्पन्न

खाँदबारी सङ्खुवासभा, २२ जेठ । वर्षायाम नजिकिँदै गर्दा सङ्खुवासभामा सम्भावित बाढीपहिरो जस्ता प्राकृतिक विपद्सँग जुध्न विपद् प्रतिकार्य अभ्यास गरिएको छ ।     जिल्ला विपद् व्यवस्थापन समितिको समन्वयमा खाँदबारीस्थित टुँडिखेलमा आज नेपाली सेनाको इन्द्र दल गुल्म, नेपाल प्रहरी, सशस्त्र प्रहरी, रेडक्रस र अग्नि नियन्त्रक टोलीले अभ्यास गरेको हो । अभ्यासमा पहिरो गएको परिप्रेक्ष्यमा उद्धार, घाइतेको […]

मुख्‍य समाचार विचार समाचार समाज सुदूरपश्चिम

परिकल्पना गरेअनुसार पूर्वाधार विकास भइरहेको छ : उपप्रधानमन्त्री सिंह

गोदावरी कैलाली, २२ जेठ । उपप्रधानमन्त्री तथा सहरी विकासमन्त्री प्रकाशमान सिंहले पूर्वाधार विकासमा वर्तमान सरकारले परिकल्पना गरेअनुसार काम भइरहेको बताएका छन् ।     आज गोदावरी नगरपालिका–३ चौकीडाँडामा एसियाली विकास बैङ्कको ऋण सहयोगमा निर्माण गरिएको एकीकृत फोहोरमैला व्यवस्थापन प्रणालीको उद्घाटन कार्यक्रममा उनले देशभरको पूर्वाधार विकास निर्माणमा सङ्घीय सरकार, स्थानीय तह र दातृनिकायको सहयोगमा उल्लेख्य काम […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

एनआरएनएको वैधानिकताबारे आ–आफ्नै तर्क

काठमाडौँ । दुई चिरामा विभाजित गैर आवासीय नेपाली संघ (एनआरएनए)को मुद्दा थप पेचिलो बन्दै गएको छ । सर्वोच्च अदालतको विभिन्न आदेश र एकता महाधिवेशनपछि अवस्थालाई लिएर आ–आफ्नै तर्क–वितर्कले संस्थाको गरिमामाथि आँच आएको गुनासो आइरहेको छ ।     एकता महाधिवेशनबाट निर्वाचित महेश श्रेष्ठ र ११औं अन्तर्राष्ट्रिय महाधिवेशनबाट निर्वाचित भनिएका डा. बद्री केसी पक्ष फरक फरक […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नेपालको इतिहासमा पूर्वप्रधानमन्त्रीमाथि पहिलोपटक भ्रष्टाचार मुद्दा

२२ जेठ, काठमाडौं । नेपालको इतिहासका पहिलोपटक पूर्वप्रधानमन्त्रीमाथि भ्रष्टाचारको मुद्दा दायर भएको छ ।     पूर्वप्रधानमन्त्री माधवकुमार नेपालविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगले विशेष अदालतमा भ्रष्टाचार मुद्दा दायर गरेको हो ।     नेपाल प्रधानमन्त्री भएका बेला पतञ्जलि योगपीठले जडीबुटी खेती र आयुर्वेद अस्पताल निर्माणका लागि हदबन्दी छुटमा जग्गा खरिद गरेको थियो । तत्कालीन सरकारको […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

नागरिकता सम्बन्धी विधेयक अघि बढाइने

काठमाडौं ।  बिहीबार बसेको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा नेपाल नागरिकता ऐन, २०६३लाई संशोधन गर्न बनेको विधेयक, २०८१ माथि छलफल गरिएको छ ।     आज सुशासन समितिको ७५ औँ बैठकले नेपाल नागरिकता ऐन, २०६३ लाई संशोधन गर्न बनेको विधेयक, २०८१ संशोधन प्रस्तावकर्ताहरुसँग छलफल गरेको हो ।     उक्त छलफलमा गृहमन्त्री रमेश लेखकले […]

खेलकुद बागमती मुख्‍य समाचार विचार समाचार समाज

महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५, संस्करण ४ आरम्भ

काठमाडौं । महालक्ष्मी  विकास बैंकले ३१ औं वर्ष प्रवेश गरेको अवसरमा आयोजना गरेको महालक्ष्मी कर्पोरेट क्रिकेट लिग–२०२५, सस्ंकरण ४ बुधबार देखी आरम्भ भएको छ ।     हरेक वर्ष झैं यस वर्ष पनि बैंकको वार्षिकोत्सवको अवसरमा क्रिकेट लिग गर्न लागेको हो । बिभिन्न बैंक तथा वित्तीय संस्थाहरु, बिमा कम्पनीहरु साथै मर्चेन्ट बैंकहरुको सहभागिता रहको उक्त […]

