२० आश्विन २०८३, मंगलवार
अर्थ बागमती मुख्‍य समाचार समाचार

झापा इनर्जी लिमिटेडको आईपीओ आजदेखि निष्कासनमा

काठमाडौं । झापा इनर्जी लिमिटेडले आजदेखि आयोजना प्रभावित क्षेत्रका स्थानिय बासिन्दा र वैदेशिक रोजगारीमा रहेका नेपाली नागरिकहरुका लागि आईपीओ निष्कासन गरेको छ । कम्पनीले गत असार ३१ गते प्रति शेयर १०० रुपैयाँ अंकित दरका ९ लाख ५० हजार ४७५ कित्ता साधारण शेयर जारी गर्न नेपाल धितोपत्र बोर्डबाट अनुमति पाएको थियो ।  कम्पनीले कुल ४ लाख […]

मधेश मुख्‍य समाचार समाचार

वीरगञ्जबाट भित्रिए ६८ हजार ७४३ सवारीसाधन

वीरगञ्ज पर्सा, १४ साउनः गत आर्थिक वर्षमा वीरगञ्ज नाकाबाट ६८ हजार ७४३ सवारीसाधन भित्रिएका छन् । वीरगञ्ज भन्सार कार्यालयका प्रमुख भन्सार प्रशासक दीपक लामिछानेका अनुसार सो अवधिमा इन्धनबाट चल्ने अन एसेम्वल्ड मोटरसाइकल देखि क्रेन लहरी सम्मका ६८ हजार ७४३ वटा सवारीसाधन आयात भएका हुन् । सवारीसाधनको आयातबाट दोस्रो धेरै राजस्व सङ्कलन हुँदै आइरहेको छ । […]

मधेश मुख्‍य समाचार समाज

मापदण्डविपरीत सञ्चालित उद्योगमा कारबाही

सिरहा, १४ साउनः लहानमा मापदण्डविपरीत सञ्चालन भएका पिउने पानी प्रशोधन उद्योग कारबाहीमा परेका छन् । इलाका प्रशासन कार्यालयको नेतृत्वमा मङ्गलबार भएको संयुक्त अनुगमनमा चारवटा उद्योगलाई रु पाँच हजारका दरले जरिवाना गरिएको हो । लहान–१ स्थित ‘सीता मिनीरल वाटर इन्डष्ट्री’ तथा ‘फ्रेण्डस इन्टरनेसनल नेपाल’, लहान–३ को ‘केबी एण्ड सन्स नेपाल’ र धनगढीमाई–१० को ‘केएल मिनीरल वाटरलाई […]

बागमती मुख्‍य समाचार समाचार

ल्हेन्दे खोलामा फेरि पनि बाढी : तल्लो तटिय क्षेत्रमा उच्च सर्तकता अपनाउन आग्रह

काठमाडौं । चीनको तिब्बत क्षेत्रहुँदै बगेर आउने ल्हेन्दे खोलामा फेरिपनि बाढी आएको छ । बुधबार राती साढे २ बजे देखि बाढी आएकाले तल्लो तटिय क्षेत्रमा पर्ने रसुवा, नुवाकोट र धादिङ लगायत जिल्लाका नदि किनारका बासीन्दाहरुलाई उच्च सर्तकता अपनाउन आग्रह गरिएको छ । जिल्ला प्रशासन कार्यालय रसुवाका सहायक प्रमुख जिल्ला अधिकारी द्रुब प्रसाद अधिकारीले बाढीका कारण […]

बागमती मनोरन्जन मुख्‍य समाचार विशेष समाचार

पशुपति क्षेत्रमा ऐतिहासिक लाखे झ्यालिन्छ नाच सुरू

काठमाडौं । पशुपति क्षेत्रमा विगत लामो समयदेखी रोकिएको ऐतिहासिक लाखे झ्यालिन्छ नाच श्रावण शुक्ल पञ्चमीदेखि सुरू भएको छ । जयवागेश्वरी, देवपत्तनमा ऐतिहासिक लाखे झ्यालिन्छ नाचको पुनःरुत्थान गरिएको भण्डार तहविलका द्वारे रामकृष्ण डंगोलले बताए । उनले लामो समयदेखी रोकिएको नाचको स्थानीय संस्कृति तथा सम्पदाप्रेमीहरूको सक्रियताबाट पौराणिक र नेवारी संस्कृति झल्काउने नाचलाई पुनर्जीवन दिइएको बताए । श्रावण […]

