७ पुष २०८२, सोमबार
बागमती मुख्‍य समाचार समाचार

राष्ट्रपति पौडेलद्वारा १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण

काठमाडौँ, ४ पुसः राष्ट्रपति रामचन्द्र पौडेलले १३औँ किन्डर ओलम्पिक मस्कर्टको अनावरण गर्नुका साथै ओलम्पिक टर्च हस्तान्तरण गरेका छन् । राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित एक कार्यक्रममा राष्ट्रपति पौडेलले मस्कर्टको अनावरण गर्नुका साथै नेपाल विद्यालय खेलकुद महासङ्घका अध्यक्ष विनोद श्रेष्ठलाई ओलम्पिक टर्च हस्तान्तरण गरेका हुन् । १३औँ किन्डर ओलम्पिक यही पुस १२ देखि १५ गतेसम्म […]

मुख्‍य समाचार लुम्बिनी समाचार

नेपालगञ्जमा भारतीय टुर अपरेटरसहित संवाद हुँदै

नेपालगञ्ज, ४ पुसः पर्यटन प्रवद्र्धनका लागि भारतीय टुर अपरेटर र नेपालगञ्जका पर्यटन व्यवसायीबीच आपसी संवाद हुने भएको छ । पर्यटन बोर्डको आयोजना तथा नाट्टा बाँके च्याप्टरको संयोजनमा शनिबार यहाँ आयोजना हुन लागेको ‘नेपालगञ्ज क्रस बर्डर टुरिजम कन्क्लेभ २०२५’ मा सो संवाद हुने भएको हो । कार्यक्रममा भारतको उत्तर प्रदेशका विभिन्न सहरका टुर अपरेटर, वीडिङ डेस्टिनेशन […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

एमालेमा सवल लोकतान्त्रिक अभ्यास : भृकुटीमण्डपमा देखिएको उत्साह

काठमाडौं । नेकपा एमालेको ११ औँ महाधिवेशन अन्तर्गत बुधबार बिहान ९ बजेदेखि सुरु भएको मतदान प्रक्रिया बिहीबार बिहान ७ बजे सम्पन्न भएको छ । निर्वाचनमा कुल २ हजार २२७ मत खसेको थियो । भृकुटीमण्डपमा नतिजा सार्वजनिक भएसँगै महाधिवेशनस्थल उत्साह, खुशीयाली र नाराबाजीले गुञ्जायमान बनेको थियो । मतदानमा सहभागी प्रतिनिधिहरूले आफ्नो मतको सम्मान भएको अनुभूति गर्दै […]

मनोरन्जन मुख्‍य समाचार समाचार समाज सुदूरपश्चिम

सुदूरपश्चिममा भुवा पर्वको रौनकः आज प्रदेशभर सार्वजनिक बिदा

कञ्चनपुर, ४ पुसः सुदूरपश्चिम प्रदेशको मौलिक एवं ऐतिहासिक सांस्कृतिक पर्व भुवाको अवसरमा आज प्रदेशभर सार्वजनिक बिदा दिइएको छ । सुदूरपश्चिम प्रदेश सरकार मन्त्रिपरिषद्को निर्णयअनुसार आज प्रदेशका सबै सरकारी कार्यालय तथा सार्वजनिक निकायमा बिदा दिने घोषणा गरिएको हो । विशेषगरी, बाजुरा, बझाङ र अछाममा विशेष महत्वका साथ मनाइने यो पर्व द्वापरयुगसँग जोडिएको छ । धार्मिक विश्वासअनुसार […]

बागमती मुख्‍य समाचार समाचार

पौष कृष्ण औँसीः गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्नेको घुइँचो

काठमाडौँ, ४ पुसः गोकर्णेश्वर उत्तर गया क्षेत्रमा पौषकृष्ण औँसीका अवसरमा श्राद्ध गर्ने भक्तजनको बिहानैदेखि घुइँचो छ । गोकर्णेश्वर उत्तरगयामा श्राद्ध गर्न आउने भक्तजनको घुइँचोका कारण जोरपाटी–गोकर्ण–सुन्दरीजल सडकमा बिहानैदेखि जाम भएको छ । सो मार्गमा दुई घण्टा सवारी जाममा पर्दा समस्या भएको यात्रुको गुनासो छ । विभिन्न विद्यालय एवं क्याम्पसका सवारीसाधन पनि नेपाल मेडिकल कलेज भन्दामाथि […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिऔँः मन्त्री घिसिङ

पाटन ललितपुर, ४ पुसः भौतिक पूर्वाधार तथा यातायातमन्त्री कुलमान घिसिङले देशभर स्थानीय उत्पादनको प्रयोगलाई बढावा दिनुपर्ने बताएका छन् । ‘भविष्यका लागि बाँसको आवास’ भन्ने नाराका साथ ‘ह्याविट्याट फर ह्युम्यानिटी’ नेपालले आज यहाँ आयोजना गरेको ‘बाँस संरचना डिजाइन मार्गदर्शन २०८२’ विमोचन कार्यक्रममा उनले स्थानीय उत्पादन उपयोगमा प्रोत्साहन गर्न आफूले योजना बनाइरहेको बताए । मन्त्री घिसिङले भने […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती : मन्त्री सिन्हा