अर्थ बागमती मुख्‍य समाचार विचार समाचार समाज

गौरी शंकर एग्रो इन्डष्ट्रिजको ६ महिनाको व्यापार १ अर्ब ४ करोड

काठमाडौं । गौरी शंकर एग्रो इन्डष्ट्रिजले चालु आर्थिक वर्षको ६ महिनामा १ अर्ब ४ करोड ९० लाख रुपैयाँको व्यापार गरेको छ ।     सन् २०२२ मा स्थापना भइ पशुपन्छीकालागि दाना उत्पादन गरी नेपाली बजारमा बिक्री गर्दै आएको उक्त कम्पनीले गत आर्थिक वर्षमा २ अर्ब २८ करोड ४० लाख रुपैयाँको व्यापार गरेको थियो । त्यस्तै, […]

बागमती बैंक–वित्त मुख्‍य समाचार विचार समाचार समाज

नबिल बैंकको प्रमुख कार्यकारी अधिकृतमा मनोज ज्ञवाली नियुक्त

काठमाडौं । नबिल बैंकको प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा मनोज ज्ञवाली नियुक्त भएका छन् । आज (जेठ २२) बसेको कम्पनीको सञ्चालक समितिको बैठकले ज्ञवालीलाई सीईओमा नियुक्त गर्ने निर्णय गरेको हो ।     आजै देखिनै लागू हुने गरी ज्ञवालीलाई आगामी चार वर्षका लागि सीईओमा नियुक्त गरिएको जानकारी कम्पनीको दिएको हो । गत चैत १० मा […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न माग

काठमाडौं । नेपाल निजामती कर्मचारी संगठन केन्द्रीय कार्य समितिको जेठ १६ गतेदेखि १८ गतेसम्म भएको दोस्रो बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन तत्काल गर्न सरकारसँग माग गरेको छ ।     बिहीबार काठमाडौंमा पत्रकार सम्मेलनमार्फत बैठकको निर्णयहरु सार्वजनिक गर्दै बैठकले आधिकारिक ट्रेड युनियनको निर्वाचन माग गरेको संगठनले जानकारी दिएको छ । यस्तै, बैठकले संघ, प्रदेश र […]

बागमती मुख्‍य समाचार राजनीति विचार समाचार समाज

सदन अवरोध खोल्न माओवादीले विपक्षी दलसँग छलफल गर्ने

काठमाडौँ । नेकपा माओवादी केन्द्रले संसद्को अवरोध हटाउन सत्तापक्ष र विपक्षीसँग छलफल गर्ने भएको छ ।     बिहीबार बसेको माओवादी केन्द्रको केन्द्रीय पदाधिकारी बैठकले संसद् अवरोध खुलाउन पहल गरी सदनमा एउटा छलफलको वातावरण बनाउनुपर्छ भन्ने आजको छलफलको निष्कर्ष निकालेको प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।     उनले भने,‘जिम्मेवार प्रतिपक्षको हिसाबले निकास निकाल्न अधिकतम […]

बागमती मुख्‍य समाचार विचार समाचार समाज

वातावरण संरक्षण र जलवायु न्यायको सवालमा विश्वव्यापी खबरदारी आवश्यक प्रचण्ड

काठमाडौं । नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले नेपालमा प्लास्टिकजन्य प्रदूषणको असर झन् गम्भीर र बहुआयामिक रुपमा देखिएको बताएका छन् ।     बिहीबार विश्व वातावरण दिवस–२०८२ को अवसरमा शुभकामना दिँदै उनले सहरी क्षेत्रदेखि ग्रामीण बस्तीसम्म प्लास्टिकजन्य फोहोर व्यवस्थापन एक जटिल चुनौतीका रूपमा उभिएको बताए ।     उनले भने, नेपालजस्तो जैविक […]

गण्डकी मुख्‍य समाचार विचार समाचार समाज

आहा ! अङ्गुरखेती

तनहुँ, २२ जेठ । यहाँको घिरिङ गाउँपालिका–४ स्थित बाह्रबिसेमा गत वर्षदेखि करिब ७० रोपनी क्षेत्रफलमा व्यावसायिक अङ्गुरखेती गरिएको छ । घिरिङ भाइनएड एन्ड रिसर्च सेन्टर कम्पनीले खेती सुरु गरेको हो ।     कम्पनीले स्विट्जरल्यान्डबाट प्रतिबिरुवा रु ७०० देखि रु एक हजारसम्म खर्च गरेर गत वर्षदेखि खेती सुरु गरेको उद्यमी एवं सञ्चालक कुमार कार्कीले जानकारी […]