८ आश्विन २०८३, बिहीबार
बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नुवाकोटमा विद्युत् आपूर्ति ९० प्रतिशत पुनःस्थापित

काठमाडौं । चपली–देवीघाट दायाँ सर्किट चार्ज भएपछि नुवाकोट जिल्लाका थप क्षेत्रमा विद्युत् आपूर्ति पुनःस्थापित भएको छ । हाल जिल्लाको करिब ९० प्रतिशत क्षेत्रमा विद्युत् सेवा पुनः सञ्चालनमा आएको छ भने आपूर्ति स्थिरता र भोल्टेजको गुणस्तरमा समेत सुधार भएको जनाइएको छ । हालै चार्ज गरिएका क्षेत्रमा विदुर–६, विदुर–१२ का बाँकी क्षेत्र, विदुर–३ को करिब आधा भाग, […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

साइबर ठगीविरुद्ध व्हाट्सएपको नयाँ कदम, थपियो उन्नत सुरक्षा सुविधा

काठमाडौं । व्हाट्सएपले प्रयोगकर्ताको अकाउन्ट ह्याक हुने जोखिम कम गर्न नयाँ सुरक्षा सुविधाहरू सार्वजनिक गरेको छ । कम्पनीले अकाउन्ट टेकओभर, फिसिङ र अन्य अनलाइन ठगीबाट जोगाउन थप बलियो सुरक्षा उपाय ल्याएको जनाएको छ । नयाँ अपडेटअन्तर्गत अब प्रयोगकर्ताले दुई–चरणीय प्रमाणीकरणमा प्रयोग हुने ६ अंकको पिनको सट्टा अक्षर, अंक र विशेष चिन्ह समावेश भएको लामो पासवर्ड […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाढीपीडितको राहतमा जंक फुड होइन, पोषणयुक्त खाना वितरणमा जोड दिउँ

काठमाडौं । गत बुधबार रसुवाको भोटेकोशी नदीमा अचानक आएको भिषण बाढीले त्यसक्षेत्रमा ठुलो संख्यामा मानविय क्षति भएको छ । सरकारको तथ्यांक अनुसार यो लेख लेख्ने बेलासम्म मृत्यु हुनेको संख्या एक हजार ९३ पुगिसेकेको छ भने घाईते र बेपत्ताहरुको संख्यापनि उस्तै छ । यसै सन्दर्भमा बाढीबाट प्रभावित घरपरिवारका लागि अहिले राहत वितरण अत्यावश्यक बनेको छ । […]

बागमती मुख्‍य समाचार विशेष समाचार

विद्यालय शिक्षा ऐन निर्माण प्रक्रिया अन्तिम चरणमा पुगेको छ : शिक्षामन्त्री

काठमाडौं । शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले शिक्षा ऐन तर्जुमासहित शिक्षक महासंघले उठाउँदै आएका विभिन्न सवालबारे नेपाल शिक्षक महासंघका अध्यक्ष र प्रतिनिधिसँग छलफल गरेका छन् । सिंहदरबारस्थित शिक्षा तथा खेलकुद मन्त्रालयमा बुधबार भएको छलफलमा शिक्षा ऐनलाई शीघ्र टुङ्गोमा पु¥याउने तथा महासंघले विगतमा उठाउँदै आएका विषयलाई दुई पक्षीय संवादमार्फत समाधान गर्ने विषयमा कुराकानी भएको थियो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

रास्वपाको सचिवालय बैठक बस्दै

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का पार्टी सभापति रवि लामिछानेले सचिवालय बैठक बोलाएका छन् । सभापति लामिछानेले आज (बिहीबार) बिहान १० बजे वनस्थलीस्थित पार्टी केन्द्रीय कार्यालय, घन्टीघरमा बस्नेगरी बैठक बोलाएका हुन् ।

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

आजको मौसम : यी प्रदेशमा भारी वर्षाको सम्भावना

काठमाडौं । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा पश्चिममा सरदर स्थान भन्दा केही उत्तर तथा पूर्वमा सरदर स्थान कै आसपास रहेको छ। हाल कोशी प्रदेशको तराई तथा मधेश प्रदेशमा आंशिक बादल लागेको छ । बाँकी सबै भूभागमा साधारणतया बादल लागेको छ । बागमती प्रदेशका केही स्थानमा, कोशी, गण्डकी, लुम्बिनी […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

प्रचण्डको आरोपः‘सरकार उद्धार र जनपरिचालनमा असफल भयो’