अन्तर्राष्ट्रिय मुख्‍य समाचार समाज

बेलायतको डाटफोर्डमा चर्चको जग्गा र भवनमा मन्दिर बनाइँदै

लन्डन । बेलायतको डाटफोर्डमा रहेका नेपाली समुदायले विगत एक दशकदेखि पूरा गर्न नसकेको एक महत्वाकांक्षी योजना अब सफल बनाउन लागेका छन्। नेपाली, भारतीय, बङ्गाली र श्रीलंकालीहरुको बाक्लो बसोबास रहेको डाटफोर्डमा रहेको ‘द लाइट अपन द हिल्स् स्प्रिचुअल चर्च’ लाई किनेर नेपालीहरूले त्यहाँ मन्दिर बनाउने सपना पूरा गर्न लागेका हुन्। सञ्चालन गर्न नसकिएको कारण यस्ता चर्चहरूले […]

बागमती मुख्‍य समाचार समाचार

यस्तो छ, आजको तरकारी र फलफूलको मूल्य

काठमाडौं । कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आज (बुधबार) का लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ । समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको न्यूनतम थोक मूल्य निर्धारण गरिएको हो । न्यूनतम थोक मूल्य निर्धारणसँगै आज गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ५० रुपैयाँ, गोलभेँडा सानो (लोकल) २४ रुपौयाँ, गोलभेँडा सानो (टनेल) प्रतिकिलो ३० […]

बागमती मुख्‍य समाचार समाचार

राष्ट्रिय सभाको बैठक बस्दै

काठमाडौं । आज राष्ट्रिय सभाको बैठक बस्दैछ । बैठक नयाँ बानेश्वर स्थित संसद् भवनमा दिनको १ः१५ बजे बस्न लागिएको हो । आजको बैठकमा विकास, आर्थिक मामिला तथा सुशासन समितिका माननीय सभापति कमला पन्तले ‘नेपालको अतिकम विकसित राष्ट्रबाट विकासशील राष्ट्रमा स्तरोन्नति (LDC Graduation) सम्बन्धी अध्ययन प्रतिवेदन, २०८१ माथि छलफल गरियोस् भन्ने प्रस्ताव सभासमक्ष प्रस्तुत गर्नेछन् । […]

अर्थ बागमती मुख्‍य समाचार

यस्तो छ, बुधबार विदेशी मुद्राको विनिमय दर

काठमाडौं । नेपाल राष्ट्र बैंकले आज (बुधबार) का लागि विदेशी मुद्राको विनिमय दर निर्धारण गरेको छ । जसनुसार आज अमेरिकी डलर एकको खरिददर १३८ रुपैयाँ ६१ पैसा र बिक्रीदर १३९ रुपैयाँ २१ पैसा तोकिएको छ । यस्तै, युरोपियन युरो एकको खरिददर १६० रुपैयाँ २८ पैसा र बिक्रीदर १६० रुपैयाँ ९८ पैसा, युके पाउण्ड स्ट्रलिङ एकको […]

बागमती मुख्‍य समाचार समाचार

पहाडी भू–भागका धेरै स्थानहरूमा चट्याङ सहित मध्यम वर्षाको सम्भावना

काठमाडौं । मौसम पूर्वानुमान महाशाखाले हाल देशभर मनसुनी वायुको प्रभाव रहनुको साथै मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास अवस्थित रहेको जानकारी दिएको छ । जसका कारण हाल देशभर साधरणतया बदली रही कोशी, बागमती, कर्णाली र सुदूरपश्चिम प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका एक–दुई स्थानमा हल्का वर्षा भइरहेको छ । महाशाखाका अनुसार आज दिउँसो देशभर […]

मधेश मुख्‍य समाचार विशेष समाचार समाज

मधेश प्रदेश उर्जा मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रमा राहत दिने

जनकपुर । मधेश प्रदेशको ऊर्जा, सिँचाइ तथा खानेपानी मन्त्रालयले सुक्खाग्रस्त क्षेत्रका अति जोखिमयुक्त समुदायलाई राहत दिनेसहित आठबुँदे निर्णय गरेको छ । मन्त्रालयका निमित्त सचिव रामकुमार खंगको अध्यक्षतामा मन्त्रालयअन्तर्गतका विकास साझेदार र विषयगत क्षेत्रका प्रतिनिधिसहित बसेको बैठकले विभिन्न आठबुँदे निर्णय गरेको हो । बैठकले दुई दिनभित्र विकास साझेदारको क्षमता र कार्य क्षेत्रको नक्शाङ्कन गरी समितिमा पेश […]