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री अनिलकुमार सिन्हाले सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधार आजको प्रमुख चुनौती भएको बताएका छन् । सार्वजनिक खर्चको प्रभावकारिता र सेवा प्रवाह सुधारसम्बन्धी नीतिगत छलफल कार्यक्रममा बोल्दै मन्त्री सिन्हाले सार्वजनिक खर्चको उपयोगिता र सेवाको गुणस्तर नागरिकको दैनिकी, राज्यप्रतिको विश्वास र लोकतन्त्रको प्रभावकारितासँग प्रत्यक्ष रूपमा जोडिएको उल्लेख गरे । […]

बागमती मुख्‍य समाचार समाचार

सुनचाँदीको मूल्य घट्यो

काठमाडौं । शुक्रबार नेपाली बजारमा सुनचाँदीको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन प्रतितोला दुई हजार रूपैयाँले घटेर दुई लाख ५८ हजार चार सय रूपैयाँमा किनबेच भइरहेको छ । बिहीबार सुन प्रतितोला दुई लाख ६० हजार चार सय रूपैयाँमा किनबेच भएको थियो । यस्तै, शुक्रबार चाँदीको मूल्य पनि घटेको छ । […]

मधेश मुख्‍य समाचार समाचार समाज

बर्दिबासमा सौर्य ऊर्जा जडान गरिँदै

महोत्तरी, ४ पुसः बर्दिबास नगरपालिका ६ चौलिखामा २० मेगावाट विद्युत् उत्पादन हुने सौर्य ऊर्जा जडान गर्न सुरु भएको छ । टेरा सोल इनर्जी कम्पनीले नेपाल विद्युत् प्राधिकरणको स्वीकृत परियोजना अनुसार उक्त आयोजनाको काम सुरु गरेको हो । छ महिनाभित्र विद्युत् उत्पादन गर्ने लक्ष्य लिइएको उक्त आयोजनाको लागत रु एक अर्ब २० करोड लाग्ने जनाइएको छ […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार समाज

मानव बेचबिखन रोकथाम गर्न सरकार संवेदनशील छः मन्त्री श्रेष्ठ

मोरङ, ४ पुसः सङ्घीय महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री श्रद्धा श्रेष्ठले मानव बेचबिखन गम्भीर अपराध भएकाले यसको रोकथाम गर्न सरकार संवेदनशील रहेको बताएका छन् । मन्त्रालय र माइती नेपालद्वारा विराटनगर आयोजित दुई दिने नेपाल–भारत सीमा क्षेत्रमा मानव बेचबिखन तथा शोषणका चुनौती विषयक गोष्ठीको बिहीबार साँझ उद्घाटन गर्दै उनले दुई देशबीच आपसी समन्वय कायम गरी यस्तो […]

बागमती मुख्‍य समाचार राजनीति विशेष समाचार समाचार

कांग्रेसभित्र आन्तरिक सुशासन आयोग जरुरी भइसक्यो : नेतृ बाँस्तोला

काठमाडौं । नेपाली कांग्रेसकी नेतृ नानु बाँस्तोलाले पार्टीको १५औं महाधिवेशनको कार्यतालिका सर्वसम्मत रुपमा सार्वजनिक भएकाले महाधिवेशन हुँदैन् भन्नेमा आशंका गर्न नहुने बताएकी छिन् । उनले इमान्दारिताका साथ काम गर्न सकेको खण्डमा महाधिवशेन राष्ट्रिय निर्वाचन अगाडि नै सम्पन्न गर्न सकिने बताइन् । नेपाल न्यूज बैंकसँगको कुराकानीमा उनले भनिन्,‘यतिबेला पार्टीले महाधिवेशन र निर्वाचनको तयारी दोहोरो जिम्मेवारीका साथ […]

गण्डकी मुख्‍य समाचार समाचार समाज

दुनैमा भौतिक पूर्वाधार विकास गर्न १६ करोड बजेट

काँक्रेविहार सुर्खेत, ४ पुसः डोल्पा सदरमुकाम दुनैलाई व्यवस्थित बनाउन भौतिक पूर्वाधार विकासको तयारी थालिएको छ । कर्णाली प्रदेश सरकारले दुनैलाई व्यवस्थित बनाई पूर्वाधारको विकास गर्ने योजनासहित रु १६ करोट बजेट विनियोजन गरेको हो । पूर्वाधार विकास कार्यालय, डोल्पाका प्रमुख टेक हितानले भेरी नदीको किनारमा रहेको दुनै बजारलाई सुविधासम्पन्न र व्यवस्थित बनाउन प्रदेश सरकारले स्रोत सुनिश्चित […]