काठमाडौं । नेपाली कम्युनिष्ट पार्टीका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले सरकार विपद्को समयमा उद्धार र जनपरिचालनमा असफल भएको आरोप लगाएका छन्। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा बोल्दै प्रचण्डले बाढी आएको दिन प्रधानमन्त्री र गृहमन्त्रीको सक्रियता देखेपछि सरकारबाट राम्रो पहल हुने विश्वास आफूले गरेको बताए। तर पछिल्ला दिनमा सरकारको कामकारबाहीमा सुस्तता देखिएको उनको भनाइ छ। उनले भने, ‘यो […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

चिलिमेमा सम्पर्कविहीनको खोजी अन्तिम सम्भावनासम्म जारी राख्छौँ : मन्त्री श्रेष्ठ

काठमाडौं । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठले चिलिमे जलविद्युत् परियोजनामा सम्पर्कविहीन रहेका राष्ट्रसेवकका परिवारजनलाई भेट गरी दुःखको यस घडीमा सरकार साथमा रहेको बताएका छन् । परिवारजनसँगको भेटमा मन्त्री श्रेष्ठले एक सातासमम आफन्तको अवस्थाबारे कुनै जानकारी नपाउँदाको पीडा अत्यन्त गहिरो हुने भन्दै त्यसलाई शब्दमा व्यक्त गर्न नसकिने बताए । सम्पर्कविहीन नागरिक तथा राष्ट्रसेवकको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

टनेलमा फसेकाको उद्धार चुनौतीपूर्ण, यस्तो विपत्ति विश्वमै फरक : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढीसहितको हिलामाटोले टनेल पूर्ण रूपमा थुनिएकाले त्यहाँ फसेकाहरूको उद्धार कार्य निकै चुनौतीपूर्ण रहेको बताएका छन्। बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबारे ब्रिफिङ गर्दै प्रधानमन्त्री शाहले विश्वका विभिन्न देशमा टनेलमा विपत्ति आउँदा पहिरो पन्छाएर उद्धार गर्ने विशेषज्ञ र प्रविधि उपलब्ध भए पनि अहिलेको अवस्था त्यसभन्दा फरक रहेको बताए। उनले भने, ‘टनेलमा फस्नुभएकाहरूको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

बाढी प्रभावित क्षेत्रमा ९५ प्रतिशत सञ्चार सेवा पुनःस्थापित : प्रधानमन्त्री शाह

काठमाडौं । प्रधानमन्त्री बालेन शाहले बाढी प्रभावित क्षेत्रमा अवरुद्ध भएका सञ्चार सेवा ९५ प्रतिशत पुनःस्थापित भइसकेको बताएका छन् । बुधबार प्रतिनिधिसभाको बैठकमा भोटेकोशी बाढीबाट भएको क्षतिबारे जानकारी दिँदै प्रधानमन्त्री शाहले प्रभावित क्षेत्रमा अवरुद्ध सञ्चार सेवा दोस्रो दिनदेखि नै पुनःस्थापना गर्न थालिएको बताए । सञ्चार सेवाको पहुँचबाहिर रहेका स्थानमा ३० वटा स्याटेलाइट फोनमार्फत सञ्चार भइरहेको उनको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

नागढुंगानजिकै पृथ्वी राजमार्ग भासियो, ठूला सवारी सुरुङमार्गबाट पठाइँदै

काठमाडौं । पृथ्वी राजमार्गअन्तर्गत नागढुंगा नजिकै पातले वनमा सडकको केही भाग भासिएपछि सवारी आवागमन प्रभावित भएको छ । आज बिहान सडकको केही भाग भासिएपछि हाल पेट्रोलियम पदार्थ बोक्ने सवारीसाधन र दुईपांग्रे सवारीलाई सोही स्थानबाट एकतर्फी रूपमा आवतजावत गर्ने व्यवस्था मिलाइएको छ । अन्य सबै सवारीसाधनलाई भने नागढुंगा सुरुङमार्ग हुँदै पठाउने व्यवस्था गरिएको सडक विभागले जनाएको […]

बागमती मुख्‍य समाचार विशेष समाचार समाचार

भोटेकोशी बाढीमा अझैं उद्धारको पर्खाइमा मानिस, मेरो मन अधैर्य भइरहेको छ : सांसद खरेल

काठमाडौं । अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको बैठकमा ‘भोटेकोशी बाढीका कारण पर्यटन क्षेत्रमा परेको प्रभाव’का बारेमा छलफल जारी छ । छलफलका क्रममा राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद जगदीश खरेलले भोटेकोशी बाढीका कारण अझैं पनि विभिन्न स्थानमा मानिसहरू उद्धारको पर्खाइमा रहेको बताएका छन् । खरेलले बाढी प्रभावित कतिपय मानिस टनेल, कुनाकाप्चा तथा खाल्डाखुल्डीमा थोरै पानी खाएर भए […]